Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
राज्यको स्वरुप संघात्मक हुनुपर्दछ (डा. महेन्द्र लावती) - [2006-09-09]

डा. महेन्द्र लावती अमेरिकास्थीत् प्रोफेसर हुनुहुन्छ । विगत तीन वर्षेखि राजनीतिशास्त्रको अध्यापन गराउदै आउनुभएका डा. लावती नेता पद्मसुन्दर लावतीका छोरा हुनुहुन्छ । निर्वाचन प्रणाली र राज्यको पुनरसंरचनाका विषयमा केही पुस्तक पनि प्रकाशित छन् वहा“का । प्रस्तुत् छ यसै विषयमा हाम्रा नेपाल प्रतिनिधि देवेन्द्र सुर्केलीले समसामयिक विषयमा गर्न भएको कुराकानीः



१. विश्वको निर्वाचन प्रणालीबारे केही प्रकाश पारिदिनुहुन्छ की ?

विश्वमा मुख्यागरी, २ किसिमका निर्वाचनप्रणाली विद्यमान रहेको पाईन्छ । समानुपातिक निर्वाचन प्रणाली व्यक्तिगत आधारमा गरिने निर्वाचनप्रणाली । अ्रग्रेजी भाषा बोल्ने देशहरूमा समानुपातिक निर्वाचनप्रणाली रहको पाईन्छ भने गैरअंग्रेजी भाषा बोल्ने व्यक्तिगत देशहरूमा व्उगितआधारमा गरिने निर्वाचनप्रणाली । यर्सथर्, नेपालमा गैरअंग्रेजी भाषा बोल्ने देशहरूमा जस्तो व्यक्तिगत आधारमा गरीने निर्वाचनप्रणाली विद्यमान छ । समानुपातिक निर्वाचन प्रणाली भनेकेो कुनैपनी पार्टी कति प्रतिशत मत पाउछ त्यतिनै सिट उसले प्राप्त गर्दछ । जस्तै ५ प्रतिशत भोट प्राप्त गर्ने पार्टी ५ वटै सिट पाउ“छ, १० प्रतिशत भोट ल्याउने पार्टी १० वटै सिट पाउछ । भने ब्याक्तिको आधारमा गरिने निर्वाचन कति ब्याक्तिले जित्छ त्यसैको आधारमा सिट संख्या निर्भर रहन्छ । समानुपातिक निर्वाचनप्रणालीमा जनताले व्यक्तिmलाइ भोट दिदैनन् पार्टीीई भोट दिन्छन् । तर यहालाइ भोट दिन्छन् ।



२. नेपाल जस्तो देशमा कस्तो निर्वाचनप्रणाली राम्रो मानिन्छ ?

हुन त दुबै निर्वाचनप्रणालीको केही फाइदा बेफाइदाहरू छन् । तर, नेपालजस्तो देशको लागि चाही कुनै एउटा पक्ष्ँको जस्तो नभएर दुबै पक्ष्ँको \'मिस्रित\' खालको निर्वाचनप्रणाली हुन सक्दछ । यसमा राजनितिक दलहरू, विविध जातजाति, भाषाभाषी, धर्म, समुदाय, वर्ग, लिङ्गको समानुपातिक प्रतिनिभित्व हुन सक्दछ ।



३. कसरी ?

बिभिन्न राजनितिक दलहरू, विविध जातजाती र भाषाभाषीको निर्वाचनप्रणालीमा समानुपातिक ढंगमा प्रतिनिधित्व गराउने उपयुक्त निर्वाचनप्रणाली भनेकैे यही हो नेपालको बिधमान निर्वाचनप्रणाली अनुशार २०५६ सालको निर्वाचनमा काग्रंेसको ३८ प्रतिशत छ तर उसको सिट १११ छ, एमालेकोृ ३२ प्रतिशत मत छ उसको ६७ सिट छ, राप्रपाको १० प्रतिशत छ उसको २२ सिट संसदमा छ । यो समानुपातिक निर्वाचनप्रणाली भएन । यर्सथ, समानुपातिक निर्वाचनप्रणालीमा ३८ प्रतिशत मत ल्याउने काग्रसको ३८ सिटनै हुन्छ, ३२ प्रतिशत मत ल्याउने एमालेको सिट ३२ सिट नै हुन्छ । १० प्रतिशत मत ल्याउने राप्रपाको १० वटै सिट हुन्छ । यसमा १ प्रतिशत मत ल्याउने राष्ट्रिय जनमुक्ति पार्टी पनि १ सिट सुरक्षित रहन्छ ।



४. प्रसंग बदलौ, नेपालको बिधमान राज्य संरचना तपाईलाइ कस्ताृे लाग्छ ?

नेपालको राज्य संरचना एकदमै शक्ति केन्द्रिकूत छ । शक्ति अफ मन्त्रिपरिषदमा मात्रै सिमित रहेको छ । शक्ति र भ्रष्टचार संगसंगै जाने कुरा हुन् । जहा शtmि बढता हुन्छ त्यहा भ्रष्टचार बढी हुन्छ । अख्िितयारको अध्यक्ष मन्त्रीपरिषदबाट नियुत्त हुन्छ भने नियुत्त गर्नेलाई नै कसरी कार्यबाही गर्छ -तर्सथ अख्तियार जस्ता निकायलाई शत्ति सम्पन्न गर्नपर्दछ ।



५. नेपालको सर्न्दर्भमा राज्यको कस्तो पुनर्सरचना हुनुपर्दछ ?

नेपालको सर्न्दर्भमा संघात्मक राज्यव्यबस्था अनुसारको राज्यपुनर्सरचना हुनुपर्दछ ।शक्ति बिकेन्द्रकरणको अवधाणाअनुशारको राज्यको पुनर्सरंचना हुनुपर्दछ । जस्तोकी केन्द्रीकूूत शक्ति लाई केन्द्र, क्ष्ँेत्र र स्थानिय तहसम्म बाडफाड गरिनुपर्दछ ।अमेरीकाको उदाहरण लिनुपर्दा केन्द्रभन्दा क्ष्ँेत्रिय निकाय बढी शत्तिशाली रहेको छ । त्यहाको क्याबिनेटभन्दा पार्लियामेन्ट शक्तिशाली रहेको हुन्छ ।



६. तर, संघात्मक राज्यव्यवस्थाले राष्ट टुक्रिन्छ भन्ने आरोप छ नी ?

यो मिथ्य आरोप हो । संघात्मक राज्य व्यवस्थाले राज्य टक्रदैन बरु राष्ट्रिय एकताको जग मजबुत हुन मद्धत पुर्‍याउछ । त्यसो हो भने संघात्मक राज्य व्यवस्था अपनाएका राज्यहरू, अमेरीका, स्वीजरल्याण्ड, बेल्जीयमजस्ता राज्यहरू टुक्रिएका छन ?



७. संघात्मक व्यवस्था नै किन त?

संघातमाक व्यवस्था नै किन हुनुपर्दछ भन्नेमा मुख्यागरी २ वटा कारणहरू छन । पहिलो कारण क्षेत्रफलको हिसाबले �� ुला राष्ट्रहरू जस्तै अमेरिका । त्यस्ता देशहरूमा केन्द्रको सबैतिर ध्यान पुग्न सक्दैन । अर्को कारण नेपालजस्तो बहुजाति, बहुभाषी, बहुसांस्कूती र बहुधर्मी भएको मुलुकमा संघात्मक राज्य व्यवस्था अपरिहार्य छ ।



८. संघात्मक राज्य भएन भने के हुन्छ ?

स्रघात्मक राज्यको व्यवस्था भएन भने र ब्रि्रोह हुन्छ, द्धन्द हुन्छ । जस्तै श्रीलंकामा भैरहेको छ । त्यहा सन् १९७० मा फेडेरल पार्टीले र लिट्टेको टामिल टाइगर ग्रुपले व्रि्रोह गरिरहृको छ । द्धन्द चर्किरहेको छ । समयमै संघात्मक राज्य व्यवस्था लागू गरिएन भने श्रीलंका जस्तै जातीय युद्ध हुने खतरालाइ कसैले नकानै सक्दैन ।



८. नेपाललाई कतिवटा संघात्मक राज्य व्यवस्थामा विभाजन गर्नु उपयूक्त होला ?

यसमा यतिवटै संघात्मक राज्य व्यवस्था हुनुपर्दछ भन्दा पनि जनताको चाहाना के छ - त्यसै अनुरुप हुनुपर्दछ । आज घोषणा भएको संघात्मक व्यवस्था भोली जनतालाई बढी हुन सक्ला - अथवा अपुग हन सक्ला - यर्सथ जनताको चाहाना भावना बुफेर कतिवटा संघात्मक राज्य बनाउन पर्ने हो - त्यो बनाउनुपर्दछ । यो नत माओवादीले बनाए जस्तो ९ वटा हुन सक्दछ । यो उनिहरूको मान्छे आकषिर्त गर्ने रणनिती हुनसक्दछ ब्यावहारीक छैन । नत हर्क गुरुङले भने जस्तै ५१ वटै हुनसक्दछ ।



९. नेपालको राजनीतिलाई कसरी मुल्यांकन गर्दै आइराख्नु भाछ ?

नेपालमा अहिले सबै जातजाती र भाषाभाषीको चाहाना, भावनालाई सम्मान गर्नेै कुनैपनि राजनीतिक पार्टीैनन् भन्दा पनी हुन्छ । नेपालजस्तो मल्टीकल्चरल देशमा आदिबासी, जनजाति, दलित, महिला, अल्पसंख्यकहरूको भावनाको यहाका �� ुला राजनीतिक पार्टीले कहिल्यै बुफ्ने कोशिस गरेनन् ।यर्सथ तमाम जातजाति र भाषाभाषीहरूको सामहिक भावनाको सम्मान गर्ने राजनीतिक पार्टी खाचो रहेको मैले महसुस गरेको छु ।



१२. यसको मतलब, तपाई नेपाली राजनीतिक चाडै छाउदै हुनुहुन्छ ?

म आफै पार्टीोल्दिन, प्रस्ताव गर्ने हो, कुरा राख्ने हो । कसैले राय, सुझाव, सल्लाहहरू मागेमा दिन्छु ।



१३. नेपालको वर्तमान द्धन्दको समाधान के हो हुनसक्ला ?

समानता । नेपालको अहिलेको ब्रि्रोहको समाधानको उपाय भनेको समानतानै हो । समानता पनि ब्यक्तिगत समानताले हुदैन, सामुहिक समानता हुनुपर्‍यो ।



-देवेन्द्र सुर्केली

desunone@yahoo.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम