Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
म त सहिदको छोरा (हेपेन्द्र किराती/भोजपुर, हाल यु .के)
चाहे तिमी सगरमाथाको चुचुरोमा फूल

या समुन्द्रको बालुवामा मिल

मलाई के भो र ?

चाहे तिमी चीनको पर्खालै पर्खाल डुल

या बेबीलोनको झुल्ने बगैंचामा मदहोसि भएर झुल

मलाई के भो र ?

म त...
समय (विमला नेपाल, इजरायल)
कती क्रुर छ कती निरदयी छ

समयएको पावन्दी कती निस्ठुर छ

एसैले मिलन गरायो,ह्रिर्दय को अन्न्तर्कुनामा ठाउँ दियो

निलगगनमा पुग्यो समय पुष्प ब्रिस्टी गरायो



आज पनि त्यही समय छ तर ...
हामीले के पायौं ? (नम्रता गुरागाईं/नेब्रास्का, अमेरिका)
बिचारभित्र काँडा हालेर

तिमी कति अग्लो भयौ

म कति होचो भएँ

तिमी कति साँघुरो भयो

म कति फराकिलो भएँ

मात्र

विझाउँने शब्दहरुले घोचेर चस्किदा

हामी

अझै चेप्टियौ

अझै...
म फूल (भीमा खजुम मुसुम)
म,

मनभरि गुलाफ फक्रे

रत्ताम्‍मे पाखा उजेल्‍ने

सुन्‍दर गुँरास फूले

फूल्‍नु हुन्‍थ्‍यो या हुन्‍थेन

बिना सोच फूले

बक्र नजर नि हुँदारहेछन्‌

यो मैले सोच्‍नै भुले



एक आपसमा सम्मान गरेर बांचौं (नगेन्द्र ईङनाम /आठराईली)
एउटै घरका परिवार हौं हामी

भान्सा छुट्याउन किन पर्यो र

चुलो अनि भॉडो एउटै छन हाम्रा

खाने थालमा झगडा किन गर्ने र



साना र ठूला सबै भेद् भाव त्यागी

एकताको बलियो बन्धनभित्र...
बिलासी मन (यशोदा अधिकारी)
वास्तविकता नबुझने मान्छ



लाटोकोसेरो जस्त



पीडाले छट्पटाउँछ



समयलाई नबुझने मान्छ



विना औचित्य



झयाउँकिरीजस्तै चिच्याउछ



अँध्यारोलाई उज्यालोमा

पिञ्जडाको कैदी (चन्द्र मादेन/ हङकङ )
रुन्छ आत्मा, दुख्छ मुटु, जल्छ मन



हे मनुखे ! कसरी वुझाऊ तिमी आफै भन



कुन जुनीमा पाप गरेथे थाहै नपाइकन ।







वुझाइ देउ मलाइ



कुन जन्ममा मैले तिम्रा



के विगार...
बघेनीका सन्तानहरु (गोपाल बिरही/बुटवल)
साना र सानी खै गए कता देख्दिन अचेल



सहिद भए भन्छन् नि सबै लाग्दैन पत्यार ।



हिजोझै लाग्छ सानाको मुहार आफैले देखेका



अस्तिझै लाग्छ सानीका कुरा कानैमा परेको ।।



आकाश रोयो...
साधारण समकालीन कबिता (सहदेव पौडेल)
धेरै भो बन्द हड़ताल धेरै निस्कियो जुलुश

थाकिसके सबै अब शिथिल भो मुलूक

लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी

सयौथरी जात धर्मका हामी गोडौ फुलबारी



पाहड़ दुख्दा तराई रुन्छ तराई...
म टोपबहादुर (नबराज राइ/यु.के.)


कुकुरलाई कुकुर र

मान्छेलाई मान्छे भन्ने ठाउँमा जन्मिएको मान्छे



कुकुर घर बाहिर र

मान्छे घरभित्र बास बस्ने ठाउँमा हुर्किएको मान्छे



कुकुरलाई काले, ठुटे, पाङ्ग्रे र
होसियार (कृष्ण कुमारी पौडेल/अमेरिका)
होसियार शान्तीका परेवाहरु हो



शिकारी हरु आउँदै छन



तिम्रो सुन्दर शान्त दुनियाँ



भताभुङग बनाउदै छन।



षडयन्त्रको पासो भित्र



चारोहरु फिँजाउदै छन



तिम्रो...
जलिरहेको देश (केदार सुनुवार संकेत)
चुल्होमा आगो बाल्न

र एउटा पेट भर्न

धौधौ परेको बेला

सिंगो देश आफै जलिरहँदा

अझै पनि देशका राष्ट्रवादीहरू

घरभित्रको सिकार खेल्दै छन् ।



मरेको माछाले

बकुल्लाको ध्यान
मेरी दिदी (कल्पना मगर/धनकुटा)
शतिशाल बनेर

िङ्ग उभिरहेकी मेरी दिदी

सिमलको भूवा जस्तै,सुकोमल भइरहिन मेरी दिदी

हजारौं आगोको ज्वालाले हानेनी,

शहनशील भइरहिन मेरी दिदी

बैशाषको

खडेरीमा लाग्ने आगो निभाउने...
आब्हान कृष्ण (कुमारी पौडेल/टेक्सस अमेरिका)
जुटौं अब नेपाली हो देश उ ाउं माथि ।



देशप्रेम ले भिजेको छ नेपाली को छाती ।।



पराई कोही छैनउ हामी सबै एकै घरका ।



आपसमा मिलिजुली बाडौं पिर मर्का ।।





नेपालीकै पहाड...
म मेरी आमालाई बिक्री गर्न सक्दिन (श्रीपुरुष ढकाल)
आफ्नो भोक मेट्न



म मेरी आमालाई भोकै राख्न सक्दिन“



आफ्नो आङ ढाक्न



म मेरी आमालाई नाङ्गै पार्न सक्दिन“



आफ्नो घरबारका लागि



म मेरी आमालाई घरबारविहीन पार्न सक्दिन“
तपशी स्याल (अशोक/ड्रामस्टाड, जर्मनी)
क ोर तपस्या पश्चात

तथास्तु आशिर्बाद पाएका स्यालहरु

तथास्तु बर्दान दिने बिधातालाइ लल्कारीरहेछन

आफुलाइ एकमात्र शक्त्तिशाली विधाता घोषणा गर्दै

तपशी असुर जस्तै

देवासुर ...
होइननी अभागी ( ाकुर मान लामा)
मेरो पनि कुरा सुन म त होइननी अभागी

रगत सबको रातै हुन्छ नभन यो जाति उ जाति

रङ्गीबिरङ्गी फुल भए पनि आखिर फुल हो नि

साना ूला तारा भए पनि आखिर तारा नै त हो नि

कोही हुन्नन् साना ूला सब...
एकालाप (देवेन्द्र सुर्केली/मलेसिया)
अचानक पानी दर्कियो

र, उनको बढिरहेको पाइला पछाडि फर्कियो ।

म त दौडिउ भन्दै थिए

कि, बर्षातलाई छिचोलेर पारी पुँगु

के गरी उनी मेरो बाटोहुँदै आइन

र फुत्त उचालिएको मेरो पाइलालाई...
एउटा मानव बोलि (क्याप्टेन ज्ञान लिम्बू, वेलायत)
विगत विगतनै हो जो र्फकदैन

समय यसैत गतिवान छ कतै तर्कदैन

जे जति भए आखिर भरएरै गए

के सत्य के असत्य सबै भेल बाढिसँगै गए





समयनै यस्तो रोकेर कहा रहन्छ

न छ यसको सुरुवात नत छनै...
जिन्दगी (झमक घिमिरे)
समयका पानाहरुमा मानव आक्रोश पोखिए

मूर्दावाद र जिन्दावादका नारा लेखिए

थुप्रैको पुत्ला सल्काइए

जिन्दगी त्यहाँ उभियो, विना रङ्ग

ऊ शालिक जस्तै

मौन, स्थिर उभिरहेछ

अब जिन्दगीको...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम