Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
कति सुन्दर रहेछ, घान्द्रुक (शिव शर्मा) - [2007-01-20]

मनै अघाउ“दैन घान्द्रुकमा

क्या राम्रो घान्द्रुक



पहिलोपटक घान्द्रुक पुगेकी बेल्जियमकी २२ वषीया युवती बाप्स खुसीले उप|mदै थिइन्, 'मैले त घान्द्रुक यति रमाइलो होला भनेर सोचेकै थिइन ।' उनी घान्द्रुकको सौर्न्दर्य देखेर भन्दै थिइन्, 'राम्रो केटो पाए यतै घरजम गरौं भन्ने लाग्दैछ ।' बाप्सजस्तै धेरै विदेशी पर्यटकलाई घान्द्रुकले मोहनी लगाएको छ । यहा“को रमणीयतामा लुटपुटिन पाएपछि पहिलोपटक पुग्ने मात्र हैनन्, बारम्बार पुग्नेहरू पनि यसरी नै मख्ख पर्छन् ।



घान्द्रुकमा पाइला राखेपछि विदेशी मात्र होइन स्वदेशीको मन पनि प्रफुल्ल हुन्छ । चिरिच्याट्ट ढुङ्गाले कु“देर बनाइएका आकर्ष गुरुङ घर तथा आ“खैमा टा“सिन आउने अन्नपूण्ा एवं धौलागिरी हिमश्रृङ्खलाका अनुपम दृश्यले सबैको मन लोभ्याइहाल्छ । जुनेली रातमा हिउ“ परेको हिमाल टल्कि“दा आगन्तुकहरू त्यो दृश्य हेरेर अघाउ“दैनन् । यही भएर स्वदेशमा मात्र होइन विदेशमा पनि घान्द्रुक लोकप्रिय छ । घान्द्रुकलाई 'पहाडकी रानी' को उपमा पनि दिइएको छ ।

पछिल्ल्ाो समय केही घरहरू ढलान गरेर आरसीसी गर्न थालेपछि भिन्दै मौलिकता बोकेको घान्द्रुकको पहिचान गुम्ने चिन्ता स्थानीय समाजसेवी ७० वषीर्र् पदमलाल गुरुङको छ । केही घर यसरी बने पनि अहिले हामीले ढलान गरेर घर बनाउन प्रतिबन्ध लगाएका छांै, गुरुङले भने-'ढुङ्गाले छाएका घरहरू घान्द्रुकको परम्परागत पहिचान हो ।' यति मात्र होइन कु“देका ढुङ्गाले छापिएका सि“ढी नै सि“ढी भएको बाटोले पनि यहा“को शोभा बढाएको छ । यहा“का होटलहरू पनि आकर्ष ढंगले सजाइएका छन् जुन सहर-बजारका सुविधा सम्पन्न होटलभन्दा कम छैनन् । सबै किसिमका विदेशी परिकार उपलब्ध हुने भएकाले पनि यहा“ आउने पर्यटकहरूलाई कुनै किसिमको असुविधा छैन ।



छ्याङ्गै खुलेको हिमाल हेर्ने तथा अन्नपूण्ा वेस क्याम्प, पुनहिल पुग्ने उपयुक्त पदमार्ग पनि घान्द्रुक नै हो । पोखराको नया“ पुल, धम्पुस, लान्द्रुक हु“दै पदयात्रामा आउनेहरू हुन् वा पुनहिल पुग्नेहरूको केन्द्रविन्दु तथा थकाइ मार्ने स्थल पनि घान्द्रुक नै हो । घान्द्रुकको दृश्यलाई क्यामेरामा कैद गरेर देश-विदेशमा बेच्नेहरू पनि उत्तिकै सक्रिय छन् । पोस्टकार्डमार्फ् पनि यो ाउ“को चिनारी देश-विदेशसम्म पुगेको छ । कोरियाका पर्यटक खाङ्गे वानले घान्द्रुकलाई पोस्टरमा भन्दा पनि सुन्दर पाएको बताए । पहिलोपटक घान्द्रुक पुगेका वान कोरियन भाषामै भन्दै थिए- मेहु आरमथाप्ता अर्थात् घान्द्रुक धेरै राम्रो लाग्यो । उनी छरपस्टिएको गुरुङ बस्ती तथा सेतै हिमाललाई एकसाथ क्यामेरामा कैद गर्ने असफल प्रयास गर्दै थिए ।



गुरुङहरूको बसोबास रहेको घान्द्रुकका बासिन्दाहरूका लागि यातायातका साधन भनेका घोडा तथा खच्च्ाड हुन् । घान्द्रुकका ८० प्रतिशत बासिन्दा लाहुरे छन् । मिलेको समाज तथा सरल व्यवहारले आगन्तुकहरूलाई भुतुक्क पार्छ । गाउ“लेहरू आफैले बिजुली उत्पादन गरेर घर झिलिमिली पारेका छन् । द्वन्द्वका कारण विस्थापित भएकाहरू पनि अहिले गाउ“ र्फकन थालेपछि यहा“को चहलपहल बढेको छ । सय वर्षघिसम्म त सात सय घान्द्रुक नामले परिचित थियो यो ाउ“ जतिबेला यहा“ सात सय मात्र घर रहेको यहा“का बूढापाकाहरू बताउ“छन् । अग्लो स्थानमा रहेकाले पनि यहा“बाट हिमाल मात्र होइन वरिपरिका डा“डापाखाहरू पनि चित्ताकर्ष देखिन्छन् । ६ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नया“पुल पुगेर मोटरबाट ओर्लिएपछि करिब पा“च घन्टा पैदल हि“ड्नर्ुपर्छ । फागुन महिनामा घान्द्रुक पुग्ने हो भने वनपाखामा फुल्ने मनमोहक लालीगुरा“स पनि अवलोकन गर्न सकिन्छ ।



घान्द्रुकको गुरुङ संग्रहालय पर्यटकहरूको महत्त्वपूण् रोजाइ हो । संग्रहालयमा पुराना सामानहरू छन् । यही गाउ“को उच्चस्थानमा गुरुङहरूका इष्टदेवता भ्रेज मेश्रोम वराह मन्दिर अर्को आकर्षाको केन्द्र हो । यहा“ वरिपरिका दृश्यले हृदयलाई पुलकित पार्छन् ।









शिव शर्मा

नारीबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम