Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
नोकर - [2006-08-25]

आफ्नो बावुसंग राति सुतिरहेको एक बालक अचानक तोते बोलीमा भन्न थाल्यो, भोली बुवा, आमा, हजुर मुमासंग पशुपति जाने तर हजुर बुबा भने स्वर्ग जाने । छोराको अनौ ो कुरामा छक्क पर्दै उनले छोरालाई लोलाई फकाई सुताए ।

भोली पल्ट बिहान उ ्दा त बावु ओछ्यान मै मरिरहेका रहेछन् ।

त्यस्को लगभग एक महिना पछी एक रात फेरि अचानक त्यो बालकले भन्न थाल्यो, भोली बुवा आमासंग पशुपति जाने तर हजुर मुमा भने स्वर्ग जाने ।

छोराको कुरा सुनेर बाबुको मनमा चिसो पस्यो । तैपनी उनले छोरालाई लोलाई फकाई सुताए । यो पटक पनि भोली पल्ट उ ्दा त आमा ओच्छयानमा मरीराखेकि रहिछन् ।

यसरी एक महिना बिचमा आफ्नो बावु आमालाई गुमाएको मा सोकाकुल भएका उनलाई आफ्नो बुढेसकालमा जन्मेको छोराको बोलीमा भगवानले बास गरेको रहेछन भन्ने लाग्यो ।

अनि फेरि त्यस्को लगभग एक महिना पछी एक रात त्यो बालक फेरि भट्भटाउन थाल्यो, भोली आमासंग पशुपति जाने तर बुवा भने स्वर्ग जाने । अब भने उनको होस हवास उड्यो । छोराको कुराले उनलाई छटपटी बनायो । उनको कानमा बारम्वार छोराको त्यहि कुरा गुन्जीरहयो । सुतिरहेकी श्रीमतिलाई उ ाएर हांलसम्म घटेका कुराहरु बताए । अनि हतार हतार आफूले चिनेको डाक्टरको घर तिर लागे । डाक्टरले राम्रोसंग चेक गरेपछी भने, पिर नगर्नुहोला शरिरको सबै अंगहरु अती नै राम्रो अबस्था छ । तै पनि उनको मन मानेन् । अनि डाक्टरसंग अनुरोध गरि त्यो रात डाक्टरको घरमा नै बिताए । भोली पल्ट उज्यालो भएपछी घर फर्किरहेका उनले टाढैबाट आफ्नो घरमा धेरै मानिसहरुको भिड देखे अनि त्यहि भिडको बिचमा सुक्क सुक्क रोई राखेकि आफ्नी श्रीमतिलाई देखेर टाढैबाट चिच्याए, कालेकि आमा हेर म ज्युउदै छु मलाई केहि भएको छैन । उताबाट रुन्चे स्वरमा श्रीमतिको जवाफ आयो, हजुरले छिटो हाम्रो नोकरको घरमा खबर गरिदिनुस न उ मर्यो भनेर ।





लक्ष्मण थापा

टोक्यो







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम