Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
कलाको पनि कला (अनन्त यात्री श्रीधर खनाल) - [2006-12-16]

यस्तो कुरैपिच्छे पारदर्शीको जप गर्ने नेताको हरेक क्रियाकलाप पारदर्शी होला भन्ने भ्रममा परेर श्रोताहरू त्यो नेतालाई उसको कुनै काम गराइ अथवा कुनै पक्ष अपरादर्शी हुन सक्छ कि सक्दैन भन्ने प्रश्न नै उ ाउन बिर्सन्छन् । संसार कलामय छ । यसका सजीव-निर्जीव समस्त वस्तु र रचना कलात्मक छन् । चित्रकला, मर्ूर्तिकला, काव्यकला, सङ्गीतकला, नृत्यकला आदि सयौं कलाको पर््रदर्शन गरेको छ मानव जातिले । त्यस्ता कलाहरूमा समयानुकूल नयाँ आयामहरूको विकास पनि निरन्तर भइआएको पाइन्छ । कलाप्रेमीहरू र समालोचकहरू त्यसबाट अवगत भइराखेका छन् । उनीहरूको तीक्ष्ण दृष्टिले पनि देख्न नसकेको त मानिसले आधुनिककालमा पछि आएर सिकेको वक्तृत्वकला मात्र हो । त्यसलाई तपाईं कलाको पनि कला नमानी सुख पाउनुहुन्न । प्राचीनकालदेखि विकसित हुँदै आएका जति पनि कला छन् । ती सबै पारदर्शी हुन्छन् । अमर्ूत चित्रकलाको रचनामा पनि त्यसको उद्देश्य, शैली र उपजका कारणहरू स्पष्ट हुन्छन् । शास्त्रीय सङ्गीतमा गायकले कुन राग कसरी गाएको छ भन्ने कुरा श्रोतालाई स्पष्ट हुन्छ । त्यस्तै नृत्यमा समेत प्रत्येक अङ्ग सञ्चालन र मुद्राको अर्थ पारदर्शी हुन्छ । यस्ता कला पर््रदर्शनमा कलाकारले दर्शकलाई झुक्याउन सक्दैन । ऊ कुन स्तरको कलाकार हो भन्ने कुरो दर्शकले सहजै छुट्याउन सक्छ । यसको उल्टो वक्तृत्वकलामा निपर्ूण्ा कलाकारहरू चाहिँ आफूहरूले सत्य बोलेर पनि आफ्नो मनपेट श्रोताहरूलाई नदिन सहजै सक्छन् । यस्ता कलाकारहरू राजनीतिक र कूटनीतिक क्षेत्रमा मात्र पाइन्छन् । उनीहरू आफ्नो दुश्मन मरेको बेलामा उसको छोरालाई समवेदना प्रकट गरेर सान्त्वना दिने अभिनय गर्दै भन्छन् "तपाईंका पिताको असामयिक दुःखदायी निधन भएको छ म हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।" यसरी उनीहरू समवेदना दिंदैनन् र दिन चाहन्छन् मात्र । एउटा करोडपतिले अर्को गरिबलाई आर्थिक सहायता गर्न चाहन्छ भन्दैमा त्यो गरिबले दर्ुइ पैसा पनि पाउँदैन । त्यस्तै कसैसँग सँगै हिँडेको साथीलाई कुनै मोटरले कुल्चेर घाइते तुल्याएको बेलामा अर्को साथीले त्यो मोटरचालकसँग बदला लिन त चाहन्छ तर ऊ जानीजानी झैंझगडामा पर्दैन । कुनै समारोहमा बोलाइएका नेताहरू अथवा राजदूतहरू भाषण गरिसकेर आयोजकलाई धन्यवाद दिन चाहन्छु नै भन्छन् । हकाहाकी दिन्छु भनेर ढाँट्दैनन् । यस्ता कलाको पनि कला अर्थात्, कुरा गर्ने कलामा पोख्त कलाकारहरू जहिले पनि जहाँ पनि दिन्छु नभनेर दिन चाहन्छु भन्छन् । कहिले उनीहरू दृढता व्यक्त गर्न चाहन्छु अथवा धन्यवान् अर्पण गर्न चाहन्छु अथवा समवेदना प्रकट गर्न चाहन्छु भनेर सत्य बोल्छन् र पनि स्रोताहरू त्यसलाई पत्याउँदैनन् । उनीहरू त नेताज्यूले आफ्नो दृढता कि कृतज्ञता कि सहानुभूति प्रकट गर्नुभयो भन्ने भ्रममा पर्छन् र ताली बजाउँछन् । यस्ता वाक्यटु कलाकारहरू देशमा क िन समस्या आइपर्दा जहिले पनि त्यस दिशामा आफूहरूले गम्भीरतापर्ूवक सोचिराखेको भन्ने वाक्छलद्वारा जनतालाई आश्वस्त तुल्याउन सफल हुन्छन् । उचित समयमा त्यो समस्या सुल्भिmएन भने उनीहरू फेरि त्यसको लागि आफूहरू कटिबद्ध भएकाले अरू धर्ैयधारण गर्न जनतालाई बाध्य तुल्याउँछन् । त्यसो गर्दासमेत समस्या सुल्झाइ छाड्ने दृढता व्यक्त गर्न चाहन्छु भन्न बिर्संदैनन् । दृढता त भए पो व्यक्त गरून् । अनि एउटा गरिबले मोटर किन्न चाहन्छु भने जस्तै भन्नै न पर्‍यो विचराहरूलाई । उनीहरूको वाकपटुतामा अर्को एउटा शब्दले पनि गलिलो स्थान पाएको छ । त्यो शब्द हो पारदर्शिता । उनीहरू अर्काले गरेको जम्मै काम पारदर्शी हुनर्ुपर्छ अथवा पारदर्शी पाराले गरिएको हुनर्ुपर्छ भनेर आफ्ना श्रोताहरूका आँखामा अपारदर्शी पाराले छारो हालिदिन्छन् । यस्तो कुरैपिच्छे पारदर्शीको जप गर्ने नेताको हरेक क्रियाकलाप पारदर्शी होला भन्ने भ्रममा परेर श्रोताहरू त्यो नेतालाई उसको कुनै काम गराइ अथवा कुनै पक्ष अपरादर्शी हुन सक्छ कि सक्दैन भन्ने प्रश्न नै उ ाउन बिर्सन्छन् । उसले कालो धन सञ्चय गरेर कतै लुकाएको छ कि छैन अथवा कुनै परस्त्रीसँग अवैध सम्बन्ध कायम गरेको छ कि छैन भनेजस्ता अरू पनि प्रश्न उसैसँग सोध्ने आँट पनि जनता गर्दैनन् किनभने प्रजातान्त्रिक अथवा लोकतान्त्रिक पाराले बहुसङ्ख्यक विपन्न जनताको आर्थिक विपन्नता दूर गर्न आफू सदार्सवदा कटिबद्ध रहिआएको वाक्जालले आच्छादित हुन्छन् जुनसुकै पनि विकासोन्मुख देशका जनता । बोलीका चतुरा नेता, राष्ट्रसेवी, सामाजिक कार्यकर्ता र जिम्मेवारी बोकेका व्यक्तिहरूको अर्को एउटा हतियार हो गृहकार्य भन्ने शब्द ।



शान्ति सुरक्षा कायम गर्ने, सीमा विवाद सुल्झाउने, भ्रष्टाचार निवारण गर्ने, तस्करी नियन्त्रण गर्ने अथवा अन्य कुनै पनि महìवपर्ूण्ा कार्य समयमै सम्पन्न हुन सकेन भने सम्बन्धित अधिकारीहरू त्यसको लागि गुहकार्य भइरहेको छ भनेर उम्कन्छन् । र्सवसाधारण चाहीँ आफ्ना छोराछोरीले स्कुल कलेजबाट दिइएको गृहकार्य एकै दिनमा सकेको सम्झन्छन् । अनि शान्तिवार्ता चाहिँ महिनौं गृहकार्य गरिँदैछ भनेर पनि सम्पन्न गर्न अमुक पक्षले किन नसकेको होला भनेर जिल्ल पर्छन् तर उनीहरू रिसाउँदैनन् गृहकार्य भनेको गरिनैपर्ने कार्य रहेछ र एकपछि अर्को गर्दै फरक फरक गृहकार्यहरू गरिसकेपछि मात्र अन्तिम परीक्षा हुनेरहेछ क्यार भनेर ढुक्क हुन्छन् । यस्तो बोलीको कलालाई अभिव्यक्ति कला भन्नर्ुपर्छ र यसलाई अन्य एकै कलाहरूको पनि कला नमानी सुख छैन ।





अनन्त यात्री श्रीधर खनाल







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम