Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गजल
Rss Feed
मन त्यसै बोली दिन्छ (तिलक थापा, काठमाडौं)
किन होला आज भोली मन त्यसै बोली दिन्छ

बन्द थियो मनको ढोका उनकै यादले खोली दिन्छ



भुली सके भन्थे जसलाई यादले फेरी उसैलाई खोज्यो

सुन सान यो मन भरि अतित फेरी बल्झी दियो



बाझै थियो...
नेता (राकेश कार्की)
नेताज्यूको कस्तो ढाट्ने बानी

सत्तामा पुग्न जेपनि आट्ने बानी



यो गर्छु उ गर्छु भन्दै उफन्दै

मिठा मिठा भाषण छाट्ने बानी



चन्दा आतंक बन्द जताततै

मानेनकी घिच्रो काट्ने बानी...
लाश उपहार (बसन्‍त मोहन अधिकारी/यु ए इ)


सोचेको थिए तिमी भर हो मेरो

आफैले बनाएको घर हो मेरो



प्रकृति स्‍वरूप आर्कष्‍ाण्‍ा हामीमा

म सितल पिपलु तिमी वर हो मेरो





नसकी चल्‍न यहाँ एक्‍ला एक्‍लै

तिमी नै...
अग्रगामी नेपाल (दलबीर सिंह बराइली)
मन फाटे टाली देउ

रिस राग फाली देउ



सामन्तिको हागा हैन

फेदैबाट ढाली देउ



अग्रगामी नेपालको

दह्रो जग हाली देउ



समावेशी शासनको

आजै कार्य थाली देउ



जनताको बलिदान
गीतको मीत परेन (नरहरि मिश्र/तनहुँ)
गजल हो यो हजुर, गीत परेन

सुन्दा एउटै यो, गीतको मीत परेन



जाडो न्यानो बुझनुथ्यो त्यसैले म रुझनुथ्यो

हुस्सु लाग्यो कुहिरो लाग्यो तर शीत परेन



साँझमा भेट भयो, तर कुरो टुङ्गएिन
मेरो भुल भो (याक्थुम्बा एस./धरान)
तिम्रो विश्वास गर्नु मेरो भुल भो

घात किन गर्यौ? न जिउनु न मर्नु भो



हाम्रो माया युगौ युग रहिरहोस भन्थ्यौ

नाता कहिल्यै नटुटोस भनि देउरालीमा धाउथ्यौ



तिम्रो न्यानो साथ नै...
घाउहरु छाम्न मन लाग्यो। (साजन राई)
कोरी दियौ घाउहरु छाम्न मन लाग्यो।

एकान्तमा नशामाझ रम्न मन लाग्यो।



भत्किरहे बाटाहरु फेरिरहे लक्ष्य यहाँ

विवश भई एक्लो जीवन जिउन मन लाग्यो।



गन्तब्यको खोजी गर्दै क्षितिज...
मायाको के कुरा (दिलिप योन्जन)
साचो झुटो, थाहा नहुनेलाई, मायाको के कुरा

चोखो पनी, जुठो हुनेलाई, सगुनको के कुरा



माया प्रितिका, मिठो बाचा, तोड्नेको के कुरा

अमर प्रेमलाई,पैशाको तराजुमा,जोख्नेको के कुरा



टाडा...
नयाँवर्ष २०६४ (राकेश कार्की/लस् एन्जेलस्)
आशैआशले सुख समृद्धिको गीत गायो नेपालमा

कामना बोकी २०६४ नयाँवर्ष आयो नेपालमा

विदेशी ऋण आर्थिक सहयोगको लेखाजोखा के

सरकार बन्यो पदमा बस्नेले खायो नेपालमा





विकाशै मात्र...
आकाशको झै (निर्जन मनोज)
आकाशको झै स्थान भेटिन्छ

उचो ाउमा मान भेटिन्छ



बाहिर जति श्रृङ्गारे पनि

जीउ भित्र रक्षान भेटिन्छ

आउछकी भनेर कसैको

पर्खाईमा चट्टान भेटिन्छ



प्रकृतिनै हो ुलो किताब
कुन पानीको आत जाग्यो (भरुपल/नोर्थ योर्कशायर्, युके)
मदिरको माया दियौ कुन नशाको मात लाग्यो,

ढुंगेधारा नजिक भए नि कुन पानीको \'आत\' जाग्यो



मरुध्यानमा फुलेको तिम्रै फूल रोजूं भन्थें,

थाहा नपाई मेरो दिलमा कुन फूल \'हात\' लाग्यो

उनको सम्झनाका (मबि सि/बष्टन, अमेरिका)
उनको सम्झनाका थलीमा धराप चिताएं !

मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !



निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै

हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !



फैलिन सकिने सम्भाबना...
सम्झदै तिमीलाई (अभिनव ढुङ्गाना/चितवन)
सम्झदै तिमीलाई सोध्छु म हाम्रो प्रित कहाँ होला

स्वरमा स्वर मिलाउदै गाएको त्यो गीत कहाँ होला



प्रेमको नशामा हराउदै छु मलाई समहाल तिमीले,

होइन भने भन मलाई हिजोको त्यो अतित कहाँ...
यो उपहार (सरोज बोगटी/म्याग्दि, हाल: दिल्ली)
रमाउछु, खुशी हुन्छु, हासिरन्छु जैलेपनि,

खुशी छु म किन यती हास्दिनथे कैलेपनि ।





छेउकाले आँखा तर्छन्, टाढा का ले फर्किहेर्छन्,

उफ्री हिडछु टेक्दिन म ,खुट्टा ले भुई कैले पनि ।

सुन्छु विरहका धुनहरु (यज्ञ चौधरी)
उसै सुन्छु आफै आफ्ना विरहका धुनहरु

चर्कीएको घाउमाथि नछर्क न नुनहरु ।



छैन टुङ्गो यो जीवनको आज हो की भोलि

मक्कीएका खाँबा भरि लागि सके घुनहरु ।



रात पनि जाग्छ आज संगत मेरो गरी...
कुरा नै नबुझी (बिराज गुरुङ आँबु खैरेनी-९ तनहुँ)
कुरा नै नबुझी रिसले चुर भयौ तिमी

बिन्ती नै नसुनी जान आतुर भयौ तिमी



भन्थ्यौ छर-छिमेकीको काम भड्काउने हो

उनिहरुकै साथ दिन मन्जुर भयौ तिमी



छायाँ बिनाको खाली दर्पण दिई

मलाई...
मुस्कुराई हाँस्थ्यौ सधैं (ग्ोविन्द प्रसाद नेउपाने)
मुस्कुराई हाँस्थ्यौ सधैं आजभोलि छोड्यौ किन?



छोडि जानु थियो भने आखिर नाता जोडयौ किन?





जीवन भर माया गर्छु भनि बिन्ती गर्दा पनि,



विश्वासको मेरो महल आवेशमा फोड्यौ किन ?

कायरलाई बलवान नभन्नु (प्रकाश भट्टराई/सप्तरी)
आडम्बरलाई शान नभन्नु

बिगतलाई बर्तमान नभन्नु



धर्म अनुसार ग्रन्थ हुन्छ

बाइबललाई कुरान नभन्नु



तीन नदिको मिलन बिन्दु

त्रीबेनिलाई दोवान नभन्नु



जो आफ्नो मित्र हो...
तक्दिरको प्याला फोडेको याद (के. शभिका-सुर्खेत)
अहमको घुम्टो ओढेको याद आयो ।

आफ्नै तक्दिरको प्याला फोडेको याद आयो ।

पूर्व लाग्छु भनि हिडे पश्चिम पुगेछु....



जीन्दगिको यात्रा अनायशै मोडेको याद आयो ।

हृदयका लहर एक आपसमा...
तिमीले भुलेका कथा (जोतारे धाईबा)
तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ

बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।



केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउँथ्यौ,

जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम