Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
गणतन्त्र नेपाल जिन्दाबाद (होमशंकर बास्तोला)
जुन दिन तिमीले बन्दुक तेर्साएर

स्वतन्त्रताको पर्खाल ढालेका थियौ

सडकमा रक्ताम्य मान्छे ढालेका थियौ

त्यो रगत पोखिदैपोखिदै

तोडिए तिम्रो बन्दुकका जन्जिरहरु

ढालिए क्रूर...
यात्रा शुरु गर्छु ! (इन्दिरा चाम्लिङ)
सुन्दर फाँटहरुमा लमतन्न छन् फराकिला बाटाहरू

मलाई टाढा, धेरै टाढासम्म हिड्न मन लाग्छ



त्यही बाटा भएर माथि पहाडसम्म पुग्न मन लाग्छ

कालो बादल भित्रको सेतो चन्द्र टिप्न मन लाग्छ
नरोउ आमा तिमी (सुभाष भण्डारी)
गहभरी आंसु बोकी नरोउ आमा तिमी

तिम्रो आंसु पुस्न म चाडै फर्कदै छु

आएको थिएं पर्देसिएर बिरानो मुलुकमा

धन कमाइ तिमीलाई सुख दिने आसमा





आमाको ममता के हुन्छ बल्ल मैले बुझें
शहर र सपनाहरु (राजेश राई)
चोमोलुङ्गमा भन्दा अग्लो रहर

तम्बुरहरु भन्दा लामो उत्साह बोकेर

सुदुर उज्यालो भष्विय खोज्दै खोज्दै

गाउँबाट शहर झरेका तरुनो मेरो सपनाहरुको

यो शहरले बलत्कार गरेकाे

मानिस ठुलो कर्मले हुन्छ (सागरिका)
सलाम छ सानो भाइ कमललाई

सलाम छ तिम्रो साहसी पाइलाहरुलाइ

यमदुतसँग लडने तिमी देवदुत रहेछौ



मृत्युलाई नि जित्ने अमृत बनेछौ

सानो पाखुरिमा नि कत्रो आत्मबल

कुरी कुरी होला...
फेरी घर को याद आयो (सहदेव पौडेल)
फेरी घर को याद आयो

काठे पुल तर्दै धुलौटे माटो मा खेल्न मन लाग्यो

घासे चौर मा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो

फुल्दै गएको मेरी आमा को कालो कपाल केलाउन मन लाग्यो

यसपटक फेरि घर को...
अमरत्व प्रेमको (प्रतिक चाम्लिड.)
विश्वास त थिएन

तिमीले घाटीको किलकिले छोएर

खाएको कसमको

भरोसा पनि थिएन

तिमीले छाती छोएर

गरेको समर्पणको

किन कि धेरै माया गर्छन

झुठा माया लाउनेहरुले ।

तर........

किन ?

हरेक...
औसरवादी (मन्जील दिप सुब्बा)
देश अन्धकारमा हुदाँ

तिमी अस्थाएका थियौं

उज्यालो तिर डोर्‍याउन त के

एक प्रहर किरण छर्न पनि

कञ्जुस्याई गर्‍यौं



देश डुविरहेको बेला

तिमी बाहिरियौं

उच्च प्रदेश बनाउन त...
वाशिङ्गटनमा 'र्‍याली' (होमनाथ सुवेदी)
म भैन जो गएनन् लौ पश्चात्ताप हुनी भयो,

वाशिङ्गटनमा 'र्‍याली' न पत्याए समान भो ।

अनु, पुरु थिए तारा जीतमा कटिबद्ध झन्

नेता सुमन हुन् यौटा अर्का कार्की अगाडि छन् ।



बलराम थिए द्यौता,...
सन्दर्भः सुस्ता
लेखनाथ बाजेको

चरीको विलाप पढेको भए,

तिम्रो दुर्मतीले आज

मेरो घरबार उजाडिने थिएन

मेरा पातीका खम्बाहरू

तिम्रो क्रेनले उचालिने थिएन

म सुस्ताए

तर तिमी सुस्ताएनौं।
खेल (नन्दलाल आचार्य)
यस माटोलाई

अचानोमाथिको

अर्को अचानो बनाइ रहेछु म ।

आफ्ना समस्याका खातहरू

आफ्ना मन विझाउँने कामहरु

मार्फत अघि सारिरहेछु

निरन्तर निरन्तर पीडाहरू,

आफ्नो मुटु रमाउने गरी
राजा घट्यो (राकेश कार्की)
राजनीतिको खेल



या क्रान्तीको भेल



कलमको पढाई



या बन्दुकको लडाई



ईतिहासको पन्नामा हिसाब गर्यो



गणतन्त्रमा गणीत आयो



एउटा राष्ट्पति जोडीयो



एउटा राजा घट्यो...
जराहरू (शहदेव पौडेल)
घर अगाडी एउटा बुढो रुख थियो-काटियो

यतिखेर रुख ढलेको छ

के के हराए जस्तो भएको छ

गुमाए जस्तो भएको छ

तर घरले छितिज देखेको छ



हिजो रुखहरूले झपक्क ढाकेका/थिचिएकाहरु आज जुर्मुराएका ...
किताब ( विक्रम सुब्बा)
लेखिँदैछ अब एउटा नयाँ किताब



मानिसहरू भन्दैछन्



किताबको कुनै पनि अध्यायमा



राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन



रानीका कुटील मुस्कान कतै पोतिने छैन

दुखेको जिन्दगी ( जय थुलुङ)
घायल छ यो लोलक जस्तो जिन्दगी,

आँफैमा दर्दनाक छ,

तल सम्झिदा तल नै दुख्छ

माथि सम्झिदा माथि नै,

आफ्नो त के कुरा र हरेक दिन रात नै !

यो लोलक जस्तो जिन्दगी

हरेक बिहान घडीको टिक टिकमा...
मुक्तिनाथ (सर्वज्ञराज पौडेल)
मुक्तिनाथ
आस्था अनि विश्वासको
भावना भित्र भित्रै चुलिईरहेछ
निलगिरीको आँगनमा
जोमसोमको चिसो सिरेटो
कालीगण्डकीको किनारै किनार
मुक्तिनाथ
कागवेनीमै अनुभुति हुने रहेछ ।

कालीगण्डकीमा...
मेरो मातृभूमि र मातृत्वको काख (मणि बाङदेल सागर)
मैले छोडेर आउँदा मेरो देशमा

चाँप, गुराँस, चम्पा, बेलि र चमेली

फुलेको हुन्थ्यो झकमक्क

माछापुछ्रेको सितल पवनसँग

फेवा र बेगनासलाई चुम्दै

तराई पहाड बहकिएर बसाउँथ्यो मगमग
प्रभात प्रवासको (ईश्वर चाम्लीङ्ग)
प्रभात प्रवासको

म प्रभात प्रवासको

म आकाश प्रवासको

म हावा, घामजून, धर्ती र सागर प्रवासको

स्वभाविकता-अस्वभाविकता

सहज-असहज

धेरै-थोरै

दुख-सुख…..

म प्रभात प्रवासको

म आकाश...
गत साल र नयाँ साल (दुत पून, चिम्खोले काइलो)
गएको सालमा प्रिय

धेरै बासी भात र

बासी तरकारी खुलायौ प्रिय

भु“डी पनि बस्ेसरी दुखायौ प्रिय ।।





अव त नयाँ साल लाग्यो प्रिय

हरिया साग सब्जी र

ताजा ताजा माछा मासु

पकाएर...
नयाँ वर्ष अनि नयाँ सँकेत (गोपीकृष्ण प्रसाई)
नयाँ वर्ष २०६५ आएछ

फेरि मनमा एउटा नयाँ तरङ्ग छाएछ

तर तरङ्ग मात्र होइन

परिवर्तनको लहर वढेपछि

जन भावनाहरु मनमा गढेपछि

अप्रतिम चाहनाहरु आज नाचिरहेछन्

बिशाल रुपरेखा मन अनि...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम