Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
प्राकृतिक आनन्द, सुन्दर र रमणिय स्थल पाख्रीबास (सरस्वती कार्की) - [2007-06-11]

धनकुटा, घरि कुहिरो, घरि वषा । अनि केही छिनमै पारिलो घाम । एकातिर प्राकृतिक सौन्दर्य, अर्कोतिर बेलायती सहयोगमा बनेका आवास गृह, तालिम हल, गोरेटा बाटा । धनकुटाको पाख्रीबासको कृषि अनुसन्धान केन्द्रका आवास गृह र तालिम हलहरु यतिबेला कुनै दिन खाली हुँदैनन् ।

प्राकृतिक आनन्द, सुन्दर र रमणिय स्थलहरु त छँदैछ । सस्तो र सुलभ तरिकाले बस्ने, खाने व्यवस्था अनि मोबाइल सम्पर्कबिहीन हुनु पनि यो केन्द्र तालिमका लागि निकै फाइदाजनक मानिन्छ ।



व्यक्ति होस् या परिवारसहित, विशेष गरी तराईको प्रचण्ड गर्मी खाएका आन्तरिक पर्यटकहरु चिसो सास फेर्न यहाँ आउने गर्छन् । 'धेरैले गर्मीमा पाख्रीबासमा तालिम गर्न राम्रो छ भने' राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरका अधिकृत भानुभक्त आचार्यले भने- 'सुरुमा आएर हेरियो । यति राम्रो ाउँ छोडेर अन्त जानै सकेनौंं ।' आयोग मानव अधिकारसम्बन्धी चार दिने तालिम दिन बिराटनगरबाट पाख्रीबास आएको हो ।



यहाँको प्राकृतिक वातावरणले प्रशिक्षार्थीलाई सिक्न र प्रशिक्षकलाई सिकाउन ध्यान केन्दि्रत हुने भएकोले यहाँ गरिने तालिम निकै उपयोगी हुने अनुभवीहरु बताउँछन् । 'तालिममा मोबाइलले निकै हैरान लगाउँथ्यो' उनले भने- 'यहाँ न त मोबाइलको समस्या न त गर्मी न धेरै चिसो । जता हेर्‍यो उतै आनन्द ।'



न्यूनतम अढाइ सयदेखि अधिकतम ५ सय जना अट्ने यहाँ चारवटा तालिम हलहरु छन् । गर्मी महिनामा तालिम हल र आवास गृह सधै भरिने एक कर्मचारी जयनारायण सुब्बाले बताए । प्रतिहल प्रतिदिन ८ सयदेखि २ हजार रुपैयाँ पर्छ ।



प्रतिबेड प्रतिरात ३० रुपैयाँ



पर्छ । सामान्य को ाको ५० देखि भिआइपीको २ सय रुपैयाँ पर्छ । शाकाहारी खानाको ४० रुपैयाँ र मांसहारीको ८० रुपैयाँ पर्छ । द्वन्द्वको अबस्थामा सुनसान बनेको केन्द्रमा अहिले आन्तरिक पर्यटक र तालिम लिने दिनेको भीड हुने गरेको उनले बताए ।



'सधैभरि यस्तै ाउँमा काम गर्न पाए कति आनन्द हुनेथियो' प्रकृतिको आनन्द सँगै कम्प्युटरमा काम गरिरहेका बिदुर सुवेदीले कल्पनामा डुब्दै भने । यहाँ आउनेले समय कटाउन र फोटो खिच्न केन्द्रभन्दा बाहिर घुम्न जानुपर्दैन । कृषि अनुसन्धन केन्द्रमा रहेका जनावर, बनस्पति, बीउबिजन, फलफूल नै आकर्षक छन् । टपक्कै टिपेर खान सकिने आलु बखडा यतिबेला लटरम्म फलेका छन् । प्रति केजी तीन रुपैयाँ पर्ने बखडा नजिकैका बजारहरुमा २५ देखि ३० रुपैयाँ पर्छ । तालिमका लागिमात्र हैन, मानसिक र शारीरिक आराम गर्न र परिवारसँग रम्नसमेत अधिकांश यहाँ आउने गर्छन् ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम