Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
वात्स्यायनको व्यङ्ग्य वाण (नेत्र आचार्य) - [2006-07-22]

प्रतीक र बिम्बको प्रयोगले सृजना दशौं गुना प्रभावी हुन जान्छ । यही प्रयोगले निर्माण भएको कलाकृतिमा लक्षणा र व्यञ्जना अर्थात् व्यङ्गयको जति सुन्दर संयोजन हुन्छ त्यति त्यसले सम्प्रेषण गर्न खोजेको सन्देश जबरजस्त बन्छ । कार्टुनले पा कलाई हँसाइ-हँसाइ चेतनशील बनाउँछ । दःुखमा पनि हँसाउन सक्नु कार्टुनको विशेषता हो । दुःखका बेला हाँस्न सके दुःख भोग्न सहज हुन्छ । पत्रपत्रिकामा प्रकाशित हुने कार्टुनले ज्यादै थोरै स्थान र समय लिएर अधिकांश पा कलाई मनोरञ्जन दिँदै राजनीतिक रूपले सचेत बनाएका छन् । निरक्षर वा भिन्न भाषी पा कमा पनि उत्तिकै सम्प्रेषणीय हुने हुँदा पनि कलाको प्रभाव अधिक हुन्छ । यतिखेर कलाकार दुर्गा बराल अर्थात् वात्स्यायनको ०४६ देखि यताका राजनीतिक सामाजिक घटनाक्रम चित्रित कार्टुन संगालो फाइन पि्रन्टले प्रकाशन गरेको छ ।

यो संगालोका पाँच विशेषता उल्लेख्य देखिन्छन् । पहिलो, राजनीतिक चेतना । वात्स्यायनले कार्टुन बनाउन थाल्दा जनताका अधिकार अपहरित थिए । प्रेस स्वतन्त्रता कुण् ित थियो । एकनासले सामन्ती शासन अनुदार हुँदै गएका बेला त्यसविरुद्ध क्रान्तिको आँधी बेहरी सृजना गर्न जनतालाई जगाउन आवश्यक थियो । तर सत्ताको खिलाफमा सृजना गर्नु जोखिमपूर्ण थियो । कैयौंपटक कारबाहीको धम्की आउँदा पनि वात्स्यायनले कुची बिसाएनन् । निरन्तर सृजना गरिरहे । इँट र ढुंगाले उ ाएको सडक आन्दोलनको भन्दा बेसी भूमिका व्यङ्गय चित्रको रह्यो । पत्रपत्रिका मार्फत यी चित्र निरंकुश, निर्लज्ज सत्तासीनका घरदैलोमा पुगे र तिनलाई आफ्नो कर्मप्रति स्वयं ग्लानी अनुभूति गराउन पनि सफल रहे । दलभन्दा सञ्चारमाध्यमको बढी योगदान कहाँ नेर देखियो भने लेखक, कलाकारले सधैं एक पाइला अघि बढेर नेतालाई समेत झक्झक्याइरहे । अन्ततः दलका नेता लेखक कलाकारले औंल्याएको दिशामा अघि बढ्न बाध्य भए । वात्स्यायनले गत वर्ष भदौ ५ गते कान्तिपुर दैनिकमा प्रकाशित गरेको कार्टुन यसको ज्वलन्त उदाहरण हो । आफ्नै क्रियाकलापले जनविश्वास पूर्णतया गुमाइसकेको र फोहोर फ्याँक्ने ाउँमा फ्यालिएको मृतप्रायः राजतन्त्रलाई गिरिजा प्रसादले एक्लै टाउकोमा बोकेर हिँडेको दृश्य आज पनि सान्दर्भिक र चेतनामूलक छ ।



दोस्रो, हास्यरस । लामो नाक, शरीरको अनुपातमा ूलो टाउको, मुस्कान, वक्रदृष्टि, चेप्राइँ, तन्किएका आँखीभौंलगायत अनुहारका विभिन्न हाउभाउ र स्वाभाविकभन्दा विपरीत आकृति कार्टुनमा उतार्दा पा कमात्र होइन चित्रित पात्रले पनि हाँसो थाम्न सक्तैनन् । देउवा सरकारका पाला प्रतिगमन आधा सच्चियो भन्दै मन्त्री पदका लागि अर्धनग्न दौडेका माधवकुमार नेपालको कार्टुन पारखीका मनमा अझै ताजै छ । यसले एमालेलाई चोट पुर्‍याएर पनि फेरि यस्तो बेवकुफी नगर्न सचेत बनाएको छ ।



तेस्रो, ऐतिहासिक दस्तावेज । कार्टुन संगालोले विगत १५ वर्षका राजनीतिक घटनाक्रम, जनताका आशा र निराशालाई ऐतिहासिक दस्तावेजका रूपमा अगाडि ल्याएको छ । विमोचनका बेला बृटिस काउन्सिलबाट पुस्तक किनेर र्फकंदै गर्दा अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका अनिल भट्टराई र सुजाता थापाले भने- राज्यपक्ष र विद्रोहीबाट मानवअधिकारको चरम उल्लंघन भइरहेका बेला यसको सजीव चित्र वात्स्यायनका कार्टुनले सारा संसारलाई देखाइदिएका थिए । कतिपय कार्टुनका कटिङले हामीलाई काम गर्न सजिलो पनि भयो । ीक परिस्थितिमा सर्वाधिक महत्त्वको घटनालाई सशक्त ढंगले चित्रित गर्न सक्नु वात्स्यायनका कार्टुनको उल्लेख्य पक्ष हो । पत्रिका सम्पादकको कुर्सीमा सैनिक



बसेको कार्टुन र कक्षाको ामा सैनिक प्रशिक्षण चलिरहेको देखेपछि विद्यार्थी ढोकाबाटै फर्केको दृश्यले सहर र गाउँमा त्यसबेलाका घटनाक्रम उजागर पारेका छन् । नेपालसम्बन्धी अध्ययन गरिरहेका विदेशी साथीलाई उपहार दिन पनि यो कृति उपयोगी हुने उनीहरूले बताए । यो संगालो अहिले पुनः सत्तामा गएका दलका नेताका निम्ति विगत १५ वर्षमा गरेका गल्ती नदोहोर्‍याउनका निम्ति सचेत बनाउन पनि उपयोगी छ ।



चौथो, सामाजिक विसंगतिप्रति व्यङ्गय । संगालोमा आधा कार्टुन सामाजिक छन् । इराकमा बाह्र नेपालीको हत्या भएको खबर सुनेर आक्रोशित भई टेलिभिजन फुटाएको कार्टुन, छिनछिनमा बढ्ने महंगीको प्रसङ्ग, मोबाइल फोन प्रयोग गर्ने युवायुवती र टेलिभिजनबाट रामदेवको योगा अभ्यास गर्ने साधकको पीडा चित्रित कार्टुनले सामाजिक विसंगति छरपस्टै देखाएका छन् । 'सन्यासै लिनुपरेन माते, छोरीको बिहे गरेपछि स्वतः जोगी भएँ' शीर्षकको कार्टुनले समाज कति असामाजिक हुँदै गइरहेको छ प्रस्ट पार्छ । त्यसै गरी पिउनले डाक्टरी गरिरहेका अस्पताल, दरिद्र ज्योतिषीले भविष्य बताइदिने स्थल र विद्यार्थीले शिक्षकलाई अनुशासन सिकाइरहेका स्कुलहरूको दृश्य मनोरञ्जक हुँदाहुँदै सामाजिक सुधारको अपिल गर्न अत्यन्त सफल देखिएका छन् । गहिरिएर हेरेमा कहीँ न कहीँ यी कार्टुनमा पा कले आफ्नै चित्र देख्छन् र मरिमरि हाँस्छन् । लौ भएन यसरी त भन्ने चेतना पनि साथसाथै आउँछ ।



पाँचौं, संस्कृति निर्माण । नयाँ संस्कृति निर्माणमा कलाको सर्वाधिक योगदान हुन्छ । कलाकृतिको सन्देशमा दू्रत संप्रेषणीयताको गुण हुन्छ । सरकार गाउँ र वडासम्म पुग्न सक्छ । राजनीतिक दल घर-घर र व्यक्ति-व्यक्तिसम्म पुग्न सक्छन् । कलाकार व्यक्ति-व्यक्तिको हृदयमै पुग्छन् । उसका पाँचै इन्दि्रयलाई अपिल गरेर कलाकारले चाहेको सन्देश सम्प्रेषण गरिदिन्छन् । अतः नयाँ संस्कृति निर्माण गर्न सरकार र राजनीतिक दलभन्दा कलाकारको कलम र कुची ज्यादा प्रभावी हुन्छ । राजनीतिक र सामाजिक क्रान्ति हरेक व्यक्तिको मानसिक रूपान्तरणबिना पूर्ण हुन सक्तैन । यो मानसिक रूपान्तरणको कार्य कलम र कुची समाउनेले मात्र पूरा गर्न सक्छन् । एजुकेसनल बुक हाउसका अञ्जन श्रेष् ले आफूले किनेको पुस्तकमा छोरीको नाम लेखाए । नेपालका सर्वाधिक ख्यातिप्राप्त कार्टुनिस्टको कलाकारिताबाट नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उनको चाहना थियो । श्रेष् ले भने- 'म वात्स्यायनको निर्भिकता देखेर अत्यन्त प्रभावित छु, नयाँ पुस्तामा यो सन्देश पनि पुग्नुपर्छ । पुस्तकको साजसज्जा र गुणस्तरले नेपालीले राम्रा पुस्तक छाप्न सक्तैनन् भन्नेलाई जवाफ दिएको छ ।'



सारमा, प्रतिनिधि पात्रलाई हास्यास्पद ढंगले चित्रित गरेर मनोरञ्जन गर्नु, त्यसप्रति आम जनताको घृणा वा आक्रोश पोख्नु र हास्यलाई एउटा हतियारका रूपमा उपयोग गरी सुधारको आकाँक्षा राख्नु वात्स्यायनका कार्टुनकारिताको महत्त्वपूर्ण विशेषता हुन् । अतः कला पारखीका लागि मात्र होइन, उन्नत र सुसंस्कृत समाजप्रेमी सबैका निम्ति यो कृति संग्रहणीय छ । पुस्तक आम नेपालीका निम्ति सुपथ भइदिएको भए सुनमा सुगन्ध हुनेथियो । पुनर्मुद्रण गर्दा प्रकाशकले यसमा ध्यान पुर्‍याउन आवश्यक छ ।



कृति ः वात्स्यायन एन्ड हिज बाब्र्स



प्रकाशक ः फाइन पि्रन्ट, का माण्डू, २०६३



पृष् ः १४८



मूल्य ः रु ७००





कान्तिपुरबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम