| कविता |
म नेपाली (लक्ष्मण प्रसाद खतिवडा)
म नेपाली देशविकासको लागि
लम्किरहन्छु निरन्तर
छलकपट गर्ने सकुनीहरुविरुद्ध
सत्यको मियो समाई पाण्डवहरुको पक्षमा
म एक्लै लडिरहन्छु युद्धमैदानमा
बाटामा कसैले काँडा...
|
सत्यम् शिवम् शुन्दरम् ! (नवराज सुब्बा)
हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर बसेको
|
तेसैले त तिमीले (रामु गैरे)
मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।
मटीतेलमा बाल्ने बत्ती मन परेन...
|
रगत (विक्रम सुब्बा)
रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
गिदी मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र कसले सोच्ने?
रगतको आफ्नो आँखा हुँदैन
आँखाको नानीले रगत खान नपाए
|
निस्ठुरीको यादमा (योगेन्द्र योगी)
कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा
मेरो सानु लाई सम्झिरहे मेरी सानुको यादमा
ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग...
|
फूलको जिन्दगी (फूलमाया तामाङ)
फूलको जिन्दगी
भूलै भूलले भरिएको हुन्छ
कसैले मायाले हेर्छ
अनि एक पत्र उसलै कोटको गोजीमा टाँसिन्छ
कसैले मुस्कान छर्छ
ऊ उफ्रिएर त्यता लाग्ने प्रयास गर्छ
अन्त्यमा
ऊ...
|
मेरो देश दुखेको बेला (विमल गौतम)
गाउँ शहर जता ततै, बन्दुकहरु भुकेको बेला
नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला
न्याय सत्य अधिकार र, शान्ति,शुरक्षा लुकेको बेला
दया माया भातृत्व र ,मातृत्व को मुहान सुकेको बेला...
|
होली: हाम्रो मस्तको चाहाड (अनन्तगोपाल रिसाल)
बसन्तको चाड आहा,बसन्तनै जस्तो!
खेलुँ-खेलुँ,हेरुँ-हेरुँ,लाग्छ किन यस्तो?
बुढा-बुढी,केटा-केटी,तन्नेरीको चर्को!
होली भन्ने रमाइलो,चाड हामी-हरुको!
साथीभाई मिली खेल्दा...
|
च्याउको जङ्गल (विप्लव ढकाल)
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु...
|
एउटा निस्सार प्रश्न (राजेश नतांश)
म बग्दैछु नदी सरी
निस्सार छन् गन्तव्यहरु
कहाँ पुगेर मेरो अन्त्य हुन्छ
केवल सफलता पाउने आशमा
निस्सार मेरा पदचापहरु एकाएक दौडिरहेका छन्
समयसँगको द्वन्द्व अनि समयकै...
|
विज्ञापन (भरतमान श्रेष्ठ)
सर-सामान मात्र होइन, माया-प्रेम पनि बिक्रिमा छ,
किन, उपभोग गर, सन्तुष्टीको ग्यारन्टी छ,
होइन भने फिर्ता गर, ‘रिफण्ड’को प्रोभिजन छ।
सामान र संबेदनमा फरक के ? पैसामै पाईन्छ
पैसा...
|
प्रेम दिवश (दीलदुःखी जन्तरे)
कल्पनाको अथाह सागरमा
मनको जहाज चढेर
आईरहेछु तिमीसम्म
प्रेम दिवश मनाउन ।
प्रेम दिवश समरोहमा
प्रेम दिवशको कथाले मागे जित
अभिनय गर्न नपाएको नि...
|
हरपलको मृत्युलाई म जीवन भन्छु (भरतमान श्रेष्ठ)
बिर्सुं भन्छु
सम्झना पो गाढा भईदिन्छ
टाढा-टाढा हुन खोज्छु
मन त झन् उतै जान्छ।
वर्तमानको अँगालोमा
अतितकै सपना देख्छु
भौतिक सुखले दिएन निद्रा
गाउँघरकै गुन्द्री...
|
अब झण्डा फेरिनुपर्छ (नदीश)
हाम्रो झण्डाको किनार
नीलो छ
र त, हामी शान्त छौँ
हाम्रो सिमानामाथिको आक्रमणमा
हाम्रो झण्डाको भूइँ
रातो छ
र त, हामी लडिरहन्छौँ
एक-आपसमा
चन्द्र माथि छ हाम्रो...
|
मेरो हत्या (भूमिगत)
म त
मेरै बाटो हिडिरहेको थिएँ
जसोतसो - बाचिरहेको थिएँ
आफ्नै सन्सारमा- हासिरहेको थिएँ ।
अनायसै मेरोसामु
उ एक्कासी आयो
र भन्यो-
तिमी त बर्बाद भएछौ!
तिमी त मरे तुल्य...
|
नदेख नलेख भन्नेहरु ( होमर श्रेष्ठ)
ए नयनलाई नदेख भन्नेहरु
ए कलमलाई नलेख भन्नेहरु
खै म हजुरहरुलाई
कुन भाषामा सम्बोधन गरुँ !
हिउँदको बर्फिलो मौसम
जमेको खयरमसी
वासन्ती उत्सवसँगै पग्लिएको छ
तरङ्गित...
|
होशियार (बिष्णु नन्द चाम्लिङ्ग)
होशियार !
नेपाल आमाका सपूतहरु हो ..........!
गर्व गरौँ सबैले
हिमाल फुल्ने देशका हामी
गुराँस फुल्ने देशका भनि
रमाउँ सुन्दर ती प्रकृतिसँग
सबले भन्छन्
धनी राष्ट्र अथाहा पानीका
|
तिमीलाई कोपेनहेगनमा भेट्नुपेर्ने छ (बिजय हितान मगर)
जल्बायु परिवर्तन जस्तै
परिवर्तित देक्छु आज्कल तिमीलाई
तिमी कहिले अती तातिन्छौ त
कहीले अती चिसिन्छौ
तिम्रो मन
बन्-जंगल जस्तै दडेलो लागेको देक्छु
तिम्रो तन
गहिरो...
|
दोलखा तिम्रो सम्झनामा (लक्ष्मण प्रसाद खतिवडा)
गौरीशंकरको न्यानो अंगालोमा अंगालिदै
भोटेकोशी अनि तामाकोशीसँग मितेरी गाँस्दै
सल्लाघारीभित्र लुकामारी गरी खेलेको
अनि तिम्रो प्यारो छातीमा फूलेका
लालीगुँरासका...
|
पोष्टर र पोखिएका अर्थहरू (मनोज बोगटी)
पोष्टर टॉंसिएको छ समयको निधारमा।
टाइमपासहरू पढ्दैछन्
आफ्नै अनुहारको पुरानो बिसङ्गति।
समयलाई
चप्पलले टेकेर उभिएको त्यो आदर्शको छाती छोएर
भुइँमा झरेको छ विशाक्त हावा।...
|
|