Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
मुस्ताङः लुकेको आकर्षण (भक्तबहादुर थापा) - [2006-07-24]

हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ विविध कारणले आकर्ष र मनोरम देखिन्छ । धवलागिरि, निलगिरि तथा अन्नपर्ूण्ाजस्ता विश्वप्रसिद्ध उच्च हिमशृङ्खलाको काखमा अवस्थित मुस्ताङ सौर्न्दर्यले मनोरम पनि छ । धरातलीय दृष्टिलेसमेत विचित्र बनेको यस ाउँको प्रसिद्धि स्वदेशमा मात्र होइन वरिपरिसमेत पुगेको छ । उच्च हिमशृङ्खलाका बीचमा अवस्थित यस जिल्लामा बसोबास गर्दै आएका विभिन्न जाति र सम्प्रदायबीचको धर्म, सम्प्रदाय, जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिसँगै आफ्नै मौलिकपनले पर्ूण्ा रहेको पाइन्छ । यहाँ पुग्ने विदेशी हुन् या स्वदेशी जो कोहीलाई यसको आकर्षाले ल ् बनाउने गर्दछ । विशेष गरी थकाली संस्कृति र परम्पराको बाहुल्य रहेको यस जिल्लामा बुद्धधर्मावलम्बीहरुको पनि त्यत्तिकै प्रभाव रहेको पाइन्छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलहरुले परिपर्ूण्ा रहेको यस जिल्ला विश्वमा नै दर्ुलभ भनेर चिनिने वन्यजन्तु, जडीबुटी पाइने हिमाली भेगको रूपमा लिइन्छ । उच्च हिमशृङ्खलाको मनोरमतासँगै हिउँ पग्लेर चिसो र स्वच्छ पानी बहने कालीगण्डकीको किनारमा अवस्थित यस ाउँलाई शाल्रि्रामको खानीको रूपमा समेत चिनिने भएकाले यहाँ पुग्ने जो कोहीले पनि कालीगण्डकीको किनारहरुमा एकपटक आँखा घुमाउने नै गरेको पाइन्छ ।



पर्यटकीय नगरी पोखराको आकर्ष दृश्यसँगै उच्च हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गरेर आनन्द लिँदै हवाइमार्गको करिब ३५ मिनेटको यात्रापछि जोमसोम सदरमुकाम विमानस्थलमा उत्रँदा नै जो कोहीलाई यहाँ वरिपरिको दृश्यले निकै फरकपनको अनुभूति गराउँदछ । स्थलमार्गहुँदै प्रवेश गर्नुपर्दा म्याग्दीको बेनीबाट कालीगण्डकीको तीर हुँदै करिब दर्ुइदिनको पैदल यात्रापछि मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । यस जिल्लालाई उपल्लो र तल्लो भनेर दर्ुइ क्षेत्रमा विभाजन गरिएको छ । यही र यिनै विविधताका बीचमा तल्लो मुस्ताङ क्षेत्रमा थकाली समुदायको संस्कृति, परम्परा, रहनसहनले भरिएको छ भने उपल्लो मुस्ताङमा तिब्बेतियन प्रभाव रहेको पाइन्छ । उक्त क्षेत्रमा तामाङ, गुरुङलगायतका जातिको बसोबास रहेको छ ।



आकर्षा स्थलः

उच्च हिमशृङखलाहरुबीच अवस्थित मुस्ताङ अति विकट भए पनि यहाँ धेरै किसिमका आकर्ष स्थलहरु छन् । माटोले छाएका ­स­-साना तथा फरक शैली र परम्पराका घरले बेग्लै संस्कृतिको अनुभूति गराउँदा भने हिउँले ढाकेका उच्च हिमालसँग जोडिएका सुख्खा पहाडले यहाँ आकर्षा भरेको छ । निरन्तर हिउँ जमिरहने उच्च हिमालको काखमा ढुङ्गा तथा माटोले बनेका स-साना थुम्का, पहाड कुनै कालीगढले परिश्रम गरेर विभिन्न किसिमका आकृतिहरु देख्न पाइन्छ । विविध शैलीका पाटा-पाटा परेका पहाड, पहाडका भित्तामा कहीँ गुफा, पहाडका भित्तामा माटाका विविध आकृतियुक्त लहर लहरले कहीँ अनौ ो संसारको अनुभूति थपेको छ । थकाली समुदायका संस्कृति परम्परा झल्कने यहाँका मन्दिर तथा बौद्ध गुम्बाहरु, ढुङ्गाले छापेर निर्माण गरिएको बजार क्षेत्रमा सडक एवं घरहरुले पनि जो कोहीलाई लोभ्याउने हुँदा यो ाउँ पथ पर्यटकका लागि अति नै आकर्ष मानिन्छ ।



मूल्य र उपयोग छैन स्याउकोः

मुस्ताङको स्याउ- सुन्दै मानिसमा लोभ लाग्छ र मुलुकका यस्ता क्षेत्रका बारेमा चासो राख्ने जो कोही लालायित हुन्छ र अधिराज्यमै प्रसिद्ध छ पनि । हामीकहाँ बजारमा पाइने विदेशबाट आयातित स्याउभन्दा उच्च गुणस्तरको छ मुस्ताङी स्याउ । तरपनि मुलुकका सहरी क्षेत्रसम्म ल्याई पुर्‍याउन साधन नभएर र बोकाएर ल्याउन खर्च बढी पर्नाले यसको मूल्य पाउन सकेका छैनन् मुस्ताङवासीले । स्थानीय टुकुचे निवासी तथा टुकुचे डिस्टि्रलरीका सञ्चालक कल्पना शेरचन भन्नुहुन्छ- सडक यातायात भइदिए कति लाभान्वित हुन्थे होलान् मुस्ताङवासी । खच्चडलाई बोकाएर केही बेनीसम्म पुर्‍याइन्छ र त्यहाँबाट अन्यत्र लगिन्छ । प्लेनबाट पोखरा ल्याउन अति महँगो पर्छ । त्यहाँ बाहिर लान नसकेर बचेका स्याउको रक्सी बनाइन्छ । स्याउबाट बनाइने रक्सीमा टुकुचे र मार्फा यहाँका प्रसिद्ध ब्रान्डी हुन् । यी टुकुचे तथा मार्फा भन्ने स्थानका नामबाट नामकरण गरिएका ब्रान्डीको उत्पादनमा तीनवटा सरकारी कम्पनी छन् भने चारवटा निजी क्षेत्रबाट सञ्चालित छन् । त्यत्तिकै खेर जाने स्याउलाई उपयोगका लागि ब्राण्डी बनाइन्छ नत्र मूल्य नै छैन- शेरचन थप्नुहुन्छ । कालीगण्डकीको वारिपारि किनार क्षेत्रमा जोमसोमदेखि मार्फा टुकुचेहुँदै तलको भेगसम्म गरी ८० हजार बोट स्याउ छन् । तिनको ६० प्रतिशतले उत्पादन दिने शेरचन तथा १८ गाउँ क्षेत्रका वीर मुखिया बताउँछन् । यही स्याउ तथा अन्य बन्दाकोवी, गहुँदेखि अन्य बाली तथा उत्पादन नहुने यस क्षेत्रको आयस्रोत भने पर्यटन व्यवसाय पनि हो । यससँगै चौरी पालनलाई पनि लिइन्छ । उच्च गुणस्तरको र मुलुकभरी नै अति प्रसिद्धी कमाएको स्याउको प्रतिकिलो मूल्य कति भन्ने नै छैन, उपयोगमा ल्याउन सकिएको छैन । यही विवशतालाई देखेर मुस्ताङवासी भन्छन्- बेनी-मुस्ताङ सडकमा सरकारले चासो दिएर छिटो सम्पन्न भए यसको महत्व र आयमा नै फरक आउने थियो । स्याउले बजार पाउने थियो । हामीले विदेशबाट आयात गर्नुभन्दा आफ्नै मुलुकको उत्पादनले बजार पाउने थियो- सबैको यही माग र आशा छ- सरकारसँग । प्रत्येक वर्षो भदौदेखि खच्चडले बेनीसम्म ओर्सार्दछन् भने सातवटा डिस्टि्रलरीले प्रयोगमा ल्याउँदा पनि नसकिएर कुहिएर जान्छ- यहाँको स्याउ- स्थानीय वासिन्दाको भनाइ छ ।



वर्षो तीन महिना जनजीवन प्पः

मुस्ताङ ः- जहाँ हिउँले वर्षा तीन महिना जनजीवन पूरै प्प हुने गर्दछ । अन्नपर्ूण्ा, धवलागिरि र निलगिरि हिमालको काखमा अवस्थित मुस्ताङ मङ्सिरको पहिलो तथा दोस्रो हप्तादेखि फागुनको करिब दोस्रो हप्तासम्म पूरै गाउँ बस्ती हिउँले ढाक्ने हुँदा उक्त अवधिभर त्यहाँको जनजीवन पर्ूण्ारूपमा प्प हुन्छ । त्यस क्षेत्रका केही वासिन्दा म्याग्दी, पोखरा, का माडौँलगायतका पायकपर्ने अन्य सहरमा गएर बस्छन् भने केही तीन महिनासम्मलाई आवश्यकपर्ने सबैखालका खाद्यवस्तुको जोहो गरी घरभित्रै बस्ने गर्दछन् । यो विश्वमै सायद यसरी जनजीवन प्राकृतिक तथा वातावरणीय कारणले प्प हुने स्थल पाइँदैन होला । यहाँको यो अन्य भू-भागको तुलनामा फरकपन पनि हो । तीन महिनासम्म यस भेगको जीवन कस्तो कष्टकर बन्ला त्यो आफैंमा अकल्पनीय छ ।



प्रसिद्ध र आकर्ष स्थलः

यस जिल्ला गाउँ नै पिच्छे फरक-फरक महत्व एवं प्रसिद्ध छ । मार्फा, टुकुचे, कागबेनी, उपल्लो मुस्ताङ गेट, मुस्ताङी राजा जिग्मी पलवर विष्टको लोमान्थाङ परखालयुक्त सहरभित्रको 'म्योन्खोर' दरबार यहाँको आकर्ष, मनोरम, विविधतायुक्त परम्परागत संस्कृति, जातजाति र आफ्नै शैली रहेको हर्ेन लायक स्थल हुन् । प्राकृतिक एवं जैविक विविधतामा अन्नपर्ूण्ा संरक्षण क्षेत्रभित्रको आफ्नै प्राकृतिक महत्व यहाँको आकर्ष स्थल हुन् । यहाँका स्थलहरुको आफ्नै विशेषता एवं महत्व छ ।





गोरखापत्रबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम