Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
नाटक
रेडियो नाटक अपदस्त जिन्दगी (हरिराज खेवा) - [2006-06-25]

(रेडियो नेपालद्धारा आयोजित रेडियो नाटक प्रतियोगिता २०५५ मा प्रथम स्थान ओगट्न सफल नाटक)





नाटक: अपदस्त जिन्दगी

लेखक: हरिराज खेवा







पात्रहरु

(१) युवती - अनुशिला

(२) युवती - रेश्मा

(३) युवक - अवशेष

(४) युवक - प्रमेश









(रातको समय, टाढा भयावह आवाज, हुरी, झरीको प्रस्ट आवाजमा लगातार ढोकामा ढकढकाएको चर्को ध्वनि को�� ामा प्रतिनिधित्व हुन्छ । अवशेष आङ्खनै सुरमा एक्लै बरबराइरहन्छ)



अवशेष - (चुरोटको सर्को तानेर फुङ्ग आकाशतफै उडाउदै) उपm.. यो... चुरोट ... यो धुवा... यो कहालीलाग्दो जिन्दगी... जिन्दगी धुवा“ जस्तै आकारहीन छ । कहा हुरीको झोक्काले यो खरानी भै“m फुङ्ग उडी दिन सक्छ । शुन्यतामा के थाहा, समयको छालले लक्ष्यका डुङ्गा चुर्लुम्म डुबाइदिनसक्छ... गहिराइहरूमा । आज मभित्र शङ्काको बादल मडारिरहेको छ । मेरी अनुशिला जसलाई मैले दुःख दिए । उ फोनबाट भनिरहेकी थिई । दुइ दिनको पैदल यात्रा बिचरी...। तर त्यो फोन वास्तविक थियो । सासू बिरामी हुनुहुन्छ छोरी अनुशिलालाई प�� ाइदिनु । के मेरो कानले धोका दिएको... होइन... होइन मैले दुइ तीन पटक नै सोधेको छु । फोनमा त्यही आवाज थियो जो सदाभै“m बोल्यो । ठिकै छ अनुशिला आएपछि माफी मागौ“ र अनुसन्धान गरौ“ला ।



(बाहिरबाट ढोकामा लगातार ढकढकाइरहन्छ । केटीको आवाज आउ“छ)

नेपथ्य - ढोका खोलनुस्..। को हुनुहुन्छ - ढोका खोल्नुस्न...।

अवशेष - ह“... अनुशिला आएजस्तो छ । -खुशी साथ अगाडि बढ्छ र ढोका खोल्छ) अनुशिला... आउ“... तिमीलाई दुःख भयो हगि... अनुशिला । न्रि्रुक भिजेकी छौ ।

-पानीले न्रि्रुक भिजेको युवतीको प्रवेश)

रेश्मा - म... अनुशिला... होइन... म रेश्मा हु“... मलाई सहायता गर्नुहोस् । कृपया सहयोग...। मलाई कसैले पिछा गरिरहेको छ ।

अवशेष - मैले के सहयोग गर्नु - न मैले तिमीलाई नै चिनेको छु यस्तो राति । फेरि म यो शहरमा भरखरै मात्र आएको ।

रेश्मा - के सहयोगको अपेक्षा चिनेकोस“ग मात्र गर्न सकिन्छ र - कुनै प्राणी जन्मदा यो परिचित हु“दैन । परिचय त समयनुकुल बन्दै जाने प्रक्रिया हो । आज हाम्रो परिचय भयो मैले एउटा सानो सहयोग मागे । मेरो घरसम्म पुग्नलाई । केवल तपाईं एउटा पुरुष भएको हैसियतले ।

अवशेष - म पुरुष त हो तर...

रेश्मा - तर के । तपाईंलाई डर लाग्छ । तपाईं नै भन्नुहोस् एउटा नारीको अस्मिता बचाउनु पुरुषको कर्तव्य होइन र - फेरि तपाईं एउटा राष्ट्र सेवक, सम्वेदनशील ओहदामा रहनुभएको व्यक्ति.. के तपाईं मेरो इज्जत लुटेको हेरिरहनु सक्नुहुन्छ, भन्नुहोस्- के म बाहिर निस्कौं - अनि ती ब्वासोस“ग आज मेरो अस्मिता सुम्पौ - भन्नु होस्..।

अवशेष - होइन... रेश्मा... म नजिकै भए त्रि्रो घर पुर्याइदिन सक्छु । त्यति सानो सहयोग कसर नगर्ने र है - �� िकै छ एकछिन पर्ख म कपडा फेर्छर्ुु छाता झकिेर आउ“छु ।

रेश्मा - �� िकै छ...। बरु केहीक्षण पर्खौ, तिनीहरू बाहिर खोज्दै होलान् । तिनीहरू फर्केपछि खतरा कम हुन्छ अनि जाउला हुन्न - सा“च्ची म साह्रै भिजेकी छु जाडोले कामिरहेकी छु ।.. चिया भए म आफै“.. ।

अवशेष - �� िकै छ रेश्मा चिया म बनाइहाल्छु नि तिमी बस्दै गर, रातिको पाहुना भगवान् समान हुन्छ हैन त -





(अवशेष भित्र प्रवेश गर्छ, को�� ामा शून्य हुन्छ, रेश्मा को�� ा नियाल्दै खित्का छचड्दै बरबराउ“छे)



रेश्मा - म पहिलो प्रयासमा सफल भए । माछा जालमा फस्न थालेको छ । सायद यो मेरो अन्तिम खुशीको दिन हुनेछ ।

-अवशेष चिया लिएर प्रवेश गर्छ । चिया दि“दै)

अवशेष - चिया खाउ रेश्मा । बाहिर पानी रहे जस्तो छ । म केही क्षणमा तिमीलाई पुर्याइदिन्छु ।

रेश्मा - धन्यवाद ..... । तपाईंले जुन सहयोग गर्दै हुनुहुन्छ त्यसको लागि म ज्यादै नै ऋणी छु । -चिया पिउ“दै) चियामा ...... ।

अवशेष - कि .... । चिनी लागेनकी कसो -

रेश्मा - चिनी नपुगे जस्त्ो छ । मेरो अलि कडा खाने बानी छ । यसो दुःख दिउ“की ।

अवशेष - हुन्छ म ल्याउ है त -भित्र प्रवेश गर्छ । त्यसै मौकामा सिपीङ्ग टुवापलेट अवशेषको चियामा मिसाइदिन्छ । विजयको लामो सास फेर्दै रेश्मा हा“स्न थाल्छे)

रेशमा - अब म त्यसको चियामा स्लीपिङ्ग टयाब्लेट मिसाइदिन्छु । अँ ला .... मिर्साई पनि दिए ....... अब यो टयाब्लेटले मेरो जाललाई अझ मजबुत पार्छ । -रहस्यमय हा“सो)

अवशेष - किन हा“स्दै हुनुहुन्छ - किन मैले त्यस्तो केही गरेकी - -प्रवेश गर्दै) ।

रेश्मा - केही होइन । पहिलेको कुराको याद आयो र हा“सेको मात्र । खै ल्याउनुहोस चिनी म लगाउ“छु ।

अवशेष - के त्यस्तो कुरा मैले पनि सुन्न हुने हो कि -

रेश्मा - किन नहुने भइहाल्छनि पहिला चिया पिउ“ अनि बाटोमा गफ गर्दै जाउ“ला हुन्न र -

अवशेष - हुन्छ ...... ।

-दुवै चिया पिउन थाल्छ । चिया पिउ“दापिउ“दै अवशेष लरबराउनु थाल्छ)

अवशेष - मलाई के भयो सबै अ“ध्यारो देख्न थाले .... म ... बेहोस भए । म .... म ..... ।

(अवशेष बेहोस बन्छ । रेश्मा अवशेषलाई नियाल्छ । जोड खित्का छोड्दै हा“स्छ)

रेश्मा - बल्ल मेरो जालमा फस्यो । आज मेरो अन्तिम विजय हो अन्तिम खुसी हो .... । जसरी मैले जिन्दगीभर तड्पिएको थिए त्यसरी नै यसलाई पनि चड्पाउ“छु । -हास्दै) यो धोकेबाज सिंह आज जाबो खरायोको जालमा फस्यो । ... हो .. म... एउटा जिउ“दो लास हु“, मुदा हु“, तर म योस“ग बदला लि“दैछु । -हासिरहन्छ, टाढा लाटोकोसेरो कराएको, कुकुर भुकेको आवाज आउ“छ । रेश्मा अवशेषलाई उठIएर ओछयानमा सुताउ“छे ।) यो सुतोस, निदाओस् यसको यही अन्तिम न्रि्रा बन्छ । भोलिदेखि यही ओटयानले यसलाई बिझाउनेछ । अनि थाहा पाउने छ, पीडा कस्तो हुन्छ । -रेश्मा को�� ाको चारर्ैतर्फ नियाल्छे । अनुशिला र अवशेषको दाम्पत्य फोटोमा देखेर टक्क अडिन्छ ।) यो शानदार को�� ा, अनि .. सामान.... ओहो यी दाम्पत्य जोडीका फोटो । .... हो ... मैले .... चाहेको भविष्य यस्तै थियो । म एउटी नारी हु“ उनी पनि एउटी नारी नै हुन् । मैले स्वच्छ प्रेम अङ्गालेर आएकी थिए । तर .. मलाई ... बम्बैमा ... । अहँ अहँ म... सम्झन सक्दिन मेरो अतित .... -टाढा बा“सुरीको धुन बज्छ) ... त्यो सुन्दर गाउ“ ... मैले सोचेको भविष्य यो झुठ आश्वासन, अहँ ... म सहन सक्दिन ... फेरि ... कहा“बाट आयो ... यो बा“सुरीको धुन किन बज्छ मेरो मुटु छियाछिया पारेर किन मलाई यी धुनले गाली गरे जस्तो लाग्छ - कसैले देख्दा थुकी दिएजस्तो लाग्छ - यी सारा पिडा .... -रुन थाल्छ ।)

अवशेष - -अवशेष ब्यूँझन्छ) तपाईं यही हुनुहुन्छ - फेरि किन रु“दै हुनुहुन्छ - अँ ... मैले पुर्याइदिन्छु भनेको थिए । हि“ड्नुहोस् हि“ड्नुहोस् म पुर्याइदिन्छ ।

रेश्मा - -सम्यमित हु“दै) स्वाङ्ग पार्नु पर्दैन अवशेष जी तपाईंले आज एउटा नारीमाथि खेलवाड गर्नु भो । चियामा बेहोस पार्ने औषधि मिसाएर मेरो इज्जत लुट्नु भो हैन ...... ।

अवशेष - यो .. कदापि हुन सक्दैन, थाहा भएन म पनि बेहोस भएछु । फेरि अहिले मात्र होस खुलेको ....... ।

रेश्मा - निर्देष बन्न नखोज्नुहोस् ... म तपाईंलाई छोड्दिन अब भन्नुहोस् कोही परपुरुषस“ग एक रात बिताएपछि कसैको छोरीचेली कमै घरमा फिर्ता जान सक्छे - बस् ... अब म ...

अवशेष - ...... तपाईं के ....

रेश्मा - मलाई तप्नि स्वीकार्नुपर्छ । तपाईंले ... ।

अवशेष - पत्नी बनाउनु .... यो हुन सक्दैन ... म एउटीको पनि म तपाईंलाई पत्नी बनाएर सुन्दर भविष्य र मेरी अनुशिलालाई जिउ“दै जलाउन सक्दिन । मलाई माफ गर्नुहोस् ...... ।

रेश्मा - माफी .... । पुरुषहरूले पनि महिलालाई माफी दिने भए कसैको मेरो जस्तो हाल हुने थिएन । मैले पनि एक दिन माफी मागेको थिए वश ... यसरी नै .... । त्यो दिन थाहा छ .... जुन दिन तैँले मलाई दलाललाई पचासहजारमा बेचेको थिइस् ।

अवशेष - मैले ... होइन ... मैले कसैलाई बेचेको छैन ।

रेश्मा - थाहा छैन .... तैँले गाउ“बाट फकाएर ल्याएको राधा म नै हु“ र त“ त्यही कृष्णे होस् । आज मलाई बिक्री गरेको पैसाले यत्रो आडम्बर र ओहदा अर्जिस ... के थाहा त“लाई - अब थाहा पाउछेस् ।

अवशेष - अब तिमी के चाहन्छौ राधा भन म जे गर्न तयार छु तटर यस कुरालाई र्सार्वजनिक नगरी दिनु ... ।

रेश्मा - म केही चाहन्न केवल तेरो बैङ्क खातामा रहेको सबै रकम जहा“ मेरो रगत र अस्मिताको हिस्साहिस्ा परेको छ । जहा“ मेरो अस्मिताको टुक्राटुक्रा लुछिदिएको छ ।

अवशेष - बैकमा रकम नै छैन .....

रेश्मा - किन छैन .... पदको दुरूपयोग गरेर कमाएको रकम । यदि त“लाई इज्जत चाहिन्छ भने पाँच लाखको चेक काट नत्र ..... ।

अवशेष - इज्जतभन्दा सम्पती �� ूलो हाइन हुन्छ म चेक काटी दिन्छु तर यो कुरा र्सार्वजनिक नगर्नुहोस् (चेक काट्न थाल्छ र रेश्मा हा“स्छे)

रेश्मा - यो कुरा तैँले अगाडि नै सोच्न सकेको भए ..... तर अब समय बितिसकेको छ । सायद त“लाई सपनामा पनि थाहा थिएन होला यो राधा जो आज जिउ“दो लास बनेको छ । बम्बैबाट र्फकन्छे र तेरो सामु काल बनेर उभिन्छे । मैले कति पीडाहरू सहेको छु, भोगेको छु, त“लाई के थाहा छ ��

अवशेष - यो लिनुस् चेक लैजानुहोस् ... तर ...

रेश्मा - सबै मिलेको हुनर्ुपर्छ । ....

अवशेष - मिलेको छ फरक पर्दैन ।

रेश्मा - �� िकै छ म जान्छु । म केवल आफ्नो मूल्य फिर्ता लिन मात्र आएकी । आज मेरो अन्तिम विजय हो । यसैको लागि म बा“चिरहेकी थिए । त“ पनि चाडै मर्दैछस् यो कुरा टिपोट

गरे हुन्छ ।

अवशेष - हैन...... हैन..... कसरी..... म...... मर्दिन ।

रेश्मा - जसरी...... म मर्छर्ुु... त्यसरी नै तँ पनि मर्छर्ेे.... । मलाई एड्स लागेको छ । त“लाई पनि आजदेखि सरेको छ । अहिलेसम्मको सारा जाल मैले रचेको हु“ बस् तड्पिएर बा“च अनि मर.... -रेश्मा निस्कन्छ कोठI भरि एड्स स्वर प्रतिध्वनित हुन्छ । समय बित्छ । विविध धुन बज्छ । बिस्तारै अपरान्हको धुन को�� ामा निस्कन्छ । बाहिर काग र चराजुरुङ्गीको आवाज आउ“छ ।)

अवशेष - -लामोलामो श्वास-प्रश्वास लि“दै) म.... म... मर्न लागेको छु त्यसैले मेरा हात खुट्टा लाग्न छोडे मलाई टाउको दुखिरहेछ रिङ्गटा चलिरहेछ । हे भगवान् ... । म... मर्न हुदैन...... बा“च्न चाहन्छु । म जसरी भए बा“च्नर्ुपर्छ तर..... ।

-बाहिरबाट काग आएर चर्को स्वरले झयालमा कराउ“छ) यो...... कागले मलाई गिज्याइरहेछ । कसैले मलाई यो झयालबाट चियाउन सक्छ । म.. म.. बन्द गरिदिन्छु सारा ढोकाझयाल र अ“ध्यारोमा बस्छु । जहा“ कसैले मलाई देख्ने छैन र मेरा व्यथा सुन्ने छैन । म यो झयाल बन्द गर्छर्ुुत्यो ढोका बन्द......

(झयाल बन्द गर्छ ढोका बन्द गर्न अगाडि बढ्छ । त्यही बेला अर्को युवाको प्रवेश हुन्छ । अवशेष अतालिएर भूइ“मा लड्छ ।)

प्रमेश - साब... साब... नमस्कार किन आत्तिनुभएको �� म प्रमेश आएको हजुर । तर्सिनुभयो - म प्रमेश उ�� ्नुहोस् हजुर उ�� ्नुहोस्....... ।

अवशेष - हँ .... प्रमेशजी तपाईं.... -उ�� ्दै) के कामले आउनुभयो - अफिसतिरको के छ हालखबर - -लामो सास तान्दै) म... त...

प्रमेश - के हुनु साब सबै लथालिङ्ग छ। हजुर नआउनु भएकोले सारा काम त्यसै रहृयो साब फेरि दर्ुइ-तीन वटा टिप्पणीमा सही गर्नुपर्ने थियो ... । अनि साबलाई के भयो एकदम बिरामी जस्तो देखिनुहुन्छ । साहेबनी पनि पाल्नुभएको रहैनछ -

अवशेष - के - अनुशिला आउने - ..... हैन... हैन.... नआउनु भनिदिनु.... । म.... एक्लै बस्न चाहन्छु प्रमेशजी । म.... म.... अफिस आउ“दिन तपाईं जानुस् र मैले गर्ने सारा काम गर्नुहोस् । म.... म...

प्रमेश - हैन हजुरको साथमा केही भएको जस्तो छ । डाक्टरलाई देखाउने हो कि -

अवशेष - हैन हैन त्यस्तो केही भएको छैन... बरु तपाईं जानुहोस् र सात दिनपछि आउनु होस् म ठिक भइसकेको हुन्छु । जानुहोस्....

प्रमेश - हुन्छ हजुर । तर कहिलेकाही यसो निस्कदै गरौला नि साब ।

अवशेष - पर्दैन... मैले भनेको दिन आउनु सारा खबर लिएर ।

प्रमेश - हुन्छ, म गए हजुर नमस्कार ।

(प्रमेश निस्कन्छ, अवशेष बिस्तारै ढोका बन्द गर्छ )

अवशेष - -लामो श्वास तान्दै) अब कसैले देख्न सक्दैन । मलाई किन आत्मा पीडा भइरहेछ । मैले रगत जा“च गराउनुपर्छ मलाई एड्स नलागेको हुनसक्छ । अहँ... अहँ... रगत जा“चबाट यो कुरा र्सार्वजनिक हुन सक्छ । सारा पत्रपत्रिकाले मसला बनाउन सक्छ । सायद.. पत्रिकामा र्सार्वजनिक भइसक्यो कि के थाहा - मेरो सारा इज्जत.... । होइन म... निस्कन हु“दैन यो कोठIबाट । कसैले मेरा मुखमा थुकिदिनसक्छ । गाली गर्न सक्छ । मलाई देख्दा मानिसहरू भागिदिन सक्छ । अहँ... । हो... मैले राधालाई बेचेर पढेको हु, सारा सम्पत्ति आर्जन गरेको हु“ । म पापी हु... । गाउ“बाट आउदा राधाले मलाई कति माया गर्थी तर मैले केवल पचास हजारमा उसलाई बेचे । म कहिल्यै प्रायश्चित गर्न सक्तिन ।

(बाहिर ढोका ढक ढकाइएको आवाज आउछ ।)

अनुशिला - ढोका खोल्नुहोस् त खोल्नुहोस् भन्या... ।

अवशेष - को... - को आयो - प्रहरी होकि - होइन पत्रकार होला । म... कसरी खोलौं ढोका । म खोल्न सक्दिन... ।

अनुशिला - ढोका खोल्नुहोस् न भन्या । खोल्नुहोस् न ।

अवशेष - होइन, होइन... फेरि.... राधा आइछ । म.... जसरी भए पनि माफी मैले माग्नुपर्छ । सारा मनका भावना पोखेर माफी माग्छु । -लडखराउ“दै अवशेष ढोका खोल्छ । अनुशिला प्रवेश गर्छ । अवशेष खुट्टा समातेर माफी माग्छ ।) म... म खुट्टा समातेर माफी माग्छु माफ गरिदेउ राधा । मैले ठूलो गल्ती गरेको छु तिमीलाई राधा । म आज हृदय खोलेर माफी माग्छु के दिन्नौं ।

(अनुशिला खुट्टा छुटाउदै)





अनुशिला - हैन... तपाईंलाई के भइरहेको छ । म राधा होइन म अनुशिला हु“ । के तपाईंले राधा भन्ने केटी ल्याएर राख्नु भएको छ कि कसो कोठा ढिलो मात्र खोल्नुभयो । फेरि गुनगुन आजाव सुनिन्थ्यो नि -

अवशेष - -साम्यमित हुदै) हैन... हैन... तिमी आयौ अनुशिला । म.... म त सपनामा.... ।

अनुशिला - सपना होइन विपनामा हुनुहुन्छ । आजको तपाईंको व्यवहार हेदा यहा“ केही भएको आभास भइरहेछ । लोग्ने मान्छेहरूको के विश्वास - फेरि अफिस नगएको निकै दिन भइसकेछ । मलाई पनि नआउनु भन्नुभएको रहेछ ।

अवशेष - हो.... म अब कहिल्यै अफिस जान सक्दिन अनुशिला र जान्न पनि । मलाई केवल एकान्त चाहिन्छ । म अब....

अनुशिला - मलाई पनि भन्नुहोस् तपाईंलाई के भइरहेछ । मलाई आमा बिरामी छ भनेर ढा“टेर घर पठाउनुभयो । फेरि आज तपाईं यो कुरा गरिरहनुभएको छ । के तपाईं अर्को विवाह गर्दै हुनुहुन्छ -

अवशेष - हैन... हैन अनुशिला । तिमी मेरो श्रीमती नै हो तर...

अवशेष - म.... कसरी सुनाउ अनुशिला । जो नसुनाउ त तिम्रो जिन्दगीको सवाल छ । सुनाउ त मलाई तिमीले घृणा गर्र्छौ । मेरो छातीभित्रको पीडा कसरी पाखौं तिमी सामु । जाउजाउ बरु केही समय पछाडि र्फकनु..... ।

अनुशिला - म तपाईंकी श्रीमती हु“ भन्नुहोस् । आखिर श्रीमान्को समस्या र पीडाको हिस्सेदार श्रीमती पनि त हुन्छे । जे आइसक्यो बा“की समाधान निकाल्नर्ुपर्छ । भन्नुहोस्, भन्नुहोस् ।

अवशेष - हो.... अनुशिला । के तिमी यी आवाज सुन्न सक्छौ - मैले बोलेका वाक्य सुन्न सक्छौ -

अनुशिला - म सुन्न सक्छु । सहन सक्छु । महिलास“ग पुरुषभन्दा बढी पीडा सहन सक्ने क्षमता हुन्छ । भन्नुहोस् न आखिर म तपाईंकी श्रीमती नै हु“ ।

अवशेष - ल सुन... मलाई..... मलाई..... एड्स भएको छ ।

अनुशिला - एड्स...... -

अवशेष - हो.... एड्स... ।

अनुशिला - नाई नाई.... म यो के सुनिरहेछु..... ।

(अनुशिला चिच्च्याइरहन्छ एड्स शब्द को�� ामा प्रतिध्वनितमा बनिरहन्छ । बा“सुरीको धुन टाढा बजिरहन्छ)

अवशेष - अनुशिला... अनुशिला... तिमी होसमा आउ । यो रोग मलाई मात्र लागेको हो तिमीलाई होइन । त्यसैले तिमी मस“ग नबस ।

अनुशिला - कसरी हुन सक्छ । श्रीमान्लाई लागेको रोग श्रीमतीलाई नलाग्ने भन्ने । होइन म मर्छर्ुु आत्महन्या गरेर मर्छर्ुु म यो सहन सक्दिन भगवान् ।

अवशेष - तिमी सुन । मलाई मात्र लागेको छ । तिमीले रगत परीक्षण गराउनु तिमी घर गएकी बेला राधा आई र मलाई..... ।

अनुशिला - तपाईं यति निच पतित भन्ने थाहा भएको भए... । यसरी बरबाद हुने थिएन । तपाईं तिसम्म कि केटी बर्म्बईमा बेच्नसमेत पछि पनर्ुं हुन्छ रहेछ । भरखरै मलाई थाहा भयो ।

अवशेष - जे थाहा पायौ �� िक थाहा पायौ अनुशिला । जे गरे मैले तिमी पाउनको लागि गरे । यी सारा रकम सारा इज्जत त्रि्रै लागि तर आज अन्त्य भयो । जे बेचेर कमाए, तिमीलाई बिहे गरे सकियो । जसलाई बेचेको थिए उसले सबै रकम र इज्जत लिएर गई आखिर के नै रहृयो र जिन्दगीमा जति जोड, घटाउ, गुणन गरे पनि मेरो हिसाबमा बराबर नै रहृयो । त्यसैले तिमी कही गएर इज्जतसाथ बा“च । म... म मृत्युलाई पर्खिरहन्छु ।

अनुशिला - धोकेवाज .... मेरा जिन्दगी माथि खेलवाड गर्ने । म... म... बरबाद भइसकेको छु । भगवान्... कसरी... म मुख देखाउ समाजलाई.... मेरा सारा सपना चकनाचुर भएको भएको छ म... म... । हो अब तिमी बाहिर अ“ध्यारोमा निस्कनर्ुपर्छ । -अनुशिला रोइरहन्छ, अवशेष बाहिर अ“ध्यारोमा लम्कन्छ ।)

अवशेष - मलाई पीडा थपिन्छ । म एकान्तमा रहन्न चाहन्छु । त्यसैले बाहिर अ“ध्यारोमा हराउनु पर्ला ।

(बाहिर निस्कन्छ ।)



अनुशिला - भगवान्... मैले कुन जुनीमा पाप गरेको थिए र आज यो सजाय भोग्दैछु । म कसरी रगत जचाउ“ । साराले मलाई थुक्ने छन् । आमा..... आमा..... म कसरी तपाईंलाई मुख देखाउन । अहँ अहँ म बा“च्न सक्दिन आमा सक्दिन । हे भगवान्... मलाई लैजानुहोस् । यो संसार जहा“ सुकैको विश्वास छैन । कसरी रहन सकिन्छ र ।.... म सबै घेणाको पात्र बनेर कसरी बा“च्न सक्छु भगवान्... ।

-राती १०ः०० बजेको घण्टी बज्छ । अनुशिला केही खोजिरहन्छ) यो सारा सामानको कुनै औचित्य छैन । यो जोडी तस्वीरको कुनै इज्जत छैन । -ससा फुटेको आवाज आउ“छ । च्यातेको आवाज आउ“छ । केही सामान मिलाएको आवाज आउ“छ अनुशिला लामो सा तान्दै)

बस अब सकियो । नामेटहोस मेरा सारा अस्तित्त्व यस को�� ामा इतिहास जे भयो सक्यो । अब म.. भगवान्को काखमा जा“दैछु -रु“दै) जा“दैछु... यो फोहरी संसार छोडेर...... जा“दैछु ।



(अनुशिला बाहिर निस्कन्छ । बाहिर चटयाङ्ग परेको हुरी चलेको ध्वनि सुनिछ । अवशेष लडखराउ“दै को�� ामा प्रवेश गर्छ ।)



अवशेष - आज धेरै दिनको प्यास मेटे । अझै पिउनर्ुपर्छ । -बोतलबाट रक्सी पिएको ध्वनि) .... बस ... आखिर... मानिसको जीवनमा मृत्यु अपरिहार्य छ । अवश्य सृष्टिको सबै वस्तुको अन्त्य हुन्छ । यो प्राकृतिक नियम नै हो भने म.. म... मृत्युदेखि किन डराउने । हो... मलाई एड्स लाग्यो लागेन त्यो किटान छैन । तर मैले जिन्दगीदेखि नै हार स्वीकारे । म कुनै दिन अवश्य यो संसार त्यागिदिन्छु । मैले धेरै कुकार्य गरेको छु । जसको पश्चाताप बोकेर बा“च्नुको औचित्य छैन । ... हो... मानिस पीडाभन्दा मृत्युलाई सहज स्वीकार्न सक्छ ।... म.. म... -पुन रक्सी पिएको ध्वनि) आफै पिउ“छु । मेरो हृदयको जलन मेटनलाई... म



(अवशेष निदाउ“छ रातपछि बिहानीको ध्वनि बिस्तारै सुनिन्छ । बन्द हुन्छ, बाहिरबाट कोही हतारहतारमा प्रवेश गर्छ )



प्रमेश - साहेब... साहेब... । उ�� ्नुहोस् साहेब... ।

अवशेष - हँ... प्रमेशजी तपाईं...... । किन आउनुभयो - म... मलाई तिर्खा लाग्यो । -रक्सी पिउ“छ र उ�� ेर बस्दै) भन्नुहोुस्..... -

प्रमेश - खै के भन्नु हजुर । साहेबनीले झुन्डिएर आत्महत्या गर्नु भएको ।

अवशेष - बेसै भएछ । एक दिन यो धर्तीका सारा मानिस मर्छन् नै । -पुनः रक्सी पिएको ध्वनि)

प्रमेश - हजुर के भन्दै हुनुहुन्छ ।

अवशेष - म जे भन्दैछु �� िक भन्दैछु । तपाईं पनि एक दिन अवश्य मर्नु नै हुनेछ । बरु भन्नुहोस् अरु के खबर छ -

प्रमेश - खबर झन् दुःखको छ हजुर । हजुरको नाममा कुनै राधा भन्ने केटीले मुद्दा हालेको छ । उसले पाँच लाख रुपियाँ एउटा अनाथलय कोषमा जम्मा गरेकी रहिछ । हजुरले तिनलाई बेचेको आरोप लगाएको छ र हजुलाई पक्राउ गर्न खोजिएको छ हजुर । म हजुरको हित चाहने भएकोले सबै जानकारी गरेको छु हजुर ।

अवशेष - राधाले जे गरी �� िक गरी । वास्तवमा सबै कुरा सत्य हो त्यसैले त म.... ।

प्रमेश - त्यति मात्र होइन हजुर । हिजैदेखि लागु हुने गरी तपाईंलाई पदबाट अपदस्त गरिएको छ हजुर... ।

अवशेष - -हा“स्दै) पदबाट अपदस्त..... त्यसको के औचित्य छ जबकि मनै जिन्दगीदेखि अपदस्त भइसकेको छु । हा.... हा...हा.... । त्यो पद मैले पाएको अनि कसैले दिएको तर यो जीवन नै भन्नु म नै छैन भने त्यसको के काम.... भन - जाउ“ तिमी जाउ“ र सारालाई भनिदेऊ.... अवशेष केवल जिन्दगीदेखि अपदस्त भएको जिउ“दो लाशको अवशेष हो..... आजउ“ भनिदेउ जिन्दगीदेखि अपदस्त भएको-अपदस्त.... । हा...हा... ।

(प्रमेश बाहिरीन्छ, अवशेष पुनः रक्सी पिउ“छ । जोडले हा“सिरहन्छ । को�� ामा अ“ध्यारोको प्रवेश हुन्छ)



समाप्त







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम