Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
चीनको हनानबारे छोटकरी जानकारी (चाइना रेडियो) - [2007-02-10]

श्रोताहरु, आजको कार्यक्रमको समय केही बाँकी रहेकाले म तपाईंहरुलाई म हालै पुगेको चीनको मध्य-पूर्वी भागमा पर्ने हनान प्रान्तका बारेमा केही जानकारी दिन चाहन्छु। यो प्रान्त एलो रिभर र हुवाइ ह नदीको बीचको मैदानी भागमा अवस्थित छ। यस प्रान्तको अधिकांश भाग यस प्रान्तमा मात्र सात सय किलोमिटरको वहाव भएको एलो रिभरको दक्षिणी भागमा पर्ने भएकाले यसलाई नदीको दक्षिणतिर अर्थात ह नान भनिएको हो भनिन्छ।



हनानलाई पहिले युचौ भनिने र दुइ हजार वर्षदेखि यो भाग चीनको मध्य भागमा पर्छ भन्ने विश्वास गरिएकाले यस प्रान्तलाई छोटकरीमा यु भनिन्छ। यसका साथै यस प्रान्तलाई चुङ चौ अर्थात मध्य भाग, चुङ युवान अर्थात मध्य मैदानी भाग पनि भनिन्छ। यस प्रान्तको सिमाना चीनका हपै, शान्सी, शान्सी, हुपै, आन्ह्वे र शान्तुङसङ्ग जोडिएको छ जसको क्षेत्रफल एक सय सत्सट्टी हजार वर्गकिलोमिटर छ।



विश्वमा पत्ता लगाइएका एक सय पचास प्रकारका खानीजन्य पदार्थहरुमध्ये एक सय एक्काइसवटा खानीजन्य पदार्थहरु यस प्रान्तमा पाइन्छन जसमध्ये एक्सट् ीवटा खानीजन्य पदार्थहरुको खनन-दोहन गरी उपयोगमा ल्याइएको छ। त्यसमध्ये पनि हनानका अ चालिसवटा खनिज पदार्थहरुलाई चीनका प्रमुख दशवटा खनिज पदार्थहरुको सूचीमा समावेश गरिएको छ।



हनान गहुँ, मकै, कपास, सूर्ति र तेलहन पदार्थहरुको उत्पादनका लागि चीनमा प्रख्यात छ।



प्राचीन कालका बीसभन्दा बढी राजवंशहरुको राजधानी रहेको हनान प्रान्त चिनियाँ संस्कृतिका प्रमुख उद्गम स्थलहरुमध्येको एक हो। हनानमा सात हजार वर्ष पूरानो फैलिकाङ सांस्कृतिक क्षेत्र, छ हजार वर्ष पूरानो यान्शाव सांस्कृतिक क्षेत्र र पाँच हजार वर्षभन्दा पूरानो ताह सांस्कृतिक क्षेत्रलगायतका कैयौं युगान्तकारी पूरातात्विक स्थलहरु पत्ता लगाइएको छ। चीनका सातवटा प्राचीन ूला राजधानीहरुमध्ये तीनवटा राजधानी— शाङ वंशको राजधानी आनयाङ, नौवटा राजवंशहरुको राजधानी लुओयाङ र सातवटा राजवंशहरुको राजधानी खाइफङ हनानमा थिए।



कोइला उत्पादनमा हनान प्रान्त चीनमा दोश्रो स्थानमा रहेको छ। विद्युत, पेट्रोल र ग्यास उत्पादनमा चीनमा पाँचौं,



चं चौ चीको आन्तरिक यातायातको महत्वपूर्ण केन्द्र हो। पैचिङ-क्वाङ चौ, च्याङ सु-सिन च्याङ, पैचिङ-खोलून र भर्खरै शुरु भएको चीनको लियानयुवानकाङदेखि हल्याण्डको रोटरडासम्म जाने रेल-मार्ग पनि चं चौ हुँदै जान्छ।



पाँचवटा उत्तरदेखि दक्षिणतिर र चारवटा पूर्वबाट पश्चिमतिर गरी नौवटा राष्ट्रिय स्तरका राजमार्गहरु यसै प्रान्त हुँदै जान्छन। चीनका अ चालिसवटा शहरसँग सम्पर्क कायम गरिसकेको चं चौ विमानस्थल चीनका दशवटा ूला विमानस्थलहरुमध्येको एक मानिन्छ।



चीनका प्रख्यात पर्वतमालाहरुमध्येको एक शुङ शान पर्वतमाला हनानको सदरमुकाम चं चौको दक्षिण-पश्चिममा पर्दछ जसको मुख्य शिखरको फेदीमा शाव लीन उशुको उद्गमस्थल शाव लीन मन्दिर अवस्थित छ जसले त्यस प्रान्तको पर्यटकीय महत्वलाई झनै बढाएको छ।



करिब सत्तरी लाख हेक्टर खेतीयोग्य भूमि भएको हनान प्रान्त चीनको चर्चित ूलो कृषि प्रान्त हो र कृषिजन्य उत्पादनको महत्वपूर्ण उत्पादक हो। तरकारी, फलफूल, पशुपालनलगायतका हरेक क्षेत्रमा यस प्रान्त अग्रणी स्थानमा रहेको छ।



छोटकरीमा भन्नुपर्दाः



हनान चीनको केन्द्रमा पर्दछ।



चीनका सबै प्रमुख राजमार्गहरु हनान हुँदै जान्छन।



पश्चिमको ग्यास पूर्वतिर लै‍जाने योजना हनान हुँदै जान्छ।



अधिक प्रकारका खेतीपाती गरिन्छ।



र इन्स्ट्यान्ट डम्प्लिङका लागि प्रख्यात छ।









चाइना रेडियोबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम