| तांका/ हाइकु |
दुई दर्जन हाईकूहरु (किनाराको यात्री)
१.
भोका नांगा हो
समानता पाउन
उठ अब त
२.
बास्तबिकता
कहिले मेटिदैन
सत्य आधार
३.
रक्तिम घाम
उदायो छितिजमा
युद्दको दिन
४.
निर्दोष ज्यान
बलात्कार गरियो
...
|
स्रष्टाहरुको नाममा हाइकुहरु
१.
खोज्छ सपना
पृथक यात्रा रोजी
प्रकाश के.सी.
२.
छापाखानामा
धेरै भो रमाएको
किसन र्राई
३.
आयामी कवि
उ वैरागी काइला
पुरानो वाघ
४.
समय वित्यो
टंक सम्वाहाम्फेको
कलम वोकी
५.
एच्के...
|
केही हाइकू (लिम्वू नयन)
बे-प्रसंग छुं,
जूनेली अन्धकार
प्रभात प्रश्न !
सप्तकोशीमा
पानी उर्लिने ठाउं
हरिबिजोग I
सल्लेरी वन
नाच्छ काग बथान
सिम्ठा भोजन I
दर्पण-छायाँ
हिमाली मुहारको
फेवातालमा I
बिनायो...
|
आधादर्जन हाइकु (टेकेन्द्र अधिकारी)
१
फुत्केको माछो ।
हनुमाने रजाइँ ।
संविधानसभा ।
२
स्वतन्त्र प्रेस ।
श्रमजीवी कानुन ।
घाँटी थिचियो ।
३
फर्सीको भेट्नु ।
बोर्डिङको पढाइ ।
संस्कृति...
|
सात हाइकु (ऋषि बस्ताकोटी)
१. देशको माया
नबिर्सेको कथा हो
प्रबसीलाई !
२. फेरिन्छ र के
नानीसंगै बानी त
पानी फेरे नि' !
३. आंखैमा देखें
तिम्रो मनको व्यथा
बादल जस्तै !
४. पात झर्दैमा
|
हाइकूहरु: (किरण टि लिम्बु )
१.
आकाशे भर |
जल स्रोतको धनि |
लोड सेडिंग |
२.
बिजुली चम्की |
प्रकृति फिस्स हाँस्दा |
कुकुर लुक्यो|
३.
फुलको थुंगा |
देउताको शिरमा |
पाइला मुनि | ...
|
केहि हाइकु (दिपक बुढाथोकी)
देश बिरामी
सत्ता चाहिं क्लिनिक
नेता डाक्टर
फलेको थियो
बाँदर जम्मा भए
रोपेको नाश
सानो गोठमा
छ सय एक साँढे
जुधेर दिक्क
सडक खेत
नारा जुलुश बाली
|
पाच हाईकु (शिब आर्य)
एक
भत्कदा पनि
अमुल्य तिमी छौ
खण्डहर म।
दुई
पहिलो प्रेम
मन बन्द गरेर
दैलो उघार्यौ।
तीन
मेटिनु थियो
हजूरको स्पर्शमा
पग्लदैं गए।
...
|
तांका (राजु रिमाल)
कत्ति सुहाको
कालो पनि आँखामा
कर्के नजर
कामिनी शुकन्तला
कामुक विश्वामित्र
|
केही हाईकुहरु (राकासु)
१
कात्तिके शंख
जेठमा बजेनछ
मागेर खानु !
२
मायाको चिनो
जेलको मझेरीमा
भेटी चढाउनु !
३
कल्श्यौली नानी
मंसिरको महिना
रोईछन् सुंक्क !
४
मैनाको...
|
केही हाइकु (बलदेव भट्टराई)
जिउमा लुतो,
अति चिलाउने हो,
देशमा नेता !
चम्क्यो,बिलायो
थोपा पानी;पातमा ।
नेताको बोली !
घुम्छ बिदेश,
कुटनीती हो लक्ष्य।
भिखारी ताल !
- डडेलधुरा
|
४ तांका (भोजराज एकलब्य)
खहरे खोला
रमाउँदै भेलमा
डाँडा उक्लेछ
झरी परिरहयो
साउनको बेलामा
फेवातालमा
माछापुच्छ्रेको छाँया
नवायौवना
रमाइरहेका छन्
कल्कलाउदो पानीमा
|
केही हाइकु (एकलव्य राज )
मुस्ताङ्गे बाटो
फुसफुसायो हिउँ
लेक लागेछ
समुन्द्रि तट
जेलिएकेा लेउमा
किराको वस्ती
पहराहरु
रसाएनन् कहिल्यै
ढुङ्गाको मुटु
भिरको बाटो
लडाकु...
|
दुइ दर्जन हाइकु (छविरमण सिलवाल)
१.
पंचेको पाँच
ढुकढुकि छ श्वास
निमूलै पारौं !
२.
ज्ञानीको ज्ञ त
अघोरी किन भयो,
कलङ्क पुत्र !
३.
जान्ने न सुन्ने
नाटकको पात्र झैं,
वैंसको माया !
|
हाइकुहरु (विमल गिरी)
कती सुन्दरी
पुर्णिमा को जुन झै
पुरै फक्रेकी
सुत्केरी भत्ता
साम्सदहरु लाई
काट्टो सरह
सिथिल भए
अङग बेढंग सँग
कहाँ बिसाउ
रुनु न हास्नु
|
३ हाईकू (अप्जसे कान्छा)
१)
लाहरे माया
ठ्याक्कै बन्दुक जस्तो
पड्किने डर
२)
सागर माया
बरफझैं जम्ला है
तिमी मौसम
३)
देशमा क्रान्ती
बैशको कार्यक्रता सहिद
कुर्सिमा नेता
|
हाम्रा नेताजीका हाइकु (प्रदीप गौतम)
गिरिजाबाबु
कुर्ची बिरानो भयो
निद्रै लागेन ।
।।
प्रचन्डनानी
सार्है गाली गर्छौरे
टुडिखेल्बाट
||
झल्लु खनाल
केही नगर्ने भये
प्रम नपाई
||
|
४ हाइकु (प्रदीप गौतम)
नहास तिमी
खित्का छोडेर फेरी
ज्वलामुखिमा ।
सागर उर्ल्यो
बिचरा खहरेको
कन्तिबिजोग ।
कता छौ तिमी
कतै अर्कैको साथ
कलियुगमा ।
सुन्दर मुख
सुन्दर मनहरु...
|
यस जुनिमा (सुक देव पाण्डेय)
ताङ्का
मालमी बन्न
आर्यघाट पुगेर
अन्तिम बिदा
एक मुठी अबिर
उपहार दिनु ल
यस जुनिमा
तिम्रो हुन सकिन
अधुरो भयो
मेरो सपना
भेट अर्को जुनीमा ...
|
८ हाईकु (महेन्द्र अदृष्य राई)
घर ढलेछ
चैतको वतासमा
छोरो प्रवासी
जुन लुकेछ
वादलको रजाई
प्रतिक्ष थोरै
मुत्ति पाएछौ
पाचँहजार भत्ता
नवोल प्रण
नदि रोकियो
हिउँको डल्ला आयो
|
|