Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
सहिष्णुताको माला गा“स्ने चाड (डीबी आङबुङ) - [2007-05-03]

उभौली चाड नेपालका आदिवासी/ जनजातिहरूमध्ये किरात लिम्बू, र्राई, याक्खा र सुनुवारले मनाउने विशेष पर्व हो । यो चाड प्रत्येक वर्षवैशाख पूणिर्माको दिन पर्छ । यस चाडलाई समग्रमा उ“भौली भनिए पनि प्रत्येक जातिले आ-आङ्खनै तरिकाले सम्बोधन गर्छन् । लिम्बू जातिले 'याक्वा', र्राईहरूले 'साकेला उ“भौली', सुनुवार -कोञीच/ कोइ“च) हरूले 'सालिवा/जत्ना' वा 'मूली ष्या“दर' र याक्खाहरूले 'तेन्ताम्मा' नामले यस उ“भौली चाडलाई पुकार्छन् ।

किरातहरूले वर्षरिको समय अवधिलाई विशेषतः उ“भौली र उ“धौली गरी दर्ुइ भागमा विभाजन गर्छन् । यसमा उ“भौली चाड वैशाख पूणिर्मामा पर्छ र उ“धौली चाड मङ्सिर पूणिर्मामा । उ“भौलीको अर्थ उ“भो जाने याम हो भने उ“धौली उ“धो जाने यामको रूपमा मानिन्छ । किरातहरू उ“भौलीको समयमा गर्मीयाम सुरु भई सम्पर्ूण्ा चराचुरुङ्गी, पशुपन्छी, माछा र कीरा-फट्याङ्ग्राहरू उ“भो लेकतिर जाने विश्वास गर्छन् । यो उ“भौली याम आरु फुलेको समयबाट प्रारम्भ हुने विश्वास छ । यही याममा नया“ बीउबिजन छरपोख गर्दा नया“ पलाएका पालुवास“गै छरिएका बीउहरू पनि वातावरण अनुकूल भई सप्रि“दै जाने विश्वास गरिन्छ ।



आफूलाई 'किरात' भन्ने लिम्बू, र्राई, याक्खा, र सुनुवार आदि जातिहरूले यो उ“भौली चाडमा भूमिपूजा र पर्ुखाको सम्झना गर्छन् । यसक्रममा लिम्बूहरूले परापर्ूवकालदेखि गरिआएको कुनै उच्च डा“डापाखामा भेला भई विशेष पूजाआजा गर्छन् । यसरी गरिने अनुष् ानमा भूमि, हावा, पानी, आगो र जीव तथा वनस्पतिको पूजा गर्ने गरिन्छ । यसका साथै लिम्बूहरूले आङ्खनो इष्टदेव तागेरा निङ्वाभुमाङ तथा युमा र थेबा साम्माङको पूजा गर्छन् । त्यसैगरी मानवजातिलाई अन्नको पहिचान गर्न र खेती गर्न सिकाउने पर्ुखाहरू खाम्जिरी खाम्बोङ्बा, मुगर्ुइ थल्लङ्हाङ, याभुङ्ग्रेक याभुङ्ग्रेक्मा, मादेनहाङ लुङ्गुमहाङ, नुगोहाङ र हायुहाङको पूजाअर्चना गर्छन् । यसरी नै लिम्बूहरूले पुज्ने अन्य देवीदेवताहरूमा मिसेक्पा -आगोको देवता) ताम्भुङ्ना -वनको देवता), तक्सङ्बा -लेकको देवता) मुदेनहाङ्मा -उत्तरको देवता), तेन्छामा



-दक्षिणको देवता), खञ्जमा -उत्तर-दक्षिण डुलिहि“ड्ने देवता) वजमा -गुरु देवता) र वरक्मा -पानीको देवता) को पनि पूजाअर्चना गर्छन् ।



यो याक्वा चाडको अवसरमा गरिने पूजा आ-आङ्खनै घरमा एकल र गाउ“वासी सबै मिलेर कुनै डा“डापाखामा सामूहिक रूपमा पनि गरिन्छ । यो अनुष् ान गर्दा लिम्बूहरूको फेदाङ्मा -देवारी) ले सृष्टिको वर्ण्र्ाार मानवजातिले खेतीपाती गर्न सुरु गरेको मुन्धुम वाचन गर्ने गर्छन् । यस अवसरमा लिम्बूहरूले धान खेतीस“ग सम्बद्ध नृत्य धाननाच र घरनिर्माणस“ग सम्बद्ध नृत्य च्याबु्रङ नाच नाच्ने गर्छन् । त्यस्तै खडेरी र वषर्ास“ग सम्बद्ध खेल छेलो पनि हान्ने गरिन्छ ।



किरात र्राईहरूले साकेला उ“भौली मनाउ“दा आफू बसोबास गरेको ाउ“अनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा चुला पुजेर मुन्धुमअनुसार पूजाअर्चना गर्ने गर्छन् । र्राईहरू वैशाख पूणिर्माको दिनदेखि साकेला नृत्य ढोल, झ्याम्टा, सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लाससाथ सबै उमेरका मानिसहरू एकसाथ वृत्ताकारमा गीत गाउ“दै नाच्ने गर्छन् । उक्त साकेला नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडी गरिन्छ भने विभिन्न नृत्यका भावहरू सिलिमाङ्पा तथा सिलिमाङ्माको निर्देशनअनुसार वृत्ताकारमा ढोल-झ्याम्टाको तालमा प्रस्तुत गरिन्छ ।



किरात र्राईहरूले सुम्निमा र पारुहाङलाई आङ्खना आराध्य आदिपर्ुखा तथा धरती र आकाशको प्रतीकका रूपमा पनि मान्छन् । त्यसैले साकेला थानमा स्थापना गरिएका एकजोडी शिलाहरू -सेतो र कालो) लाई सुम्निमा र पारुहाङको प्रतिरूप मानिन्छ । यस चाडमा नाचिने सिलीहरू म्ाानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपन्छीस“गको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ाउ“ र थर हेरी धेरै प्रकारका हुन्छन् । यो चाडमा विशेषतः पर्ुखाले खोरिया फा“डेको, खनजोत गरेको, बीउबिजन छरपोख गरेको तथा प्रकृति र पर्ुखालाई मानसम्मान गरेका सङ्केतहरू अनुकरण गरेको पाइन्छ ।



किरात सुनुवारहरूले यो उ“भौली पूजालाई 'मूली ष्या“दर' वा 'सालिवा' भनेर मान्छन् । सुनुवार जातिको सबैभन्दा ूलो चाड नै यो उ“भौली 'मूली ष्या“दर' हो । सुनुवार संस्कृतिअनुसार जन्ममूली, रत्नमूली, दुमामूली -सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता) देखि लिएर जून, घाम, तारा, आकाश, पाताल, हावा, पानीजस्ता प्रकृति पूजादेखि संसारका सबै देवीदेवताको पूजा गरिन्छ । यो पूजा मूलतः कृषि बालीनाली सप्रियोस् र पशुपन्छी पालन राम्रो होस् भनेर गरिन्छ । अन्नबाली सप्रियोस् भन्नका लागि 'सुरोम' पानी समयमै परोस् भन्नका लागि 'सिमेभूमे', रोगव्याधिबाट बच्नका लागि 'संसारी माई', पशुपालन सप्रोस् भन्नका लागि 'सिदाबाजे' र शान्तिका लागि 'गोसाडे' को पूजा गर्ने गरिन्छ । यही अवसरमा सुनुवारहरूले पनि आङ्खनो मौलिक पोसाक र बाजागाजासाथ रोचक नृत्य गर्ने गर्छन् ।



विशेषगरी नेपालको पर्ूर्वी भाग संखुवासभामा बसोबास गर्ने किरात याक्खाहरूले पनि यो उ“भौली चाडलाई उत्तिकै महत्त्वसाथ मान्छन् । याक्खाहरू यस चाडलाई 'तेन्ताम्मा' भनी सम्बोधन गर्छन् । यो तेन्ताम्मा पूजा सम्पर्ूण्ा गाउ“वासी मिली एकसाथ गर्ने गर्छन् । यो पूजालाई भूमिपूजा पनि भन्ने चलन छ । यसमा विशेषतः आ-आङ्खनो पर्ुखाले पहिलोपल्ट टेकेको भूमि र उनीहरूले पहिलोपल्ट पिएको पानीको मूल -मूलपानी) को पूजा गरिन्छ । याक्खाहरूले पनि यो उ“भौली चाडमा मौलिक बाजा च्याब्रुङ र झ्याम्टासाथ आङ्खनै पोसाकमा सजिएर महिला-पुरुष एकसाथ च्याबु्रङ र धाननाच नाच्ने गर्छन् ।



आदिवासी/जनजाति लिम्बू, र्राई, याक्खा र सुनुवारहरूको मात्र नभएर अन्य जनजातिहरूको चाड पनि यही याममा पर्छ । यही याममा धिमालहरू 'सिरिजात' पर्व भूमिपूजाको रूपमा मनाउ“छन् । यसरी नै थारुहरूको 'सिरुवा पावैन', गुरुङहरूको 'तो“ते', तामाङहरूको 'छेचु', शर्ेपाहरूको 'दुम्जी' तथा 'न्युग्ने' र मगरहरूको 'घाटुनृत्य' नाच्ने समय पनि यही याममा पर्छ । हिन्दू तथा बौद्धमार्गीले मान्ने पर्व चण्डीपूणिर्मा पनि यही वैशाख पूणिर्मामै पर्नुले यो चाड नेपालीलाई धार्मिक र सांस्कृतिक सहिष्णुताको मालामा गा“स्ने पर्वको रूपमा विकास हुनसके हामीले चाहेको स्थायी शान्ति र दिगो विकास हुनुमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम