News
 
 
Poems
Guest 2
Fulbari 2
 
Competitor Poems
 
प्रतियोगि कवि, कविता
Page 1>>>
अनु
मनि
दिब्य
विनोद
विमला
कमल
दिब्यचुरा
साधना
दिपेन्द्र
गोपी
 
Page 2>>>
तुलसी
मनिका
उक्तमबाबु
परिहास
पुरुषोत्तम
शिवप्रकास
राजेन्द्र
भरतमणि
टेक
स्वायम्बर
 
Page 3>>>
नगेन्द्र
सुभद्रा
राजलक्ष्मि
सन्तोष
मदन
कल्याणी
शम्भु
मेघ
केदार
षडानन्द
 
Page 4>>>
हरीसिं
अमृत
परिताराज
इन्दिरा
हिमलाल
हरीज्वाला
डि. आर.
ध्रुबकुमार
दिपक
ध्रुब
 
Page 5>>>
चन्द्र
चन्द्र
विद्याविमल
भानुभक्त
बसन्त
वसन्तमोहन
नम्रता
मनिष
मनिराम
विजय
 
Page 6>>>
कृष्ण
विष्णु
लोक
रमेश
चिमखोले
हरी
लाल
दीलदुःखी
भूपेन्द्र
बाल
 
Page 7>>>
दामोदर
भिमा
दिपकुमार
विपिन
भोजराज
भोज
वियोगि
कोमल
डम्बरु
मोहन
 
Page 8>>>
लिला
मंजुरानी
निर्मला
मंनिता
गिरी
हरीहर
सिरिजनश्री
उमेश
रामचन्द्र
जितेन्द्र
 

Page 9>>>
पुष्पा
र्सूयप्रसाद
महेन्द्र
देवेन्द्र
लक्ष्मण
 
 

दोस्रो विश्व वेभक्याम कविता प्रतियोगितामा उत्तमबाबु प्रथम घोषित

गत फागु पूर्णिमाको अवसरमा अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ को अन्तिम परिणाम घोषणा भएको छ। विश्वका १७ मुलुकमा रहेका १ सय १९ जना नेपाली कवि तथा कवियित्रीहरुको सहभागिता रहेको प्रतियोगितामा अमेरिकाबाट सहभागि उत्तमबाबु श्रेष्ठ प्रथम हुनु भएको छ। दोस्रो स्थान पोर्चुगलबाट सहभागि अमृत परियार र तेस्रो स्थान अमेरिकाबाटै सहभागि नम्रता गुरागाईले प्राप्त गर्नुभएको छ। जम्मा ८५ वटा प्रतियोगि कविता मध्येबाट उत्कृष्ट १५ बटा छनौट गरिएको छ।

गत श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन वेभक्याम मार्फत वाचन गरिएका सबै कविताहरुलाई जस्ताको तेस्तै रेकर्ड गरेर साहित्यघर डट्कम वेभपेजमा राखिएको छ। उक्त कविताहरुलाई एक महिना अवधिभर हेरेर, सुनेर देशविदेशबाट पाठक, दर्शक तथा स्रोताहरुले भोट गरी लोकप्रिय कविताहरुको पनि चयन गरेका छन् जस मध्ये प्रथम वेलायतबाट सहभागि गोपिकृष्ण प्रसाई, दोस्रो अमेरिकाबाट सहभागि साधना शर्मा र तेस्रो वेलायतबाटै सहभागि लिलासेलिङ मावोका कविता रहेको छ। यस बर्ष विभिन्न ६ मातृभाषा कविताहरुको सहभागिता रहेता पनि उत्साहजनक सहभागिता भएको लिम्बू भाषाको कविताहरु मध्ये भिमा खजुम किर्तिपुरलाई पुरस्कृत गरिएको छ।

विजयी प्रतियोगिहरुले अनलाइन सुविधा सहितको नगद १५ हजार, १० हजार, ५ हजार र लोकप्रिय कविता छनौटमा विजयी हुनु भएकाले अनलाइन सुविधा सहितको नगद ५ हजार, ३ हजार र १ हजार साथै मातृभाषा कवितामा विजयीले नगद १ हजार रुपैया प्राप्त गर्नेछन। विजयी सबैले प्रमाणपत्र र प्रायोजित उपहार प्राप्त गर्नुहुनेछ। यस बर्षको पुरस्कार प्रायोजन डोमेन र होष्टिङको कारोवार गर्ने www.realDomainHost.com, www.datingHand.com, प्रनेसास (प्रभात) र साहित्य विकास परिषदले गरेका हुन्।

यस बर्षको प्रतियोगितामा क्यानडा, रसिया, पोर्चुगल, अमेरिका, वेलायत, वेल्जियम, दुवई, कतार, मलेसिया, सिंगापुर, भारत, नेपाल, अष्ट्रिया, हङकङ, अफगानिस्तान, इराक र जर्मनीमा रहेका नेपालीहरुले सहभागिता जनाएका थिए। विभिन्न मातृभाषा अन्तर्गत मगर, गुरुङ, राई, सुनुवार, नेवार, लिम्बू लगायत अंग्रेजी भाषाका कवितालाई पनि समावेश गरिएको छ। वाचित सम्पूर्ण कविता साहित्यघर डटकममा हेर्न सकिन्छ। प्रतियोगि कविताहरुलाई नेपाल, अमेरिका, वेलायत र मलेसियाबाट अनलाइनमै मूल्याङ्कन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्य पनि मल्टिमिडियामा प्रवेश गर्नु सुखद अवसर भएको र विश्वभर छरिएर रहेका स्रष्टासर्जकहरुलाई प्रविधि मार्फत एकै ठाँउमा सहभागिता गराउन सक्नु अत्यन्तै ठूलो उपलब्धि भएको कुरा बताउनु भएको छ। डायस्पोरामा रहेका स्रष्टाहरुलाई अनलाइनबाटै समेट्दै प्रतियागितामा सहभागिता गराउनुले नेपाली साहित्य, संस्कार र संस्कृति परिवर्तनको साँधमा रहेको भनी चर्चा गर्नुभयो।

प्रवासी नेपाली साहित्य समाज (प्रभात), नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अन्तराष्र्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टर विशेष सहयोगि रहेको उक्त कार्यक्रमका आयोजक अनलाइन नेपाली साहित्य मंच वेलायत रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, सहयोगि ब्यक्ति तथा मिडियालाई आयोजकको तर्फबाट विश्वासदीप तिगेलाले धन्यवाद ज्ञापन गर्नुभएको छ। कार्यक्रम सम्पन्न गर्न प्राविधिक कठिनाई सगै मंहगो भए पनि स्रष्टासर्जकहरुबाट प्राप्त हौसलाबाट अभिप्रेरित भई आउदो बर्ष अझ शसक्त र ब्यापक आयोजना गर्ने जनाइएको छ।

स्मरण रहोस वेभक्याम कविता प्रतियोगिता नेपाली साहित्यको इतिहासमा गत बर्ष पहिलो पल्ट आयोजना गरिएको थियो। जसमा विराटनगरका नवराज सुब्बा प्रथम, अमेरिकाका सहदेव पौडेल द्धितिय र जापानका रविन्द्र ढकाल तृतीय हुनु भएको थियो।

 

 

भोटिङबाट उत्कृष्ट र लोकप्रिय कविता छनौट कार्य जारी

गत सरस्वती पूजाको अवसरमा अनलाइन नेपाली साहित्य मंचको आयोजना तथा प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायत, नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको विशेष सहयोगमा संचालन भईरहेको दोस्रो विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ मा वाचन गरिएका जम्मा १२५ भिडियो तथा अडियो कविताहरु सुनेर भोट गर्नेक्रम जारी रहेको छ।

विश्वभर छरिएर रहेका नेपालीहरु मध्ये क्यानडा, अमेरिका, भारत, वेलायत, रसिया, हङकङ, मलेसिया, बेल्जियम, दुबई, कतार, सिगापुर, पोर्चुगल, अफगानिस्तान, इराक, अष्ट्रेलिया, जर्मनी लगायत नेपाल सहित जम्मा १७ भन्दा बढि मुलुकका नेपाली स्रष्टाहरुले आफ्नो मौलिक सिर्जना प्रत्येक्ष वेभक्याम मार्फत वाचन गरेका छन्। विभिन्न भाषाभाषिको कविताहरु समेट्ने फूलवारी पेजमा गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, नेवारी भाषा लगायत अंग्रेजी भाषाका कविताहरु रहेका छन भने केही वाल कविताहरु पनि रहेका छन्। यस बर्षको प्रतियोगितामा जम्मा ८५ वटा कविता प्रतिस्पर्धामा रहेका छन्। उक्त कविताहरुलाई अमेरिका, वेलायत, मलेशिया, हङकङ, वेल्जियम र नेपालमा रहेका मूल्याङ्कनकर्ताहरुबाट मूल्याङ्कन गर्नेक्रम चलिरहेको छ । लोकप्रिय कविता छनौटको लागि पाठकहरुबाट भोटिङ गर्नेक्रम पनि विश्वब्यापि चलिरहेको छ। विभिन्न देशमा छरिएर रहेका साहित्यकार देख्न र चिन्न पनि यो वेभक्याम भिडियो कविताले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

यस प्रतियोगिताको अन्तिम नतिजा आगामी फागुपूर्णिमाको दिन घोषणा हुनेछ भने वेलायतको समय अनुसार फागुपूर्णिमाको अघिल्लो दिनको मध्येरातको समय सम्म प्राप्त भोटिङलाई अन्तिम निर्णय मानिनेछ।

 

न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए

न्यूयोर्क, दोश्रो विश्व वेबक्याम नेपाली कविता प्रतियोगिता न्यूयोर्कमा पनि नेपाली साहित्यानुरागीहरुको उल्लेख्य सहभगितामा भब्यताकासाथ आज सम्पन्न भयो ।

युएस नेपाल अनलाइनका साहित्य सम्पादक तथा कवि नगेन्द्र ईङ्नाम "आठराइली" र हिमाली स्वरहरु अनलाइन रेडियो (NepaliRadio.org) का होस्ट तथा कवि सहदेव पौडेलको तत्परता र अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको सहभागितामा न्यूयोर्कको वुडसाईडमा सम्पन्न उक्त कार्यक्रममा डेढ दर्जनभन्दा बढि कवि कवयित्रीहरुको संलग्नता रहेको थियो ।

कवि कवयित्रीहरुको नाम र कविताको शिर्षक निम्नअनुसार छन : नगेन्द्र ईङ्नाम "आठराइली" -कागजको देन, बिनोद रोका -हामी ध्रितराष्ट्र हाम्रो देश ध्रितराष्ट्र, संरासंघकालागि नेपालका स्थाई उपप्रमुख तथा कथाकार मधुबन पौडेल -हारेको जिन्दगी, गीता खत्री -रहर, परिता राजभण्डारी -मेरा गीतका भाकाहरु, राज्यलक्ष्मी महत -आंखामा बादल, रामचन्द्र थापा -यस्तै छ साथी नेपालको राजनीति, पुज्यता राजभण्डारि -द रेईन, सन्तोष थपलिया - यथार्थ, सीता खरेल -प्रिय बिदेशमात्र नजाउ पैसा कमाउन, राजेन्द्र श्रेष्ठ -फूलहरु हांस, मणि बङदेल "सागर" -बिदेशमा बलिदान जिन्दगीको, बिध्या बराल -हिउं, निलम कार्की "निहारिका" -फूटबल, सहदेव पौडेल - माटो र मन, कल्याणी पन्त -शब्द, तथा बालकविहरु जेनिसा चौधरी,अनुराग शर्मा,पुष्पा शर्मा र सौरभ खतिवडाले सरस्वती माता र श्रीपन्चमीसंग सम्बन्धित कविताहरु वाचन गरेका थिए ।


कवि, कानूनविद तथा गत वर्षको प्रतियोगिताका निर्णायक बिनोद रोकाको कार्यालयमा भएको सो साहित्यीक कार्यक्रमका पर्यवेक्षक अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष गीता खत्री थिईन् भने कम्पुटर तथा टेक्निकल सपोर्ट अभिशेख रोकाले गरेका थिए ।

from: http://www.usnepalonline.com



अनलाइन विश्वब्यापी वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुनेक्रममा

सरस्वती पूजाको उपलक्ष्यमा आयोजित दोस्रो अनलाइन विश्वब्यापी वेभक्याम कविता प्रतियोगिता २०६५ को अवसरमा विश्वभरका ११९ भन्दा बढि नेपालीहरुले वेभक्याममा १२५ कविताहरु बाचन गरेका छन्।


विश्वका १७ मुलुकमा रहेका नेपालीहरुको सहभागिता भएको यस प्रतियोगिता श्रीपंचमीको मध्येरातमा समाप्त भएको छ। आगामी १ हप्ता भित्र सबैले उक्त वाचित कविताहरु साहित्यघर डट्कममा हेर्न र भोट दिन सक्नेकुरा आयोजकले बताएका छन्।

प्रवासी नेपाली साहित्य समाज (प्रभात), नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अनलाइन नेपाली साहित्य मंच आयोजक रहेको उक्त कार्यक्रमको लागि विशेष सहयोगि संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायत रहेको थियो भने उक्त कार्यक्रमका अफिसियल मिडिया नेपाली टि भि लण्डन, गोर्खा एफ एम काठमाडौ, फ्रि नेपाल डटकम, नेपालब्रिट्रेन डटकम्, विएफविएस गोर्खा रेडियो, नेपाली संन्देश, एभरेष्ट टाइम्स, जनविश्वास साप्ताहिक, हिमालीस्वरहरु रेडियो अमेरिका रहेका थिए।

विभिन्न देशहरुबाट गोप्यरुपमा मूल्याङ्कन कर्ताहरु नियुक्त गरिएको र अबको एक महिनाभित्र अन्तिम परिणाम घोषणा हुनेकुरा प्रभातका अध्यक्ष सुरेन्द्र इङनामले बताउनु भएको छ। कार्यक्रममा विभिन्न संघसंस्थाहरु लगायत छुट्टाछुट्टै स्रष्टाहरुले सहभागिता जनाएका थिए। जसमध्ये वेल्जियमबाट साग्रिला समाज, अमेरिकाबाट अनेसासको संलग्नता रहेको थियो। अमेरिका, वेलायत, नेपाल, कतार, मलेसिया, वेल्जियमको अत्यधिक सहभागिता रहेको थियो भने हङकङ, पोर्चुगल, अष्ट्रिया, रसिया, दुवई, सिगापुर, भारत, जर्मनी, क्यानडा, साउदी लगायतका मुलुकमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाली भाषाको कविता लगायत अंग्रेजी, लिम्बू, सुनुवार, मगर, गुरुङ, नेवारी भाषाका पनि कविताहरु रहेका छन्। विशेष प्रकारको सफ्टवेरद्धारा रेकर्ड गरिएको भिडियो र अडियोको स्तर गतबर्षको तुलनामा उच्च गुणस्तरको रहेको कुरा आयोजकका तर्फबाट विश्वासदीप तिगेलाले बताएका छन्।


- असिम प्यासी



विश्वब्यापी वेभक्याम कविता प्रतियोगिताको वाचन कार्य शुरु

सरस्वती पूजाको दिन गतबर्ष झै दोस्रो अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुने कार्यक्रमको अनलाइनमा वेभक्याम जोडेर कविता वाचन गर्ने कार्यको शुभारम्भ भइसकेको छ । प्रतियोगितामा विजयी कवीले अनलाइन सहितको नगद पुरस्कार १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । यस बर्षे देखि नेपाली भाषा बाहेक मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गराइएको छ । विभिन्न मुलुकमा गोप्य तवरले मूल्याङ्कनकर्ताहरुको नियुक्ति गरिएको छ । श्रीपंचमी भन्दा २ दिन अगाडी देखि शुरु भएको यस प्रतियोगिताको पहिलो दिनमा २७ जनाले सहभागिता जनाएको उल्लेख छ ।

यस प्रतियोगितामा भाग लिनको लागि वेभ च्याट ठेगाना [email protected] जानु पर्दछ । सबै स्रष्टाहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ । यो कार्यक्रम श्रीपंचमीको मध्येरातमा समाप्त हुनेछ ।



सांग्रिला समाज बेल्जियमले अनलाइन विश्व वेभक्याम कबिता प्रतियोगितामा भाग लिने

आगामी जनवरी ३१ तारिख सरस्वती पूजाको दिन www.sahityaghar.com ले बेलायतमा अनलाइन विश्व वेभक्याम कबिता प्रतियोगिताको आयोजना गरेको छ । सरस्वती पूजाको अबसर छोपी संसार भरका श्रस्ठाहरुलाई समेटी सामुहिक र एकल दुबै तरिकाले संसारको जुन कुनै कुनामा रहेका नेपालीहरु ले पनि कम्पुटरमा क्यामरा जोडी आफ्नो कबिता प्रत्यक्ष बाचन गर्न सक्ने ब्यवस्था मिलायको छ ।

सोही अनलाइन विश्व वेभ क्याम कबिता प्रतियोगिताको कार्यक्रममा बेल्जियमबाट सांग्रिला समाजले आफ्नो संस्थाको तर्फबाट सामुहिक सहभागिता रहने संस्थाका अध्यक्ष दीपेन्द्र के सि ले जनाउनु भएको छ । साथै संस्थाले बेल्जियम लुभेन सहरमा रहेको नमस्ते कम्युनिकेसनबाट जनवरी ३१ राती ठीक १० बजे अर्थात बेलायतको ९ बजे प्रत्यक्ष वेभ क्यामद्वारा कबिहरुले आ-आफ्ना कबिता बाचन गर्न सक्ने ब्यबस्था मिलाइएको जानकारी हुन आएको छ ।

संस्थाले उक्त दिन राती ९ बजे भित्र बेल्जियममा रहेका ईच्छुक साहित्यिक श्रस्ठाहरुले आफ्नो ताजा कबिता सहित लुभेनको नमस्ते कम्युनिकेसनमा उपस्थित भैदिनु हुन समेत आग्रह गरेको छ । साथै उपस्थित श्रस्ठाहरुलाई कबिता बाचनको लागि कुनै कठिनाई नपर्ने ब्यबस्था गरिएको समेत संस्थाले जनाएको छ । साथै संस्थाले कबिहरुलाई www.sahityaghar.com को नियममा रही आफ्नो कबिता प्रस्तुत गर्न समेत अनुरोध गरेको छ ।

- पुरुषोत्तम सुवेदी



अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ को भब्य तयारी

आगामी ३१ जनवरी अर्थात विद्याकी देवी सरस्वती पूजाको दिन नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अनलाइन नेपाली साहित्य मंचको आयोजनामा गतबर्ष झै अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुने भएको छ।

कम्पियुटरमा वेभ क्यामेरा जोडेर इन्टरनेटबाट आफ्नो कविता वाचन गरी प्रतियोगितामा सहभागि बन्न सकिने प्रतियोगिताको पुरस्कार रासि अनलाइन लगायतको नगद १५ हजार, १० हजार र ५ हजार रहेको छ। अनलाइन भोटिङमा विजयी कवितालाई ५ हजार, ३ हजार र १ हजार रहेको छ। यसबर्ष नेपाली भाषा बाहेक मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गरिने जानकारी प्राप्त भएको छ। एकै भाषाको ५ भन्दा बढि कविताहरुको सहभागिता भएमा मूल्याङ्कन गरि पुरस्कृत गरिने कुरा जनाइएको छ। प्रतियोगिताको लागि एकै ठाँउ वा समुहबाट कम्तिमा ७ जना सहभागि हुनेभएमा एकजना मूल्याङ्कन पर्यवेक्षक पठाउन सक्ने प्रावधान पनि राखिएको छ।

विश्वभरको विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टाहरुको सहभागिता रहने यस प्रतियोगिताको लागि नेपालको समय बिहान ११ बजेदेखि बेलुकी १२ बजे सम्म र वेलायतको लागि पनि विहान ६ बजे देखि राती १२ बजेसम्म तोकिएको छ। नेपालमा भएको असिमित लोडसेडिङको कारण नेपालबाट सहभागि हुनेले ३ दिन अगावै देखि च्याटमा आफ्नो कविता बाचन गर्न सक्ने सुविधा पनि राखिएको छ। आफ्नै घर वा क्याफेको इन्टरनेट र वेभक्याम भएको कम्पियुटर प्रयोग गरेर सहभागिता जनाउन सकिने यस कार्यक्रमलाई सफल बनाउन देशविदेशका विभिन्न संचार माध्यामले सहयोगि भूमिका निर्वाह गर्ने भएका छन् जसमध्ये नेपाली टि. भि. लण्डन, गोरखा एफ. एम. काठमाडौ, वि. एफ. वि. एस. गोर्खा रेडियो, रेडियो नेपालको साहित्यिक कार्यक्रम, नेपाली संन्देश साप्ताहिक वेलायत, एभरेष्ट टाइम साप्ताहिक वेलायत, जनविश्वास साप्ताहिक धनकुटा, फ्रि नेपाल डटकम, नेपालब्रिटेन डट्कम लगायतका अफिसियल मिडियाहरु रहेका छन्।

यसबर्षको कार्यक्रमलाई सफल बनाउन विभिन्न १४ देशबाट स्वयंसेवकको रुपमा प्रतिनिधिहरु नियुक्ति भइसक्नु भएको छ। त्यस्तै गरि महिला सहितको समावेसि मूल्याङ्कन कर्ताहरु पनि विभिन्न देशमा नियुक्ति हुनु भएको छ भने यसबर्षको कार्यक्रमको मुख्य अतिथि वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराई रहनु भएको छ। यस बर्षको पुरस्कार प्रायोजक रियल डोमेनहोष्ट डट्कम रहेकोछ। स्मरण रहोस गत बर्ष विभिन्न मुलुकहरुबाट अत्यधिक स्रष्टाहरुले सहभागिता जनाएका थिए। वि. स. २०६२ मा स्थापित यस मंचले गतबर्ष डायस्पोरामा नेपाली साहित्यको लागि पुर्‍याएको योगदान वापत अमेरिकाबाट पुरस्कृत भएको थियो भने यस मंचले पनि मिलन देवान स्मृति साहित्य पुरस्कार मलेसियामा कार्यरत एक युवा नेपाली स्रष्टालाई प्रदान गरेको थियो।

यसबर्षको कार्यक्रमको लागि च्याट गर्ने ठेगाना [email protected][email protected] ब्यवस्था गरिएको छ भने विस्तृत जानकारीको लागि www.sahityaGhar.com हेर्न आग्रह गरिएको छ।

विश्वभर छरिएर रहेका स्रष्टाहरुलाई ध्यानमा राख्दै नेपाली साहित्य र संस्कृतिको विकास र सर्म्बद्धन गर्नको लागि आयोजित यस कार्यक्रममा कविता वाचन गरेरै विद्याकी देवी सरस्वतीको पूजा गर्न आग्रह गरिएको छ साथै कार्यक्रम सफल बनाउन सबै नेपाली मन र मुटुलाई अनुरोध गरेको छ ।

 

Notice on AnnapurnaPost daily Kathmandu

Notice on NepaliSandesh weekly UK

 

 

Page 1, 2, 3, 4, 5, 6, 7, 8, 9, G1, G2, F1, F2, C, J, R, P, N



© www.sahityaGhar.com