Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
मास्टरको मासिक बजेट भाषण (र्सूयबहादुर पिवा) - [2006-12-30]

पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा, यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझैं मैले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझैं लाग्दछ भनेर हर महिनामा आम्दानी र खर्चको विवरण परिवारजनलाई दिँदै आएको छ । आज मसान्त हो, स्कुलमा पढाउने काम गरेर जीवन निर्वाह गर्ने मास्टर हुँ म । भोलि मेरो तलब आउँदैछ । यो आउँदो महिनामा कति खर्चबर्च होलाझैं लाग्दछ भनी म विवरण पेश गर्दछु । अन्न-बाली आउने खेतसेत नभएको एक जना मास्टर हुँ मअर्को शब्दमा भन्ने हो भने अन्न-बाली तथा सबै खानेकुरा आउने मेरो खेत हो बजार । दिनहुँ सबथोक किनेर खाने गर्दछु म । मास्टरसाहेब भनेर मलाई मेरा विद्यार्थीहरूले नमस्ते गर्दछन् । मास्टरसाहेब भनेर सम्बोधन गर्दाखेरि म आफूलाई एकजना आदरणीय व्यक्ति सम्झन पुग्दछु । आदरणीय व्यक्ति मात्र भएर भाग्यमानी व्यक्ति नहुने जमाना आइरहेछ । 'मनको बह कसैलाई नकह' भनेर हाम्रा बूढापाकाहरू भन्ने गर्दछन् । मासिक बजेटको कुराको सिलसिलामा भन्नै नहुने भए पनि म आफ्नो मनको बह सुनाउँछु । मेरी महिनाको जम्माजम्मी -सिरीखुरी­) तलब छ पाँच हजार । पहिलेपहिले त सबथोक सस्तो थियो र तलबले पनि खान पुग्दथ्यो । अचेल त सबथोक महँगो भएकोले तलबले खानै पुग्दै पुग्दैन । मास्टरको एक्स्ट्रा इनकम गर्ने बाटो हो । 'ट्युसन' । आजभोलि घरघरमा गएर पढाउन जाने काम ट्युसन पनि भेटिन्न । राम्ररी पढाउने निजी स्कुलहरू र बोर्डिङहरू भएपछि ट्युसन पनि हराएर गयो । अतिरिक्त आम्दानी नहुने अड्डाका कर्मचारीहरूझैं दुःखी जीवन बिताइरहेछु । अतिरिक्त आम्दानी हुने ाउँ होइन स्कुल भन्ने ाउँ । स्कुलमा पढाउने मास्टर भएर अर्काको घरमा बिहान-बेलुका तरकारी सरकारी किन्न जाने मान्छे भएर काम गर्न जान पनि भएन । मास्टर भन्ने मान्छे हाम्रो नेपालमा लड्डु खानु पाउने अड्डाका कर्मचारी जस्ता छैनन् । संयोजबंश म मास्टर हुन आएँ । समाजमा आदरणीय मान्छे जस्तो देखिए पनि बिहान के खाउFm - बेलुका के खाऊँ - भन्ने समस्याले पिरोलिरहेछ मलाई । तलबकै भरमा बाँच्नुपर्ने सबै कर्मचारीको अवस्था म मास्टरकै जस्तो होलाझैँ लाग्दछ । परिवार छन् छ जना । तलब छ जम्मा पाँच हजार ।



एकजनाको पेट भर्नलाई चुत्थो पचास रुपियाँ मात्र राखे पनि नौ हजार पुग्न आउँछ खर्च । कसरी गुजारा गर्ने - यही समस्या भइरहेछ । आम्दानी थोरै र खर्च धेरै भएकाले म आफ्नो श्रीमतीसँग महिनामा एकपल्ट सिवाय कुरा गर्दिन । जोतिषसँग साइत लिएर श्रीमतीसँग कुरा गरेर जन्माएँ मैले सन्तान एकजना छोरा र एकजना छोरी मात्र । परिवार नियोजन सङ्घले भन्दछ- दर्ुइजना मात्र सन्तान भएको पारिवारिक जीवन सुखमय हुन्छ । दर्ुइ मात्र सन्तान भए पनि सुखी परिवार भएन मेरो परिवार । आम्दानी खर्चले भ्याएन भनेर आफूलाई जन्म दिने आमाबाबुलाई आदर्शवादी भएर छोडिनं मैले । हाम्रा नेताजीहरू सिद्धान्तवादी र आदर्शवादी भइदिएको भए हाम्रो प्रजातन्त्र पनि सफल हुन्थ्यो होला । आफ्नो मात्रै वास्ता गर्दछन् पशुहरू मात्रै पछीहरू मात्रै । आम्दानी खर्च मिलेन भनेर पशुपछीले झैं विचार गर्न भएन मैले । गरिनँ पनि । खानुपिउनु अलवा अचेल आवश्यकताहरू पनि धेरै छन् । त्यसले त मलाई झन् धौ धौ पार्दछ । अचेल हामीलाई टिभि चाहिन्छ, प्रिmज चाहिन्छ, मोटर साइकल चाहिन्छ । के के चाहिन्छ भनेर साध्य छैन । आम्दानी खर्च नमिलेर मलाईझैँ सारा कर्मचारीहरूलाई आच्छु आच्छु परिरहेको होलाझैँ लाग्दछ । तलबले खानै पुग्दैन भनेर कराउँ भने पुग्दैन । सरकारको कानभित्र कान नभएको सरकार भएकाले । सरकार त कर्मचारीहरूको अभिभावक जस्तो पो हुनर्ुपर्दछ तर छैन सरकार त्यस्तो हाम्रो सरकारको बजेट त विदेशी सहायता र ऋणले चल्ला । व्यक्तिको बजेट त ऋणबाहेक अरु केहीले चल्दैन । बन्धक राख्नलाई आफूसँग भने सुन पनि छैन, खेत पनि छैन । मास्टरसँग भने इमान एउटा छ । इमान बन्धक राख्न नएन क्यारे - परिवारजनलाई भारतखाँदा 'भातभन्दा दोबर पानी खाएर पेट भर्ने गर' भनेर पनि भन्ने अवस्था छैन, किनभने दिनहुँ धाराबाट पिउनलाई पुग्ने गरी पानी नै आउँदैन । अतः म आफ्ना परिवारलाई एउटा सुझाव राख्दछु । हामी एकादशीवादी खाँटी हिन्दू हौं । व्रत बसियो भने पुण्य लाग्दछ भनेर विश्वास गर्ने हामी हिन्दु हौँ । अतः हप्तामा हर शनिवारलाई एकादशी सम्झी निराहार वर्त बसेर मेरो मासिक बजेटलाई सघाउ पुग्ने गरी सहायता गर्नु होला । यस कुरामा राम्ररी सोचेर मलाई जवाफ दिनु भए हुन्छ । यति भन्दै आगामी महिनाको बजेट भाषण यहीँ टुङ्ग्याउँछु । हाम्रा इष्टदेवी इन्द्राणी भरपेट खानै नपाए पनि हाम्रो परिवारको रक्षा गरुन् । जय घर ! जय परिवारजन !!





- र्सूयबहादुर पिवा

गोरखापत्र







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम