Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
युगद्रष्टा महाकवि देवकोटा - [2005-09-11]
 Authorप्रा. डा. उषा ाकुर (मधुपर्कको वेभपेजबाट)

प्रतिभापुञ्ज महाकवि देवकोटा नेपाली वाङ्मयका प्रज्ज्वल आलोक हुन्, विश्वका नै एउटा महान् प्रतिभा हुन् । आफ्नो सम्पर्ूण्ा जीवन उहाँले नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो । साथै शान्ति, एकता र विश्वबन्धुत्वको भावना विश्वभरिमा फैलाउनका लागि प्रयत्नशील रहनुभयो । वास्तवमा एउटा असल कवि युगद्रष्टा र भविष्यस्रष्टा हुन्छ । यस मान्यताको साकार रूप हामी महाकवि लक्ष्मीप्रसादमा ज्वलन्तरूपमा हर्ेन सक्दछौँ । भू-मानवका मङ्गलपथलाई आलोकमय बनाउनको लागि नेपाली वाङ्मयका बरद्पुत्र युगकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्यर्ुपर्यन्त रोग, भोक र शोकसँग सङ्र्घष्ामय जीवन बिताउँदा पनि आफ्नो कवि कर्मलाई पर्ूण्ारूपमा र्सार्थक तुल्याएका हुन् । "साहित्यमा शिवत्व" शर्ीष्ाक निबन्धमा देवकोटाले साहित्यको उद्देश्य बारेमा स्पष्ट भनेका छन् - "यसको -साहित्यको) अस्तित्वको र्समर्थन नै सामाजिक चक्षुको उन्मिलन, हृदयको विकास र त्यसद्वारा बुद्धिको उद्बोधनमा अडेको छ, यो युगको प्रतिविम्ब हो ।" साहित्य र समाजमा गहिरो र अटुट सम्बन्ध हुन्छ । तर्सथ सामाजिक दायिìवप्रति सचेतता नै असल साहित्यकारको पहिचान हुन्छ । साहित्यलाई जीवनका पथपर््रदर्शकको रूपमा लिनर्ुपर्छ, साहित्यले सामाजिक, राष्ट्रिय, अन्तर्रर्ााट्रय समस्याहरू र सङ्र्घष्ाहरूलाई सशक्त वाणी दिनर्ुपर्छ र समस्या-समाधानका लागि बाटो देखाउनर्ुपर्छ । कलामा, साहित्यमा सत्यम्, शिवम्, सुन्दरम्का साथै शिवम् पनि अवश्य अभिव्यक्त हुनर्ुपर्छ । यस सर्न्दर्भमा महाकवि देवकोटाले वि.सं. २०१४ मा साहित्यजगत्लाई दिनुभएको सन्देश अत्यन्त उपयोगी र अनुकरणीयसिद्ध भएको देखिन्छ - "अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फर बढी व्यापक क्षितिजतर्फआकषिर्त गर्नको निम्ति लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ । उसले -लेखकले) जनतामा भिज्नु पर्दछ, जनताबाट सिक्नर्ुपर्दछ । समस्त मानवजातिको जीवन-बोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि आत्मा खोतल्नर्ुपर्दछ । युगकवि देवकोटा शान्तिका योद्धा हुनुहुन्थ्यो, स्वतन्त्रता र सामानताका पुजारी हुनुहुन्थ्यो । त्यसैले शान्ति खलबलाउने र विश्वलाई युद्धको विनाशमा डुबाउन खोज्ने शक्तिप्रति निर्भिकतापर्ूवक आफ्नो असन्तोष र रोष अभिव्यक्त गर्दै देवकोटाले स्पष्टरूपमा भनेका हुन् कि सामन्तवाद र साम्राज्यवाद तथा उपनिवेशवाद हाम्रो देशलाई मात्र होइन एसियालाई नै पर्ूण्ा हानिकारक छ । हामीलाई अन्धकारको गर्भमा पुर्‍याउने शत्रु छन् ।



अतः यस राष्ट्रिय, अन्तर्रर्ााट्रय सङ्र्घष्ालाई समाधानतर्फलैजाने दिशामा साहित्यकारहरूलाई आहृवान गर्दै महाकवि देवकोटाले भनेका छन् - "जीवनको निम्ति र विनाशको विरुद्ध, सह-अस्तित्वको निम्ति र सैनिक आक्रमणको विरुद्ध, राष्ट्रिय स्वाधीनताको निम्ति र उपनिवेशवाद र साम्राज्यवादको विरुद्ध आधुनिक मानवजातिको महान् सङ्र्घष्ाले जागरुक जनतामा शक्तिशाली र्समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य माथिल्लो वर्गको सोखको विषय बन्न सक्तैन । अब यो समाज र जनताको हातमा एउटा ूलो हतियार भएको छ ।" वस्तुत ः साहित्य जीवनको सुन्दर अभिव्यक्ति हो, साहित्य मानवीय मूल्यको उद्बोधक शक्ति हो । जसले हाम्रो जीवनमा प्रेरणा, उल्लास र प्रकाश दिन्छ । त्यसैले देवकोटाले "साहित्य जीवनका लागि" नै हुनर्ुपर्छ भन्ने कुरामा पर्ूण्ा विश्वस्त हुँदै भन्नुभएको छ - "जनता नै देश हो, जनताको जीवन नै साहित्यको मूल हो ।" महाकवि देवकोटा दूरदर्शी हुनुहुन्थ्यो । उहाँले आफ्नो सुदूरव्यापिनी दृष्टिबाट भविष्यमा आउने समस्याहरूलाई पनि नजिकबाट देख्नुभएको, बुझ्नुभएको थियो । सूक्ष्म र तीक्ष्ण चक्षुबाट उहाँका दूरदर्शी कवि हृदयले आफ्नो युगभन्दा धेरै अगाडि बढेर विचार गरेको, चिन्तन गरेको हामी पाउँछौँ । महाकवि देवकोटा जीवन पर्यन्त प्रजातन्त्रको प्राप्ति र रक्षाको लागि सङ्र्घष्ारत रहनुभयो । देशको सुरक्षा, जनताको हित, स्वतन्त्रता र समानताको संरक्षणका लागि उहाँ सधैँ चिन्तित हुनुहुन्थ्यो । प्रजातन्त्र प्राप्त भए पनि उहाँ प्रजातन्त्रको स्थायित्वप्रति बेचैन हुनुहुन्थ्यो किनकि तत्कालीन राजनीतिक नेताहरूको कार्य-व्यवहारप्रति उहाँ सन्तुष्ट हुनहुन्थ्यो । प्रजातन्त्रको सुरक्षा र सर्म्बर्द्धनका लागि चिन्तित देवकोटाले आफ्नो जीवनका उत्तर्रार्द्धमा जुन निडर तटस्थ र चिन्तनशील अभिव्यक्ति दिनुभएको छ, त्यो अत्यन्त मननीय छ र आजको वर्तमान स्थितिमा पनि त्यत्तिकै प्रासङ्गिक र यथार्थपर्ूण्ा रहेको छ । सरस्वतीका वरद्पुत्र लक्ष्मीप्रसाद देवकोटाले -वि.सं. १९६६-२०१६) युगको अर्थनीति, राजनीति, समाजनीति, शिक्षानीति, सभ्यता, संस्कृति, साहित्य सबै क्षेत्रहरूमा गहन चिन्तन- मनन गरेर एवं समाजका साना- ूला समस्याहरूमाथि आवाज उ ाउनुभएको थियो । असन्तुलित सामाजिक व्यवस्था र अन्तर्विरोधहरूबाट निर्मित उहाँको व्यक्तित्वले कविता असीमित मानवीय भावना सिर्जना गरेर देवकोटालाई महाकवि मात्र होइन, महामानवको उच्च सिंहासनमा पनि प्रतिष् ित गर्‍यो । कविता यात्राको प्रारम्भदेखि नै कविका कविताहरूमा जुन उदारतावाद र दीनदुःखीको सेवा भावना एवं कल्याण कामना देखिएको हो, उहाँको परवर्ती रचनाहरूमा यो मावनतावादी भावना क्रमशः बढ्दै गएको पाइन्छ । कविले आफ्नो सम्पर्ूण्ा जीवन जनकल्याणकारी भावनाको प्रचार-प्रसार नै लगाएको देखिन्छ । मानववादी भावनाका कट्टर र्समर्थक महाकवि देवकोटाले मानवीय सेवालाई नै सबैभन्दा ूलो कर्म ान्नुभएको हो । मन्दिर धाउनुभन्दा दीन दुःखीको सेवा गर्नेतर्फउत्प्रेरित गर्दै कवि भन्नुहुन्छ - "र्फक र्फक हे जाऊ, समाऊ मानिसहरूको पाउ ।" च च च त्याग नै जीवनको सच्चा सुख निहित छ । कविकाअनुसार - च च च "खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ - आफू मिर्टइ अरूलाई दिनु जहाँ छ ।" यस्ता अमर भावनाका रचयिता मानवप्रेमी देवकोटा साँच्चिकै मानव कल्याणका लागि समर्पित कवि हुन् । प्रजातन्त्रप्रेमी, स्वतन्त्रता तथा समानताका हिमायती, मानववादी कवि देवकोटाले वि.सं. २००४ सालमा "युगवाणी" को सम्पादन -वनारसबाट) गरेर नेपाली जनताको सङ्र्घष्ालाई वाणी दिए । वि.सं. २००५ सालमा "पहाडी पुकार" द्वारा कविले सामाजिक विकृतिहरूका यथार्थ चित्रण गरेर ती विकृतिहरूलाई समाप्त गर्नका लागि समाजलाई उद्घोषित गर्दै भनेका हुन् - मर्नु त एक दिन अवश्यै पर्छ पशुझैँ न जिऊँ मानिस हुँ भने, मानिसझैँ जिऊँ मानिसको हक लिऊँ ।" त्यस्तै 'रावण-जटायु युद्ध' मा पनि कविले असत्य र अन्याय जति शक्तिशाली भए पनि विजय सत्य र न्यायकै हुन्छ, भन्ने शाश्वत सत्यलाई जनसमक्ष ल्याएका छन् । महाकविको 'झझाप्रति', "बाढीकी विष्णमती" "बाघले बच्चा किन खान्छ", आदि कविताहरूले जनजीवनमा क्रान्तिकारी चेतना र सङ्र्घष्ालाई उत्कर्षप्रदान गरेको पाइन्छ । युगका अग्रदूत कवि देवकोटाका उत्तरवर्ती रचनाहरूमा सामाजिक असङ्गति, अन्यायप्रति व्रि्रोह, व्यङ्ग्यका स्वर झन्झन् टड्कारो हुँदै गएको देखिन्छ । कविका "हुरीको गीत", "दाल भात डुकू", "प्रमिथस", "छहरा", "हुरीको गीत", जस्ता अनेकानेक कविताहरूको माध्यमबाट उनी मानवमाथिको अन्याय अत्याचार विरुद्धका आवाजलाई सशक्त अभिव्यक्ति प्रदान गर्नुभएको छ । समाजको प्रगति, देशको उन्नति, दीनदुःखीको कल्याण, नेपालीको सुन्दर भविष्य, विश्वशान्ति र मानवजातिका कल्याणका मङ्गलमय चाहनामा उहाँ सधैँ प्रयत्नशील रहनुभयो ।



यस सर्न्दर्भमा प्रसिद्ध साहित्यकार स्व. केदारमान व्यथितको विचार अत्यन्त महìवपर्ूण्ा छ - "मलाई जहाँसम्म लाग्छ, देवकोटाले धर्म, सम्प्रदाय, जाति, वर्ग, लिङ्ग आदिमा आधृत अन्याय, अत्याचार, शोषण र उत्पीडनपर्ूण्ा सामन्तवादी व्यवस्थाबाट समाजलाई उन्मुक्त तुल्याई न्यायपर्ूण्ा र शोषणरहित समाज व्यवस्थाको जग बसाल्ने महìवाकाङ्क्षा नै अँगालेका थिए । अन्याय, अत्याचार, शोषणकाविरुद्ध प्रतिरोध एवं व्यङ्ग्य-व्रि्रोहको ज्वाला ओकेल्ने उनका "साँढे", "प्रभुजी ! भेडो बनाऊ", झञ्झावीर" जस्ता कविताहरूले पनि उनको यही महान् आकाङ्क्षा नै त मुखरित गरेका छन् । कवि देवकोटाले आफ्ना कविताहरूद्वारा देशका अनेकानेक समस्याहरूको यथार्थ र सजीव चित्रण प्रस्तुत गरेर देशवासीलाई जागृत गर्ने दिशामा सशक्त प्रयास गर्नुभएको छ । सामाजिक विकृतिहरूमाथि प्रहार गर्दै समाजमा सुधारको आवश्यकता बारेमा जोड दिनुका साथै आफ्ना अनेकानेक ओजपर्ूण्ा कविताहरू सिर्जना गरेर जनचेतनालाई झङ्कृत गर्नुभएको छ, समाजलाई उद्बोधनात्मक सन्देश दिनुभएको छ । सङ्क्षेपमा भन्न सकिन्छ कि देवकोटा - काव्यका केन्द्रबिन्दु र मानववादी हुन् । आफ्नो समाज, आफ्नो देशप्रति जागरण चेतनासहित विश्वशान्ति, स्वतन्त्रता, समानता तथा विश्वभातृत्वका अमर भावना उहाँका कविताहरूमा र्सवत्र प्रकट भएको पाइन्छ । समाजमा व्याप्त अन्याय र अत्याचारकाविरुद्ध मानववादी कवि देवकोटा व्रि्रोहका यस्ता हुङ्कार पनि गरेका छन् - "जब मानवले मानवलाई मानव ान्दैन साथी तब कडकडाउँछन् मेरो बत्तीसदन्ते बङ्गरा म तन खाने आगोझैँ बहुला हुन्छु ।" वस्तुतः कविको क्रान्ति र व्रि्रोह चेतनाले उनको मानवतावादी भावनालाई नै तीव्रता उत्कर्षप्रदान गरेको देखिन्छ - "नेपाली भनेको त्यो हो जसले हाँसी हाँसी उत्री उ ्दछन् खतरा पार । जसले उ ाउँदछ विश्व जगाई आजको युगको विश्वको भार ।" आफ्नै पङ्क्तिहरूलाई आफ्नो जीवनमा चरितार्थ गर्ने महाकवि देवकोटालाई हिन्दीका विख्यात विद्वान साहित्यकार राहुल सांकृत्यायनले भनेका कथन -आजकल, हिन्दी मासिक, १ मई १९५३) कति महìवपर्ूण्ा र सान्दर्भिक हरिन आउँछ - "देवकोटा नेपाली के पन्त, प्रसाद, निराला तीनों है, इसमें अतिशयोक्ति नहीं है ।" अन्ततः हामी यस निष्कर्षा पुग्छौँ कि युगकवि देवकोटा एक मानववादी कविको रूपमा हाम्रो सामु मानव एकता, मानव समानता र विश्व-बन्धुत्वको आदर्श लिएर विश्व-कल्याण कामनामा समर्पित हुनुभएको देखिन्छ । मानव कल्याणका लागि उहाँबाट दर्शाएको मार्ग हामीलाई युगयुगसम्म दिशा निर्देशन गरिरहनेछ । महाकवि देवकोटाका महान् व्यक्तित्वलाई विश्व-साहित्यमाझ उभ्याउनेतर्फहामीले प्रयास गर्नु पर्छ । देवकोटा साहित्यको महìवलाई बुझेर देवकोटा अप्रकाशित कृतिहरू प्रकाशित गर्ने, अनुसन्धान गर्ने, अनुवाद गर्ने र यसलाई प्रोत्साहित गर्ने दायित्वबोध हामी सबैमा आउनर्ुपर्छ । हालैमा साप नेपालले प्रकाशन गरेको 'र्स्वर्गको टुकडां अत्यन्त अभिनन्दनीय र अनुकरणीय प्रयास हो । यस्तै नेपाल सांस्कृतिक सङ्घले महाकवि देवकोटाको वृत्तचित्र शीघ्र नै र्सार्वजनिक गर्ने कुरा पनि अत्यन्त स्वागतयोग्य छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम