Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
लाहुरेको रेलिमाई - [2007-04-01]

१८ वर्षे उमेरमा सिंगापुरे पल्टनमा छिरेका लैनबहादुर चेम्जोङ -लिम्बू) २७ वर्ष उतै रहे । जीवनका कैयौं स्मरणीय क्षण लाहुरमै बिताए । बेलाबेलै पाँचथरस्थित आपmनो गाउँ फाक्तेपको सम्झना मनमा उत्रिन्थ्यो । जति सम्झनाले छोप्थ्यो, उति कडा ड्युटीमा खटिन्थे उनी ।

'गाउँ छँदा गो ाला, घाँसपात गरेरै उमेर बिताइयो,' उनी सम्भ“mदै थिए- 'यसो फुर्सत भयो भने पनि 'लु-लु एक डबुको जाँड खाएर घाँस काट्न जा' भन्थे बाआमा ।' यसरी सानैदेखि जिब्रोमा मद्य पानको स्वाद गडे पनि गाउँ छँदै उनले पत्तो पाए मद्यपानले ज्यानलाई निकम्मा बनाउने रहेछ ।



त्यही भएर पल्टनमा केही वर्ष उनले 'त्यो' छोएनन् । तर पल्टनका हाकिम मद्य पान नगर्ने जवानलाई झिनामसिना काममा बढी अलमल्याउने गर्दा रहेछन् । 'अरू धन्दा धेरै गर्नुपर्ने टन्टाले फेरि सुरु गरें,' उनले सुनाए । त्यो लत अझै पनि उनीसँग छँदै छ तर 'भए पनि ीकै छ नभए पनि ीकै छ भन्ने हिसाबले' ।



लाहुर छिरेको ६ वर्षपछि लैनबहादुरले तेर्‍हथुमकी राधिका चोम्बाङ -लिम्बू) लाई भित्र्याए जसका बाबु पनि पल्टने थिए । सन् १९८८ मा लाहुरबाट अवकाश पाएर नेपाल फिर्दा लैन-राधिकासँग तीनै सन्तान शिला, सुषमा र विश्पाल पनि थिए । 'तर उनीहरू उतै फिर्न चाहे,' लैनले सुनाए- 'रहनसहन, बोलीचालीमा तालमेल नमिलेर हो कि, छोराछोरी यता बसेनन् ।' अहिले जे ी छोरी शिला एक चिनियाँ ज्वाइँसँग सिंगापुरमै बस्छिन् भने कान्छी सुषमाले पनि सिंगापुरे व्यवसायी सुनीलचन्द्र शर्मासँग उतै घरजम गरेकी छन् । विश्पाल पढाइ क्रममा प|mान्स पुगेका छन् ।



'पारिवारिक छिन्नभिन्नको कथा हाम्रो मात्रै होइन,' लाहुरे बोलीमा लैनले भने- 'सिंगापुरे पल्टनका कतिपय परिवारमा यस्तै छ ।' सिंगापुरे पल्टनेले सेवानिवृत्ति आपmनै मुलुक फिर्नैपर्ने नियम राम्रो भए पनि उतैको हावापानीमा हुर्केका छोराछोरीले भने क िनाइ झेल्नुपरेको उनको बुझाइ छ ।



यता फिरेर पनि लिम्बू दम्पतीले समय त्यत्तिकै बिताउन चाहेनन् ।



१३ वर्षयता लैनले ललितपुरको एभीएम चोकमा दुई संगातीसँग मिलेर नमस्ते कन्स्ट्रक्सन खोलेका छन् । कन्स्ट्रक्सनमा घर निर्माणका सामग्री पाइने नै भयो, रासनपानी ेक्कादेखि धराने कालो बंगुरको मासुसम्म उपलब्ध छ । धराने कालो बंगुरको मासु लिन लाहुरेहरू दिनहुँजसो आइरहन्छन् । 'घरमै बसेर र पेन्सन खाएर मात्रै जीवन बिताउनुमा मैले चाहिँ मज्जा देखिनँ,' लैनले भने- 'यहाँ बस्यो, साथीभाइ आउँछन् गफ गर्‍यो, अलिअलि आयस्ता पनि हुन्छ ।'



'त्यही हो, शनिबार दुइटा र बुधबार एउटा बंगुरको मासु सकिन्छ,' उनले भने- 'भैंसेपाटीमा रहेको र्फममा ३०-३५ बंगुर पालेको छु ।' आफूले धरान, चितवन र का माडौंबाट बंगुर ल्याउने गरेको उल्लेख गर्दै उनले लाहुरेहरू बंगुर खान बढी सौखिन रहेको बताए ।



लैनले लिम्बू कथामा आधारित 'नुमाफुङ' चलचित्र हेरेका रहेछन् । राई-लिम्बूको बिहाबारी प्रथा, जारी तिरेको कथा, झैझगडा त्यसमा दुरुस्त रहेको उनको टिप्पणी थियो । जातले पाएको भन्दैमा पाँच पाथी कोदाको जाँड एकै दिन खाने तर त्यही अन्न फारु गरेर हप्तौंसम्म रोटी खान नजान्ने आफ्ना जातजातिको संस्कारमा लैनबहादुर आफैं पनि दिक्क थिए ।



'म ता विशुद्ध गृहिणी, के कुरा गर्नु र ?' अर्कातिर लैनपत्नी राधिका भनिरहेकी थिइन्- 'आज छोराछोरी कोही पनि साथमा नहुँदा खुबै रित्तो लाग्छ ।' यसरी पल्टनसँग जोडिएको भाग्य र समयसँग राधिका भने न खुसी थिइन् न त दुःखी । का माडौं फिरेर उनले लिम्बू लिपि सिकेकी रहिछन् । लिम्बू लिपिमा निक्लने किताब पढेर उनी दिन कटाउने गर्दिरहिछन् ।



भलाकुसारीका बेला लैन पनि लिम्बू भाषाको 'तान्छोप्पा' पढिरहेका थिए । सँगसँगै आफ्ना छोराछोरी न लिम्बू भाषा बोल्ने, न पढ्ने ' िमाहा संस्कार' मा आइपुगेको अनुभव सुनाइरहेका थिए ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम