Online Nepali Literature Forum
   

Users Online : 8
| More
अक्षरको आकार:   - | +
नाटक
रेडियो नाटक अपदस्त जिन्दगी (हरिराज खेवा) - [2006-06-25]

(रेडियो नेपालद्धारा आयोजित रेडियो नाटक प्रतियोगिता २०५५ मा प्रथम स्थान ओगट्न सफल नाटक)





नाटक: अपदस्त जिन्दगी

लेखक: हरिराज खेवा







पात्रहरु

(१) युवती - अनुशिला

(२) युवती - रेश्मा

(३) युवक - अवशेष

(४) युवक - प्रमेश









(रातको समय, टाढा भयावह आवाज, हुरी, झरीको प्रस्ट आवाजमा लगातार ढोकामा ढकढकाएको चर्को ध्वनि को�� ामा प्रतिनिधित्व हुन्छ । अवशेष आङ्खनै सुरमा एक्लै बरबराइरहन्छ)



अवशेष - (चुरोटको सर्को तानेर फुङ्ग आकाशतफै उडाउदै) उपm.. यो... चुरोट ... यो धुवा... यो कहालीलाग्दो जिन्दगी... जिन्दगी धुवा“ जस्तै आकारहीन छ । कहा हुरीको झोक्काले यो खरानी भै“m फुङ्ग उडी दिन सक्छ । शुन्यतामा के थाहा, समयको छालले लक्ष्यका डुङ्गा चुर्लुम्म डुबाइदिनसक्छ... गहिराइहरूमा । आज मभित्र शङ्काको बादल मडारिरहेको छ । मेरी अनुशिला जसलाई मैले दुःख दिए । उ फोनबाट भनिरहेकी थिई । दुइ दिनको पैदल यात्रा बिचरी...। तर त्यो फोन वास्तविक थियो । सासू बिरामी हुनुहुन्छ छोरी अनुशिलालाई प�� ाइदिनु । के मेरो कानले धोका दिएको... होइन... होइन मैले दुइ तीन पटक नै सोधेको छु । फोनमा त्यही आवाज थियो जो सदाभै“m बोल्यो । ठिकै छ अनुशिला आएपछि माफी मागौ“ र अनुसन्धान गरौ“ला ।



(बाहिरबाट ढोकामा लगातार ढकढकाइरहन्छ । केटीको आवाज आउ“छ)

नेपथ्य - ढोका खोलनुस्..। को हुनुहुन्छ - ढोका खोल्नुस्न...।

अवशेष - ह“... अनुशिला आएजस्तो छ । -खुशी साथ अगाडि बढ्छ र ढोका खोल्छ) अनुशिला... आउ“... तिमीलाई दुःख भयो हगि... अनुशिला । न्रि्रुक भिजेकी छौ ।

-पानीले न्रि्रुक भिजेको युवतीको प्रवेश)

रेश्मा - म... अनुशिला... होइन... म रेश्मा हु“... मलाई सहायता गर्नुहोस् । कृपया सहयोग...। मलाई कसैले पिछा गरिरहेको छ ।

अवशेष - मैले के सहयोग गर्नु - न मैले तिमीलाई नै चिनेको छु यस्तो राति । फेरि म यो शहरमा भरखरै मात्र आएको ।

रेश्मा - के सहयोगको अपेक्षा चिनेकोस“ग मात्र गर्न सकिन्छ र - कुनै प्राणी जन्मदा यो परिचित हु“दैन । परिचय त समयनुकुल बन्दै जाने प्रक्रिया हो । आज हाम्रो परिचय भयो मैले एउटा सानो सहयोग मागे । मेरो घरसम्म पुग्नलाई । केवल तपाईं एउटा पुरुष भएको हैसियतले ।

अवशेष - म पुरुष त हो तर...

रेश्मा - तर के । तपाईंलाई डर लाग्छ । तपाईं नै भन्नुहोस् एउटा नारीको अस्मिता बचाउनु पुरुषको कर्तव्य होइन र - फेरि तपाईं एउटा राष्ट्र सेवक, सम्वेदनशील ओहदामा रहनुभएको व्यक्ति.. के तपाईं मेरो इज्जत लुटेको हेरिरहनु सक्नुहुन्छ, भन्नुहोस्- के म बाहिर निस्कौं - अनि ती ब्वासोस“ग आज मेरो अस्मिता सुम्पौ - भन्नु होस्..।

अवशेष - होइन... रेश्मा... म नजिकै भए त्रि्रो घर पुर्याइदिन सक्छु । त्यति सानो सहयोग कसर नगर्ने र है - �� िकै छ एकछिन पर्ख म कपडा फेर्छर्ुु छाता झकिेर आउ“छु ।

रेश्मा - �� िकै छ...। बरु केहीक्षण पर्खौ, तिनीहरू बाहिर खोज्दै होलान् । तिनीहरू फर्केपछि खतरा कम हुन्छ अनि जाउला हुन्न - सा“च्ची म साह्रै भिजेकी छु जाडोले कामिरहेकी छु ।.. चिया भए म आफै“.. ।

अवशेष - �� िकै छ रेश्मा चिया म बनाइहाल्छु नि तिमी बस्दै गर, रातिको पाहुना भगवान् समान हुन्छ हैन त -





(अवशेष भित्र प्रवेश गर्छ, को�� ामा शून्य हुन्छ, रेश्मा को�� ा नियाल्दै खित्का छचड्दै बरबराउ“छे)



रेश्मा - म पहिलो प्रयासमा सफल भए । माछा जालमा फस्न थालेको छ । सायद यो मेरो अन्तिम खुशीको दिन हुनेछ ।

-अवशेष चिया लिएर प्रवेश गर्छ । चिया दि“दै)

अवशेष - चिया खाउ रेश्मा । बाहिर पानी रहे जस्तो छ । म केही क्षणमा तिमीलाई पुर्याइदिन्छु ।

रेश्मा - धन्यवाद ..... । तपाईंले जुन सहयोग गर्दै हुनुहुन्छ त्यसको लागि म ज्यादै नै ऋणी छु । -चिया पिउ“दै) चियामा ...... ।

अवशेष - कि .... । चिनी लागेनकी कसो -

रेश्मा - चिनी नपुगे जस्त्ो छ । मेरो अलि कडा खाने बानी छ । यसो दुःख दिउ“की ।

अवशेष - हुन्छ म ल्याउ है त -भित्र प्रवेश गर्छ । त्यसै मौकामा सिपीङ्ग टुवापलेट अवशेषको चियामा मिसाइदिन्छ । विजयको लामो सास फेर्दै रेश्मा हा“स्न थाल्छे)

रेशमा - अब म त्यसको चियामा स्लीपिङ्ग टयाब्लेट मिसाइदिन्छु । अँ ला .... मिर्साई पनि दिए ....... अब यो टयाब्लेटले मेरो जाललाई अझ मजबुत पार्छ । -रहस्यमय हा“सो)

अवशेष - किन हा“स्दै हुनुहुन्छ - किन मैले त्यस्तो केही गरेकी - -प्रवेश गर्दै) ।

रेश्मा - केही होइन । पहिलेको कुराको याद आयो र हा“सेको मात्र । खै ल्याउनुहोस चिनी म लगाउ“छु ।

अवशेष - के त्यस्तो कुरा मैले पनि सुन्न हुने हो कि -

रेश्मा - किन नहुने भइहाल्छनि पहिला चिया पिउ“ अनि बाटोमा गफ गर्दै जाउ“ला हुन्न र -

अवशेष - हुन्छ ...... ।

-दुवै चिया पिउन थाल्छ । चिया पिउ“दापिउ“दै अवशेष लरबराउनु थाल्छ)

अवशेष - मलाई के भयो सबै अ“ध्यारो देख्न थाले .... म ... बेहोस भए । म .... म ..... ।

(अवशेष बेहोस बन्छ । रेश्मा अवशेषलाई नियाल्छ । जोड खित्का छोड्दै हा“स्छ)

रेश्मा - बल्ल मेरो जालमा फस्यो । आज मेरो अन्तिम विजय हो अन्तिम खुसी हो .... । जसरी मैले जिन्दगीभर तड्पिएको थिए त्यसरी नै यसलाई पनि चड्पाउ“छु । -हास्दै) यो धोकेबाज सिंह आज जाबो खरायोको जालमा फस्यो । ... हो .. म... एउटा जिउ“दो लास हु“, मुदा हु“, तर म योस“ग बदला लि“दैछु । -हासिरहन्छ, टाढा लाटोकोसेरो कराएको, कुकुर भुकेको आवाज आउ“छ । रेश्मा अवशेषलाई उठIएर ओछयानमा सुताउ“छे ।) यो सुतोस, निदाओस् यसको यही अन्तिम न्रि्रा बन्छ । भोलिदेखि यही ओटयानले यसलाई बिझाउनेछ । अनि थाहा पाउने छ, पीडा कस्तो हुन्छ । -रेश्मा को�� ाको चारर्ैतर्फ नियाल्छे । अनुशिला र अवशेषको दाम्पत्य फोटोमा देखेर टक्क अडिन्छ ।) यो शानदार को�� ा, अनि .. सामान.... ओहो यी दाम्पत्य जोडीका फोटो । .... हो ... मैले .... चाहेको भविष्य यस्तै थियो । म एउटी नारी हु“ उनी पनि एउटी नारी नै हुन् । मैले स्वच्छ प्रेम अङ्गालेर आएकी थिए । तर .. मलाई ... बम्बैमा ... । अहँ अहँ म... सम्झन सक्दिन मेरो अतित .... -टाढा बा“सुरीको धुन बज्छ) ... त्यो सुन्दर गाउ“ ... मैले सोचेको भविष्य यो झुठ आश्वासन, अहँ ... म सहन सक्दिन ... फेरि ... कहा“बाट आयो ... यो बा“सुरीको धुन किन बज्छ मेरो मुटु छियाछिया पारेर किन मलाई यी धुनले गाली गरे जस्तो लाग्छ - कसैले देख्दा थुकी दिएजस्तो लाग्छ - यी सारा पिडा .... -रुन थाल्छ ।)

अवशेष - -अवशेष ब्यूँझन्छ) तपाईं यही हुनुहुन्छ - फेरि किन रु“दै हुनुहुन्छ - अँ ... मैले पुर्याइदिन्छु भनेको थिए । हि“ड्नुहोस् हि“ड्नुहोस् म पुर्याइदिन्छ ।

रेश्मा - -सम्यमित हु“दै) स्वाङ्ग पार्नु पर्दैन अवशेष जी तपाईंले आज एउटा नारीमाथि खेलवाड गर्नु भो । चियामा बेहोस पार्ने औषधि मिसाएर मेरो इज्जत लुट्नु भो हैन ...... ।

अवशेष - यो .. कदापि हुन सक्दैन, थाहा भएन म पनि बेहोस भएछु । फेरि अहिले मात्र होस खुलेको ....... ।

रेश्मा - निर्देष बन्न नखोज्नुहोस् ... म तपाईंलाई छोड्दिन अब भन्नुहोस् कोही परपुरुषस“ग एक रात बिताएपछि कसैको छोरीचेली कमै घरमा फिर्ता जान सक्छे - बस् ... अब म ...

अवशेष - ...... तपाईं के ....

रेश्मा - मलाई तप्नि स्वीकार्नुपर्छ । तपाईंले ... ।

अवशेष - पत्नी बनाउनु .... यो हुन सक्दैन ... म एउटीको पनि म तपाईंलाई पत्नी बनाएर सुन्दर भविष्य र मेरी अनुशिलालाई जिउ“दै जलाउन सक्दिन । मलाई माफ गर्नुहोस् ...... ।

रेश्मा - माफी .... । पुरुषहरूले पनि महिलालाई माफी दिने भए कसैको मेरो जस्तो हाल हुने थिएन । मैले पनि एक दिन माफी मागेको थिए वश ... यसरी नै .... । त्यो दिन थाहा छ .... जुन दिन तैँले मलाई दलाललाई पचासहजारमा बेचेको थिइस् ।

अवशेष - मैले ... होइन ... मैले कसैलाई बेचेको छैन ।

रेश्मा - थाहा छैन .... तैँले गाउ“बाट फकाएर ल्याएको राधा म नै हु“ र त“ त्यही कृष्णे होस् । आज मलाई बिक्री गरेको पैसाले यत्रो आडम्बर र ओहदा अर्जिस ... के थाहा त“लाई - अब थाहा पाउछेस् ।

अवशेष - अब तिमी के चाहन्छौ राधा भन म जे गर्न तयार छु तटर यस कुरालाई र्सार्वजनिक नगरी दिनु ... ।

रेश्मा - म केही चाहन्न केवल तेरो बैङ्क खातामा रहेको सबै रकम जहा“ मेरो रगत र अस्मिताको हिस्साहिस्ा परेको छ । जहा“ मेरो अस्मिताको टुक्राटुक्रा लुछिदिएको छ ।

अवशेष - बैकमा रकम नै छैन .....

रेश्मा - किन छैन .... पदको दुरूपयोग गरेर कमाएको रकम । यदि त“लाई इज्जत चाहिन्छ भने पाँच लाखको चेक काट नत्र ..... ।

अवशेष - इज्जतभन्दा सम्पती �� ूलो हाइन हुन्छ म चेक काटी दिन्छु तर यो कुरा र्सार्वजनिक नगर्नुहोस् (चेक काट्न थाल्छ र रेश्मा हा“स्छे)

रेश्मा - यो कुरा तैँले अगाडि नै सोच्न सकेको भए ..... तर अब समय बितिसकेको छ । सायद त“लाई सपनामा पनि थाहा थिएन होला यो राधा जो आज जिउ“दो लास बनेको छ । बम्बैबाट र्फकन्छे र तेरो सामु काल बनेर उभिन्छे । मैले कति पीडाहरू सहेको छु, भोगेको छु, त“लाई के थाहा छ ��

अवशेष - यो लिनुस् चेक लैजानुहोस् ... तर ...

रेश्मा - सबै मिलेको हुनर्ुपर्छ । ....

अवशेष - मिलेको छ फरक पर्दैन ।

रेश्मा - �� िकै छ म जान्छु । म केवल आफ्नो मूल्य फिर्ता लिन मात्र आएकी । आज मेरो अन्तिम विजय हो । यसैको लागि म बा“चिरहेकी थिए । त“ पनि चाडै मर्दैछस् यो कुरा टिपोट

गरे हुन्छ ।

अवशेष - हैन...... हैन..... कसरी..... म...... मर्दिन ।

रेश्मा - जसरी...... म मर्छर्ुु... त्यसरी नै तँ पनि मर्छर्ेे.... । मलाई एड्स लागेको छ । त“लाई पनि आजदेखि सरेको छ । अहिलेसम्मको सारा जाल मैले रचेको हु“ बस् तड्पिएर बा“च अनि मर.... -रेश्मा निस्कन्छ कोठI भरि एड्स स्वर प्रतिध्वनित हुन्छ । समय बित्छ । विविध धुन बज्छ । बिस्तारै अपरान्हको धुन को�� ामा निस्कन्छ । बाहिर काग र चराजुरुङ्गीको आवाज आउ“छ ।)

अवशेष - -लामोलामो श्वास-प्रश्वास लि“दै) म.... म... मर्न लागेको छु त्यसैले मेरा हात खुट्टा लाग्न छोडे मलाई टाउको दुखिरहेछ रिङ्गटा चलिरहेछ । हे भगवान् ... । म... मर्न हुदैन...... बा“च्न चाहन्छु । म जसरी भए बा“च्नर्ुपर्छ तर..... ।

-बाहिरबाट काग आएर चर्को स्वरले झयालमा कराउ“छ) यो...... कागले मलाई गिज्याइरहेछ । कसैले मलाई यो झयालबाट चियाउन सक्छ । म.. म.. बन्द गरिदिन्छु सारा ढोकाझयाल र अ“ध्यारोमा बस्छु । जहा“ कसैले मलाई देख्ने छैन र मेरा व्यथा सुन्ने छैन । म यो झयाल बन्द गर्छर्ुुत्यो ढोका बन्द......

(झयाल बन्द गर्छ ढोका बन्द गर्न अगाडि बढ्छ । त्यही बेला अर्को युवाको प्रवेश हुन्छ । अवशेष अतालिएर भूइ“मा लड्छ ।)

प्रमेश - साब... साब... नमस्कार किन आत्तिनुभएको �� म प्रमेश आएको हजुर । तर्सिनुभयो - म प्रमेश उ�� ्नुहोस् हजुर उ�� ्नुहोस्....... ।

अवशेष - हँ .... प्रमेशजी तपाईं.... -उ�� ्दै) के कामले आउनुभयो - अफिसतिरको के छ हालखबर - -लामो सास तान्दै) म... त...

प्रमेश - के हुनु साब सबै लथालिङ्ग छ। हजुर नआउनु भएकोले सारा काम त्यसै रहृयो साब फेरि दर्ुइ-तीन वटा टिप्पणीमा सही गर्नुपर्ने थियो ... । अनि साबलाई के भयो एकदम बिरामी जस्तो देखिनुहुन्छ । साहेबनी पनि पाल्नुभएको रहैनछ -

अवशेष - के - अनुशिला आउने - ..... हैन... हैन.... नआउनु भनिदिनु.... । म.... एक्लै बस्न चाहन्छु प्रमेशजी । म.... म.... अफिस आउ“दिन तपाईं जानुस् र मैले गर्ने सारा काम गर्नुहोस् । म.... म...

प्रमेश - हैन हजुरको साथमा केही भएको जस्तो छ । डाक्टरलाई देखाउने हो कि -

अवशेष - हैन हैन त्यस्तो केही भएको छैन... बरु तपाईं जानुहोस् र सात दिनपछि आउनु होस् म ठिक भइसकेको हुन्छु । जानुहोस्....

प्रमेश - हुन्छ हजुर । तर कहिलेकाही यसो निस्कदै गरौला नि साब ।

अवशेष - पर्दैन... मैले भनेको दिन आउनु सारा खबर लिएर ।

प्रमेश - हुन्छ, म गए हजुर नमस्कार ।

(प्रमेश निस्कन्छ, अवशेष बिस्तारै ढोका बन्द गर्छ )

अवशेष - -लामो श्वास तान्दै) अब कसैले देख्न सक्दैन । मलाई किन आत्मा पीडा भइरहेछ । मैले रगत जा“च गराउनुपर्छ मलाई एड्स नलागेको हुनसक्छ । अहँ... अहँ... रगत जा“चबाट यो कुरा र्सार्वजनिक हुन सक्छ । सारा पत्रपत्रिकाले मसला बनाउन सक्छ । सायद.. पत्रिकामा र्सार्वजनिक भइसक्यो कि के थाहा - मेरो सारा इज्जत.... । होइन म... निस्कन हु“दैन यो कोठIबाट । कसैले मेरा मुखमा थुकिदिनसक्छ । गाली गर्न सक्छ । मलाई देख्दा मानिसहरू भागिदिन सक्छ । अहँ... । हो... मैले राधालाई बेचेर पढेको हु, सारा सम्पत्ति आर्जन गरेको हु“ । म पापी हु... । गाउ“बाट आउदा राधाले मलाई कति माया गर्थी तर मैले केवल पचास हजारमा उसलाई बेचे । म कहिल्यै प्रायश्चित गर्न सक्तिन ।

(बाहिर ढोका ढक ढकाइएको आवाज आउछ ।)

अनुशिला - ढोका खोल्नुहोस् त खोल्नुहोस् भन्या... ।

अवशेष - को... - को आयो - प्रहरी होकि - होइन पत्रकार होला । म... कसरी खोलौं ढोका । म खोल्न सक्दिन... ।

अनुशिला - ढोका खोल्नुहोस् न भन्या । खोल्नुहोस् न ।

अवशेष - होइन, होइन... फेरि.... राधा आइछ । म.... जसरी भए पनि माफी मैले माग्नुपर्छ । सारा मनका भावना पोखेर माफी माग्छु । -लडखराउ“दै अवशेष ढोका खोल्छ । अनुशिला प्रवेश गर्छ । अवशेष खुट्टा समातेर माफी माग्छ ।) म... म खुट्टा समातेर माफी माग्छु माफ गरिदेउ राधा । मैले ठूलो गल्ती गरेको छु तिमीलाई राधा । म आज हृदय खोलेर माफी माग्छु के दिन्नौं ।

(अनुशिला खुट्टा छुटाउदै)





अनुशिला - हैन... तपाईंलाई के भइरहेको छ । म राधा होइन म अनुशिला हु“ । के तपाईंले राधा भन्ने केटी ल्याएर राख्नु भएको छ कि कसो कोठा ढिलो मात्र खोल्नुभयो । फेरि गुनगुन आजाव सुनिन्थ्यो नि -

अवशेष - -साम्यमित हुदै) हैन... हैन... तिमी आयौ अनुशिला । म.... म त सपनामा.... ।

अनुशिला - सपना होइन विपनामा हुनुहुन्छ । आजको तपाईंको व्यवहार हेदा यहा“ केही भएको आभास भइरहेछ । लोग्ने मान्छेहरूको के विश्वास - फेरि अफिस नगएको निकै दिन भइसकेछ । मलाई पनि नआउनु भन्नुभएको रहेछ ।

अवशेष - हो.... म अब कहिल्यै अफिस जान सक्दिन अनुशिला र जान्न पनि । मलाई केवल एकान्त चाहिन्छ । म अब....

अनुशिला - मलाई पनि भन्नुहोस् तपाईंलाई के भइरहेछ । मलाई आमा बिरामी छ भनेर ढा“टेर घर पठाउनुभयो । फेरि आज तपाईं यो कुरा गरिरहनुभएको छ । के तपाईं अर्को विवाह गर्दै हुनुहुन्छ -

अवशेष - हैन... हैन अनुशिला । तिमी मेरो श्रीमती नै हो तर...

अवशेष - म.... कसरी सुनाउ अनुशिला । जो नसुनाउ त तिम्रो जिन्दगीको सवाल छ । सुनाउ त मलाई तिमीले घृणा गर्र्छौ । मेरो छातीभित्रको पीडा कसरी पाखौं तिमी सामु । जाउजाउ बरु केही समय पछाडि र्फकनु..... ।

अनुशिला - म तपाईंकी श्रीमती हु“ भन्नुहोस् । आखिर श्रीमान्को समस्या र पीडाको हिस्सेदार श्रीमती पनि त हुन्छे । जे आइसक्यो बा“की समाधान निकाल्नर्ुपर्छ । भन्नुहोस्, भन्नुहोस् ।

अवशेष - हो.... अनुशिला । के तिमी यी आवाज सुन्न सक्छौ - मैले बोलेका वाक्य सुन्न सक्छौ -

अनुशिला - म सुन्न सक्छु । सहन सक्छु । महिलास“ग पुरुषभन्दा बढी पीडा सहन सक्ने क्षमता हुन्छ । भन्नुहोस् न आखिर म तपाईंकी श्रीमती नै हु“ ।

अवशेष - ल सुन... मलाई..... मलाई..... एड्स भएको छ ।

अनुशिला - एड्स...... -

अवशेष - हो.... एड्स... ।

अनुशिला - नाई नाई.... म यो के सुनिरहेछु..... ।

(अनुशिला चिच्च्याइरहन्छ एड्स शब्द को�� ामा प्रतिध्वनितमा बनिरहन्छ । बा“सुरीको धुन टाढा बजिरहन्छ)

अवशेष - अनुशिला... अनुशिला... तिमी होसमा आउ । यो रोग मलाई मात्र लागेको हो तिमीलाई होइन । त्यसैले तिमी मस“ग नबस ।

अनुशिला - कसरी हुन सक्छ । श्रीमान्लाई लागेको रोग श्रीमतीलाई नलाग्ने भन्ने । होइन म मर्छर्ुु आत्महन्या गरेर मर्छर्ुु म यो सहन सक्दिन भगवान् ।

अवशेष - तिमी सुन । मलाई मात्र लागेको छ । तिमीले रगत परीक्षण गराउनु तिमी घर गएकी बेला राधा आई र मलाई..... ।

अनुशिला - तपाईं यति निच पतित भन्ने थाहा भएको भए... । यसरी बरबाद हुने थिएन । तपाईं तिसम्म कि केटी बर्म्बईमा बेच्नसमेत पछि पनर्ुं हुन्छ रहेछ । भरखरै मलाई थाहा भयो ।

अवशेष - जे थाहा पायौ �� िक थाहा पायौ अनुशिला । जे गरे मैले तिमी पाउनको लागि गरे । यी सारा रकम सारा इज्जत त्रि्रै लागि तर आज अन्त्य भयो । जे बेचेर कमाए, तिमीलाई बिहे गरे सकियो । जसलाई बेचेको थिए उसले सबै रकम र इज्जत लिएर गई आखिर के नै रहृयो र जिन्दगीमा जति जोड, घटाउ, गुणन गरे पनि मेरो हिसाबमा बराबर नै रहृयो । त्यसैले तिमी कही गएर इज्जतसाथ बा“च । म... म मृत्युलाई पर्खिरहन्छु ।

अनुशिला - धोकेवाज .... मेरा जिन्दगी माथि खेलवाड गर्ने । म... म... बरबाद भइसकेको छु । भगवान्... कसरी... म मुख देखाउ समाजलाई.... मेरा सारा सपना चकनाचुर भएको भएको छ म... म... । हो अब तिमी बाहिर अ“ध्यारोमा निस्कनर्ुपर्छ । -अनुशिला रोइरहन्छ, अवशेष बाहिर अ“ध्यारोमा लम्कन्छ ।)

अवशेष - मलाई पीडा थपिन्छ । म एकान्तमा रहन्न चाहन्छु । त्यसैले बाहिर अ“ध्यारोमा हराउनु पर्ला ।

(बाहिर निस्कन्छ ।)



अनुशिला - भगवान्... मैले कुन जुनीमा पाप गरेको थिए र आज यो सजाय भोग्दैछु । म कसरी रगत जचाउ“ । साराले मलाई थुक्ने छन् । आमा..... आमा..... म कसरी तपाईंलाई मुख देखाउन । अहँ अहँ म बा“च्न सक्दिन आमा सक्दिन । हे भगवान्... मलाई लैजानुहोस् । यो संसार जहा“ सुकैको विश्वास छैन । कसरी रहन सकिन्छ र ।.... म सबै घेणाको पात्र बनेर कसरी बा“च्न सक्छु भगवान्... ।

-राती १०ः०० बजेको घण्टी बज्छ । अनुशिला केही खोजिरहन्छ) यो सारा सामानको कुनै औचित्य छैन । यो जोडी तस्वीरको कुनै इज्जत छैन । -ससा फुटेको आवाज आउ“छ । च्यातेको आवाज आउ“छ । केही सामान मिलाएको आवाज आउ“छ अनुशिला लामो सा तान्दै)

बस अब सकियो । नामेटहोस मेरा सारा अस्तित्त्व यस को�� ामा इतिहास जे भयो सक्यो । अब म.. भगवान्को काखमा जा“दैछु -रु“दै) जा“दैछु... यो फोहरी संसार छोडेर...... जा“दैछु ।



(अनुशिला बाहिर निस्कन्छ । बाहिर चटयाङ्ग परेको हुरी चलेको ध्वनि सुनिछ । अवशेष लडखराउ“दै को�� ामा प्रवेश गर्छ ।)



अवशेष - आज धेरै दिनको प्यास मेटे । अझै पिउनर्ुपर्छ । -बोतलबाट रक्सी पिएको ध्वनि) .... बस ... आखिर... मानिसको जीवनमा मृत्यु अपरिहार्य छ । अवश्य सृष्टिको सबै वस्तुको अन्त्य हुन्छ । यो प्राकृतिक नियम नै हो भने म.. म... मृत्युदेखि किन डराउने । हो... मलाई एड्स लाग्यो लागेन त्यो किटान छैन । तर मैले जिन्दगीदेखि नै हार स्वीकारे । म कुनै दिन अवश्य यो संसार त्यागिदिन्छु । मैले धेरै कुकार्य गरेको छु । जसको पश्चाताप बोकेर बा“च्नुको औचित्य छैन । ... हो... मानिस पीडाभन्दा मृत्युलाई सहज स्वीकार्न सक्छ ।... म.. म... -पुन रक्सी पिएको ध्वनि) आफै पिउ“छु । मेरो हृदयको जलन मेटनलाई... म



(अवशेष निदाउ“छ रातपछि बिहानीको ध्वनि बिस्तारै सुनिन्छ । बन्द हुन्छ, बाहिरबाट कोही हतारहतारमा प्रवेश गर्छ )



प्रमेश - साहेब... साहेब... । उ�� ्नुहोस् साहेब... ।

अवशेष - हँ... प्रमेशजी तपाईं...... । किन आउनुभयो - म... मलाई तिर्खा लाग्यो । -रक्सी पिउ“छ र उ�� ेर बस्दै) भन्नुहोुस्..... -

प्रमेश - खै के भन्नु हजुर । साहेबनीले झुन्डिएर आत्महत्या गर्नु भएको ।

अवशेष - बेसै भएछ । एक दिन यो धर्तीका सारा मानिस मर्छन् नै । -पुनः रक्सी पिएको ध्वनि)

प्रमेश - हजुर के भन्दै हुनुहुन्छ ।

अवशेष - म जे भन्दैछु �� िक भन्दैछु । तपाईं पनि एक दिन अवश्य मर्नु नै हुनेछ । बरु भन्नुहोस् अरु के खबर छ -

प्रमेश - खबर झन् दुःखको छ हजुर । हजुरको नाममा कुनै राधा भन्ने केटीले मुद्दा हालेको छ । उसले पाँच लाख रुपियाँ एउटा अनाथलय कोषमा जम्मा गरेकी रहिछ । हजुरले तिनलाई बेचेको आरोप लगाएको छ र हजुलाई पक्राउ गर्न खोजिएको छ हजुर । म हजुरको हित चाहने भएकोले सबै जानकारी गरेको छु हजुर ।

अवशेष - राधाले जे गरी �� िक गरी । वास्तवमा सबै कुरा सत्य हो त्यसैले त म.... ।

प्रमेश - त्यति मात्र होइन हजुर । हिजैदेखि लागु हुने गरी तपाईंलाई पदबाट अपदस्त गरिएको छ हजुर... ।

अवशेष - -हा“स्दै) पदबाट अपदस्त..... त्यसको के औचित्य छ जबकि मनै जिन्दगीदेखि अपदस्त भइसकेको छु । हा.... हा...हा.... । त्यो पद मैले पाएको अनि कसैले दिएको तर यो जीवन नै भन्नु म नै छैन भने त्यसको के काम.... भन - जाउ“ तिमी जाउ“ र सारालाई भनिदेऊ.... अवशेष केवल जिन्दगीदेखि अपदस्त भएको जिउ“दो लाशको अवशेष हो..... आजउ“ भनिदेउ जिन्दगीदेखि अपदस्त भएको-अपदस्त.... । हा...हा... ।

(प्रमेश बाहिरीन्छ, अवशेष पुनः रक्सी पिउ“छ । जोडले हा“सिरहन्छ । को�� ामा अ“ध्यारोको प्रवेश हुन्छ)



समाप्त





तपाईंको प्रतिकृया

sooooo nice

yo natak malai yekdamai maan paryo ,jilla jilla ko radio marfat saunauna saki jhanai ramro hunethiyo

dharai ramro natak..

natak..ekdam upayukta 6..jasle samajko kalo kartutko bhandafor gareko6

dherai ramro

Dherai ramro baudik khel rahechha,alot of thanks to U.

verry verry nice.

malai dherai khusi lagchha, kinaki yo natak ma sano chhada radio dekhi prasaran bhai rahanthyo, malai tyati kaa dherai katha tayaad chaina, ra pani naatak ramro chha.

Drama goes to good information as unique title is the "Apadasta Jindagi".. It's wished to author to keep it up..

good natak



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम