Online Nepali Literature Forum
   

Users Online : 4
| More
अक्षरको आकार:   - | +

गजल
Rss Feed
चेलीको लागि तीज बिशेष् (भीमराज पाराङ)
आउने तिजमा छमछमी नाँच्नु पर्छ साईली
मादलुको ताल्मा कम्मर भाँच्नु पर्छ साईली

चुल्हो-चौको घरको पिर, घरमै थन्क्याएर
माईती देशमा भेट् भएर हाँस्नु पर्छ साईली

माइती घरको पिढिँमा नै!...
मादलुको ताल राम्रो (नगेन्द्र ईङनाम "आठराईली" )
बर-पिपलको छायाँमुनि दोहोरीको रौनक छाउँदा
घिन्ताङ घिन्ताङ बजिदिने मादलुको ताल राम्रो

डिलमा बसी झ्याम्म झ्याम्म तालि दिने सोल्टिहरु
चौतारीमा छम्मछम्म नाचिदिने सोल्टिनीको चाल...
स्वतन्त्रता !! (आशांक उपाध्याय)
उड्नु थियो गगनमा, प्वाँख काटी छोडी गयो ||
समयले आशारुपी, डोरी बाटी छोडी गयो ||

बाटो यस्तो देखाउँछ, हिड्न खोज्दा लडी जाने,
खाल्टो भित्र पारी हिलो, घाँटी घाँटी छोडी गयो ||

मृत सरि भएको छु,...
कसैले यहाँ प्रवासीको यो मुटु जलेको देख्दैन (रुद्र मिश्र)
कसैले यहाँ प्रवासीको यो मुटु जलेको देख्दैन

बटारिएर यो छातीभित्र तुफान चलेको देख्दैन ।


दिन र रात साँझ र विहान साहुको त्यो खटाईमा

अठार घण्टा श्रम गर्दा उसलाई गलेको देख्दैन ।


महिनौ सम्म...
पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)
(बहर हजज मुसम्मन् अखरब महजूफ अखरम
ऽऽ॥ंऽऽऽऽंऽऽऽ। मुस्तफ्इलुंमुस्तफ्फैलुन्ंमफ्ऊलात रुक्नमा आधारित)


पाखा र पखेरो नाँचेको मान्छे म
सिन्की र ढिँडोले बाँचेको मान्छे म ।

आँटो र पिठो जे...
मुटुको धड्कन सासले बुझ्छ (नवराज भट्टराइ)
मुटुको धड्कन सासले बुझ्छ
गरिव कि धनी तासले बुझ्छ

भोट दिने नदिने जनताको काम
नेताको भाषण मासले बुझ्छ

प्रियसी तिम्रो चाहना भन्ने गर
नजरमा रीस र राग आशले बुझ्छ

खडेरी परोस या भलै बगोस...
संका कति गर्छु मलाई (राज कुमार तेयुंग)
शंका कति गर्छु मलाई डाडा अब काट्नु पर्यो
अतीतलाई बर्तमानमा मैले अब साट्नु पर्यो

दिन खोजे साहारा चाहिन्दैना भन्यौ तिम्ले
त्यसैले तिमि सामु नाता अब फाट्नु पर्यो

म जादैछु दोबाटोको...
सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ (प्रमोद थापा)
सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ
रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ

मिलन हुने आसमा थे म उनको मन बदलेछ
मेरो त्यै आश मरेको हेर्न आउँ कि नआउँ

चर्केला मुटु सिउदो भर्दा पराई हातले...
कल्पनाको डाली रै (पदम ढुखी सम्बाहाम्फे)
कल्पनाको डाली रै छौ लुंग्गा तरेमे
बोलाऊ बोलाऊ लाग्यो नि हौ लुंगा तरेमे

गाउ घर हाट मेलामा स्वर मिलाई
हाक्पारे नै गाउनु नि लौ लुंगा तरेमे ,

हुछ अरे स्याल पनि घोर्ले बैसमा
चोखो जुठो...
अनेसासको रचनात्मक चुनावी अभियान - गजल, गीत, मुक्तक र...
मतदानको दिन पक्कै यहाँ सामु पाल्छु हजुर
विश्वासको एउटा मत यहाँलाइ नै हाल्छु हजुर

काम गर्नु भने जस्तै शुभ रहोस् कार्यकाल
अब देखि मत माग्न म पनि त थाल्छु हजुर

विकसीत सुधारात्मक् अनेसास...
उनिसंगै जिउने मर्ने मेरो रहरको के कुरा (केशव भोजपुरे)
उनिसंगै जिउने मर्ने मेरो रहरको के कुरा,
मनको भित्ता खाली छैन शहरको के कुरा,

मनमा फुली ओठमा खुल्ने माया बिर्साउन
पर्दा मात्र टाँग्ने एउटा ठहरको के कुरा,

यस्तै मीठो तृष्णा बनोस जीवन...
कति गर्नु बिदेशमा अर्काको गुलामी (जीतमान राई 'सबिन')
फूलको कुरा गर्यौ र आफै भाच्यौ डाली
बगैचाको बिनासमा किन खटियो माली

गल्तीमा त आत्मालोचना गर्नुपर्ने आफैले
दोष अरुलाई थोपरेर फेरी किन गर्छौ गाली

रगत र पसिनाले आफ्नै देश भिजाऊ भन्छु ...
आऊ बसेर सहमती गरौं (कपिल अन्जान)
आऊ बसेर सहमती गरौं
कम्मर कसेर सहमती गरौं

जुन बुँदामा मत बाँझिन्छ
भित्रै पसेर सहमती गरौं

यदि माथि सहमती नभए
तल खसेर सहमती गरौं

दोष नलाऔं कसैलाई पिन
बैरी लखटेर सहमती गरौं

जीवन दिनु छ...
नमेटिने अनगीन्ती भूलहरू (बसन्त)
जब फूल्छन जिन्दगीका सप्तरंगी फूलहरु
तब हुन्छन नमेटिने अनगीन्ती भूलहरू

भन प्रिया हाम्रो जीवन दुक्छ कहिलेसम्म
आउ प्रिया मिली हामी झिकिदिउ शूलहरु

उडी आए शिशिर अनि हेमंताका बेगहरु...
मान्छे मान्छे एउटै हो कुनै दुई जाती होइन (प्रविण भट्टराई"...
मान्छे मान्छे एउटै हो कुनै दुई जाती होइन
रगत सबै को रातै हुन्छ कोइ तल माथि होइन

आदर्शको खोल ओढ्नेहरु पुरानै ऋति अंगाले नि
मनमा जातीय भेद भय त्यो असल साथी होइन

मानिस ठुलो मनले हुन्छ जातले...
षड्यन्त्रका जालो भित्र मेरो देश लुक्दा रोंये (रोहन...
षड्यन्त्रका जालो भित्र मेरो देश लुक्दा रोंये
बमका छह्रा पहरामा पारी मुटु दुख्दा रोये ।

पानी सरह दाइभाइका रगतहरु बगिराछ
मनाङ मुस्ताङ रोल्पा हुम्ला खडेरिले सुक्दा रोये ।

वीर हरुले...
जान्छौ किन अरु सामु (मंजु मार्मिका)
जान्छौ किन अरु सामु पसारेर हातहरु
गर्छौ किन जानीजानी नारीमाथि घातहरु

धिक्कार छ तिमीलाई मेरो पनि अझै
बीउ किन नछरेर खोज्छौ पातहरु

नारीभित्र भेट्छौ खोज सिर्जनाका मूलहरु
बर्षाउछौ किन...
ए प्रिय सुन ... (गोपीकृष्ण ढुंगाना)
ए प्रिय सुन,
कहाँ छ नुन ?

ल्याइदेउन,
प्याज, लसुन |

बोल्दिनौ किन,
बजाउ धुन |

जे हुनु भयो,
मुटुमा उन |

म कडा घाम,
बगाउछु खुन |

चन्द्रमा तिमी,
ल्याइदिन्छु जुन |

अर्पिन्छु ज्यान,
तिम्लाई...
मनको कुरा गरूँ बरू (हरि मानन्धर "विवश")
जूनको कुरा कति गरूँ मनको कुरा गरूँ बरू
सफल पार्न हाम्रो जीवन आजै नदि तरूँ बरू

कस्तो रैछ माया प्रिति सधैं सँगै पाउँ भन्छु
टाढा हुनु गाह्रो रैछ अन्तै डेरा सरूँ बरू

आउ अब सँगै उडौं हावा...
आँशु नबगाउ रोल्पा ! (राम कुमार बुढा मगर)
आँखा भरी आँशु देखाइ देखा परेको मेरो रोल्पा ।
दाजुभाइको युद्धलाई हेर्ने गरेको मेरो रोल्पा ।

तन्नेरी त बेपत्ता छन् बृद्ध आमा बाबा मात्रै,
आफ्नै मान्छे देखी पछी सरेको मेरो रोल्पा ।
...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम