Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
धचको धोको (ईश्वरी ज्ञवाली) - [2006-12-17]

थोरै लेखेर धेरै योगदान बटुल्ने नेपाली साहित्यकारहरूको पङ्क्तिमा धनुषचन्द्र गौतम अग्रस्थानमा पर्छन् । नेपाली साहित्यमा धच गोतामेका नामले प्रख्यात् उनको कथ्य, चित्रण र शिल्पशैलीका दृष्टिले पृथक् महत्त्व छ । जहिले पनि साहित्यलाई कल्पनाको जहाज होइन, सामाजिक जगमा उभिएर रचना गर्ने गौतम आफ्ना रचनामा पात्र छनोट गर्ने क्रममा अत्यन्तै शिल्पी र चनाखो मानिन्छन् । तर, अब उनी हामीबीच रहेनन् । मङ्सिर १९ गते उनको निधन भएको छ ।



आफूले देखेका र भोगेका कुरालाई जीवन्त रूपमा प्रस्तुत गर्ने कलामा उनी निपूण मानिन्छन् । वरष्ि खोज-अनुसन्धाता एवम् अन्वेषक शिव रेग्मी भन्छन्, "संस्मरण विधामा शब्द खेलाएर जीवन्त प्रस्तुति दिने धचजस्तो अर्को कुनै साहित्यकार छैन ।" धच सधैँ गुणात्मक कुराको पक्षमा रहे । "उपन्यासमा मात्र होइन, अन्य विधामा पनि उहाँले चमत्कार देखाउनुभयो । महाचमत्कार भन्छु म त," ध्रुवचन्द्र गौतम भन्छन् ।





मङ्सिर १६ गते शनिबार आफ्नै घरको छतमा बसेर भोगटे साँधेर खाँदै गफमा रमाएका धचले आफ्ना अनन्य मित्र एवम् नातेदारहरूका साथ बिताएको अन्तिम दिन पनि त्यही बन्न पुग्यो । त्यही अवसरमा उद्घाटित एउटा महत्त्वपूर्ण कुरा भने अब पूरा नहुने भएको छ । हेटौँडामा रहेकी छोरी सीमा अर्याल र अमेरकिामा रहेकी नातिनी -छोरातर्फकी) अंशुकहाँ बसेर दुईवटा उपन्यास लेखिसिध्याउने धचको धोको अब पूरा नहुने भयो । "पात्र छनोट गरसिकेँ । आफ्नै नातागोता, इष्टमित्र र वरपिरकिै परविेशका पात्रहरू छनोट गरेको छु । र, तिनैको वरपिर िघटनाहरू घुमेका छन् । उपन्यास पढ्दा सबैले आफूलाई त्यहाँ पाउनेछन्," धचका भनाइ उद्धृत गर्दै श्यामप्रसाद अधिकारीले भने ।



दुईवटा उपन्यास लेखेर ऐतिहासिक कीर्तिमान कायम गरेका धचको पुनः दुईवटा उपन्यास लेख्ने धोको अपूरै रहे पनि उनले आञ्चलिक विषयवस्  तुलाई उ ाएर लेखेका घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म ले उनलाई नेपाली साहित्यको उपन्यास विधामा कहिल्यै नमेटिने नामका रूपमा अङ्कित गरेका छन् । वीरगन्ज र आसपासको छ-सात दशकअघिको सामाजिक र ऐतिहासिक विषयवस्तुमा आधारति उनको पहिलो उपन्यास हो, घामका पाइलाहरू । कत्ति पनि झर्को नमानी तत्कालीन स्थितिलाई केलाएर विविध घटनाका आधारमा औपन्यासिक शिल्प प्रयोग गर्नु नै उनका उपन्यासको खास विशेषता हो ।



बोलीवचनमा हास्यरस मिसाउने धच आञ्चलिक लेखनका पारङ्गत स्रष्टा मानिन्छन् । आञ्चलिक रीतिस्थिति, प्रचलन र मान्यताको अभिव्यक्ति विभिन्न पात्रका माध्यमबाट गर्न उनी सिपालु छन् । नेपाली साहित्य जगत् मा घामका पाइलाहरू एउटा यस्तो कृति हो, जसले २०३५ सालको मदन पुरस्कार र साझा पुरस्कार प्राप्त गरेको छ । ४६ वर्षको उमेरमा लेखेको यस कृतिको सफलताबाटै उत्साहित गौतमले ५२ वर्षको उमेरमा यहाँदेखि त्यहाँसम्म नामको अर्को उपन्यास लेखे । ३५ वर्षसम्म सरकारी सेवामा काम गरेको 'अनुभव र रुचि' एकै ाउँमा पोखिएको उनको यो अर्को सफल उपन्यास हो । यो पनि साझा पुरस्कारबाट पुरस्कृत भएको छ । उपन्यासका अतिरत्तिm धचका कालान्तर -संस्मरण), उत्तरोत्तर -संस्मरण), तीनवास -यात्रासंस्मरण), संज्ञा सर्वनाम -हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), सम्झनाका गल्छेडाहरूमा -संस्मरण) र आरोह-अवरोह -संस्मरण) प्रकाशित छन् । उनका उपन्यास र संस्मरणात्मक निबन्धमा मौलिक विशेषता छ । वरष्ि समालोचक कृष्णचन्द्रसिंह प्रधान भन्छन्, "निबन्धात्मक संस्मरणभित्र मूल पात्र वा व्यक्तिलाई हामी अघिल्तिर उभिएजस्तो गरी प्रस्तुत गर्ने र हास्यमिश्रति व्यङ्ग्य प्रस्तुत गर्ने उनको आफ्नै खालको विशेषता छ ।" उनको विशेषता भन्नु नै बोलीचालीको भाषा हो, जुन स्वाभाविक र मार्मिक मात्र होइन, माझिएको पनि छ । प्रधान भन्छन्, "आफू बाँचेको समाजलाई अघिल्तिर ल्याउन उनी सफल छन् । आफ्नो आस्था र दर्शनका कुरा पनि उनले आफ्नो लेखनमा पोखेका छन् । खास गरी आफ्नैपन र क्षेत्र छ उनको ।"



विसं १९८९ मा जनकपुर अञ्चलको जलेश्वरमा जन्मेर वीरगन्जमा हुर्केका धचको कर्मक्षेत्र का माडौँ रह्यो । देवशमशेरका पुरेत खलक गौतम परविार देवशमशेर का माडौँबाट लखेटिनासाथ उनीसँगसँगै धनकुटा पुग्यो । देवशमशेरको सुन, चाँदी, जवाहरात पि ्युँमा बाँधेर त्यहाँ पुगेको गौतम परविारले देवशमशेरको भारत पलायनसँगै दुःखका दिन भोग्यो । रक्सौलमा पुगेर धच 'पान, बिडी, सिगरेट !' भन्दै चलचित्र हलअगाडि बेच्न थाले । आफ् नो दुःखलाई उनले आफ्ना संस् मरणहरूमा बडो कारुणिक ढङ्गले प्रस्तुत गरेका छन् । ००९ सालतिर पुनः का माडौँ आएका धच कन्यामन्दिर बहुद्देश्यीय स्कुल इखापोखरी, न्योखाटोलमा अस्थायी शिक्षक हुँदै ट्युसन पढाउन थाले । त्यसपछि उनी राजनीतिक क्षेत्रसँग सम्बन्धित रहे । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी सदस्य हुँदै दोस्रो महाधिवेशनपछि त्यसबाट बाहिरएि । कृष्णप्रसाद भट्टराईका शिष्य धच मनमोहन अधिकारी र बीपी कोइरालालाई असाध्यै श्रद्धा गर्थे । उनले कोशी प्रोजेक्टको कारन्िदा पद भारतीय हेपाहा प्रवृत्तिका कारण छोडे तर बिहान-बेलुकाको छाक टार्न कथा-अनुवादकदेखि रेडियो नेपाल र सूचना विभाग -दुईपटक महानिर्देशक) सम्म र योजना आयोगको जगेडा कर्मचारी हुँदै प्रज्ञा-प्रतिष् ानको सदस्यसचिवसम्मको जिम्मेवारी पूरा गरे । आफ्ना दुःख र कहरका कथाहरू उनले जसरी संस् मरण विधामार्फत पोखेका छन्, त्यस्तो कहालीलाग्दो उनको विगत वास्तवमै विदीर्ण थियो । शायद त्यसैले होला, आफ्नो लेखाइमा आफ्नै विदीर्ण अतीतलाई भुल्न नसक्ने धच सधैँ भनिरहन्थे, "कहिल्यै बिर्सन नमिल्ने त्यही नै मेरो हैसियत हो ।" लेखनमा मी ा सूक्तिहरू प्रयोग गर्न उनी माहिर थिए । जस् तो ः 'कविता मानिसको जीवन-दर्शन हो ।' 'जीवन चुरोटको अन्तिम सर्कोजस्तै झन्झन् स्वादिलो हुँदै जान्छ ।' 'आइमाईको नियति नै सहनु हो । ' 'गाउँले जीवनमा घटनाको कुनै पर्वाह पनि हुँदैन ।'



गान्धी स्कुलको वनबारी पुस्तकालयको रखबारे हुँदै उनमा गढेको पढ्ने नशा जीवनको अन्तिम समयसम्म पनि कायमै थियो । गालिब छुटी शराब, अमिताभ वच्चनको जीवनी र लतामङ्गेशकरको जीवनी लता पढ्दापढ्दै उनी यस संसारबाट बिदा भएका छन् ।



धचको न्वारानको नाम चोपचन्द्र गौतम हो । पछि बोलीचालीमा उनलाई धनचन्द्र भन्न थालियो तर उनका स्कुलका हेडमास्टर निकुन्त झाले कतै नसुनिएको धनुषचन्द्र राखिदिए । कविताबाट आफ्नो लेखन यात्रा शुरू गरेका धच संस्मरणात्मक निबन्ध विधामा अत्यन्तै सफल मानिन्छन् । उनका उपन्यास पनि त्यत्तिकै सफल छन् । तर, उनले नेपाली साहित्यमा संस्मरणात्मक विधामा प्राप्त गरेको सफलतालाई कसैले चुनौती दिन सकेको छैन ।





ईश्वरी ज्ञवाली

नेपालबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम