Online Nepali Literature Forum
   

Users Online : 15
| More
अक्षरको आकार:   - | +

गीत
Rss Feed
जस्ले भुल्छ जीबनभर (लोकराज अधिकारी)
जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ
तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ
त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ
अर्कैसंग नङ मासु बन्न पनि सक्यौ

मेरो भूल यौटा मात्र तिम्लाई माया गरे ...
तराई रोयो किन ? (केदार श्रेष्ठ‘गगन’)
मुस्कुराइ हिमाल हाँस्दा तराई रोयो किन ?
आफ्नो आफ्नै बीच पनि पराई भयौँ किन ?

सुन्दर सानो घर हाम्रो सधैँ मिली बस्थ्यौँ
रुँदा सँगै रुन्थ्यौँ हामी हाँस्दा सँगै हाँस्थ्यौँ
हिमालको भर पहाड...
यति सम्म (लोकराज अधिकारी)
यति सम्म गिर्छौ भन्ने सोच्नै सकिन
यति सम्म पिर्छौ भन्ने सोच्नै सकिन

झरेको म थुङगो भने तर शिरमा राख्यौ
बगरको ढुङगो भने मन्दिरैमा राख्यौ
जलको साटो ढल चढायौ यो मन्दिरलाई छोडदा
पूजा...
चुमि देउ (नगेन्द्र ईङनाम "आठराइली")
भरोसा लाग्दैन भोलिको
आजै चुमि देउ चोखो नजरले
जति सक्छौ चुमि देउ चोखो अधरले
नजरैले चुमि देउ
अधरैले चुमि देउ
चुमि देउ . . .

कड्के नजरहरुको लुकामारिमा
नजरले नै मुस्कान टिप्न खोज्नेहरु
मस्त...
आठपहरिया भाषाको कविता - आठ्पारे छोङ् (मनोज आठपहरिया)
ए होटे हाउ ए होटे
ए होटे पिग्ना साइना टे
साइना टे हाउ साइना टे
ए होटे पिग्ना साइना टे

मार्गा लिसा रावा होङ्
गुरासे लाम्म टामोर् होङ्
युङिना आनि आनिना डोङ्
खाम्बोक्मा आनि आठ्पारे छोङ्
...
दोसाधमा (केदार श्रेश्ठ)
घामपानीको दोसाधमा पर्‍यो ईन्द्रेनी
घामपानी जस्तै रैछ हाम्रो जिन्दगानी ।


कहिले उराठ खडेरी त कहिले पर्ने झरी
नरोकिने बग्छ सधैं पानी बगेसरी
बसमा राख्न नसकिने आफ्नै जीवन पनि


पुग्ने...
कोइली खोज्छिन् (भानेन्द्र सम्बाहाङ्फे जुझारु)
कोइली खोज्छिन् दिन र रात बसन्ती वनैमा

आयौ कि भनी फर्केर घर जन्मेको भूमिमा



पँधेरा पाटी उदास बने चौतारी उजाड

फर्केर आऊ रुँदैछन् यहाँ हिमाल पहाड

आमाको दुःख नसकी देख्न कोइली...
लाखौंलाख ताराहरुको माझमा म एउटा जुन (शुभ राज राई "सुवास")
लाखौंलाख ताराहरुको माझमा म एउटा जुन ||
सक्छौ भनें तिमीले मनको जेलखानमा थुन ||


वस्दिन म तिम्रो रूपको वर्दी लगाएर
भो तिम्रो माया वेदनाको चिउरा चपाएर
फस्दिन म तिम्रो मायालु मुस्कान भित्र...
आफ्नै मनलाई सोधि हेर, अधुरो माया कस्तो होला ? (नयन लिम्बू)
हे:- आफ्नै मनलाई सोधि हेर, अधुरो माया कस्तो होला ?
जू:- चौतारीको डिलमा वर, पीपलू बिना जस्तो (पो) होला !


जू:- एउटा प्रभात डाकेर, नयाँ जीवन बोलाउने
स्वर्ग भन्दा सुन्दर, झुपडी नै हसाउने !
...
घरमुनि को एक्ले वर त (ऋषि बस्ताकोटी)
माथि गुराँस लिगलिगकोटमा तल चेपेखोला,
घरमुनिको एक्ले बर त अझै उस्तै होला /

रिपको पाखा, गीतको भाखा, सान्नानीका आँखा
‘लुकी लुकी माया लाउनु’ भन्थे मधु काका
डण्डीबियो, खेतको सियो, लसुनेको...
फूलपाती लिई उनी, मन्दिर धाउदै छिन रे (राइची वाम्बुले)
फूलपाती लिई उनी, मन्दिर धाउदै छिन रे ।
चाडै फर्की आउन भन्दै, भाकल गर्दै छिन रे ।

सुनेको छु, सबै कुरा, उस्को दु:ख पिडा ।
बाचा थियो चाडै आउने,घर छोडि हिड्दा ।
यस्तै भईयो चन्द्र मेरो दाइनो...
देश हाम्रो (सन्तराज आङ्देम्बे)
केटा- पुर्ब पश्चिम
केटि- उत्तर दक्षिण
केटा- हिमाल पहाड
केटि- तराई मदेश

देश हाम्रो सबै हाम्रो नेपालि मन हाम्रो
लडाई युद्द नगरेर मिलि बाच्नु राम्रो
सस्कृति सम्पति हो भाषा लिपि सबको...
सिउदोसँग साटिएको नाता जोडिदा (जीवन देवान गाउँले)
सर्मायौ कि ! बेहुलीको घुम्टो ओढिदा
सिउदो सँग साटिएको नाता जोडिदा

पराईको साथ रोज्नु तिम्रो कर्म अरे
नयाँ घर बसाउनु तिम्रो धर्म अरे
तर्सियौ की ! जिन्दगीको बाटो मोडिदा
सिउदोसँग साटिएको...
सपनीको दोष लाग्यो शिरानीलाई (शुभ राज राई "सुवास")
सपनीको दोष लाग्यो शिरानीलाई
वल्छिको चोट लाग्यो मछेडीलाई

दोष संहे मैले एक्लै
चोट संहे मैले एक्लै

मिर्मिरेको मात लाग्यो विहानीलाई
वियोगीको मात लाग्यो जिन्दगीलाई

मिर्मिरेमा नि...
लट्ठै पार्ने फूल (केदार श्रेष्ठ‘गगन’)
लट्ठै पार्ने फूलको रुप जूनको उस्तै बानी
हेर्ने रहर हुँदाहुँदै झरी,अस्ताई जानी ।

झर्नै पर्ने भएदेखि किन वागमा फुल्नु ?
अस्ताई जानु थियो भने किन मनमा डुल्नु ?
यस्तै रै’छ जिन्दगानी बगिजाने...
दियौ हात तिमीले (लोकराज अधिकारी)
दियौ हात तिमीले मैले समाए
गर्यौ घात तिमीले बदनामी कमाए ।


सजिलै तिमीले हात छोडिदियौ
नाता सम्बन्ध साथ तोडिदियौ
दिन रात आंशुमा आफूलाई डुबाए ।
दियौ हात तिमीले मैले समाए
गर्यौ घात...
रातो गुलाब फुल बोकी यता सर्नेलाई (ईन्द्र जिजीबिषा)
रातो गुलाब फुल बोकी यता सर्नेलाई
यस् एम यस् मा मिठा मिठा कुरा गर्नेलाई

उन्कै यादमा एउटा क्यान्भास कोरी रहेछु
आँखा भित्र राख्ने ठाउँ खोजी रहेछु

भोक प्यास चैन् निद चोरी लानेलाई
सँगै...
परेड (राकेश कार्की)
परेड खेल्दाखेल्दै जिन्दगी बित्ने भो
बन्दुक भिर्दाभिर्दै जिन्दगी बित्ने भो ।।

आफ्नै दाजुभाई संग म कति लडुँ
आफ्नै दिदीबैनी कुल्ची अघि कता बढुँ
तोडफोड गर्दागर्दै जिन्दगी बित्ने भो...
पैसासित माया साट्नेलाई (पुष्पा खनाल)
पैसासित माया साट्नेलाई
मलाइृ छोडी डाँडा काट्नेलाई
यो दुःखीको सन्देश लग्दिनु चरी
दाइने हातको सलाम भन्दिनू

मुखमा चाहीं राम राम बगलीमा छुरा
मन उनको खोटो रैछ गर्थिन् मिठा कुरा

धनसँग...
के गर्नु त कुरा काट्ने, दुनियाँको जातै रैछ (जिता नेपाल)
इज्वतमा दाग लगाउने, ठूलो कुरो बातै रैछ

के गर्नु त कुरा काट्ने, दुनियाँको जातै रैछ



कति चोखो मित्रतालाइ्र, गलत अर्थ लाईदिनाले

समाज संग मिल्दो हुन, आफू स्वयम् गि्र्नु पर्ने

अघि...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम