| गजल |
नेता (राकेश कार्की)
जताजता फाईदा छ उताउता ढल्कीदिन्छु
कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु
मीठा मीठा सपनाका ताजमहल देखाएर
जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु
तर्साउँदा मान्नेलाई आउन्जेल रस...
|
स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै (दिपेन्द्र...
स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै-2
आफ्नै पाखा पखेरामा,रमाउनुको मज्जा बेग्लै!!
जिन्दगीको यात्राभरि, प्रियसीको साथै बसी-2
उनकै हातमा आफ्नो कमाई,थमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा...
|
दु:ख लुकाइ जिन्दगीलार्इ खुशी दिएकीछु (उमा सुवेदी)
गरिबीको माड मैले धेरै पिएकी छु
दु:ख लुकाइ जिन्दगीलार्इ खुशी दिएकीछु
ठोकिने त बानी पर्यो हिँड्दा बगरमा
हिंड्दा हिंड्दै जिन्दगीमा धेरै खिएकीछु
फोस्रा बोली बोल्नेहरू धेरै भए आज
मन...
|
हेर्नै छाड्यौ .... (पोस्टराज चापागाईं)
छन्द: लोकलय
हेर्नै छाड्यौ ती आँखामा धुलो पर्यो कि !
मलाई देख्ने नजरमा फुलो पर्यो कि !!
कोही मेरो मुटु चिर्ने माग्न आ`थ्यो रे,
मभन्दा नि सम्पतिको ठूलो पर्यो कि !
हेरी कैले नझिम्किने तिम्रा...
|
हाम्रो माया यस्तो हुनु पर्छ (भीमराज पाराङ)
हाम्रो माया अजम्बरी प्रेमकहानी हुनु पर्छ
जहाँ, म राजा अनि तिमी रानी हुनु पर्छ
आँखा गाढ्लान् दुनियाँले,रिस डाहा गर्लान्
म छोप्ने परेली बनुँ तिमी नानी हुनु पर्छ
शत्रु लागी तिमी म बिच तल...
|
देख्छौ के सानु (भक्त बहादुर कटुवाल)
माया कती गर्छु तिम्लाई देख्छौ के सानु
त्यो मनमा नि नाम मेरो लेक्छौ के सानु
यो मनमा घाऊ कती पिडा को के कुर भो र
माया को त्यो मलम लगाइ सेक्छौ के सानु
माया कती गर्छु तिम्लाई देख्छौ के सानु ...
|
यो माया के हो कुन्नि ? (सुशील सुब्बा)
यो माया के हो कुन्नि विल्दै मन झर्न खोज्छ
कालै भए'नि बादल जल चीसो पर्न खोज्छ ॥
बुढै भए'नि तनमा मन बन्छ उग्र उग्र
देखेर बैंश मनको कालै पो टर्न खोज्छ ॥
पाइन्न टिप्न तारा झुटा छ सारा सपना ...
|
हिमालझैँ अग्लिएँ र तिमीसम्म आएँ (प्रकाश प्रतीक)
हिमालझैँ अग्लिएँ र तिमीसम्म आएँ
हिउझै पग्लिएँ र तिमीसम्म आएँ
जिन्दगी भो मेरो माछोको जस्तै
बल्छिमा अल्झिएँ र तिमीसम्म आएँ
उपचार वा मृत्यु के पाउन सक्छु
घाउहरुमा बल्किएँ र तिमीसम्म...
|
नबोल्ने सँग बोल्नु पनि हुन्न रे (सञ्जय जुग्जाली)
नबोल्ने सँग बोल्नु पनि हुन्न रे
मनका कुरा खोल्नु पनि हुन्न रे।
न त तिमीले दियौ न मैले लिए
नदिएको कुरा लिनु पनि हुन्न रे।
तिमीलाई कस्तो छ मैले त सोधे
सबै भन्छन सोध्नु पनि हुन्न रे।
...
|
सपनिमा आउनु तिमि (पुनम जि. सि.)
सपनिमा आउनु तिमि मनको ढोका खोली दिउला
झकझक्याएर नबिउझाउनु सपनिमै बोली दिउला
निदरिमै चुमिदिनु मिठा-मिठा कुरा गर्दै
आज यति भए पुग्छ बाकि कुरा भोलि दिउला
तिमि सग जीवन साट्ने बाचा कसम...
|
धुलोसरी (भानेन्द्र संबाहाम्फे "जुझरु")
धुलोसरी उडिजाने तिमीलाई खै के भनूँ !
तन्द्रासरी बिर्सिजाने तिमीलाई खै के भनूँ !
बाटो लाग्यौ स्वार्थी बनी बिर्सिएर वाचाहरु
पागल्सरी हाँसिजाने तिमीलाई खै के भनूँ !
रसाउँछन् आँखा मेरा...
|
आमा तिम्रो आशिर्बादले पसें सहारतिर (टी आर बसंत)
आमा तिम्रो आशिर्बादले पसें सहारतिर
गरिबीलाई धाल्छु भनी धसें सहारतिर
आमा तिमीलाई चौबंदी र सारी किनिदिन
रूपया कामाउना कसें सहारतिर
मरे निम्ति खुकुरीको धारमा पाइला राखेउ
तेहि धरलाई...
|
चेलीको लागि तीज बिशेष् (भीमराज पाराङ)
आउने तिजमा छमछमी नाँच्नु पर्छ साईली
मादलुको ताल्मा कम्मर भाँच्नु पर्छ साईली
चुल्हो-चौको घरको पिर, घरमै थन्क्याएर
माईती देशमा भेट् भएर हाँस्नु पर्छ साईली
माइती घरको पिढिँमा नै!...
|
मादलुको ताल राम्रो (नगेन्द्र ईङनाम "आठराईली" )
बर-पिपलको छायाँमुनि दोहोरीको रौनक छाउँदा
घिन्ताङ घिन्ताङ बजिदिने मादलुको ताल राम्रो
डिलमा बसी झ्याम्म झ्याम्म तालि दिने सोल्टिहरु
चौतारीमा छम्मछम्म नाचिदिने सोल्टिनीको चाल...
|
स्वतन्त्रता !! (आशांक उपाध्याय)
उड्नु थियो गगनमा, प्वाँख काटी छोडी गयो ||
समयले आशारुपी, डोरी बाटी छोडी गयो ||
बाटो यस्तो देखाउँछ, हिड्न खोज्दा लडी जाने,
खाल्टो भित्र पारी हिलो, घाँटी घाँटी छोडी गयो ||
मृत सरि भएको छु,...
|
कसैले यहाँ प्रवासीको यो मुटु जलेको देख्दैन (रुद्र मिश्र)
कसैले यहाँ प्रवासीको यो मुटु जलेको देख्दैन
बटारिएर यो छातीभित्र तुफान चलेको देख्दैन ।
दिन र रात साँझ र विहान साहुको त्यो खटाईमा
अठार घण्टा श्रम गर्दा उसलाई गलेको देख्दैन ।
महिनौ सम्म...
|
पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)
(बहर हजज मुसम्मन् अखरब महजूफ अखरम
ऽऽ॥ंऽऽऽऽंऽऽऽ। मुस्तफ्इलुंमुस्तफ्फैलुन्ंमफ्ऊलात रुक्नमा आधारित)
पाखा र पखेरो नाँचेको मान्छे म
सिन्की र ढिँडोले बाँचेको मान्छे म ।
आँटो र पिठो जे...
|
मुटुको धड्कन सासले बुझ्छ (नवराज भट्टराइ)
मुटुको धड्कन सासले बुझ्छ
गरिव कि धनी तासले बुझ्छ
भोट दिने नदिने जनताको काम
नेताको भाषण मासले बुझ्छ
प्रियसी तिम्रो चाहना भन्ने गर
नजरमा रीस र राग आशले बुझ्छ
खडेरी परोस या भलै बगोस...
|
संका कति गर्छु मलाई (राज कुमार तेयुंग)
शंका कति गर्छु मलाई डाडा अब काट्नु पर्यो
अतीतलाई बर्तमानमा मैले अब साट्नु पर्यो
दिन खोजे साहारा चाहिन्दैना भन्यौ तिम्ले
त्यसैले तिमि सामु नाता अब फाट्नु पर्यो
म जादैछु दोबाटोको...
|
सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ (प्रमोद थापा)
सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ
रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ
मिलन हुने आसमा थे म उनको मन बदलेछ
मेरो त्यै आश मरेको हेर्न आउँ कि नआउँ
चर्केला मुटु सिउदो भर्दा पराई हातले...
|
|