| मुक्तक |
झर्यौ (ऋषि बास्ताकोटि)
सानबाट झर्यौ तिमी, मानबाट झर्यौ,
खेलको सूत्रै बिगारेर मैदानबाट झर्यौ,
गाह्रै हुन्छ टाकुरामा टिकिराख्न साथी -
दुनियाले पुर्याएको स्थानबाट झर्यौ /
- भ्यानकुभर
क्यानाडा
|
केही मुक्तक (सुमन पोखरेल)
१
उन्नतिका आफ्नै परिभाषा सबका अर्थ आफ्ना आफ्नै
एउटै भिडमा मिसिएर खोज्दैछन् चर्चा आफ्ना आफ्नै
कसैलार्इ पीर देश डुबेको, कसैलार्इ कुर्सी गुमेको
आन्दोलनरत जनता र नेताका स्वार्थ...
|
स्यालहरु (विपु वाइवा)
बाघ मासियो स्यालहरु जिउँदैछन
ओडन छाला बाघको फेरी सिउँदैछन
जत्ति पिएनी अघाउँदै नअघाउँने
रक्त पिपाशु अझै रगत पिउँदैछन |||
|
बिडम्बना (ऋषि बस्ताकोटी)
बुझिएन राजनीति खै अँध्याराका कुरा भए
देश बनाउने बाचा सबै पंधेराका कुरा भए
माफ गर शहीद अब, सम्झिएरै पीडा हुन्छ
उठाउन को आउला खै गधेराका कुरा भए
- भ्याँकुवर
क्यानाडा
|
झुटो मिडिया (आनन्द रानोहोंछा)
खाई न-खाई भए पनि धाई रहनै पर्ने भयो ।
अखबारमा सधै नाम छाई रहनै पर्ने भयो ।।
हल्लाखल्ला गरि नरहे मर्यो भन्दा रैछन यहाँ
ढाडस गर्दै अब देखि आई रहनै पर्ने भयो ।।।
|
अब नाम होइन 'नाम्स्' हो रे (जिबिहांग राई)
अब नाम होइन 'नाम्स्' हो रे जमानै रिमिक्सको भन्छन
गर्ने काम होइन 'काम्स' हो रे जमानै रिमिक्सको भन्छन
मन्दिर पुगी "शिव शिव ","राम राम "जप्ने भक्त सुन
जप्ने राम होइन 'राम्स' हो रे जमानै रिमिक्सको...
|
तीन मुक्तक (मुस्कान)
१)
सम्झिएर अती भावुक बन्दै होलिन् उनि
ब्रिसिएछ "मुस्कान" आजकाल भन्दै होलिन् उनि
सबैको आफ्ना मान्छे चाड-पर्बमा घर पुग्दा
दुई बर्ष भो घर नगएको दिन गन्दै होलिन् उनि
२)
सत्य कसम उनको...
|
आँशु पिउँदै तिम्रो सामु बाँचु म कति ? (दीपा लिम्बु)
१,
आँशु पिउँदै तिम्रो सामु बाँचु म कति?
तिम्रै निम्ती हृदयमा माया साँचु कति?
जहिले आउँछौ ठक्कर बोकी मुटु चिर्नलाई।
अबिस्वासको हाँगाबिंगा मैले भाँचु कति?
२,
जन्म जन्म सयौं जन्म तिम्रो भै...
|
थाहै नपाई एउटीलाई - मुक्तकहरु ( विष्णु प्रसाद सुवेदी)
थाहै नपाई एउटीलाई मन पराएको छु
मन पराउँछु भन्न उसलाई डराएको छु
रिसाएर एकैचोटी आगो हुन्छु जस्तो लाग्छ
धरोधर्म उसकै रुपमा हराएको छु
--------------------------------------------------------------------------------
तिम्रै चित्र जतातै...
|
एक टुक्रा (ऋषि बस्ताकोटी)
मौसम बिग्रियो कि वीउ परें कुन्नि
यसपाली न मकै भो, न धान भो
छसय एक पाल्नु मात्रै भो खेताला
खेतै बिग्रियो झन्, न बेलामा संबिधान भो
घरै विग्रिएपछि कहाँ रहन्छ र नाम दुनियामा
छिमेकीको अगाडि न...
|
मेरो आसुँले तिम्रो प्यास मेटिन्छ भने (सीमा राई)
1.
मेरो आसुँले तिम्रो प्यास मेटिन्छ भने
म जीबन भरी रोइदिउँला
हाँसेकै पो कहाँ थिएँ र म
तिमी मेरो जीबन मा नहुँदा
2.
म जल्दा तिमीलाई न्यानो हुन्छ भने
म जीबन भरी नै जलिरहुँला
तिम्रो सुखी जीबन...
|
फलामका च्युरा, धर्म (भोजराज बराल)
1. फलामका च्युरा
सन्तानको भबिष्य भनेर गाउ छोडें
उनिहरुकै लागि भनेर देशै छोडें,
चाड पर्व, इष्ट मित्र पनि सबै तोडें,
बुढेसकालका नाउ भनी यिनैलाई गोडें,
पछुताउमा पर्दैछु साथी,...
|
मेरो देशमा धेरै त्यहाँ भन्छन बन्द चल्यो (राज कुमार...
१.
मेरो देशमा धेरै त्यहाँ भन्छन बन्द चल्यो
भित्र के छ कुन्नि बाहिर धेरै गन्द चल्यो
पद कुर्शी पाए देखि उपहार ठान्छन नेता
जिन्दाबाद मुर्दाबाद बाहिर भित्र मन्द चल्यो
२.
परदेशमा त...
|
गिरिजा बाबु (गनिन्द्र बिबस सुब्बा)
आर्यघाटमा गिरिजा ,बालुवाटारमा कुर्सि तानातान लौ हेर
पाटी भित्त्रै विवाद चर्काई,आफु आफैमा हानाहान लौ हेर
देसको चिन्तन दाहासस्कारको त के कुरा नेताहरु गाठे..
सर्म बिना तछाड मछाड , पद पो ...
|
तिम्लाई खुशी मिल्छ भने (ओम क्षितिज)
मागेको भए टिपी दिन्थेँ जुन तिमिलाई
मन परेनछ मेरो दिल्को धुन तिमिलाई
तिम्रो भलो हुन्छ भने तिम्लाई खुशी मिल्छ भने
चढाईदिन्थेँ अन्तिम थोपा खुन तिमीलाई
|
तीन मुक्तक (शिव सस्मित)
१.
भत्किएको घरको एउटा पाटो हेर्दैछु
यो मुलुकमा शान्ति आउने बाटो हेर्दैछु
हराइसक्यो राष्ट्रियता अनि स्वाधीनता
सिमानामा लुटिएको माटो हेर्दैछु ।
२.
खै के भनेर...
|
तीन मुक्तक (शिव सस्मित)
१.
भत्किएको घरको एउटा पाटो हेर्दैछु
यो मुलुकमा शान्ति आउने बाटो हेर्दैछु
हराइसक्यो राष्ट्रियता अनि स्वाधीनता
सिमानामा लुटिएको माटो हेर्दैछु ।
२.
खै के भनेर...
|
दुई मुक्तक (मान बहादुर के. सि.)
(१)
तिम्रो मेरो नजरले, एक अर्का लाई हेर्या सानु
कोमल न्यानो अँगालोमा, पछौरीले बेर्या सानु
सोझो मनको धड्कन भित्र, स्वार्थ लुट्दै हिंड्ने रैछौ
बल्ल आज थाहा पाए, तिमीले मन फेर्या...
|
३ मुक्तकहरु (भुवन छेत्री)
१.
ओ कवी ! तिम्रो कवितामा देश बोलेको खोइ
स्वाभिमानी हुँ म भन्छौ, भेष बोलेको खोइ
गीत लेख्छौ भरियाको-निमुखाको कथा
खोइ त नांगा पैतालाको ठेस बोलेको खोइ
२.
बैनी ! तिमीले...
|
मेरो निश्चल मायालाई (राकेश खत्री)
मेरो निश्चल मायालाई, खेल सम्झी दियौ
बर्षात संगै लहरिने, भेल सम्झी दियौ
सजाएर राखेको थे, हिर्दयको कुना कुना
मेरो दिलको कुनालाई, जेल सम्झी दियौ |
|
|