Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
लालीगुरासले राताम्मे राजमार्ग (राममणि दाहाल) - [2007-05-21]

गत फागुनको पहिलो सातामा हिउँले सेताम्य भएको दामन(पालुङ क्षेत्र यतिबेला लालीगुराँसले राताम्य भएको छ । माघको मध्यदेखि फूल्न सुरु भई बैशाखको मध्यसम्म रहने लालीगुराँसले त्रिभुवन राजपथको रौनकता बढाइदिने गरेको छ ।



लालीगुराँसले ल ् यात्रुहरूको मन जहाँ भएपनि आँखाचाहिँ राताम्य डाँडापाखा र गुराँसको थुङ्गामा ।



हिजो आज लालीगुराँस हेरेर र टिपेर मन बहलाउनमात्रै भएपनि कतिपय आधा शताब्दी पुरानो त्रिभुवन राजपथ भएर यात्रा गर्छन् ।



जर्ीण्ा र जर्जर वन्दै गएको त्रिभुवन राजपथको राष्ट्रिय फूल लालीगुराँसले लाली थपिदिएको छ र वनपाखा उज्यालो पारिदिएको छ ।



त्यसैले पनि लालीगुराँससँग साइनो गास्न आउनेहरू मात्र होइन बिरानो बन्दै गएको त्रिभुवन राजपथ भएर यात्रा गर्नेहरू लालीगुराँस फूलेको हर्ेदा हर्ेर्दै बाटो कटेको पत्तै पाउँदैनन् ।



लालिगुराँस फुलेको रमणीय दृष्य हेर्ेर्नेमात्र होइन कतिपय यात्रुहरू आफै लालिगुराँस टिप्छन् त कतिपयले सडक दायाँबायाँ वसेर स्थानीय बालबालिकाहरूले बिक्री गर्ने गरेको लालिगुराँस किनेर गन्तव्यतर्फलाग्ने गदर्छन् ।



त्रिभुवन राजपथ भएर यात्रा गर्दा राजपथ वरपरका बालबालिकाहरू राजपथका घुम्तीहरूमा उभिएर कोमल लालीगुराँसे हातहरूअघि बढाउँदै यात्रुहरूलाई लाली गुराँस किन्न आग्रह गर्छन् ।



त्रिभुवन राजपथमा यात्रा गर्दा स्कूले विद्यार्थीहरू लालिगुराँसको मु ् ा पारेर ग्राहको पर्खाइमा बसिररहेको देख्न पाइन्छ ।



स्थानीय जङ्गलमा लालिगुराँस फुल्न थालेपछि स्थानीय बालबालिकाहरूको नजिकैको जङ्गलबाट लालिगुराँस टिप्नु र सडक छेउमा वसेर ग्राहकको प्रतीक्षा गर्नु दिनचर्या नै वन्छ ।



उनीहरू जङ्गलमा गएर ज्यानलाई जोखिममा पारेर लालिगुराँस टिप्छन्, दिउँसोप्रति मु ा पाँच रुपियाँसम्ममा बिक्री गर्छन् र आफ्नो दैनिक खर्च जुटाउँछन् ।



त्रिभुवन राजपथमापर्ने नामटार गाउँ विकास समितिको लामिडाँडादेखि का माडौँतर्फकरिब ४० किलोमिटर राजपथको दायाँबायाँ लालीगुराँसले ढकमक्क ढाकिएको छ ।



मकवानपुर जिल्लामा पर्ने महाभारत र चन्द्रागिरि पर्वतमा अवस्थित झण्डै एक दर्जन गाविसहरूमा विभिन्न रङ्ग र प्रजातिका लाली गुराँसहरू पाइने गरेको छ तर लालीगुराँस टिप्दा हाँगैसमेत लछारेर टिप्ने र घाँस दाउराका लागि लाली गुराँसको बोट नै काट्न थालेपछि लालीगुराँस सङ्कटमा पर्न थालेको छ ।



अर्काेतर्फलाली गुराँसका दाउराको आगो बढी रापिलो र बढी समयसम्म टिक्ने भएकोले पनि का माडौँ उपत्यका र वरपर बजारका सुनचाँदीका गरगहना बनाउने ज्यासलहरूमा गोल बनाएर पुर्‍याइने गरिन्छ ।



अनियन्त्रितरुपमा लाली गुराँसको कटानी हुन थालेपछि करिव डेढ दर्जन प्रजातिका लाली गुराँस पाइने मकवानपुरमा अहिले मुस्किलले आधा दर्जन प्रजातिका लाली गुराँस देख्न पाइन्छ ।



लालीगुराँसको महìव क्रमसँगै लोप हुन लागेको आभाष पाएपछि स्थानीय वासिन्दा आफै लालीगुराँसको संरक्षणमा जुटेका हुन् ।



समितिलेे जनचेतना अभिवृद्धि गर्ने कार्य सुरु गर्ने क्रमसँगै लालीगुराँस अवैधरुपमा कटानी गर्नेलाई जरिवानासमेत गर्ने नीति बनाएको छ ।



लालीगुराँस कटानी गरेमा पहिलो पटकमा एक हजार, दोस्रो पटकमा एक हजार पाँचसय, तेस्रो पटकमा दर्ुइ हजार रुपियाँ जरिवाना र चौथो पटक पनि काटेमा वन ऐनमा उल्लेख भए अनुसार कारवाही गर्न प्रक्रिया अगाडि बढाउने प्रावधान बनाइएको छ ।



जिल्लाको विभिन्न स्थानमा विगतमा सेतो, रातो, निलो, गुलाबी, फुस्रंो रातोलगायतका रङ्गको लालीगुराँस पाइने गरेको भए पनि अहिले मूलत रातो र फुस्रो रातो रङ्गको गुराँसमात्र पाइन्छ ।र्

पर्वतीय वर्षो अवसरमा दामन स्थित वनस्पति उद्यानलाई पर्वतीय वनस्पति उद्यान नामाकरण गरी लालीगुराँस संरक्षण गर्ने उद्देश्यले विभिन्न प्रजातिका लालीगुराँस रोपिएका छन् ।



उद्यानलाई लालीगुराँस उद्यानको रुपमा विकास गर्न लालीगुराँसको संरक्षण र विकासमा प्राथमिकता दिइएको छ ।



उद्यान र वरपरको क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँसहरू रोप्ने लक्ष्य समितिले लिएको छ ।



घाँटीमा माछाको काँढा वा गँहुको कन अडि्कदा गुराँसको फूल खाने र फूल नपाए गुराँस(गुराँस भन्ने प्रचलन अझै पाइन्छ ।



मकवानपुरको उत्तरी क्षेत्रमा ढकमक्क फुलेर राताम्य हुने र खेर जाने गरेको गुणकारी लालीगुँराश फूल जुश उत्पादन गरेर उपयोग ल्याइएका छन् ।



स्थानीय सामुदायिक वनहरूको सक्रियतामा मकवानपुरको महाभारत पर्वत श्रृङ्खलामा पर्याप्त रुपमा पाईने लालीगुराँसलाई सदुपयोग गरी आयआर्जन गर्न जुश उत्पादन सुरु गरिएको हो ।



नामटार गाउँ विकास समितिका अघोर(महाभीर र झिरघारी सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध महिलाहरूले वनपाखामा फूलेका लाली गुराँस टिपेर ल्याई जुस बनाउन सुरु गरेका हुन् ।



महिलाहरूको सहभागितामा लालीगुराँसको जुस बनाउने उद्योग सञ्चालन गर्न सामुदायिक वनका ११ महिलासहित १५ जना गुराँसको फूलको जुस बनाउने तालिम प्राप्त गरिसकेका छन् ।



डाँडापाखामा फूल्ने गरेको लालीगुराँसको पर्यटकीय महत्व जति छ त्यो भन्दाबढी चुनौतीपूण्ा गुराँसको संरक्षण गर्नु रहेको छ ।



लालीगुराँसको जुश र र्सवत बनाएर आम्दानीको स्रोत बनाउन स्थानीय बासिन्दा लागेपछि त्यसले गरिवी निवारणमा सहयोगसँगै गुराँसको संरक्षणमासमेत सहयोग पुग्ने आशा पलाएको छ ।





राममणि दाहाल

Gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम