Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

मुक्तक
Rss Feed
मायाप्रितीको आभाश (शान्तराम थापामगर)
न नशा हो जीवन

न प्यास हो

न बर्षा हो जीवन

न मधुमास हो

तर

वास्तवमा जीवन

मायाप्रितीको आभाश हो ।
संसारै भुलेको छु (श्रीमति दुर्गा घले, ब्रुनाइ)
मलाइ नबोलाउ नसामा झुलेको छु

तिमी त के आज संसारै भुलेको छु

पिएरै जिन्‍दगीको रेखा मेटी दिन्‍छु



पियरै जिन्दगी धुवामा रुमली दिन्छु

ब्यथा पीर झुलाउन अमृत पिएको छु

अब त...
पाखा पखेरामा बसुँ भने (उषा शेरचन)
पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर

खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर

जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –

मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर...
मैले पिएकोमा (भूपी शेरचन)
मैले पिएकोमा रिसाएका साथीहरू

पिएर त हेर, पिउँन झन गाह्रो छ

मरेर शहीद हुनेहरू

जिएर त हेर, जिउँन झन गाह्रो छ ।
हार जीत (शिव प्रकाश)
पि्रये ! तिमीलाइ म कहिल्यै जीत्नै सक्दिन

त्यसैले तिमीसंग मेरो कुनै प्रतिस्पर्धा छैन

तिम्रो स्पर्शले त ढुङ्‍गो पनि लतक्कै पग्लिन्छ

मैले पानी छोए पनि त्यो क ोर बरफ भैदिन्छ
भेट भयो शहरमा (काङमाङ नरेश)
भेट भयो शहरमा धेरै खालको भेष्ा देखे

उसको हातको दाँया बाया आधा पिम ो देश देखे

सधै सधै राष्टि्रयताको विगुल फूक्ने नेताहरुको

इज्वत संग भmुण्डिएको भ्रष्टाचारको केश देखे ।



म...
यात्री
कता कता आफैं भित्र अल्मलिइ तिमी हराए भmैं लाग्छ,

यताउता घुम्दा घुम्दै बाटो तिमीले बिराए भmैं लाग्छ ।

लामो फड्‍को मार्न खोज्दा कतै तिमी अल्भिmए भmैं लाग्छ,

समयलार्इ जीत्न खोज्दा...
कतै जुवाडेले
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो

कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो

यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-

अन्तिम पातो पनि च्यातेपछिको एउटा ूटो चेकबुक जस्तो ।
वेदना
हजारौं प्रयास थियो ह ृदय दिने तर कसैले बुभmेन

कैयौं बगे आसु“हरू तर सागर कहिल्यै बनेन

आ“खामै सुकिसक्यो आसु“ तर कहिल्यै मूल्य तोकिएन

कति बसें आशामा तर कहिल्यै फर्किएर आएन

केवल अब त...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम