Online Nepali Literature Forum
   

Users Online : 13
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
"योद्दा" राष्ट्रवादी कविता (बुद्ध चेम्जोंग)
म,
यस्तो योद्दा
निडर अनि साहसिलो
कसैसंग नझुक्ने बन्न जादैछु !!

मेरो,
त्यो आर्तनाद
भूकम्पमय साहसले थर्किएर
ज्वालामुखी बिष्फोट हुन लाग्दैछ !!

त्यो,
सिंहदरवारको सभा
कोठाको...
तिमी चाँडै आउ (सीमा राई)
जून सँगै आउँछु भन्थ्येउ
औंशी पो परेछ
तारा सँगै आउँछु भन्थ्येउ
बादल पो लगेछ

फूल सँगै आउँछु भन्थ्येउ
खडेरी पो लागेछ
बर्षात सँगै बर्शिन्छु भन्थ्येउ
असिना पो झरेछ

शित को थोपा सँगै ...
पाइलै पिच्छे ठेस लाग्ने, ठक्कर रै'छ जिन्दगी (शान्तुमाया...
कति गर्नु फुलको कुरा, कति गर्नु जूनको कुरा
कहिले काँही त आउन गरौं, बाँसुरीको धुनको कुरा

कतै भिर, कतै पहरा, अक्कर रै'छ जिन्दगानी
पाइलै पिच्छे ठेस लाग्ने, ठक्कर रै'छ जिन्दगी

कति गर्नु नुनको...
अँध्यारो चाहियो (भीमप्रसाद घिमिरे)
न कामको चिन्ता
न खानको चिन्ता
न धुवा, न त धुलो
कोही सानो, न ठूलो
बत्तीजस्तै पेटहरुले गरे हुन्थ्यो लोडसेडिङ ।।

कामसँगै आरामका लागि हुन्थ्यो होला समय
न मोवाइल बज्थ्यो
न पेट्रोल बल्थ्यो ...
गणतन्त्रको पुतला (नरनाथ लुइँटेल)
खोलो अब तलतिर होइन मास्तिर बग्छ

आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ

र अब जमिन उचालिएर आकाश बन्छ

यो उलटपुलट हो यो फेरबदल हो

समयले ल्याएको जबरजस्त अदलबदल हो ।


गणतन्त्रको स्वप्नवगैँचामा...
देशान्तर (राज लम्साल 'यात्री)
एकै पृथ्वी भित्र तिमि र म
तिमि उत्तरी गोलार्द्ध अनि म
दक्षिणी गोलार्ध

तिमि चाहेर पनि पग्लन सक्दैनौ
म चाहेर पनि जम्न सक्दिन
आफ्नै कक्ष संग घुमिरहनु
तिम्रो परिस्थिति मेरो बिबसता
एकै...
तब सत्य आँफै बोल्छ (शेखर ढुङेल)
मानिस् नियमित बोलिराख्छ
कतै कुन्ठा , कतै स्वार्थ बोकेर
समयले सिमा तोक्छ
झुठ का पुलिन्दा निख्रिन थाल्छ
धकेलिदै जब भित्तामा पुग्छ
एक दिन ढिला चाडो सत्य आँफै बोल्छ !

हो त मानिस् बोलिराख्छ...
आत्महत्याको पत्र (समदर्शी काइँला)
आफ्नो भएभरको जायजेथा
आँशु पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर
बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न
बहुरङ्ग सपनाको हाटमा जादा पिन
सुक्रीबिक्री फरिफार्छे नभएर
यो नियाँस्रो...
जीवनको खोजी (आनन्दराम पौडेल)
त्यो मानिस
जङ्घार तर्न खोजिरहेछ
यथार्थमा
सपनाको भारी बोकेर
सम्भावनातिर लम्किरहेछ।
प्रेमको महिमा (ज्ञानेन्द्र गदाल)
प्रेम नै हो जीवनधारा अजर अमर शक्ति हो

रुप अन्तिम प्रेमको अनन्य प्रणय भक्ति हो ।

हुँदैन धर्मको बन्धन धर्मभन्दा माथि छ यो

फलको आशा नगर्ने कर्मभन्दा जाति छ यो

प्रेम नै हो महौषधी नैराश्य र...
देश गरिब हुनु भनेको (राजु सुब्बा)
देश गरिब हुनु भनेको
छिमेकीकै लागि अघ्र्यालो हुनु रहेछ
धेरैको लागि आँखाको कसिगर हुनु रहेछ
नागरिकहरु अनागरिक हुनु रहेछ

देश गरिब हुनु भनेको
मागि हिड्ने भिखारी हुनुरहेछ
अरुको सामु सधै शिर...
नेपालमाः हिजो र आज (नवराज सुब्बा)
हिजो
यो देशमा
राजा थिए
उनका वरिपरि
कवि, कलाकार
गायक, इतिहासकार थिए
जो राजाको स्तुति गाउँथे
राजा प्रशस्ति लेखाउँथे
र कृतिम इतिहास रचाउँथे

आज
यही देशमा
राजा छैनन्
तर बाँकी सबै सबै...
म (हर्कमनी राई "यात्री")
यात्री न हु म
यात्रामा नै जीवन बिताई दिन्छु ।
बगैचाको भुमरा न हु म
फुलको रस चुस्दै - चुस्दै उडीदिन्छु ।
अकाशमा उडेको चरी न हु म
हरेक रात बास फेरी दिन्छु ।

समुन्द्रमा राखिएको डुङान हु म...
मान्छेको परिचय (ठाकुर मान लामा)
मान्छे पहाड बन्छन् होइनन
पहाड बन्ने कोशिश गर्छन्
नसक्नेले पनि सक्छु भनी
कोर्रा कुरा त्यसै पनि हाक्छन्

हुनेसँग सम्पति त हुने नै भए
नहुने पनि छ भन्छन्
कोही किन कोसँग झुक्ने
कोही किन...
फूलमाया मुस्कुराउने दिन (कला अनुरागी)
इतिहास लेखिनु अघिकै दिनहरुदेिख
पर्खिरहेकी छे फूलमाया
ऊ साँच्चै मुस्कुराउने दिन ।

तिमी देख्न सक्छौ
मुस्कुराउँछे हिजो आज पनि फूलमाया
काँडाघारीको बिचमा मुस्कुराउने
सुन्दर जंगली फूल...
सुन देशभक्तहरु हो (बिपिन योन्जन)
सुन देशभक्तहरु हो, कान खोलेर सुन
ध्यान दिएर सुन, देशको चालचलन
देशको हालखबर सबै, सन्देश सम्झेर सुन
यदि !
देशको माया लाग्छ भने
आफ़्नो अस्थित्व चाहान्छौ भने
स्वाभीमानी बनि बाच्न खोज्छौ भने...
माकुने - श्रीमती छाड तर सत्ता नछाड (पवन नेउपाने)
बनाउँछौ भन्ने लाग्थ्यो संबिधान ,तर पुरा गर्न नसक्ने भैहाल्यौ
पुर्याऊँछौ जस्तो लाग्थ्यो निस्कर्षमा शान्तीप्रक्रिया बिचैमा तुहाउने भैहाल्यौ
हाथमा लिन्छौ साथमा लिन्छौ सहमती गराउँछौ...
जलिरहेको मेरो देश (बुद्ध चेम्जोंग )
मेरो प्यारो देश जलिरहेछ दन्दनी
दुख्छ मन सधै नै सम्झी नी
दमकल बोलाइ देउ न ए! हजुर
सबै मिलि बचाऊ न राष्ट्रको गजुर !!

कहाँ, कसरी? शुरु भयो आगो
चुड्न लाग्यो राष्ट्र प्रेमको धागो
ए! उठ न हो, आगो...
जा ए ६६ साल (बिमल गौतम)
जा ए ६६ साल फर्किएर नहेरी जा
तेरा दुष्कर्म हरु साथै लिएर जा

बास्पानी र डूड़े झारीको घटना लिएर जा
जमिम,सिन्हानिया हरुको रगत पिएर जा
सुन्तली धामी केभन्छिन उनलाई सोधेर जा
स्वर्ग...
स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस

वालक देखि वृध्दासम्म

र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै

स्वतन्त्रताको लागि आवाजहरु

वस्ति वस्ति ,गाउँ गाउँ

गाउवस्तिवाट शहरतिर
...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम