Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
रङै रङले सिगारिएको चम्पापुर (जयदेव भट्टर्राई) - [2007-06-06]

ललितपुरको रमणीय ग्रामीण भेगका कलाकारहरू हातमा क्यानभास, ब्रस र रङ लिएर छरिए, कोही चम्पापुर -चापागाउँ) स्थित बज्रबाराही मन्दिर परिसरमा बसेर मन्दिर र वरपरको दृश्य चित्रमा उतार्न थाले त कोही धापाखेलतर्फलागे । झरुवारासी, प्याङ् गाउँ, आनन्दवन मात्र होइन ेचो, छम्पी, सुनाको ी, टीकाभैरव जस्ता ाउँमा बिहानको १२ बज्दा नबज्दै कलाकारहरू छरिसकेका थिए । अपरान्हको चार नबज्दै सबै कलाकार फेरि बज्रबाराही परिसरमा जम्मा हुँदा 'चम्पापुर कला महोत्सव- २०६४ करिब करिब समापन भइसकेको थियो । औपचारिक रूपमा समापन भए पनि नेपाली कला जगत्मा एउटा थप उल्लेख्य प्रयासको थालनी भएको थियो । १२ देखि चार बजेसम्मको समयावधिमा वरिष् देखि कनिष् सम्मका झण्डै ६० जना कलाकारले ७० वटा कलाकृति सिर्जिसकेका थिए । यसबीचमा परेको झमझम पानीले दृश्यचित्र सिर्जना गर्न गएका कलाकारहरू गाउँ-जङ्गल, पहाडमा पानीबाट बच्न ओतको खोजीमा मात्र लागे, पानीबाट क्यानभास बचाउन पनि बल गर्दै थिए । 'पानीले सिर्जना गर्नै दिएन' भन्दै न्रि्रुक्क भिजेर र्फकने दर्ुइ-तीनजना कलाकार भेटिए, कति दृश्यचित्र बनाउने कार्यक्रम भए पनि मनमा चम्पापुर बोकेर पछि कला सिर्जना गर्ने कार्यक्रम बनाउन थाले ।



चम्पापुर जेसिज र नेपाल कमर्सियल आर्टिष्ट सङ्घको संयुक्त आयोजना तथा निम्तोमा गएको शनिवार ऐतिहासिक तथा सांस्कृतिक स्थल चम्पापुर -चापागाउँ) मा साना- ूला कलाकारहरूको घुइँचो लागेको थियो । यसैमा मिसिएका थिए केही पत्रकार, कला समीक्षक, कवि-कवयत्रीसमेत । चम्पापुर कला महोत्सव-२०६४ का सर्न्दर्भमा चम्पापुर क्षेत्रको एकदिने स्थलगत चित्रकला कार्यशालाको उद्घाटनको औपचारिक कार्यक्रम बज्रबाराही मन्दिर छेउमै गरिएको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङ ललितपुर क्षेत्र नं. १ का सांसद सुशीला नेपाल, सङ्घका अध्यक्ष एवं कलाकार आई. बी. मल्ल, चम्पापुर जेसिजका अध्यक्ष जयराम के.सी. नेपाल जेसिजका अध्यक्ष अनुपमान सैँजू, रामभक्त महर्जन आदिले बोल्दाको क्षणले करिब एक घण्टाको समय लियो । प्रमुख अतिथिले क्याभासमा चित्र कोरेर कार्यक्रमको उद्घाटन गर्नुभएपछि नै क्यानभासमा चित्र कोर्न कलाकारहरू हतारिसकेका थिए । कार्यक्रम औपचारिक रूपमा समाप्त नहुँदै कलाकारहरू कला सिर्जना गर्ने स्थलको चयनमा यत्रतत्र छरिइसकेका थिए । बिहानको खानापछि क्यानभास, कुची र ब्रस लिएर कलाकारहरू यताउता लागे । केही पत्रकार, कला समीक्षक, कवि-कवयत्री भने झमझम परेको पानीबाट बच्न मन्दिरको प्रवेशद्वारमा ओत लागेर बसे करिब दर्ुइ घण्टा ।



मौसमले साथ दिएपछि कलाकारहरूको कला सिर्जना हेराउने अवसर जुटाए आयोजकहरूले । कला सिर्जन हर्ेर्ने क्रममा ललितपुरको नाम जस्तै सुन्दर ललितपुर हेरियो । कतै चापागाउँको मौलिक संस्कृतिको सुन्दर दृश्य त कतै परम्परागत पेसामा रमेका वृद्ध-वृद्धाको कलात्मक सीप । प्राकृतिक सांस्कृतिक सुन्दरता त छँदै थियो । यतिखेर पर्यवेक्षक बनेर पुगेकाहरू रमाएका थिए । एउटा कलात्मक स्थानको अनेकौँ आकर्ष पक्ष देखेर । परिश्रमी वृद्ध, प्याङ् बनाएर जीवनलाई प्याङ् जस्तै मौलिक र सुन्दर बनाउने वृद्ध-वृद्धा, चापागाउँको परम्परा, शैली साँच्चै कलात्मक ।



वरिष् कलाकार उत्तम नेपाली क्यानभास बोकेर यताउता त जानुभएन तर क्यानभासमा चित्र कोर्ने नयाँ पुस्ताका कलाकारहरूलाई प्रोत्साहित गरिरहनुभएको थियो । कला महोत्सवमा रम्दारम्दै पनि खै के कुराले पिरोले जस्तो देखिनुहुन्थ्यो उहाँ- 'अब हामी कलाकारहरूले विभाजित भएर जानु हुँदैन, कला समग्र हो यसलाई विभाजन गरिरहनु पर्दैन....' कलाकारहरू एकजुट भएको हर्ेन रुचाउने उत्तम नेपाली साहित्य र कलाका साधकहरू पनि सँगै हिँड्नुपर्ने इच्छा राख्नु हुन्छ । जेहोस् क्यानभास, ब्रस-रङको सौर्न्दर्य र कलात्मक वातावरणले भने उहाँलाई पनि कला सिर्जना गरौँ- गरौँ लाग्यो । उहाँ भन्दै हुनुहुन्थ्यो- 'अब यहाँका अनुभव बटुलेर चित्र कोर्नुपर्छ ।' के. के. कर्माचार्य, श्यामलाल श्रेष् , मदन चित्रकार, आई. बी. मल्ल, यादवचन्द्र भर्ूर्तेल, शङ्करराज सिंह सुवाल, गौतमरत्न तुलाधर, नरेन्द्रबहादुर श्रेष् , आलोक गुरुङ, सुरेन्द्रराज भट्टर्राई, रमेश खनाल आदि जस्ता वरिष् कलाकार पनि कला महोत्सवमा सहभागी हुनुहुन्थ्यो । डा. राम पाल्पाली, राजेन्द्र के. सी., सृजन राजभण्डारी, अजय देशार, बाबुराजा द्यौला, राजन काफ्ले, अर्जुनकुमार र्राई, टीका र्राई, रीति महर्जन, ज्ञानेन्द्र विवश आदि कलाकारहरूको सहभागिताले कला कार्यशाला रङमय बनेको थियो ।



रङै-रङको उत्साहमा रङहीन पानीले केही घण्टा कलाकार र आयोजकलाई अत्याए पनि कला महोत्सवको उत्साहमा कलाकारहरू उत्साहित नै थिए । घले गाउँ, धुलिखेल हुँदै चापागाउँसम्म आइपुगेको नेपाल कमर्सियल आर्टिष्ट सङ्घको यो यात्राले १२ घण्टाको समय खर्चियो । यो समयावधिमा भएका कला सिर्जना, कला मन्थन, कला चिन्तन र कलाका भावी योजनाले कला जगत्मा पक्कै पनि टेवा पुर्‍याउने नै छ । ६० जना कलाकारले सिर्जना गरेका ७० वटा कलाकृतिलाई असोज महिनामा पर््रदर्शन गर्ने र त्यसपछि मुलुकको विभिन्न भागमा पर््रदर्शन गर्ने योजना रहेको छ आयोजकले । रङको यो यात्राले अरू कैयौँ कलाप्रेमीहरू उत्साहित भए भने, कलाप्रति रुचि बढ्दै गयो भने, कलाको माध्यमबाट ग्रामीण पर्यटन पर््रवर्द्धन गर्ने आयोजकको उद्देश्य पक्कै पनि सफल हुनेछ । रङ, क्यानभास, ब्रसले जे ५ गते शनिवार ललितपुर रङमय बनेको थियो, कलाको यो गहन रङले पक्कै पनि धेरैको मन रङीन -कलात्मक) बनाएको हुनर्ुपर्छ, रङ-क्यानभाससँग खेल्न धेरैलाई प्रेरित गरेको हुनर्ुपर्छ । नेपाल कमर्सियल आर्टिस्ट सङ्घ र चम्पापुर जेसिजको आयोजना, सोचाइ, सक्रियता साँच्चै प्रशंसनीय छ रङ जस्तै राम्रो ।



from: Gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम