Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
पटकपटक घुम्न जाँउ लाग्ने लाभुवान टापु (विश्वासदीप तिगेला) - [2007-01-01]

मलेशियाको १३ वटा राज्य र ३ अर्ध स्वायत्त राज्य मध्य एक लाभुवान हो । जम्मा ७ वटा स-साना टापुहरु मिलेर बनेको लाभुवान सन् १९८४ अक्टोवर १९ मा स्वायत्त बनेको हो । यस राज्यको कुल क्षेत्रफल ९२ बर्ग कि मी रहेको छ भने जनसंख्या सन् २००० को तथ्याङ्क अनुसार ७८ हजार रहेको छ । १८ औं शताब्दिको अन्त्यसम्म ब्रुनाई राज्यको मातहतमा रहेको यस टापुलाई दोस्रो विश्वयुद्धको वेला सन् १९४१ देखि १९४५ सम्म जापनले नियन्त्रणमा लिएको थियो । उनीहरुले यस टापुलाई पुनः माइडा टापु नामाकरण पनि गरेका थिए तर सन् १९४५ मा अष्ट्रेलियन सेनाले यो टापुलाई उनीहरुको नियन्त्रणबाट फर्काएका थिए ।



सामुन्द्रिक इलाकाबाट तेल, ग्याँस उत्पादन तथा कारोवार, पानीभित्र खेलिने डाइभिङ, खुल्ला ब्यापार र अत्याधिक पर्यटकहरुको आगमनले यो सुन्दर टापु आर्थिक केन्द्रको रुपमा विकसित हुदै गएको छ ।





दोस्रो विश्वयुद्धमा सहभागि भएका ८ गोर्रखा र्राईफल्सका राइफलम्यान कालीवहादुर थापा (८६१२२) को २३ बर्षको उमेरमा सन् २५ मे १९४६ का दिन मृत्यु भएको कुरा लाभुवान टापुमा रहेको अष्ट्रेलियन (चिहान) सिमेन्ट्रीमा रहेको निजको चिहानले स्पष्ट पार्दछ । दोस्रो विश्वयुद्धताका जापान विरुद्ध अष्ट्रेलियन र ब्रिट्रीस सेनाले यस टापुमा युद्ध गरेका थिए उक्त युद्धमा अरु धेरै गोर्खालीहरुको मृत्यु भएको भए पनि हाल निज कालीवहादुरको मात्र चिहान देख्न सकिन्छ । स्वर्गिय कालीवहादुरको चिहान् हुनुले लाभुवान टापुलाई गोर्खालीहरुको लागि ऐतिहासिक ाँउ मान्न सकिन्छ । यस अष्ट्रेलियन सिमेन्ट्रीमा सयौ अष्ट्रेलियन सिपाहीहरुको चिहान राखिएको छ भने कतिपय इण्डियनहरुको पनि छ । इष्टइण्डीया भारतीय गोर्खाली सेना र ब्रिट्रीस गोर्खाली छुटि्टनु अघि यो युद्ध भएको हुनाले स्व. कालीवहादुर तत्कालका भारतीय गोर्खाली रहेको अनुमान गर्न सकिन्छ ।



यो टापु मलेशियाको सांवा राज्य नजिक रहेको छ । लाभुवान टापु सानो, ज्यादै सुन्दर र अत्यन्तै रमाइलो ाँउको रुपमा परिचित छ । लाभुवानको पर्यटकीय एंव ब्यापारीक विकासको लागि मलेशिया सरकारले भिन्न प्रसासकिय कानुन् लागु गरेको छ । यहाँ कुनै पनि चिजवस्तुमा कर, भ्याट लगाईन्दैन । ब्रुनाईबाट लाभुवान जाने गोर्खालीहरुलाई भिसाको आवश्यकता पर्दैन । किनमेल गर्न र छुटि्ट मनाउन सस्तो ाँउको रुपमा लाभुवानलाई लिइन्छ । गएको दशक यस टापुको पनि धेरै ू- ूला विकास भएका छन् । टाढाटाढाबाट पर्यटक आउने ू- ूला खेलकुद विशेष समुन्द्रसंग सम्बन्धि खेलहरुको आयोजना हुने भएकाले यो ाँउ निक्कै महत्वपूर्ण र लोकप्रिय बनेको छ । यस टापुको रात्री जीवन निक्कै मनोरन्जनपूर्ण हुने गर्दछ । यस टापुको प्रशासकिय क्षेत्रमा मले जातिको वाहूल्य रहेपनि आर्थिक क्षेत्रमा चाइनीज जातिको उपस्थिती वलियो रहेको छ । ब्रुनाईबाट पानी जहाजमा करिब १ घण्टाको यात्राबाट पुगिने यस टापुमा सामुन्द्रिक ब्यापार पनि निक्कै फस्टाएको छ । यस टापुमा इण्डोनेशिया, फिलीपिन्सका कामदारहरु धेरै रहेका छन् । छोरीमान्छेले लगाउने लुगा लुङ्गी किन्ने र का का हस्तकला किन्ने मुख्य बजारको रुपमा पनि हामी चिन्न सक्छौ । सुन्दर सामुन्द्रिक तट साथै सिफूड र मि ो वियरको लागि लोकप्रिय लाभुवान एक पटक जाने हो की ?





विश्वासदीप तिगेला bisswas@yahoo.com

हाल वेलायतबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम