Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
मोतीराम भट्टको साहित्य साधना - [2005-09-09]
 Authorयमबहादुर पौडेल क्षेत्री

कविताको साधनामा डुबिसकेका कविहरूले कवित्व र कविताका बारेमा आ-आफ्ना अनुभव पोख्न चाहन्छन् । युवाकवि मोतीराम भट्टले पनि कविताका बारेमा कवितामै आफ्नो अनुभव यसरी प्रकट गरेकाछन् ।

"धनले हुँदैन कविता न त हुन्छ मनले ।

ज्ञानले हुँदैन कविता न त हुन्छ तनले ।।

इनले भयाकि कविता कविता समान हो ।

आफैँ भया कि कविता बहुतै असल हो ।।"

प्रस्तुत श्लोक भानुभक्तको जीवनचरित्र प्रस्तुत गर्दा रचिएको भए पनि समीक्षात्मक भावसमेत व्यक्त गरिएको यस श्लोकमा मोतीराम भट्टले स्वयम्को अनुभव र आशयसमेत व्यक्त गर्नुभएको छ । यहाँ उनको आशय प्रष्ट छ सहजस्वरूपमा लेखिने कविताहरू मात्र उच्च कोटीका कविता बन्न पुग्दछन् । निःसन्देह भानुभक्त सहज कवि हुन् । कुनै पनि परिवेशबाट उत्पन्न भावनालाई कवितात्मक शैलीले सिँगार्न उनका र्झरा नेपाली शब्दले सहजरूपमा सहयोग पुर्‍याउँछन् । जब उनी भाव-विभोर भएर कलम समाउँछन्, तब उनीसँग तत्काल कविता बन्दछ त्यसैले मोतीरामले भानुको खुला हृदयले प्रशंसा गरेका छन् र का माडौँबाट पाखा पखेरा पार गर्दै तनहुँ रम्घा आइपुग्दा जे जति पाण्डुलिपि भानुका घरमा भेटिए ती सबै का माडौँमै पुर्‍याएका छन् । अनि आफ्नै पहलको पाशुपत छापाखानामा छपाएका छन् । यसरी नेपालको एउटा कुनामा लोप हुनै लागेका कविता र यावत् कृतिहरू छपाई नेपाली भाषाका किरण यत्रतत्र फैलाएका छन् र नेपाली भाषामा लेखिएको रामायण बृटिश पुस्तकालयमा पुर्‍याएर आफ्नो हृदयको विशालताको परिचय पनि दिलाएका छन् । यस्तो विशाल हृदय भएका युवाकवि मोतीरामको जन्म विक्रम संवत् १९२३ साल भाद्र १० कृष्ण औँसीका दिन का माडौँको भांेसिको टोलमा भएको हो । उनको आमाको नाम रिपुमर्दिनी देवी र बुबाको नाम दयाराम भट्ट हो । बाबु दयाराम भट्ट भारतको काशीमा तर्ीथवास गरिरहेकी आफ्नी माहिली आमाको रेखदेख गर्न काशीमै रहिरहेको अवस्थामा मोतीरामकी आमा रिपुमर्दिनी पनि आफ्ना छोरालाई साथ लिई १९२८ मा काशी नै पुगेकी थिइन् । त्यसैले मोतीरामले पनि काशीमा बसेर अध्ययन गर्ने मौका पाएका थिए । त्यो समयमा का माडौँभन्दा काशी नै उनका लागि विशाल संसार हुनपुग्दछ । मोतीरामलाई नेपाली राष्ट्रभाषा र नेपाली साहित्यको सेवक बनाउने श्रेय उनका मातापितालाई अवश्यमेव दिनर्ुपर्दछ । मातापिताकै संरक्षणमा उनले चार वर्षम्म संस्कृत पढे । फार्सर्ीीकुलमा भर्ना भएर गीत गाउने र सितार बजाउन सिके । आ वर्षो उमेरमा उनको उपनयन संस्कार पूरा हुन्छ । १९३७ सालमा उनी का माडौँ फर्किन्छन् र विवाह बन्धनमा बाँधिन्छन् । त्यसपछि का माडौँमै बसी एक वर्षम्म अङ्ग्रेजी अध्ययन गर्दछन् । संवत् १९३८ सालमा फेरि उनी काशीमै फर्किन्छन् र अङ्ग्रेजीको अध्ययन क्रमलाई जारी राख्दछन् । १९४४ तिर का माडौँ फर्किन्छन् र १९४७ देखि दरबार स्कुलमा पढ्न थाल्छन् । १९४८ मा यिनले कलकत्ताबाट प्रवेशिका परीक्षा पास गर्छन् । विक्रम संवत् १९५० सालमा कलकत्ताबाटै एफ.ए. -आई.ए.) को परीक्षा दिन्छन् तर यसमा उनी असफल हुन्छन् । अध्ययन क्रमलाई जारी राख्ने हेतुले १९५१ मा फेरि पनि उनी कलकत्तामै पुग्छन् । केही समयपछि कलकत्ताको गर्मीमा उनी बिरामी पर्दछन् र पुनः का माडौँ फर्किन्छन् । सात महिनासम्म आफ्नै ओछ्यानमा थलिएपछि १९५३ भाद्र कृष्ण औँसीकै दिन देहत्याग गरी ३० वर्षो युवा अवस्थामै यस संसारबाट बिदा हुन्छन् ।



केवल आई.ए. सम्म अध्ययन गर्ने मौका पाएका मोतीराम भट्टले २४ वर्षो अनवरत सङ्र्घष्ा र अथक परिश्रमबाट संस्कृत, फार्सर्ीीउर्दू, हिन्दी, बङ्गाली, अङ्ग्रेजी र नेपाली गरी सात भाषामा ज्ञान आर्जन गर्न उनी सक्षम हुन्छन् । यतिका भाषाको यथोचित ज्ञानबाट नेपाली भाषामा प्रकाशित र अप्रकाशित गरी २५/२६ वटा कृतिहरू दिनसक्नु नै हाम्रा लागि गौरवको विषय हुन आएको छ र यिनै कृतिबाट उनको बहुप्रतिभाको परिचय पनि मिल्दछ । मोतीराम भट्टले आफ्नो जिन्दगीका अनमोल क्षणहरू कुनै बखत पनि निष्त्रिmय बिताएका छैनन् । उनको काशीको बसाइमा रामकृष्ण बर्मासँग मिली 'भारत-जीवन प्रेस' खोलेका छन् । का माडौंमा बस्दा साथी कृष्णदेव पाण्डेसँग मिली 'पाशुपत छापाखाना' स्थापना गरेका छन् । का माडौंमै उनका परम मित्रहरू कृष्णदेव, धीरेन्द्रसँग मिली 'मोती कृष्ण धीरेन्द्र कम्पनी' नामक पुस्तकालय पनि खोलेका छन् । उल्लिखित विभिन्न साहित्यिक कृति र सामाजिक कार्यका आधारमा मोतीराम भट्ट एक सफल कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, अन्वेषक, पुस्तकालयका संस्थापक, पत्रिका तथा छापाखानाका प्रबन्धक आदि स्वच्छ कवि भएका बहुआयामिक व्यक्तित्वको रूपमा मूल्याङ्कन गर्नुपर्ने देखिन्छन् । उनी जीवन पर्यन्त एउटा अथक परिश्रमी, विद्याप्रेमी, साहित्यसाधक, निर्भीक र निर्लोभी व्यक्तिको रूपमा चर्चित छन् र नेपाली साहित्यिक इतिहासमा एक श्रद्धेय व्यक्तिका रूपमा बाँचिरहने छन् ।

स्वदेशको परिवेशलाई हर्ेदा के बुझन्िछ भने मोतीराम भट्ट जङ्गबहादुर राणाकै शासनकालमा जन्मेका हुन् तर सामाजिक र राजनीतिक परिवेशमा राणाहरूकै बिगबिगी रहेको त्यस बेलाको निरङ्कुश शासन पद्धत्रि्रति अप्रभावित रहेकै कारण मात्र उनले उपरोक्त सामाजिक कार्यहरू सम्पन्न गर्न र साहित्यिक कृतिहरू नेपाली जनमानसलाई दिन सकेका हुन् भन्नु अस्वाभाविक देखिन्न । काशीमा बसेर उनले संस्कृत र अङ्ग्रेजीमात्र अध्ययन गरेनन्, परन्तु उनले अङ्ग्रेज साम्राज्यवादीहरूले भारतीय नागरिकहरूलाई अङ्ग्रेजी भाषाको दास बनाएर भारतमा कसरी राज गरिरहेछन् त्यसबारेमा पनि अध्ययन र मनन गरे । हिन्दी राष्ट्रभाषालाई मजबुत बनाउने प्रयासमा लागेका सुप्रसिद्धहरू भारतीय कवि भारतेन्दु हरिश्चन्द्रको आदर्शलाई अनुशरण गर्दै नेपाली राष्ट्रभाषामा साहित्यिक कृतिहरू एकपछि अर्को थप्दै जाने प्रण गरे र जीवनभर मातृभाषाको सेवामा समर्पित रहे । यसरी नेपाली भाषाको विकासप्रति समर्पित रही राष्ट्रभाषाकै प्रचारप्रसार गर्ने हेतुले काशीमा गर्दै आएको स्वाध्यायन स्थगित गरी मोतीराम वि.सं. १९४४ सालमा का माडौं फर्किन्छन् । यसै समयदेखि उनको राष्ट्रिय भावना अझ टड्कारो रूपमा देखापर्दछ । राष्ट्रभक्ति झल्किने उनको निम्न श्लोक नेपालभूमिका सदा अमर रहिरहनेछ ।

"अचल झण्डा फर्कोस्-फरफर गरी कान्तिपुरमा ।

रिपुको मन थर्कोस् थर थर गरी छीन घरिमा ।।

यवन्ले राज गर्दा कति पतित हिन्दु स्थल भयो ।

फगत् यो नेपालको मुलुक बिच कञ्चन रहि गयो ।।"

राणाहरूले नेपालमा पारिवारिक शासन चलाइरहेका भए पनि विदेशीहरूको शासन कहिल्यै व्यहोर्नु नपरेको देश नेपालप्रति उनी गौरवान्वित भएका देखिन्छन् । जुनसुकै कवि कलाकार वा लेखकको उत्कृष्ट भावना, आदर्श र सोचलाई संस्कारित गराउन हामी उनीहरूको जन्मोत्सव वा जन्मजयन्ती मनाउने गर्दछौं । हामीले हाम्रो विकासका निम्ति उपयोग गर्नुपर्ने र गर्न सकिने मोतीराम भट्टका कुन कुन पक्षहरू छन् तिनलाई खोतल्नु र अनुशरण गर्नु आवश्यक छ । उनी आफ्नो युगको परिवेशमा केही धार्मिक र अध्यात्मवादी अवश्य छन् तथापि नेपाली भाषा र साहित्यको क्षेत्रमा उनले दिएको योगदान अन्य दृष्टिकोणबाट पनि उत्तिकै मह즣2357;पर्ूण्ा छन् ।



प्रथमतः नेपाली भाषाको विकासका सर्न्दर्भमा मोतीरामले अत्यन्त इमानदार र दूरदर्शी नेतृत्व गरेका छन् । उनी आफूमात्र साहित्यकार बनेनन् परन्तु अरूलाई पनि कवि तथा साहित्यकार बन्न प्रेरित गरेर उनीहरूको अगुवाइ पनि गरे । आधुनिक शिक्षाविहीन युगमा रचना गरिएका भानुभक्तजस्ता कविका कृतिहरू खोजी खोजी प्रकाशमा ल्याए । आफ्नै हृदयफाँटबाट प्रशंसाका पदकहरू श्लोकबद्ध गराए । एउटा साहित्यकारले अर्को साहित्यकारको कदर गर्नुपर्दछ भन्ने संस्कार बसाले । अर्को शब्दमा भन्ने हो भने जनस्तरबाट उनीहरूको कदर गरिनर्ुपर्छ भन्ने उदाहरण आफूबाट प्रस्तुत गरे । उनको दोस्रो योगदान हो, ज्ञान आर्जनका सवालमा विभिन्न भाषा अध्ययन गरी त्यहाँबाट प्राप्त ज्ञान र सीपलाई नेपाली भाषा र साहित्यमा सिर्जनात्मक प्रयोग । संस्कृतलाई मात्र प्राथमिकता दिइने त्यो समाजमा नेपाली भाषा र साहित्यको मह즣2357; व्यावहारिक रूपमा देखाइदिनु उनको तेस्रो योगदान हो भन्ने मान्नर्ुपर्दछ । ज्ञान, विज्ञान, साहित्य र संस्कृतिको भण्डारलाई हरेक व्यक्तिको घरदैलोमा र मन-मस्तिष्कमा पुर्‍याउने सशक्त माध्यम नै मातृभाषा हो र यसको विकास भएन भने यस भाषा समुदायका व्यक्तिहरूको गति पनि मन्द नै हुन्छ । संस्कृत भाषामा आर्य संस्कृतिमा उपलब्ध सबै ज्ञान, अनुभव, अर्ती र उपदेशको भण्डार छ तर संस्कृत भाषा समृद्ध भएर मात्र के गर्नु - दैनिक बोलिचालीमा नआउने हुँदा अब उप्रान्त यसको जीवित श्वास-प्रश्वास बन्द भएको छ, तर्सथ यसमा संग्रहित त्यो ज्ञान र अनुभव यसका सबै भगिनी भाषा तथा अन्य भाषा-भाषिकाहरूमा समान रूपमा बाँडिनु पर्दछ । हामी संस्कृतका जति धनाढ्य भए पनि बालकको तोतेबोलीमा नआउने भाषाले यथेष्ट सहयोग पुर्‍याउन सक्दैन । तर्सथ सात भाषाका ज्ञाता मोतीरामलाई नेपाली भाषा जति प्यारो अन्य आर्जित भाषा हुन सकेनन् । उनको आफ्नो विवेकको तराजुमा अन्य आर्जित भाषाभन्दा नेपाली भाषा नै ओजिलो देखे र आफ्नै विवेकको अह्रोटमा यसको विकास, संरक्षण र सर्ंवर्द्धनका निमित्त आफ्नो सीप र क्षमतालाई कर्मभूमिमा उतारे । मोतीरामलाई सम्झनु पर्ने चौथो कारण के छ भने उनी कहिल्यै पनि सत्ताधारीसँग सहयोगको भिक्षा मागेर कृतघ्न बन्न चाहेनन् । उनका गजलहरूमा भोगविलासका खित्काहरू देखिएलान् तर उनले तिनलाई महलमा पुर्‍याएर बिक्री गरेनन् । यिनले आफ्नो व्यक्तिगत दुःखकष्टका निम्ति उनीहरूसँग हात थाप्ने काम गरेनन् । जिन्दगीभर निर्लोभी रही आफ्नो स्वाभिमानलाई आफ्नै मानसिक कन्तुरमा जोगाइराखे । यसरी आफ्नो खुट्टामा उभिएर साहित्य सेवामा प्रवृत्त रहन प्रेरणा जगाउने व्यक्ति भएका कारणले पनि उनी युगयुगका स्वाभिमानी साहित्यकारका लागि प्रेरक व्यक्ति बनिरहनेछन् ।



विश्वमा जुनसुकै भाषाको पनि विकास भइरहन्छ, जब त्यस भाषामा विविध सिर्जनात्मक संरचनाहरूको क्रम चलिरहन्छ । नेपाली भाषा विकासको एउटा चरणमा मोतीरामले यस्ता संरचनाहरूका क्रमको थालनी गरेका हुन् । यो क्रम जारी रहन्छ भने नेपाली भाषा र नेपाली जातिको विकास भई नै रहनेछ । 'मोतीरामकी आमालाई मोतीरामबाट जन्मेको सन्तान हर्ेर्ने धोको थियो, त्यो अधुरै रहन गयो' जस्ता उक्तिहरूको भविष्यमा पुनरावृत्ति गरिरहनुपर्ने छैन । मोतीराम भट्टको जति मह즣2357; दर्शाउन खोजे पनि यो एउटा विडम्बना हाम्रा सामु रहिरहेको छ । त्यो के हो भने आजसम्म मोतीरामकी विवाहिता श्रीमतीको नाम प्रकाशमा आएको छैन । शायद उनकी आमाको जस्तो उनकी श्रीमतीको पनि सन्तानको मुख हर्ेर्ने धोको रहेको हुँदो हो । उनको घरखेत अन्य सगोल परिवारमा नामसारी भएको होला, पारिवारिक सम्पत्तिको लगत हर्ेर्ने हो भने उनको नाम अहिले पनि पत्ता लगाउने सकिने थियो कि - सम्भव छ भने अझै पनि उनकी श्रीमतीको नामानुसन्धान भएमा बेश हुनेछ । मोतीराम भट्टको सन्तान नहुँदा हामी पनि दुःखी छाँै तर यस संसारबाट बिदा हुने बखतमा उनले आफ्ना कृतिहरूलाई सन्तानको रूपमा छाडेको कुरामा भने हामी सन्तुष्ट छौं । किनकि आज नेपालका उच्च कुल घरान, जाति, जनजाति आदि प्रत्येक समूह र क्षेत्रमा मोतीरामका कृतिका सन्तानहरू जन्मिरहेका छन् । कोही पुष्कर शमशेर र बालकृष्ण सम भएर जन्मे, कोही लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटा भएर जन्मे, अरू पनि विभिन्न नाम र थर लिएर मोतीरामका सन्तानहरू जन्मिरहेका छन् । यसै अर्थमा नेपाली साहित्य-प्रेमीहरू र अनुरागीहरूले आफू स्वयम्को र भावी युवापिंढीको जिन्दगी प्रकाशमय बनाउन युवाकवि मोतीराम भट्टको स्मृतिमा हरेक वर्ष'मोती जयन्ती' मनाउनर्ुपर्दछ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम