Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
साहित्यमा काव्य, रस र अलङ्कार सिद्धान्त (गोकुलप्रसाद शर्मा) - [2006-12-09]

संस्कृत साहित्य संसारका प्राचीनतम् साहित्य सङ्ग्रहहरूमध्ये अन्यतम छ । यसबारे हालसम्म निश्चितरूपले भन्न सकिन्न कि यसमा कति सहस्राब्दिका मनीषीहरूको चिन्तन-साधनाको 'सत्' सञ्चित छ । यो अक्षय ज्ञाननिधिको खाँचो नेपाल-सन्तानका लागि मात्र होइन; अपितु विश्वकै मानवलाई मानवीय बनाउनाका लागि पनि हो । अतः विश्व र मानवताका लागि संस्कृतको पुरातन साहित्य निकै उपयोगी छ । वेदहरूमा, स्वयं वेदलाई 'काव्य' भनिएको छ । यो 'काव्य' शब्द एउटा विशिष्ट अर्थमा प्रयुक्त गरिएको छ-



पश्य देवस्य काव्यं न ममार न जर्ीयति ।



अर्थात्- "ए मानिस ! तिमी परमात्मदेवको त्यस काव्यतिर हेर जो कहिल्यै मरेन र कहिल्यै जर्ीण्ा हुँदैन ।" काव्यको योभन्दा मौलिक र स्पष्ट व्याख्या के हुन सक्छ ! वैदिक ऋषिहरू काव्यका स्वरूप र महात्तासित राम्ररी परिचित थिए । फलस्वरूप, वैदिक ऋचाहरूमा उत्कृष्ट कोटिको काव्यत्व प्राप्त हुन्छ । र्सर्ूयस्येव वक्षथो ज्योतिरेषां समुद्रस्येव महिमा गभीर ः।



वातस्येव प्रजवो नान्येन स्तोमो वसिष् ा अन्वेतवेव ः।।



अर्थात् यी ऋषिहरूको तेज र्सर्ूयको तेजझैं, महिमा समुद्रको गहिर्‍याइझैँ अथाह अनि बल वायु-प्रवेगझैँ हुन्छ ।



काव्य-सिद्धान्त

आदिकवि बाल्मीकिले ताìिवक दृष्टिले काव्यको व्याख्यान र्सवथा मौलिक रूपले गरिदिए । उनको यही व्याख्यान हाम्रो काव्यलोचनको आधार हुन आयो । यो व्याख्यानबाट देहायको काव्य-सिद्धान्त निष्कर्षपमा हामीलाई प्राप्त भयो । जस्तै ः-



-१) काव्यको मूल प्रेरणा भावातिरेक हो । सैद्धान्तिक शब्दावलीमा काव्यात्मा भाव अथवा रस हो ।

-२) काव्य आफ्नो मूलरूपमा आत्मभिव्यक्ति हो ।

-३) कवि रस स्रष्टा हुनुभन्दा पहिले रसभोक्ता हो ।

-४) भावोच्छ्वास र छन्दको मूलगत सम्बन्ध छ ।



यिनै चार सिद्धान्तहरू काव्यालोचनाको भव्य भवनका आधारस्तम्भ भएका छन् ।



"काव्यार्थविषये हि प्रत्यक्षकल्प संवेदनोदये रसोदय इत्युपाध्यायाः ।"-अर्थातः- जब कविले आफ्नो अलौकिक शक्तिद्वारा पा कलाई विषय प्रत्यक्षवत् गराइदिन्छ, रसानुभूति त्यसैबेला हुन्छ ।)



रस-सिद्धान्त

सम्पर्ूण्ा अवस्थाहरूमा 'रस' को अर्थका मूल भावनाहरू हुन्- -क) द्रवत्व, -ख) स्वाद र -ग) निष्कर्ष। जस्तैः- सरते इति रसः -जो बग्दछ), रस्यते आस्वाद्यते इति रसः -जसको स्वाद लिइन्छ), पछि उपनिषद्हरूमा 'रस' शब्दको सार र स्वाद-यी दर्ुइ अर्थहरूको मेलबाट एउटा नयाँ अर्थ- 'सर्वोत्तम आस्वाद, अर्थात् आनन्दात्मक अनुभव' हो प्रस्फुटन भयो । यसरी उपनिषद्हरूमा 'रस' शब्दलाई 'पर्ूण्ा आनन्द' को आस्वादमा प्रयुक्त गरियो । फलतः साहित्यिक समालोचकहरूले 'रस' शब्दलाई कलात्मक आनन्दका अर्थमा प्रयोग गर्न थाले । काव्यशास्त्रको ऐतिहासिक पर्यालोचनबाट थाहा हुन्छ कि सबभन्दा पहिले इस्वीपर्ूव दोस्रो शताब्दीमा भरतमुनिको 'नाट्यशास्त्र'को रचनाका साथ 'रस' शब्दको प्रयोग भएको हो । 'रस' को स्वयंसिद्ध विशिष्ट सत्ताले गर्दा यसको महìव स्पष्ट हुँदै आयो । समयान्तर पर्ूवप्रतिष् ा प्राप्त गर्न रस-सिद्धान्त सफल भयो । इस्वीको दसौँ शताब्दीमा आचार्य मम्मट र केही अन्य विद्वान्हरूले 'रस' लाई साहित्यको एउटा अभिन्न अङ्गका रूपमा समाविष्ट गरे । जे होस्, प्राप्त सामग्रीको आधारबाट के थाहा हुन्छ भने रस-सिद्धान्तका लागि काव्यशास्त्र भरतमुनिको नाट्यशास्त्रमै निर्भर गर्दछ । दसौँ शताब्दीमा आएर आचार्य मम्मटले 'रस' को निरूपणका लागि भरतमुनिको त्यही सूत्र -विभावानु भाव व्यभिचारी संयोगाद्रसनिष्पत्तिः) प्रस्तुत गरे । यो सूत्रको सामान्य अर्थ हो- विभाव, अनुभाव र व्यभिचारीको संयोगबाट रसको निष्पत्ति हुन्छ । भाव, अनुभाव र व्यभिचारी भनेका यो विविध संसारमा मानिसले विभिन्न पदार्थहरू देख्छ, तीबारे सुन्छ र अनुभव गर्दछ । यस्ता अनुभवहरूको संस्कार, जसलाई वासना पनि भन्दछन्, मनमा सञ्चित भइरहन्छ । संस्कार जन्म-जन्मान्तरमा जम्मा भइरहन्छ भने अनुभूतिचाहिँ क्षणिक भइदिनाले नष्ट हुन्छ । संस्कार असङ्ख्य भएकोले यसको गणना गर्न सकिन्न । यसो भए तापनि प्राचीन आचार्यहरूले संस्कारहरूलाई भय, अनुराग -राती), करुणा -शोक), क्रोध, आर्श्चर्य, उत्साह, हास, घृणा -जुगुप्सा) र निर्वेदका रूपमा वर्गीकृत गरेका छन् । संस्कारलाई अन्तकरणको भाव पनि भन्न सकिन्छ । प्रेक्षकको मनमा रहने यिनै भावहरू रसहरूका बीजभूत हुन् ।



अलङ्कार-सिद्धान्त

मानिसमा प्रेम, दया, अनुभव, विचार, आकाङ्क्षा, कल्पना आदि स्वाभाविक प्रवृत्ति रहेको हुन्छ । सभ्य समाजमा सौर्न्दर्यप्रियताको भावना पनि रहेको हुन्छ । मानिस आफ्ना विचार, अनुभव, कल्पना आदिलाई सुन्दरताका साथ प्रकट गर्न चाहन्छ तर सबै मानिसहरू भने यस्तो स्वाभाविक प्रतिभा रहेको हुन्छ, जसले गर्दा उसले कामलाई बडो आकर्ष र मनोहररूपले प्रतिपादित गर्दछ । 'रमणीयार्थ प्रतिपादकः शब्दः काव्यम् ।' रमणीय अर्थको प्रतिपादनमा शब्दहरू प्रत्येक तवरले उपयुक्त हुनर्ुपर्छ । रमणीय अर्थको प्रतिपादक शब्दलाई काव्य मानिएको छ । रमणीय अर्थका दर्ुइ साधन छन्-



व्यञ्जना र अलड्ढार

अलङ्कारको शाब्दिक अर्थ हो- सौर्न्दर्यको साधन । आचार्य मम्मटले अलङ्कारको सङ्ख्या ७० -सत्तरी) सम्म पुर्‍याएका छन् । यसो भए तापनि साहित्यकारहरूले अलङ्कारका देहायका ७ -सात) वर्ग निर्धारित गरेका छन् । यी युक्तियुक्त हरिएका छन् । जस्तैः-



-१) सादृश्यमूलक -उपमा, रूपक आदि),

-२) विरोधमूलक -विरोध, विभावना आदि),

-३) श्रृङ्खलाबन्धक -कारणमाला, एकावली आदि),

-४) तर्कन्यायमूलक -काव्यलिङ्ग, अनुमान आदि),

-५) काव्यन्यायमूलक -यथासङ्ख्य, पर्याय आदि),

-६) लोकन्यायमूलक -प्रत्यनीक, प्रतीक आदि),

-७) गूर्ढार्थ प्रतीतिमूलक -सूक्ष्म, व्याजोक्ति आदि),





गोकुलप्रसाद शर्मा

कालधारा, काडमाडौँ-३

गोरखापत्रबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम