Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
नाट्य सम्राट् सम्झेर (प्रचण्ड मल्ल) - [2007-02-10]

नाचगान, नाटकले सजिएको डम्बरशमशेरको भव्य महलमा चौबीसै घन्टा भनेजस्तो भइरहने नाच, गीत, नाटक, अवाक् सिनेमाको पर््रदर्शनले बालकृष्ण समलाई यसतर्फआकषिर्त गरेको हो । उनी वि.सं १९५९ माघ २४ मा जन्मिएका थिए ।

उनले नाटकमा पात्र बनेका आफ्ना बहिनी, भान्जा, भाइ, फुपूसित आफ्नै महलकी धुरन्धर नर्तकी जूहीद्वारा अभिनीत एवं निर्देशित हिन्दी भाषाको नाटकमा राजकुमारी भएर खेलेका थिए । उमेर त्यस्तै ६ वर्षो हु“दो हो । अभिनयस“गै उनले लेख्न पनि थाले । पिता जनरल समरशमशेरले कविता रचेको देखेर आफू पनि कविता रच्ने प्रयत्न गर्न थाले ।



सम कहिलेकाही“ नाट्यशालामा हार्माेनियम बजाई गाउ“थे त कहिले पियानो बजाई । उनी भन्थे- अंग्रेजी र उर्दू भाषामा राम्ररी गाइएका गीत मलाई राम्रँे लागे पनि नेपाली गीतचाहि“ नराम्रैसित गाइएको किन नहोस् मन पर्थ्याे ।'



एकपटक सरदार रुद्रराज पाण्डेले उनलाई भनेका थिए- कस्तो दुःखको कुरो, नेपालीमा नाटक नभएर हिन्दीमा हुनु नेपालीमै नाटक गराउन सके नेपाली भाषाको कत्रो उन्नति हुन्थ्यो



समलाई पाण्डेको विचारले निकै प्रभाव पार्‍यो । उनी भन्थे- मैले नाटक लेख्ने संकल्प गरे“ । यस्तै प्रेरणा उनले गुरु पद्मदत्त रटौरीबाट पनि पाएका थिए । समले विसं. १९७७ मा गद्यमा मिलिनद शर्ीष्ाकमा र विसं. १९८० मा पद्यमा तानसेनको झरी, विसं. १९८३ मा अज नाटक लेखी सिध्याए । यसको पाण्डुलिपिको अन्तिम अंश हराएको हुनाले अपर्ूण्ा हुन गयो । दुःखान्त मौलिक नाटक मुटुको व्यथा विसं. १९८६ मा छपाई नेपाली नाट्य जगत्मा हलचल मच्चाए ।



समले नाटकको माध्यमबाट आफ्नो मनभित्र गुम्सेका भाव दर्शाउने प्रयास गरेका थिए किनकि उनी राणा शासनमा खुलेर बोल्न सक्तैनथे ।



उनी शासकबाट आफूमाथि आर्इपर्ने आक्ष्ँेपबाट बहुतै र्सतर्क, सजग, सचेत भई आफूलाई बचाउन चाहन्थे । राणा शासनको दम्भले भरिएको मानसिकतालाई सहन भने सक्तैनथे । उनमाथि राणा शासनको कडा निगरानी रहन्थ्यो । राष्ट्रियता, राष्ट्रभाषा र आफ्नो संस्कृत्रि्रति रहेको अगाध श्रद्धाले उनको साहित्यिक व्यक्तित्वले उचाइ लियो ।



सम विभिन्न रस र शैलीमा पद्य र गद्य नाटक लेख्न थाले र नेपाली भाषाको नाटकको भण्डार भर्दै अरूलाई प्रेरणा दिन सफल भए । सम आफैं निरंकुश राणा परिवारमा हर्ुके पनि राणातन्त्रका विरोधी थिए । उनी जनमुखी थिए । उनी आफ्ना नाटक वा कवितामा राणा शासनप्रति वितृष्णा पर््रदर्शन गर्थे ।



उनले 'नेपाल आमासित झगडा' शर्ीष्ाकमा कविता लेखी शारदा पत्रिकामा छपाए । कविता पढेर प्रधानमन्त्री मोहनशमशेरले जङ्गदिै भनेका थिए- अब यस्तो कविता लेख्तिन, बिराए“ सरकार, भनी माफी माग ।' उनलाई कागज गर्राई माफी माग्न लगाए ।



भाषाप्रेमी सरदार रुद्रराज पाण्डेको नेपालीमा नाटक नभएर हिन्दीमा हुनु, नेपालीमा नाटक गराउन सके नेपाली भाषाको कत्रो उन्नति हुन्थ्यो भन्ने वाक्यले सम बहुतै चिन्तित थिए । यतिबेलासम्म नेपालमा पारसी थिएटरको प्रभाव परेर हिन्दी वा उर्दू भाषाका नाच, गीत, नाटक, राग रागिनीको बलियो जग दरबारदेखि गाउ“घर जताततै खडा भइसकेको थियो । दरबार र महलमा यसै भाषाको चहलपहल भएकाले उनी दुःखित हुन्थे ।



सम भन्थे- भारतमा संस्कृतको अवनति भएपछि संस्कृत नाटक पढिन्थे, पढाइन्थे मात्र । इन्द्रसभा नाटक खेलिन थाल्यो, धर्मशालामा लुकिरहेका नाच, गान नाट्यशालामा आउन थाले । इन्द्र नाच्दै आउ“थे, बाजाको तालमा नाच्दै हिंडिरहेका लालदेव र कालदेवसित गाउ“दै कुरा गर्थे । सब्जपडी एकान्तमा रु“दै राग गाउ“थिन्, कपडाको रुख भएको निर्जन बगैंचामा बाजा बज्थ्यो, अस्वाभाविक चालको हावभाव हुन्थ्यो, हिंडाइ, चलाइ र बोलाइमा भएको अलौकिक अस्वाभाविकताको गन्धमात्रले हामी अहिले नाक चेप्रँउ“छौं ।



ध्रुव त्यस समय लेखिएको नाटक हो जब नेपालमा राज्यभरमा एउटा दरबार स्कुल थियो । दर्ुइ/चार दरबारका वैयक्तिक नाट्यशालामा हिन्दी वा उर्दूभाषाका नाटक खेलिन्थे ।



वास्तवमा यतिबेला का माडौंको दरबार र वरिष् राणा गुरुज्यूहरूका नाट्यशाला एवं भव्य बै कमा बाह्र महिना बिहानदेखि बेलुकासम्म अटुट रूपले संगीतका तालिमे एवं यिनका प्रशिक्ष्ँकबाट गायन, वादन भइरहन्थ्यो । संगीतमय थिए दरबार र महल । यसैगरी कुनै न कुनै महलमा नाटक मञ्चन भएकै हुन्थ्यो ।



प्रधानमन्त्री चन्द्रशमशेरले त सिंहदरबारमा आधुनिक साधनले युक्त भव्य नाट्यशाला बनाएका थिए । ती युवती कलाकारबाट मञ्चित विविध सांस्कृतिक कार्यक्रम हेरी रसास्वादन गर्थे । दरबारबाहिर र्सवसाधारणले मनोरञ्जनात्मक कार्यक्रम हर्ेन गाईजात्रा, इन्द्रजात्रा कर्ुनुपर्थ्याे ।



जनरल डम्बरशमशेरका छोरा वेदशमशेर र समरशमशेरको घर-सम्पत्ति अंशबन्डा भयो । यसपछि दुवैतिर तालिमे कलाकारको व्यवस्था भयो । नाट्याभिनयका प्रेमी, संगीतका मर्मज्ञ, रङ्गमञ्च सज्जाका विशेष ज्ञाता कहलिएका छायाकार एवं कवि जनरल समरशमशेरले आफ्नो तालिमे कलाकारलाई आफ्नै महलका पुराना प्रतिभाशाली अनुभवी कलाकारबाट व्यवस्थित ढङ्गमा तालिम दिन थाले । वेदशमशेर पनि दिलोज्यान दिई कलाकारलाई विशेष तालिम दिन थाले । दुवैबीच एक किसिमले प्रतिस्पर्धा हुन थाल्यो । तालिम दिन र मञ्चन गर्न दुवै समूहले सकेसम्म सम्भ्रँन्त राणा परिवारलाई निमन्त्रण गरी रङ्गमञ्चीय कलाको पर््रदर्शन गरी आ-आफ्नो प्रतिभा दशर्ँउन लगनशील भए ।



समका काका र बाबुको घर अंशबन्डा भएपछि हिन्दी उर्दूभाषाका नाच, गान, नाटकमा विशेष अभिरुचि राखी फजुल खर्च गरी विदेशी भाषालाई एक किसिमले प्रँेत्साहन दिएको समलाई मन परेको थिएन । उनी बाबु र काकाबीच भएको आपसी कुरामा केही बोल्न सक्दैनथे ।



राणा पारिवारिक जीवनसित सम्बद्ध सम तात्कालिक राणाशासकको जगजगी, यिनीहरूद्वारा सञ्चालित राज्यव्यवस्थाको किचाघानमा परेका उनले आफ्नै नाटकमा लेखेका 'सहू, सहू, सहू बाबु सहनै नसके पनि' भन्ने संवाद आफैंंले सहनु परेको अनुभव गरेका थिए । नाट्य सम्राट्को गरिमामय उपाधिबाट विभूषित महान् नाटककारको नाटकको प्रकाशन र मञ्चनले आधुनिक नेपाली नाटकको जग बस्यो, जुन जगलाई कसैले उखेल्ने साहस गर्न सकेन, आजसम्म ।







कान्तिपुरबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम