| मुक्तक |
न त प्रिती (बिष्णु बहादुर छेत्री)
न त सत्तI धाइयो !
न त प्रिती लाइयो !
सोर्ह्बर्से उमेरमा
केबल भट्टी धIइयो ।
बिष्णु बहादुर छेत्री
bbchhetri77@yahoo.com
|
मस्ती (नबिन कुमार चिन्तन)
यहाँ ठूलाले मोज गरे
मस्ती रोज रोज गरे
गरीबको पसिनामा
गोष्ठि,सेमिनार र भोज गरे ।
itsmechintan@hotmail.com
|
सदा एक्लो छु (चन्द्र तामाङ/यु ए इ)
पुड्को हुनुमा नै गर्व छ मलाई र पो सदा अग्लो छु म
छिन छिन मा रङ फेर्न जान्दिन र पो सदा बेग्लो छु म
स्वार्थै स्वार्थ ले भरिएका निमन्त्रणा हरु त कति आए कति?
तीनै निमन्त्रणा स्वीकार्न...
|
जिन्दगी (सूवोध दवाढी)
जिन्दगी फुल हो भनौ भने काँडा जस्तो विझाई रहन्छ
जिन्दगी सुन्दर सपना हो भनौ भने विचमा नै विउझाई दिन्छ
जिन्दगी खेल सोच्यौ भने जहिले पनि हराइ दिन्छ
जिन्दगी केवल एक गोरेटो रहेछ जसले...
|
खबरदार (राकेश कार्की/लोकतान्त्रिक मुक्तक)
खबरदार
नपाउन्जेल जनता नै मालिक भन्नेले
पाए पछि प्रधान मंत्री, मंत्री, सांसद बन्नेले
खबरदार सिंहदरवारले छेकी जनता नदेख्ला
ग्यालरी गद्दीमा बसी संविधान सभा भन् ान्नेले
|
राकेश कार्की (क्यानाडा)
सिंह
प्रसव नै विना जनताको रगतले ब्याएपछि
सिंहको नड०ग्रा काटी आफूले लाएपछि
कां को राहत होला कस्तो संविधान बन्ला
डयार्र डुर्रर्र गर्दै जू ो भत्ता खाएपछि
राकेश कार्की
|
मायाप्रितीको आभाश (शान्तराम थापामगर)
न नशा हो जीवन
न प्यास हो
न बर्षा हो जीवन
न मधुमास हो
तर
वास्तवमा जीवन
मायाप्रितीको आभाश हो ।
|
संसारै भुलेको छु (श्रीमति दुर्गा घले, ब्रुनाइ)
मलाइ नबोलाउ नसामा झुलेको छु
तिमी त के आज संसारै भुलेको छु
ब्यथा पीर झुलाउन अमृत पिएको छु
अब त पुरै जीवन मदिरालाई दिएको छु ।
श्रीमति दुर्गा घले
हाल: वेलायत
|
पाखा पखेरामा बसुँ भने (उषा शेरचन)
पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने...
|
मैले पिएकोमा (भूपी शेरचन)
मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।
|
|