Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
स्वच्छ छविको कवि (अनिल कोइराला) - [2007-06-17]

बेलाबेलामा अनौ ा अनौ ा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न मन लाग्छ । कैले कर्मचारी बनेर का माडौँमा घरबारी जोड्न मन लाग्छ । कैले हार खाएर सधैँ बेरोजगार बस्न मन लाग्छ । कैले दिमागको बोझ अलि कम हुन्छ र घरजम गर्न मन लाग्छ । कैले रोगी हुन मन लाग्छ त कैले जोगी हुन मन लाग्छ । कैले स्वच्छछविको हुन मन लाग्छ तर अहिले भने धुरन्धर कवि हुन मन लागिरहेछ । "थुइक्क बजिया ! केही सिप नलागेर अब कवि बन्ने जङ् चल्यो -" चल्यो भनेपछि चल्यो । मलाई जङ् चलेपछि सबैलाई दङ् पार्दिन्छु । के गर्ने त - यो संसारमा कवि बन्नभन्दा सजिलो अरू केही देख्नुभा'छ - कति सजिलो छ । जे लेख्दिए पनि हुन्छ । बुझे ीकै भयो, नबुझे झन् खतरनाक कवि ! आफैले पनि नबुझ्ने खत्तम कविता लेख्न सके त झन् उत्तम । बुझ्नेले बुझीखाऊ, नबुझ्नेले कानेगुजी खाऊ भन्थ्यो मेरो साथी पिलन्धरप्रसादले, त्यस्तै हो । दर्ुइलाइन एउटाको सार्‍यो, दर्ुइलाइन अर्काकोबाट । कविता तयार । त्यसो गर्दाखेरी त झन् काइदाको कविता बन्दोरहेछ रिमिक्स । यो रिमिक्सको जमानामा त्योभन्दा काइदा के हुन्छ - काइदा जाने पो फाइदा हुन्छ । धुरन्धर कवि हुन स्वच्छछवि भएर मात्र हुन्छ त - भ्रष्टाचार गर्न जानेन भने के नेता - भनेझैँ चोर्न जानेन भने के कवि - तर सुरुसुरुमा त मैले पनि कहाँ चोर्न जानेँ त - आफैले प्रयास गरेँ यसरी-



मैले त त्रि्रो नाम जप्न थालिसकेँ

के तिमीले मेरो नाम सुनेकी छ्यौ -

मैले त तिमीलाई मन पराइसकेँ

के तिमीले मलाई चिनेकी छ्यौ -



वाह ! वाह ! भनेको खै त - कविता सुनेपछि वाह ! वाह ! भन्नर्ुपर्छ भन्ने थाहा छैन - कमसेकम वाह ! वाह ! भए पनि पाइन्छ भनेर त मलाई पनि कवि बन्ने जङ् चलेको । थाहा छ - अस्ति एउटा कवि सम्मेलनमा हुत्तिएँ म पनि आफैले लेखेको कविता बोकेर । वरिष् वरिष् कविहरू विशिष्ट आसनमा थिए । हामी झारेझुरे कविहरू अघिल्लोपट्ट िबेन्चीमा लस्करै । कार्यव|mम शुभारम्भ भयो । कविता वाचन आरम्भ हुनुभन्दा पहिले सञ्चालक पत्नी प्रमुख अतिथि बनिन् । सभापति आफै पति महोदय ब्ाने । लगभग एकदर्जनको उल्लेख्य सहभागिता रहेको कार्यव|mममा जब कविता वाचन गर्नेको सङ्ख्या आ भयो, पालैपालो कविता पा भयो । कसैको घोकेजस्तो, कसैको खोकेजस्तो, कसैको व्यथा पोखेजस्तो, कसैको कथा ोकेजस्तो । अनौ ाअनौ ा कविताहरू सुन्न पाइयो । एकजना वरिष् कविज्यूले त ्याक्कै मेरै कविता पो सुनाइदिए गाँ े !



हे नेता हो !

तिमीहरू अरबौँ लुट्नसक्ने भएछौ

त्यसैले त,

करोडौँको धरौटीमा

हाँसीहाँसी छुट्नसक्ने भएछौ ।

बरु तिमीहरू भेँडा, बोका, बाँदर, गोरु

घोडा, कुकुर, गधा आदि भैदिएको भए

धेरै जाती हुन्थ्यो

तर तिमीहरू त यो देशका नेता भइदियौ ।



कानको जाली नै फुट्ला जस्तै गरी ताली बज्यो । मेरो भने कन्पारो रन्किएर आयो । उत्तिखेरै कविजीको क ालो समात्न पुगेको त विचरा कविजी नीलो-कालो भैहाले । यो कविता कहाँबाट ल्याएको - मेरो मुखबाट शब्दहरू हाम्फालीहाले । डरले काँप्दै कविजी बोले- "क्षमा हजुर ! यो कविता त मैले एउटा पत्रिकामा पढेको । प्रभावित भएर अनुशरण गरेको ।" अनुशरण गरेको हो कि सम्पर्ूण्ा रूपमा ग्रहण गरेको - चोर कविजीको चिउँडो तत्कालै फोर्न मन लागे पनि आफूलाई सम्हालेँ । के गर्ने ! वरिष् कवि परे हाम्रै देशका । पछि कुरो बुझ्दैजाँदा आफूले लेख्न नभ्याएर एउटा पत्रिकाबाट मेरै कवितालाई काटकुट, छाँटछुँट-गर्दिएछन् । त्यो घटनापछि त्यहाँ उपस्थित अन्य सात-आ जना वरिष्ट कविजीहरूले आ-आफ्ना कविता वाचन गर्नै मानेनन् । खै किन हो छ कुन्नि ! आफूले भने रिसको झोँकमै भए पनि एउटा कविता दन्काइहालेँ । कविता लेख्यो, सुनाउने ाउँ नपाएर कस्तो आपत् । मौका प्ााएको बेलामा नसुनाउने त कुरै आएन । सुनाएँ यसरी-दर्ुइमा दर्ुइ वर्षपढिसक्यो



फेरि त्यहीँ बास होलाजस्तो छ ।

तर

मिससँग मेरो भेट भैरहन्छ अचेल

त्यसैले छोरो यसपालि

प्ाास होलाजस्तो छ ।



तररर तालीको आवाजले मेरो रिस पनि परपर भाग्दै गयो । विचरा कविजीमाथि पनि दया लाग्दै गयो । के गर्ने - यस्तै रहेछ यहाँको चलन । मैले अझै धमिलो सम्झन्छु । मेरो बुबाले उहिले जमानामा एउटा कविता हुर्‍याउनु भएको थियो राष्ट्रिय साहित्यिक पत्रिकामा । प्रकाशित भैहाल्छ कि भन्ने आसमा । उहिलेको कुरा खुइले । तर अहिले आएर त्यही कविता अर्कैको नाममा र्सलक्कै त्यही पत्रिकामा । त्यही कविताले गर्दा उनी पनि वरिष्ट कविजी बनिसके । कुनै दिन कवि सम्मेलनमा भेट भयो भने गेटमै उछिट्टएिका दाँत सेट गर्दिने विचार थियो तर के गर्ने - हरेक क्षेत्रमा चण्डाल नभैकन मालामाल हुन नसकिँदो रहेछ । त्यसैले अचेल त मैले पनि यसो कापीमा कोरकार गर्‍याजस्तो गर्छर्ुु अन्त्यमा दर्ुइचार पुस्तक पल्टाएर चोरचार गर्‍याजस्तो गर्छर्ुु कविता तयार । मौका पाउनासाथ ूल ूलो स्वरमा चिच्याइदियो, खेल खत्तम । त्यसैले त म पनि अचेल वरिष्टतिर गनिन थालेको छु नि ! साहित्यिक कार्यक्रम भयो कि निम्तो आइहाल्छ । निम्तो आयो कि कविता गैहाल्छ-



खाना खान बस्या त दालै छैन

सुत्ने बेलासम्म पनि बोलचालै छैन

भोलि श्रीमतीको माइत जाने छेकछन्द छ

कारण सानै भए पनि बोलचाल बन्द छ ।



आज कस्तो मुड चलिरहेको छ । कविता सुनाउन नपाएर एकदिन मैले मेरा मित्र पिलन्धरप्रसादलाई दिनभरि एउटा होटलमा मासु चिउरा ख्वाउँदै कविता सुनाउँदै गर्नुपर्‍यो भन्या । कमसेकम आज सित्तैमा सुनाउन पाउँदा त दर्ुइ चारवटा सुनाउनु परिहाल्यो नि ! होइन त - फेरि झर्को नमानीकन अर्को सुन्नुस् ।



छोरीकी आमासँग भेट हुनै हँुदैन

कहिले चिनी हुँदैन, कहिले दाल हुँदैन

त कहिले नुनै हुँदैन

बिहेभन्दा पहिलेको जस्तो

हँसिलो मुहार देख्न रहर लाग्छ

अनुहारमा हेर्‍यो कि मुखबाट

आवश्यकता झर्ला कि भन्ने डर लाग्छ ।



कस्तो लाग्यो त - वरिष्ट कविको जस्तो लाग्यो कि लागेन - चोरचार गरेरै भए पनि कवि बनेर सम्मान पत्र र कदर पत्रहरूको खातैखात बनाउने विचार छ । दर्ुइछाक खान नपुगे के भो त - त्यसै बनिन्छ कवि ! धन दौलत र पारिवारिक सुख सबै त्याग गर्न सक्नर्ुपर्छ । एउटा कुरो त भुसुक्कै बिर्सिएछु । सङ्गत गुनाको फल । सङ्गत गर्नु ूलाबडाको । त्यसै भन्थे बूढापाकाले । त्यसैले त मैले ूल ूला कवि साहित्यकारहरूको सङ्गत गरेँ चोर्न सिके । ूलाको सङ्गत गरेपछि कुरै अर्कै हुँदोरहेछ । अन्त्यमा भर्खरै कोरकार गरेको अनि लास्टमा चोरचार गरेको एउटा कविता सुनाएर म बिदा हुन चाहान्छु । ए, एउटो कुरो ! आज मैले यहाँ तपाईंलाई सुनाएका जति पनि कविताहरू छन् नि ! यी सब कविताहरू मैले अनिल कोइरालाद्वारा लिखित "दिक्क लागेर त हो नि !" नामक कवितासङ्ग्रहबाट चोरचार पारेको हुँ है ! यति भन्दिएपछि चोरेको मानिँदैन रे क्या ! ल अब सुन्नुस् ताजा कविता-



गुरु भवदेवको मृत्युले

शोक परेको हर्दै

हेडसरले बिदाको घोषण गर्नुहुन्छ र भक्तसरलाई "म्यारिज"को सङ्केत गर्नुहुन्छ ।

सधैँ भागेर जाने कृष्णे आज

शोकमा खुसी हुँदै जान्छ ।





अनिल कोइराला

-पोखराथोक -१, पाल्पा हालः का माडौँ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम