Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
जुनारमय बनेको छ सिन्धुलीमाढी - [2007-01-22]

सिन्धुली, माघ ६ गते । सिन्धुली जिल्लामा उत्पादित जुनार कोसेलीका लागि लोकप्रिय बन्दै गएको छ ।



जिल्लामा उत्पादित जुनार व्यापारिक दृष्टिले भन्दा कोसेलीका रूपमा बढी सहरी क्षेत्रमा लगिने गरेको जुनार विकास सङ्घ सिन्धुलीले जनाएको छ ।



सङ्घका अध्यक्ष दीपक कोइराला कोसेलीका रूपमा जिल्लामा उत्पादित जुनार सहरी क्षेत्र र तर्राईका जिल्लामा माग भइरहेको बताउनुहुन्छ ।



उहाँले भन्नुभयो- व्यापारिक दृष्टिले पनि यहाँको जुनार अन्यत्र नप ाइएको भने होइन तर बढी कोसेलीका रूपमा जाने गरेको छ ।



सिन्धुलीमा बसेका व्यक्तिले जुनार कृषकसँग खरिद गरी सहरी क्षेत्रमा बसेका आफन्तलाई कोसेलीको रूपमा प ाउने गरेको उहाँले जानकारी दिनुभयो ।



जिल्लाबाट अहिले दैनिक सरदर पाँच हजार दाना जुनार सहरी क्षेत्रमा कोसेलीका रूपमा निर्यात हुँदै आएको सङ्घका अध्यक्ष कोइरालाको भनाइ छ ।



जिल्लामा कृषकले उत्पादन गरेको जुनार कात्तिक महिनादेखि बिक्रीका लागि बजारमा आउँछ र माघ महिनासम्म सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी जुनारमय बन्ने गरेको उपभोक्ताहरू बताउँछन् ।



उनीहरूका अनुसार सिन्धुलीको जुनार खासगरी विराटनगर, का माडौँ, हेटौँडा, जनकपुरमा बढी माग हुने गरेको छ । जिविसमा कार्यरत कर्मचारी यादवराज पहाडी यो वर्षआफूले झण्डै एक हजार रुपियाँ बराबरको जुनार खरिद गरी सहरी क्षेत्रमा बस्दै आएका आफन्तलाई कोसेलीस्वरूप प ाइ दिएको जानकारी दिनुहुन्छ ।



उहाँले भन्नुभयो- सिन्धुलीको जुनार जसले खायो, उसले चिन्दछ । एक पटक खानेको ओ मा नै जुनार झुण्डिन्छ । जुनारको सिजनमा सहरी क्षेत्रमा बस्दैआएका आफन्तलाई फोन गर्‍यो, जुनारको नाम लिइहाल्छन् ।



एक नगरपालिकासहित ५३ गाविस रहेको सिन्धुली जिल्लामा जुनार खेती नगरपालिकाका केही भू-भागसहित ३० गाविसमा हुँदै आएको सङ्घले जनाएको छ ।



सङ्घका अनुसार अहिले जिल्लामा झण्डै एक हजार तीन सय हेक्टर जमिनमा जुनार खेती हुँदै आएको छ भने दर्ुइ हजार ६३५ घरपरिवारले जुनार खेती गर्दै आएका छन् । त्यसमध्ये ७४५ घरपरिवारले व्यावसायिक खेती गर्दै आएका छन् ।



जिल्लामा उत्पादन हुने जुनारको माग बढ्दो भए पनि सुविधायुक्त ढुवानी साधनको अभावमा जुनार उत्पादन क्षेत्रबाट बजारसम्म ल्याउन नसक्दा जुनारखेतीबाट उचित आम्दानी लिन नसकेको गुनासो कृषकहरूको रहेको छ ।



जिल्लामा जुनारको मुख्य बजार सदरमुकाम सिन्धुलीमाढी हो । तर भरियामार्फ ढुवानी गरी सदरमुकामसम्म ल्याएको जुनार हारालुछ गरी बिक्री हुने तीनकन्या गाविसका जुनार उत्पादक कृषक देवबहादुर कुरी बताउनुहुन्छ ।



उहाँले भन्नुभयो- जुनार क्षेत्रमा यातायातको सुविधा भइदिने हो भने कृषकले जुनारखेतीबाट उचित लाभ लिने थिए ।







सिन्धुली समाचारदाता

गोर्खापत्रबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम