Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
चिन्तक कवी संगै इश्वरको मलामी जादाँ (विश्वास दीप तिगेला) - [2007-04-07]

विचार भाव, अनुभव, अनुभूति, घटना, दुघटना, पीडा तथा खुसिलाई लयात्मक तवरले प्रस्तुत गर्नु नै कविता हो । कवी दयाकृष्ण र्राईको इश्वरको मलामी कविता संग्रह वास्तवमा नाम मात्रै पनि एउटा सिंगो कविता हो। इश्वरका सृ्ष्टी हौ हामी र इश्वरले हामी सबैलाई बरावर माया गर्छ भन्ने विश्वास गर्र्छौ तर हामीले प्रत्येक्ष देखेका छौ । जो दुः खी दरिद छन् उनीहरु माथि नै बज्रपात परि रहेको हुन्छ । जुन गरिब देश छ तिनै देश र ाँउहरुमा भौगोलिक विपत आई रहेको छ । सबैले यसलाई इश्वरको खेल मान्दछौ । जो निम्न वर्गका छन् तिनीहरुलाई नै अधिक एड्स जस्ता रोगले सखाप पार्दैछ । कम्तिमा बाँच्न मात्र पाँउ भन्ने चहाना राख्नेहरु बाँच्न सम्म पाउदैन्न । यो कस्तो न्याय हो - निश्चय नै अन्याय हो । हामीले बुझेका इश्वरले यस्तै अन्याय गर्छन त ? निश्चय नै गर्दैनन् । त्यसो भए इश्वरले गर्ने काममा किन गल्ति भई रहेको छ ? कवी दयाकृष्णले सहि पत्ता लगाउनु भएको छ । हो इश्वरको मृत्यू भएको छ र दाह संस्कार गर्न कोहि मलामी पुगि सकेका छन् भने कोहि हामी मलामी जाने तर्खरमा छौ । जति सम्म इश्वरले गरे - उनी हाम्रो आत्मा विश्वास भित्र पसे । न्याय अन्यायको लेखाजोखा अब होला नहोला तर एकताका हाम्रो मन जितेको इश्वरको मलामी गएरै ऋण तिरौ । अनि गरिब दुःखी जो इश्वर प्रति आस्था राख्दछन् उनीहरु सबैलाई इश्वरको मृत्यू भएको जानकारी पुर्याऔ र जसले गर्दा गलत आसा गरेर मानिसले फेरीफेरी गल्ति नगरोस ।



इश्वरको मलामी संग्रहले अब घर बसेर देश देख्ने जमाना गई सकेको जनाउको घष्टि बजाएको छ । सधै आहालमा बस्ने भ्यागुता झै एकै ाँउ, एकै बस्तुमा रहेर सधै माया प्रिर्तिको कविता मात्र लेख्नु हुन्न भन्ने संन्देश यो संग्रहले दिएको छ । ऐसेलुको वोटमा पीङ खेल्ने कवीहरुलाई साच्चै नै गिल्लि गरेको छ, गिज्याएको छ ।

यस संग्रह भित्र स्पष्ट चिन्तन र विचारहरुको अधिपत्य छ । यी कविताहरु बुझ्न देशविदेशको वातावरण, प्रभाव र इतिहास बुझ्न आवश्यक हुन्छ । कवीले सामाजिक क्रान्तिको घोषणा गरेका छन् । देशका शासक र शासित बर्गलाई साँचो ब्यग्य गरेका छन् । नैतिक शिक्षाको महत्वलाई जोड दिएका छन् । गलत इतिहास र वर्तमान विश्वको कुसंस्कार संग कवी आक्रोशित बनेका छन् । संग्रहमा उनका विचारहरु जति उत्तेजित छन् त्यति नै उनले गाँउका भञ्ज्याङ र चौतारी घुमेका छन्, देउरालीमा पाती चर्ढाई रहेका छन् । उरन् ेउला उमेरमा गो ाला गर्दा, खेताला जाँदा र मेला भर्दा उनले माया प्रिर्ति पनि लाएका छन् । संग्रहको सर्वोपरी पक्ष चाहि उनको चिन्तन हो । उनका केही कविताका हरफहरुः



आफूलाई

बिग्रिएकी केटी घोषणा गरि सकेकी तसलीमाले

कुमारी मेरीको कोखबाट

जन्मिएको येशूलाई अवैध सन्तान भनिदिएपछि । यो प्रस्तुतीले सिंगो घटनालाई मात्र दर्शाउदैन, वास्तविक पक्षलाई पनि उधिनेको छ ।



सा ीलाख यहूदीहरु जलाएर खरानी बनायौ

तर खोई तिनीहरुको अस्थितो मेटाउन सकेको.. ?



यो प्रस्तुतीमा विश्वकै इतिहास समेटिएको छ र चुनौती पनि । गहिरो अध्यायन र स्वस्थ चिन्तनबाट मात्र लेख्न सकिने यी हरफहरुको अस्थितोको सवालमा कवीको प्रंससा होइन कदर गर्नु पर्छ । उनी कुनै आँसु कवि होइन तर चिन्तक कवी भन्दा गल्ति नहोला ।



हो, मलाई त्यही ढुङ्गा चढ्ने रहर छ

जसरी कोलम्बसले

इष्डिया पत्ता लगाउन जाँदा

अमेरिका पत्ता लगाए

झन कति अचम्म ? यी कविताहरुले माथि उल्लेखित विषयलाई थप बल पुर्याउछ ।



आफू निर्वस्त्र भएर अरुलाई कुरी गर्नेहरु हो

तिमीहरुले आफ्नो परम्परालाई भूल्नु हुदैन भनेर अनभिज्ञ छौ । कवीले हाम्रा कुसंस्कार माथि औला ड्याएर चेतनाका कुरा गरेका छन् ।



भूपि दाई, उहिले तपाईले देख्नु भएको

पुरानो नेपालका

मगन्ते बालकहरुका

अखबार र झुत्रा बोराका लुगाहरु

कालुपाण्डेको लुगाजस्तै म्यूजियममा झुण्डीनुपर्ने थियो

तर ती लुगाहरु अहिले पनि

नेपालका मगन्ते वालकहरुकै आङमा झुण्डिरहेका छन्

यसरी नै लोकतान्त्रिक नयाँ नेपाल पनि

भिरको चिण्डो भएर तुन्द्रङ....

न तल न माथि भएर झुण्डि रहेको छ । यी कविताको हरफमा सिंगो देशको ऐना छ । देशका शासकहरुमा दरिलो ब्यग्य छ ।



आफ्ना कर्मशीत दुइ हातहरु छदाँछदै

दुख्ख पाइयो भन्दै कर्मलाई दोस्नुहुन्न

अरुले पसिना बगाएर आर्जेको

परिश्रमको फल लुच्चा भएर खोस्नु हुन्न.... यहाँ सामाजिक विकृति र नैतिक पा सिकाउनु भएको छ । जम्मा ३८ वटा कवितालाई समेटिएको यो संग्रह विश्व परिवेश बुझ्न इतिहासको धरातल बुझ्न र सामाजिक विसंगति बुझ्न पढ्न छुटाउनै नहूने कृतिको रुपमा जन्मिएको छ ।



गतिशिल कविताहरुको यो संग्रह भित्र रहेका सबै कविता अति राम्रा छ भनेर दावा गर्न सकिन्न तर अति अश्लिलतालाई ध्यान पुर्याएर कम गरेको भए सुनमा सुगन्ध हुने थियो । यो संग्रहमा कवीको आफ्नै अनुभव र अनुभूति पनि छ । कवीले आफ्नो कृति मार्फत आफ्नो परिवार दर्शाउने परम्परालाई निरन्तरता नदिएको भए राम्रो हुने थियो किन की पा क रुची सिर्जना संग हुन्छ । संग्रहको सम्बन्धमा युवा कवी शशि लुमुम्भूले लेख्नु भएको भूमिका अपुरो झै भान हुन्छ । वहाँले विचार र चिन्तनका कविताहरु भन्न नै भूल्नु भएको छ । अग्रज साहित्यकार मंजुलले लेख्नु भएको भूमिका संग्रह संग ्याम्मै नमिलेको आभाष हुन्छ । संग्रहलाई राम्ररी पढेर लेखि दिनु भएको भए राम्रो हुने थियो त्यो भन्दा अझ राम्रो त कुनै भूमिका नै कृतिमा नराखेको भए हुने थियो ।





विश्वास दीप तिगेला

३ अप्रिल २००७, कोसभो







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम