Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
विश्वसाहित्य : व्यङ्ग्य चेतनाका महान् शिल्पी जोनाथन स्विफ्ट (स·ीत आयाम0 - [2007-06-26]

जब हास्यरस र व्यङ्ग्य चेतनाको कुरा आउँछ तब जोनाथन स्विफ्टबिनाको प्रसङ्ग खल्लो मात्र हुँदैन, अझ अधुरो नै भने हुन्छ । व्यङ्ग्यका राजा, महाराजाको श्रेणीमा आउने स्विफ्ट यस्ता विश्वविख्यात व्यङ्ग्यशिल्पी हुन् जसलाई विश्वसाहित्यबाट कुनै पनि प्रकारले पन्छाउन मिल्दैन । साहित्यमा उनको योगदानलाई जो कसैले हलुका रूपमा लिनै मिल्दैन । विश्वसाहित्यमा व्यङ्ग्यकारितालाई नयाँ नाम र उँचाइ दिने जोनाथन स्विफ्टको जन्म सन् १६६७ नोभेम्बरको ३० तारिखका दिन आयरल्याण्डको डब्लिनमा भएको थियो । उनका माता-पीता अङ्ग्रेजी मूलका आयरिस थिए र जो रोमको इर्साई धर्मको विरोधी भनेर चिनिन्थे । जोनाथन स्विफ्टका पर्ुखाहरू राजतन्त्रप्रति बफादार थिए र स्विफ्ट पनि जिन्दगीभरि उच्च इर्साईका रूपमा नै कार्यरत रहे । उनका पिता जसको नाम पनि जोनाथन नै थियो, उनी जन्मनुभन्दा केही महिना पहिले नै बितेका थिए जसको कारण उनकी आमा अविगेलले आफन्तहरूको सहारामा आफ्ना छोरालाई आफू पछाडि छोड्दै इङ्गल्याण्ड फर्किएकी थिइन् । सन् १६७३ मा जब जोनाथन ६ वर्षा थिए तब उनले किल्केनी ग्रामर स्कुलबाट आफ्नो शिक्षाको शुभारम्भ गरे त्यो समयमा आयरल्याण्डभरिमा प्रसिद्ध स्कुलको रूपमा परिचित थियो । सन् १६८२ र १६८६ को बीचमा उनले डब्लिनको त्रिनिटी कलेजबाट स्नातक गरे, यद्यपि उनी प्रत्यक्षरूपमा उदाहरण दिन योग्य विद्यार्थी भने थिएनन् । सन् १६८८ मा विलियमले महान्् क्रान्तिको सुरुवात गर्दै इङ्गल्याण्डमाथि आक्रमण गरे, जसको कारण डब्लिन राजनीतिकरूपमा अत्यन्त अशान्त रहृयो । फलस्वरूप त्रिनिटी कलेज पनि बन्द हुनपुग्यो । यो अवसरको फाइदा उठाएर एकदमै महत्वाकाङ्क्षी जोनाथन स्विफ्ट इङ्गल्याण्ड गए जहाँ उनले अङ्ग्रेजी गिरजाघरमार्फ प्रतिष्ठा कमाउने आशा गरेका थिए । इङ्गल्याण्डमा सन् १६८९ मा जोनाथन सर विलियम टेम्पलका सचिव पनि भए जो सरेको मुरपार्कमा बस्ने कूटनीतिज्ञ र विद्वान् व्यक्ति थिए । त्यहाँ स्विफ्टले विस्तृतरूपमा अध्ययन गर्ने अवसर पाए र उनले त्यहाँ इस्थर जोन्सनलाई पनि भेटे, जो उनको सहयोगीका रूपमा पछिसम्म रहे । त्यहाँ नै उनलाई एक्कासि रोगले आक्रमण गर्न सुरु गर्‍यो । एउटा यस्तो रोग जसले कानको अर्न्तर्वर्ती भागमा अत्यन्त पीडा दिन्थ्यो र यसबाट नियमितरूपमा रिङ्गटा लाग्ने र वाकवाकी हुने गर्दथ्यो । यो रोगको बारेमा सायदै त्यतिबेला मानिसहरूलाई कुनै जानकारी थियो । सन् १६९० मा आफ्ना डाक्टरहरूको सुझावलाई मानेर स्विफ्ट आयरल्याण्ड फर्किए । उनी टेम्पलसँगै फेरि इङ्गल्याण्ड गए । सन् १६९१ मा उनी अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भए । सन् १९९२ मा टेम्पलको सहयोगको कारण त्यो विश्वविद्यालयबाट उनले एम. ए. को ड्रि्री हासिल गरे र लगत्तै उनले आफ्नो पहिलो कविता पनि त्यतिबेला नै प्रकाशित गरेका थिए । त्यो कविता पढेर टाढाको उनको नाता पर्ने जोन ड्राइडेनले भनेका कुरा अहिले पनि प्रसिद्ध नै रहेको छ । ड्राइडेनले त्यतिखेर भनेका थिए, 'भतिजो स्विफ्ट, तिमी कहिल्यै पनि कवि हुन सक्दैनौ ।' सन् १६९४ मा अझै पनि उनी इङ्गल्याण्डको गिरजाघरसँग सम्बद्ध हुन अत्यन्तै व्याकुल थिए, त्यतिबेला नै उनले टेम्पलको परिवारलाई छोडेर धार्मिक व्यवस्था सञ्चालन हेतु उनी फेरि आयरल्याण्ड फर्किए । सन् १६९५ मा स्विफ्टलाई एउटा पादरीको रूपमा आयरल्याण्डको गिरजाघरमा नियुक्त गरियो, जुन अङ्ग्रेजी गिरजाघरकै आयरिस शाखा थियो । अर्को वर्षजोनाथन स्विफ्ट मुरपार्कमा रहेका टेम्पल भएका ठाउँमा फर्किए । सन् १६९६ र १६९९ को बीचको समयमा उनले आफ्ना कयौँ महान् रचनाहरूमध्ये अग्रपङ्क्तिमा आउने पहिलो 'अ टेल अफ अ टब' लेखे, जुन गद्यात्मक लयमा लेखिएको महान् रचना हो । यसमा जोनाथन स्विफ्टको व्यङ्ग्यकारिताको अब्बल नमूना पाइन्छ । यस कृतिमा उनले रोमन क्याथोलिक सम्प्रदायले प्रतिनिधित्व गर्ने धार्मिक अतिवादका विरुद्धमा तीव्र व्यङ्ग्यको हतियार चलाएका छन् । उनले सन् १६९७ मा अझ सशक्त ढङ्गले व्यङ्ग्य चेतनाको प्रयोग गरे 'दि ब्याटल अफ दि बुक्स'मार्फ । यसमा स्विफ्टले टेम्पलको परम्परागत लेखनको रक्षा गर्दै समसामयिक साहित्यिक विवादलाई आक्रामकरूपमा प्रस्तुत गर्ने काम मात्र गरेनन् अझ आधुनिकताप्रतिको क्रूरतालाई र्सार्वजनिक गर्ने कामसमेत गरे ।



यो कृतिमार्फ उनले प्राचीन समयका ती महान् लेखकहरूका कृतिहरूसँग आधुनिक लेखकहरूले लेखेका ती कृतिहरूको विस्तृत रूपमा तुलना गरेका छन् । अत्यन्तै सशक्त व्यङ्ग्य शैली र व्यङ्ग्य चेतनाको कारण अङ्ग्रेजी साहित्यमा जोनाथन स्विफ्टको यो कृतिले आजसम्म महìवपर्ूण्ा स्थान ओगट्दै आएको छ । सन् १६९९ मा टेम्पलको निधन भयो र तब स्विफ्टले पादरीको रूपमा आयरल्याण्डसम्मको यात्रा तय गरे अनि सँगसँगै बार्कलेको सचिव पनि भए । सन् १७०० मा उनलाई रोमन मानिसहरूका कुल देवताको रूपमा नगरको पादरीको हिसाबले स्थापित गरियो । अनि डब्लिनको गिरजाघरमा उनलाई जिउँदो स्वरूपमा पादरीलाई दिइने वृत्ति पनि प्रदान गरियो । जोनाथन स्विफ्टका लागि यस्तो प्रक्रिया अत्यन्तै निराशाजनक थियो कारणः डब्लिनमा उनको नियुक्तिले इङ्ल्याण्डमा बस्ने उनको चाहनामाथि फेरि पनि तुषारापात भएको थियो । सन् १७०१ मा डब्लिन विश्वविद्यालयले उनलाई मानार्थ स्वरूप डी. डी. पनि प्रदान गर्‍यो । त्यही वर्षस्विफ्टले टोरी समूहको विरुद्धमा र हृविग समूहको र्समर्थनमा पहिलो राजनीतिक पर्चा पनि प्रकाशित गरेका थिए । सन् १७०४ मा अज्ञातरूपमा उनका 'अ टेल अफ अ टब', दि ब्याटल अफ दि बुक्स' र 'दि मेकानिकल अपरेसन अफ दि स्प्रिट' भन्ने कृतिहरू प्रकाशित भए । सन् १७०७ मा आयरिस इर्साई समुदायले आफ्नो आम्दानीमाथिको करको बारेमा कुरा गर्न जोनाथन स्विफ्टलाई गुप्तरूपमा इङ्गल्याण्डमा पठाउने निर्ण्र्ाागर्छन् । उनको अनुरोधलाई इङ्गल्याण्डमा अस्वीकार गरियो । हृविग सरकार र रानी येनले उनलाई अधार्मिक भएको आरोपसमेत लगाए । अघिल्ला केही वर्षरूसम्म जोनाथन स्विफ्ट कहिले आयरल्याण्ड त कहिले इङ्गल्याण्डमा आवत-जावत गरिरहन्छन् जहाँ उनी विस्तृतरूपमा उच्च अङ्गे्रजी राजनीतिक परिवृतभित्र सहभागीभन्दा पनि एउटा अनुसन्धानकर्ताको रूपमा नै संलग्न रहन्छन् । सन् १७०८ मा स्विफ्टले एडिसन र स्टिललाई भेट्छन् र त्यही वर्षउनी 'बिकरस्टाफ पर्ेपर्स' को प्रकाशन गर्छन् जसमा जोन पार्टिज भन्ने ज्योतिषीलाई लिएर तीव्ररूपमा व्यङ्ग्यात्मक आक्रमण गर्छन् । त्यस लगत्तै उनका शृृङ्खलाबद्धरूपमा गिरजाघरका बारेमा हास्यरङ लिएका र व्यङ्ग्य चेतनाले ओतप्रोत रहेका कयौँ पुस्तिकाहरू निस्किन्छन्, जसमध्ये प्रमुख रूपमा 'येन आर्गुमेन्ट अग्नेस्ट अवोलिसिङ क्रिस्चियानिटी' भन्ने कृति रहेको पाइन्छ । सन् १७१० मा उनको कृति 'अ डिस्कृप्सन अफ अ सिटी शावर' प्रकाशित हुन्छ । जोनाथन स्विफ्टले आफ्नो गठबन्धन र त्यससँग सम्बद्ध मत नमिल्ने मानिसहरूप्रति घृणा गर्न सुरु गर्छन् र तब हृविग समूहलाई छोडेर टोरी समूहसँग सम्बद्ध हुन पुग्छन् । अनि 'दि इक्जामिनर' भन्ने टोरी समूहले चलाएको समाचारपत्रका सम्पादक पनि बन्छन् । परिणामस्वरूप, सन् १७१० र १७१३ को बीचमा जोनाथन स्विफ्टले शृङ्खलाबद्ध रूपमा इस्थर जोन्सनलाई लेखेका अत्यन्त चर्चित पत्रहरू नियमित प्रकाशित हुन थाल्छन् । सन् १७७३ मा पादरीहरूका मुखियाको रूपमा उनलाई डब्लिनको गिरजाघरमा प्रतिष्ठापन गरिन्छ जुन एक प्रकारले उनको पदोन्नति नै थियो । सन् १७१४ मा स्विफ्ट, पोप, कनग्रिभ, गे र आर्बुटनट सदस्यहरू रहेका एउटा क्लबको स्थापना भएको थियो ।



त्यही वर्षा रानी येनको निधन हुन्छ र जर्ज प्रथमले शासनसत्ता सम्हाल्छन्, जुन स्विफ्टका लागि अत्यन्त निराशाजनक कुरा थियो । जर्ज प्रथमले शासनाधिकार हातमा लिए लगत्तै टोरी समूह सत्ताबाट बाहिरिन्छ । अनि स्विफ्टको इङ्गल्याण्डमा बसेर पद-प्रतिष्ठा कमाउने आकाङ्क्षाको अन्त्य पनि हुन्छ । जोनाथन स्विफ्टले कतै भनेका छन्, 'उनी मर्नका लागि आयरल्याण्ड फर्किएका थिए जस्तो विष खाएको मुसो दुलाभित्र पस्दछ ।' यो समय स्विफ्टका लागि साहित्यिक मौनताको बेला मात्र रहेन, अझ व्यक्तिगत कुण्ठाको समय पनि रहृयो । तर जब सन् १७१८ को प्रवेश भयो उनले मौनतालाई पन्छाएर शृंङ्खलाबद्धरूपमा आयरिश समस्याहरूमाथि लेखिएका रचनाहरू प्रकाशित गर्न सुरु गरे । सन् १७२० मा उनको अत्यन्तै चर्चित कृति 'गुलिभर्स ट्राभल्स' माथि उनले काम गर्न सुरु गरे । एकचोटि यही पुस्तकमाथिको प्रसङ्गमा उनले पोपलाई लेखेको पत्रमा भनेका थिए, 'संसारसँग जुध्ने हो, यसबाट भाग्ने होइन ।' सन् १७२४(२५ ताक 'दि ड्रापिएर लर्ेर्टस' प्रकाशित भयो जसको कारण रातारात जोनाथन स्विफ्ट आयरल्याण्डभरि लोकप्रिय मात्र भएनन् अत्यन्त सम्मानका साथमा लिइने नाम पनि बने । त्यही वर्षनै 'गुलिभर ट्राभल्स' को लेखनकार्यको पनि समाप्ति भैसकेको थियो । पछिल्लो पुस्तकमा यस कुराको चर्चा गरिएको छ कि बढ्दै गरेको अज्ञानको विस्तारित रूपले नरद्रोही प्रवृत्तिलाई साङ्केतिक तरिकाले अभिव्यक्त गर्दछ जसबाट मस्तिष्क पनि अछुतो रहन सक्दैन । सन् १७२६ मा उनी फेरि एकपटक इङ्गल्याण्ड गए र त्यही विकेनहाममा पोपसँग बस्न थाले । त्यही वर्षनै उनको 'गुलिभर ट्राभल्स' पनि प्रकाशित भयो जुन अत्यन्त चर्चित पनि बन्यो । जोनाथन स्विफ्टको इङ्गल्याण्डका लागि अन्तिम यात्रा भने सन् १७२७ मा रहृयो । सन् १७२७ र १७३६ को बीचमा स्विफ्ट र पोपको पाँच पुस्तकहरूको सङ्ग्रह प्रकाशित भए । सन् १७२९ मा प्रकाशित भएको 'अ मोडेस्ट प्रपोजल' को प्रकाशनले एक किसिमको हलचल नै ल्यायो भनेर इतिहासकारहरू नै भन्छन् । सन् १७३१ मा प्रकाशित भएको 'अ ब्युटिफुल योङ्ग निफ गोइङ्ग टु बेड' भन्ने कृति भने जोनाथन स्विफ्टको उँचाइअनुसारको नरहेको कुरा पनि समालोचकहरूले बताउन भुल्दैनन् । सन् १७३५ सम्ममा उनका रचनाहरूको एकमुष्ठ सङ्ग्रह डब्लिनमा छापिइसकेको थियो । फेरि विस्तारै पहिलाकै रोगले स्विफ्टलाई ग्रस्त बनाउँदै लान थाल्यो । पटकपटक उनलाई रिङ्गटा लाग्ने र वाक्वाकी हुने गर्दथ्यो । मृत्युपर्ूव नै उनको स्मरणशक्ति नष्ट पनि हुँदै गयो । सन् १७३८ ताक उनी सम्पर्ूण्ा रूपमा अशक्त अवस्थामा पुगे पक्षाघातको कारण उनी थला परे । त्यसपछि भने उनी पर्ूववत् अवस्थामा र्फकन सकेनन् । यसरी विश्व साहित्यका सशक्त व्यङ्ग्यशिल्पी र व्यङ्ग्यकारितालाई नयाँ आयाम दिएका अनि व्यङ्ग्य चेतनाको कलात्मकरूपमा प्रयोग गरेर संसारभरिका पाठकमा बिर्सनै नसक्ने छाप छोडेर जाने महान् लेखक जोनाथन स्विफ्टको सन् १७४५ को अक्टुवर १९ तारिखका दिन निधन भएको थियो ।





स·ीत आयाम

Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम