Online Nepali Literature Forum
   

Users Online : 6
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
अहम् कर्मका सिमानहरू ध्वस्त हुदैछन् (हरि मानन्धर "विवश")
स्वतन्त्ररूपमा
फैलिएर रहेका
कर्मका सिमानाहरू
हुनुले नै सायद,
हरेक विहानीहरूमा,
गाउँघर तथा झुपडीहरूबाट
कसैको छोराछोरी,
कसैको बाबुआमा
कसैको दाजुभाइ
कसैको दिदीबहिनी

कसैका आफन्त र...
मेरो आत्मकथा (हेमन्त परदेशी)
कपुरी 'क' पेटफारो 'ख'
………………………….
जतिबेला म ,
धुले स्कुल धाउथेँ
हरेक दिन यसरी नै बाह्रखरी घोक्थेँ l
गुरु-गुरुमाहरुको कठोर निगरानीबाट मुक्त हुन
चार बजेको घण्टी बज्न अगावै
को भन्दा को कमको...
बादल फाट्न सक्छ (उषा गिरी)
समयको खाली सिउदोमा
रङ्ग भर्ने कोशीस नगर
सिमारेखा लामोछ
अन्धकार सङ्गै
बादल फाट्न सक्छ
डाढा पाखा हिजोजस्तो छैन
पूर्णबिराम र
प्रश्नबाचकहरु सँगै
जीबन धमिलिन सक्छ
पानीको फोकासरी ...
जिन्दगी (काजिमान याक्सो )
जिन्दगीका रहर र आसा
अनि
अभिलाषाहरु
संघर्स संगै बहक्किएर होला
त्यसैले
सधैं अभस्त्य देख्छु म
यो जिबन यात्रा
शायद
खाउं लाउं र सधै केहि गरुं
भन्ने रहर र चाहानाले
कहिल्यै नछोडेर पनी...
भूतप्रेत र मसानहरु (मनु याक्थुङ्बा)
एकदिन मलाई
मेरो बाउले थेबाले भन्नुभएको खेदा
सुनाउनु भयो-
यो मानव बस्तीमा
यो हाङ् बस्तीमा
मानवको रुप धारण गरेर
भूतप्रेत सेसन्तर र मसानहरु पसेछन्
र त्यसबेलादेखि अशुभ साइत परेर
मेरो...
हाम्रो जमिन जिन्दावाद ! (विक्रम सुब्बा)
अजायबघरको ईतिहासका परेलाबाट
परंपरागत विचारका धूलोहरू टक्टक्याएर हेर
इमानका आँखाका मोतियाविन्दु निकालेर पढ
किम्बदन्तीका नायकको सम्बाद गुन
उखानटुक्कामा टाँस्सिएका तथ्यहरू...
खोजि-तराईको (बिकासचन्द्र राई)
नेपालमा मैले
देखेकोछु- हिमाल छ
जानेकोछु- पहाड छ
मानेकोछु- तराई छ ।

अनि त भन्छौं हामी:
‘’हिमाल, पहाड र तराई.....
कोहि छैन पराई.....’’
हो मित्र!
कोहि छैन् पराई।

तर
मैले जानिन कि कसो
सुझ् बुझ्...
धरान (भानेन्द्र सम्बाहाम्फे "जुझारु")
साँगुरी भाज्याङ्ग-भेडेटार

ओडेर शिरमा

सर्दु-सेउती

दायाँ-बायाँ

पानीका घडा

पाचकन्या-विजयपुर

शिरफूल

भानुचोक-छाताचोक

छातीमा सजाइ

च्ाारकोसे टेकेर

मृदु मुस्कानका साथ

हाजिर छ...
तिमी बिनाको यो संसार (योगेन्द्र जोगी)
तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु

तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई

भुल्न सक्तिन सानु...
‘जेठी कमेना’ ‘म’ मान्छे हुन चाहान्छु (रामप्रसाद प्रसाईं...
म ‘मान्छे’—
समयचेतनाको
लिङ्गे पिङ्गमा,
मच्चिदा मच्चिदै—
संस्कारहरूको अरूणोदयसंगै,
अङ्कुरित भइरहन्छन्—
अलग-अलग पोथ्राहरू:
चिन्ता-चासो-चिन्तनका।

अनिदो दलन र
कट्मिरो चलनका,...
गणतन्त्रको छाया (मनोज वोगटी)
कहिले हरायो गणतन्त्रले
छाया।

हराएपछि
सबैले देखे।

देख्दा-देख्दै हराएको हो कि हेर्दा हेर्दै हराएको हो।
नदेखी नहेरी पनि हराउँछ कि!

हुनु त हराउने कुरा हराउँछ।
हराउनु कति तथाकथित...
मेरो देश (गंगाराम ढकाल)
मेरो देशमा आज चल्यो रावण राज ।
उत्तर दक्षिण सागुरिदै छ हिजो भन्दा आज ।।
बुद्ध जन्मेको देशमा युद्ध भइरहेको छ ।
कैलास बाट बग्ने जलमा रगत मिसाइएको छ ।।
मञ्जुश्रीको तपोभुमिमा कालरात बनाइएको...
वैशको सुन्दरता (साजन राई ''उपेक्षित")
वैशको सुन्दरता सँगै
प्रेममा मदहोस भएर
तिमी मेरो बयान नगर।
मेरो व्यक्तिगत छविलाई
मुना मदन र लैला मजनुसँग तुलना नगर
भो..। नबनाउ मेरो कथाहरु
नगाईदेउ मेरो गीत,
कोर्न नखोज ईतिहास..म ज्युँदै...
मेरो देश (गंगाराम ढकाल)
मेरो देशमा आज चल्यो रावण राज ।
उत्तर दक्षिण सागुरिदै छ हिजो भन्दा आज ।।
बुद्ध जन्मेको देशमा युद्ध भइरहेको छ ।
कैलास बाट बग्ने जलमा रगत मिसाइएको छ ।।
मञ्जुश्रीको तपोभुमिमा कालरात बनाइएको...
कला, साहित्य (नरेन्द्र कुमार सेन्दाङ)
न छेक्न सक्छ
कला, साहित्यलाई सीमानाले
जोखनको लागि तराजुलेनै
अर्थात:
न'त मर्ने तिथी/मिती को समयनै
त्यसैले त:
महान कलाकार तथा साहित्यकारहरु
धुर्ब तारा झै अटल अमर रहन्छ
सधैं सधैं...!
यो युद्ध आफ्नै इश्वरको विरुद्धमा (उपेन्द्र सुब्बा)
१.
आऊ साथी
सुरुवाल सुर्केर घुँडामाथि
घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला
यसरी कि. टेकेर दह्रो चार पाइला
-धर्ती. आकाश. हावा. पानी....
बस्.
नूनको ढिक्का चाट्दै
मिथक उगाई साँढेको...
लाहुरेउत्सव र सपना (टेकेन्द्र अधिकारी)
अस्तित्व खोज्दै जीवनको
बेचिएको राष्ट्रियता बोकेर
जोगाउन राष्ट्रको इज्जत
काँधमा बन्दुक भिरेर जिम्मेवारीको
देशकै खातिर लाहुरे भयो ऊ ।

जीवन लाहुरेको बाँचे पनि
फुलाउँदै मनभरि ढकमक...
कवि (नरेन्द्र सेन्दाङ)
एक कुशल कवि
दैनिक दाउराहोस या घास,
अर्थात
आकास पाताल सौर्यमण्डल पारीको
तारापुन्जनै किन नहोस ।
अदभुत यात्रामा अभिप्रेरित
एक अन्योल बटुवाझै अनवरत कवि
उषाको मिर्मिरे झुल्के विहानी...
पोखीएको जिन्दगी (प्रकाश नेपाल)
खुब उच्च मान्छेको जुनी.......
पाइयो भनेर....
खै के नै गर्न सकियो
न त कुनै ठुलो रचना गरियो
न अवसेसहरुको पुननिर्माण नै गर्न सकिओ
मात्र, विलासको आसमा
कुकर्मको घोडेजात्रा रचियो

बिरालो र मुसो...
बाटो बिराए (जयन्त शर्मा)
आवाजहरू बन्दी छन्, मुख टाँलिएको
आशाहरू जलाइएका, हात बाँधिएको
खै त प्रजातन्त्रले श्वास फेरेको?
खै त परिवर्तनले न्याय पाएको?

पुरानो मानसिकता, पुराना विचार
हरियै देख्छ भदौमा आँखा फुटेको...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम