Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
केन्याको साम्बुरु जाति एक परिचय (विश्वास दीप तिगेला/केन्याबाट) - [2006-11-25]

पूर्वी अफ्रिकी मुलुक केन्याको उत्तरी भाग साम्बुरु जिल्लाको आर्चरपोष्र्ट इलाकामा आदिमकाल देखि बसोबास गर्दै आएका केन्याका ४२ जनजातिहरु मध्येका एक साम्बुरु जाति हुन । यी जाति घुम्रिपरेको कपाल भएका काला र अग्ला हुन्छन् । उनीहरु आफ्नै मातृभाषा साम्बुरु, देशको सर्म्पर्क भाषा सुहेली र अग्रेजी भाषा पनि बोल्दछन् । परापूव कुनै धर्म नमान्ने यी जातिहरुमा गत आधा शताब्दिमा रोमन क्याथोलिक धर्मको ूलो प्रभाव परेको छ भने नगण्य मात्रामा मुस्लिम धर्म मान्ने पनि छन् ।







झण्डै ४ लाख जनसंख्या रहेका यी जातिहरु राज्यबाट धेरै उपेक्षित छन् । समतल र भित्रि मधेश झै भू-भाग रहेको ाँउमा बसोवास गर्ने यी जातिहरुको मुख्य पेशा गाईबस्तु, भेडाबाख्रा, उट र गधा पालन गर्नु हो भने परम्परा देखि नै सुँगुर चाहि पाल्दैनन् । उनीहरु काँचो दुध र जनावरको आलो रगत मिसाएर पिउछन् । यी जातिहरु केहीदिन पानी नपिइ पनि बस्न सक्छन् । प्रत्येक हप्ता ाँउ र्सर्दै गाईबाख्रा चराउछन् । प्रायः परिवारको २, ३ सय गाईबाख्राहरु हुन्छन् । जसको धेरै गाईबस्तु हुन्छ त्यहि मान्छेलाई धनीमान्छे मानिन्छ । यी जातिको चलन अनुसार छोरी मान्छेले घर बनाउछन् र छोरा मान्छेले पशुपालन गर्ने र सुरक्षा प्रदान गर्ने काम गर्दछन् । केन्यामा पाइने जनावरहरु मध्ये जंगलमा बस्ने जंगली भैसी अथार्त अर्ना सबै भन्दा खतरनाक मानिन्छ । त्यसकारण केन्यामा भैसीलाई घरमा पाल्ने गर्दैनन् ।



यी जातिको मौलिक विशेषता मोरान हो । अर्थात यसलाई अंग्रेजीमा वारिएर पनि भनिन्छ । मोरानहरु जातिय सेना हुन । उमेर १४ बर्षदेखि माथिकाले जंगलमा गएर जंगली जनावर मार्ने तालिम गर्छन र उनीहरुको बहादुरीको आधारमा मोरानको मान्यता पाउछन् । यी जातिभित्र बुडापाकाहरुमा ूलो अधिकार हुन्छ र उनीहरुलाई सम्मान पनि त्यतिनै गर्दछन् । मोरानहरुले गाँउको सामुहिक रुपमा सुरक्षा गर्छन । यी साम्बुरु जातिका मोरानहरु सधै मोरान पोषाक -ल्यासो) लगाउछन् र शिरमा प्वाखको श्रीपेज झै बनाएर लगाउछन् । यी जातिको मुख्य हतियार भाला र पातालो फलामले बनेको दुबैतीर धार भएको सिधा हतियार हुन्छ त्यसलाई लालिम भनिन्छ । लालिमलाई खुकुरी झै भिर्छन् । लामालामा भाला चलाएर सिंह, हात्ति, अर्ना जस्ता जंगली जनावरहरु मार्छन् । जतिवटा खतरनाक जंगली जनावर मार्‍यो त्यतिवटै गाइको छालाले बनेको चुरा लगाउछन् । विवाहित छोरीमान्छेले घाँटीमा धेरै माला लगाउछन् । छोरा जन्माएका स्वास्नीमानिसले शिरमा लगाउने गहनामा स्पष्ट संग चिनिने गहना लगाउछन् (चित्रमा हेर्नुहोस) । त्यस गहनालाई साय इन्क्वा भनिन्छ । छोरी मात्र जन्माएकाले उक्त गहना लगाउन पाउदैनन् । विवाह गरेका लोग्ने मान्छेले चाहि कानको माथिल्लो भागमा डोरीजस्तो देखिने गहना लगाउछन् । जब विवाह गर्छन तब उसलाई मोरान भनिन्दैन । मोरान अविवाहित केटाहरु मात्र हुन्छन् । गाँउमा चोरीडकैती, जंगली जनावरको आक्रमण भएमा मोरानहरु हिम्मतका साथ लड्छन र उनीहरु बलिया र मूर्ख पनि हुन्छन् ।







साम्बुरु जातिहरुको जीवनस्तर निक्कै निम्न छ । यी जातिले मर्साई, तर्ुकना जाति संग पनि कुटुम्बेरी गर्छन । साम्बुरु जाति साम्बुरु जिल्लामा मुख्य रुपमा बसोवास गर्छन । यी जातिको आफ्नै मौलिक केही नाचगानहरु पनि छन् । जस मध्य गेरियो नाच तरुनीतन्नेरीले हात समाएर नाच्ने नाच हो भने समुहमा नाचिने नाचलाई डेमर नाच भनिन्छ । साम्बुरु जातिका लोग्ने मान्छेले प्रायजसोले मिराक खान्छन् । मिराक एक प्रकारको लागु पदार्थ हो । यसले कोकिनले जस्तै मात दिन्छ । यो मिराक मेरु जातिले मात्र उत्पादन गर्दर्छ । यो मिराक खानाले ३ दिन ३ रात निन्द्रा नलाग्ने नसा लाग्दछ । चियाको बोटको काँचो टुप्पाको जस्तै स्वाद हुने यो मिराक इथोपिया, युगाण्डा, तान्जानिया, सोमालिया र सुडानमा पनि प्रचलनमा रहेको छ । यो मिराक खाने स्वास्नी मानिसको गर्भ नरहने, यौन क्षमतामा हृ्रास आउने जस्ता असर हुने भएकोले साम्बुरु संस्कृतिमा छोरी मान्छेले मिराक खादैनन् । उनीहरुको दैनिक खाना काँचो दुध, काँचो रगत मिसाएर खान्छन साथै वोडिको परिकार पनि मुख्य रुपमा खान्छन् । उनीहरु आफ्नै स्थानीय मादक पदार्थ वुसा र चाङा पिउछन् । वुसा बनाउने तरिका अलि फरक भए पनि यसलाई जाँड संग दाँज्न सकिन्छ । चाङा चाहि रक्सीको जस्तो स्वादको हुन्छ । यी जाति वासो निरो नदी अर्थात खैरो धमिलो पानीको नदी नजिक वसोबास गर्छन । सधै धमिलो पानी आउने यस नदीको छेवैको बलौटे बगरमा सानो खाल्डो बनाउछन् र रस्सिएर आउने पानी यहाँका निम्न वर्गकाले पिउछन् ।



यस जाति बसोवास गर्ने इलाकामा जिराफ, उट, जेब्राले खाने रुख विरुवाहरु पाइन्छ । ती रुख बिरुवाको अत्यन्त स-साना पात र पात भन्दा लामालामा काँडा मझौला आकारको रुख हुन्छ । यी जातिहरु खासै खेतीपाती गर्दैनन् । घुमन्ते गो ाला गर्छन र आफ्नैपनमा रमाउछन् ।



साम्बुरु जातिहरुले विवाह गर्नको लागि केटीको घरमा ७ वटा गाईगोरु अनिवार्य र केही बाख्राहरु लैजानु पर्छ । विवाहमा गोरु मार्छन र सामुहिक रुपमा भोज गरेर खुसि मनाउछन् । हाल केन्यामा अत्यधिक एड्स फैलिएकाले विवाह अघि एच आई भि पोजेटिभ भएनभएको ३ पटक सम्म स्वास्थ्य परिक्षण गरिन्छ त्यस पछि मात्र विवाहको लागि सरकारले अनुमति प्रदान गर्दछ । साम्बुरु जातिको मृत्यू संस्कार पनि निक्कै रोचक छ । परिवारमा कसैको मृत्यू भएमा त्यो लासको कपाल खौरिन्छ र छोराछोरी श्रीमतिको पनि कपाल खौरिएर उप्रान्त सम्बन्ध समाप्त भएको मान्यता राख्दछन् । त्यसपछि लासलाई निश्चित ाँउमा गाड्छन् ।



आफ्नै साम्बुरु भाषालाई माया गर्ने यी जातिको आफ्नै लिपी चाहि छैन र अंगे्रजी लिपीलाई नै प्रयोग गर्छन । साम्बुरु भाषामा बुबालाई पापा, आमालाई ययीयो, दुधलाई कुले, आगोलाई निकिमा र नमस्तेलाई सोवा भन्दछन् । आफ्नै संस्कार संस्कृतिमा रमाउने यी जातिको आफ्नै स्वाभिमान छ । विदा पाँउ । सोवा ।।





विश्वास दीप तिगेला,

bisswas@yahoo.com

नान्यूकी, केन्याबाट



१२ नोभेम्बर ०६, जन्मदिनको अवसर ३० बाट ३१



स्रोतः

१. प्रत्यक्ष भ्रमण अध्यायन

२. डेभिड लाकमेड

३. डेभिड लोकिया

४. गिरीगिरी प्राइमेरी स्कुल, आर्चरपोष्ट केन्या







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम