Online Nepali Literature Forum
   

Users Online : 13
| More
अक्षरको आकार:   - | +

तांका/ हाइकु
Rss Feed
४ तांका (भोजराज एकलब्य)
खहरे खोला

रमाउँदै भेलमा

डाँडा उक्लेछ

झरी परिरहयो

साउनको बेलामा



फेवातालमा

माछापुच्छ्रेको छाँया

नवायौवना

रमाइरहेका छन्

कल्कलाउदो पानीमा

केही हाइकु (एकलव्य राज )
मुस्ताङ्गे बाटो

फुसफुसायो हिउँ

लेक लागेछ



समुन्द्रि तट

जेलिएकेा लेउमा

किराको वस्ती



पहराहरु

रसाएनन् कहिल्यै

ढुङ्गाको मुटु



भिरको बाटो

लडाकु...
दुइ दर्जन हाइकु (छविरमण सिलवाल)
१.

पंचेको पाँच

ढुकढुकि छ श्वास

निमूलै पारौं !



२.

ज्ञानीको ज्ञ त

अघोरी किन भयो,

कलङ्क पुत्र !



३.

जान्ने न सुन्ने

नाटकको पात्र झैं,

वैंसको माया !
हाइकुहरु (विमल गिरी)
कती सुन्दरी

पुर्णिमा को जुन झै

पुरै फक्रेकी



सुत्केरी भत्ता

साम्सदहरु लाई

काट्टो सरह





सिथिल भए

अङग बेढंग सँग

कहाँ बिसाउ



रुनु न हास्नु
३ हाईकू (अप्जसे कान्छा)
१)

लाहरे माया

ठ्‍याक्‍कै बन्दुक जस्तो

पड्‍किने डर





२)

सागर माया

बरफझैं जम्ला है

तिमी मौसम



३)

देशमा क्रान्ती

बैशको कार्यक्रता सहिद

कुर्सिमा नेता
हाम्रा नेताजीका हाइकु (प्रदीप गौतम)
गिरिजाबाबु

कुर्ची बिरानो भयो

निद्रै लागेन ।

।।



प्रचन्डनानी

सार्है गाली गर्छौरे

टुडिखेल्बाट



||



झल्लु खनाल

केही नगर्ने भये

प्रम नपाई

||
४ हाइकु (प्रदीप गौतम)
नहास तिमी

खित्का छोडेर फेरी

ज्वलामुखिमा ।



सागर उर्ल्यो

बिचरा खहरेको

कन्तिबिजोग ।



कता छौ तिमी

कतै अर्कैको साथ

कलियुगमा ।



सुन्दर मुख

सुन्दर मनहरु...
यस जुनिमा (सुक देव पाण्डेय)
ताङ्का



मालमी बन्न

आर्यघाट पुगेर

अन्तिम बिदा

एक मुठी अबिर

उपहार दिनु ल





यस जुनिमा

तिम्रो हुन सकिन

अधुरो भयो

मेरो सपना

भेट अर्को जुनीमा ...
८ हाईकु (महेन्द्र अदृष्य राई)
घर ढलेछ

चैतको वतासमा

छोरो प्रवासी



जुन लुकेछ

वादलको रजाई

प्रतिक्ष थोरै



मुत्ति पाएछौ

पाचँहजार भत्ता

नवोल प्रण



नदि रोकियो

हिउँको डल्ला आयो
५ हाइकु (बिपु वाइबा)
तिम्रो सौन्दर्य

नेपालै फैलिएको

लाली गुराँस |



डँडेलो लाग्यो

चरीले गुँड छोडी

मनै रित्तो भो |



घामको श्पर्श

बिलायो हावा सँगै

शितको थोपा |



ग्रहण लाग्यो
३ हाइकु ३ तांका (शशी कला)
तीन हाइकु



१ गरीबलाई

पुरानो जस्तै कालो

नयाँ नेपाल



२ हिमाली पंक्षि

चारो को खोजी गर्दै

बालुवा माथि



३ थाप्लोमा ऋन

अरबको जागिर

भेडी गोठालो

...
३ हाईकू (अशिम शर्मा "निर्दोशि")


वीदेशी भुमी

मायालुको सम्झना

लेखौंकी चीठी|



प्रदेशी ठाँउ

छोराको तोतेबोली

भुल्न सकिन|



बिरोनो बस्ति

सपनामा हुचिल

बाडुल्की लाग्यो|





- दाङ्,...
सन्ध्या कालिन (भोजराज श्रेष्ठ)
५ हाईकु



सन्ध्या कालिन

अध्यारो वस्ती भित्र

आत्मा लुटिदै



झरेको फूल

प्रकृतीसँग जुध्न

पापी भवरा



पदचाँपले

सन्नाटा सडकमा

मान्छेको लास



...
दुई हाईकु (ध्रुब अधिकारी)


मरेको बाघ

जुँगा तान्नेको हुल

छ कस्तो मजा





पारेको पोको

फुकाउन पाए त

खान्थ्यो चरिले
४ हाइकु ( निर्जल घायल भिम)
१.

जवानी बेच्यौ

रहरले वा करले

खाम्सा मीयामा





२.

उडेको चरो

कतारको गर्मीमा

प्राण खोज्दैछु



३.

हारेको कर्म

दुखीरहेको घाऊ

बल्झी रहन्छ



४.

पसीना...
चार हाइकु (केदार श्रेष्ठ"गगन")
१.

फूलको वगैचा

वम,वारुद्को गन्ध

कुरा हुँदैछ ।



२.

मोहिनी आँखा

हेरिरहेँ तनमा

मुटुमै बसूँ ।



३.

रोइरहेँ म

पूणिर्माको रातमा

उनको याद ।



४.

हावा सरर
तीन हाइकु (शशी कला)
१. तरुनी छोरी

टि.भी को बिज्ञापन

पैसाको नाश



२. सुझो न बुझो

नेपाली राजनीति

नेताको धाक



३. भोट्को लागि

गरीबको नाम मा

मुक्तिका कुरा
प्रेमभित्रको हाइकु (सकुथापा)


मुटुमै बसी

सडककी मायालु

घरमा रित्तै ।





फक्रेको फूल

चुसिएको छ रस

फैलेको बास्ना





नसालु आँखा

यौवनको मादक

चढदो बैंश





रुपकी रानी

हृदय...
दुइ हाइकु (अप्जसे कान्छा)
१)

अनियन्त्रीत

ज्ञात अज्ञात वायु

प्रभुको सास







२)



बन गतिमा

पात झर्नु र पल्नु

वृक्ष चेतना
सात हाइकुहरु (इखालु रमेश गेलाल)
सात हाइकुहरु



(१) प्रचण्डपथ

काठमाण्डौ शहर

लडाकु भोकै



(२) मागेको धन

सत्ताधारीको गोजी

गरिब चिल्लै



(३) राष्ट्रिय धन

रुढीवादी...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम