Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
तपाईंको भाग्य हुँ म (पुरुषोत्तम उपाध्याय) - [2007-07-05]

मलाई कसले छुन सक्छ - मलाई कसले देख्न सक्छ - मात्र मलाई सोध्न सक्छ र प्रयोग गर्न सक्छ । भ्रष्टाचार मेरो गुण हो । म सगौरवसाथ भन्दछु म भ्रष्टाचार हुँ । मेरो नीति-नियम नै बेग्लै छ । मेरो आचरण नै अर्कै छ । मलाई सबैले रुचाउँछन् । किनभने मबाट जो मालामाल हुन्छन्, अनि पो मेरोमा खोजीखोजी, धाइधाई अँगालो हाल्न आउँछन् । म आफँै त पटक्कै कसैकोमा पनि धाउन्न । खोजीखोजी लुकेर जाँदिन म । यो त मेरो मौलिक गुण हो । त्यो त मेरो पारम्परिक पेचिलो स्वभाव हो । मलाई तेस्ताले रुचाउँदैनन्, देख्न पनि चाहँदैनन्, सहँदा पनि सहँदैनन्, मन पनि पराउँदैनन्, जो, इमानदार छन्, सदाचारी छन्, कर्मयोगी छन्, जो सत्चरित छन् । तेस्ता सदाविवेकीले सक्ने भए मलाई खोलामा हालेर प्रसान्त सागरमा पुर्‍याइदिन्थे होलान् । ठूलाठूला महासागरको पिँधमा गाडीदिन्थे होलान् तर म त्यत्तिकै निर्वलियो कहाँ छु र ! कसैले प्रयत्न गरेर हर्ेन पनि सक्दैनन् । कसैको पुस्तौनी प्रयत्नबाट पनि डटेरै रहन सक्तछु । मैले हट्न भनेको जानेको छैन । ममा सानोमा सानो र ठूलोमा महासागरभन्दा पनि अति नै फराकिलो हुन सक्ने अद्भूत गुण छ । तर जहाँजहाँ इमानदारहरू छन् त्यहाँ त्यहाँ मलाई डर लाग्दछ । किनभने मलाई उनीहरूले सधैँ खेदिरहेकै हुन्छन् । उनीहरूबाट मेरो सधैँ तिरस्कार भइरहेकै हुन्छ । सक्ने भए मेरो इहलिला समाप्त गर्ने थिए होलान् तर म मेरो आफ्नैपनले अमर छु । मेरो गुण, मेरो सीप, मेरो रहन-सहन तेसलाई मन पर्दछ जसले मलाई परिचालन गरिरहेकै हुन्छन् । उसको समाजभित्र म घुसिरहेकै हुन्छु । ऊ समाजबाट तिरस्कृत भए पनि भाग्यमानी चाहिँ अवश्य हुन्छ । किनभने लक्ष्मीको कुनै कुराको खाँचो उसमा परिरहेको हुँदैन । जतिसुकै ऊ दर्ुगन्धित भए पनि उसलाई दुःख पर्दैन । मलाई परिचालन गर्नुभन्दा अगाडि कसैले पनि मप्रति घृणा दर्शाएकै हुन्छ । हो म तेस्तै हु, जस्तो मेरो नाम छ । म उस्तै रहन्छु, जस्तो मेरो काम छ । मलाई स्वीकार्ने जोकोही पनि मालामाल हुन्छ । मेरो गुण नै यस्तै छन्, म के गरुँ । कसैलाई हुन्न म भन्नै सक्दिन । चाहे ऊ खाते होस् वा हाते, हुक्के, ढोले, डोके, बैठके, यात वादशाह वा अरू कुनै होस् । म भगवान्लाई चढाउने दुवोको त्यान्द्रोदेखि रक्सीको झोलसम्म पनि मेरो मलाई सजिलैसँग कसैले ठम्याउन सक्दैन । मलाई सप्रमाण औल्याउँन सजिलो छैन । म साबुनभन्दा पनि चिप्लो भएर चिप्लिन सक्ने कुख्यात शब्दावली हुँ । टाँस्सिन पनि जहाँ पनि सक्दछु । देखिने कुरा सबैमा टाँस्सिएकै हुन्छु । चकलेटदेखि सांसदहरूको मस्तिष्कसम्म र भूगोलको प्रत्येक गहिराइसम्म पनि टाँस्सिएकै हुन्छु । तपाईंहरूले सुन्नुभएकै होला । जापानको लकहिडकाण्ड, अमेरिकाको वाटरगेट काण्ड.... । मलाई खोतल्न धेरै नै घोत्लिनु पर्दछ । महासागरमात्र हैन, भवसागरसम्म पनि चर्ुर्लुम्म डुबुल्की मार्न सक्नु पर्दछ । म सानोमा सानो अणु, परमाणु जत्रो पनि हुन सक्छु । ठूलोमा आकाश, धर्ती, नक्षत्र छोएर पर पनि पुग्न सक्दछु । मलाई लरतरो नठाने हुन्छ । मेरो नाम कसैले अङ्ग्रेजीमा कमिसने भन्लान् । नेपाली शब्दमा मेरो नाम "घूस" भनेर राखेकै छन् तर जोसुकैले जे नाम राखे पनि आखिरमा मेरो काम भ्रष्टाचार । मेरो आचार नै भ्रष्ट भएको हुनाले यो नाम पोलियोको थोपामा भएझैँ सोझो छ तर सचेत नागरिकको अगाडि म पक्कै पनि भ्रष्टाचार हुँ । मलाई तिरष्कार गर्नेले आज, भोलि, बिहान, बेलुकी छाक र्टार्न पनि आफैँलाई धौधौ पर्नेछ ।



नजान्नेको हातमा म "बाँदरको हातको नरिवल" जत्तिकै हुनेछु । मलाई मन पराउनेले अनेक प्रकारको हाउभाउ र नक्कल गरिगरिकन समाज सेवादेखि आफ्नो सम्पर्ूण्ा परिवार सेवासम्म खुसीसँग भ्याउन सक्दछ । मेरो रूप जान्नेले प्रेमपर्ूवक पत्नीभन्दा प्यारो गरिकन सँगालेर राख्नाले मालामाल हुन्छ पक्का । म चामलको गेडादेखि जोकोही बस्ने डेरामा पनि छु । एक गेडा जिरादेखि कैयौँ बिडा पानसम्ममा पनि छु । त्यतिमात्र कहाँ हो र सर्ूर्ति, चुरोटदेखि लिएर, मदिरा त झन् जगजगी नै छ । यसै मदिराले हरेक होटल पार्टर्ीी मलाई ठूलाबडासँग सत्सङ्ग गराइनै रहेको छ । म हँसमुख भएर पानीको बोतलमा पनि घुसिरहेकै छु । मलाई खोतलेर कसैले फेला पार्न सक्दैन । जतिसुकै आयोग गठन गरे पनि आयोगका सम्पर्ूण्ा लिङ्गमा परिवर्तन भएर जानेछन् । अहिलेसम्म पत्ता लगाउन खोज्ने जति सबै शिखण्डी नै भएर रहेका छन् । जन्मिन सकेका छैनन् मलाई फेला पार्नेहरू । मलाई खोतल्ने आयोग र कुनै पनि अख्तियारहरू मेरा लागि नाटकका पात्र मात्र हुन् । कुनै पनि सत्पुरुष आफ्नो छातीमा हात राखेर सच्चाहृदयले गायत्रीमन्त्र जपेर आउ अनि भेट्टाइहाल्यौँ भने पनि के गर्न सक्तछौ त - भेट्टाएर कारवाही गरिहालेछौँ भने पनि तेही एउटा नसिहत र जरिवाना मात्रै त होनि तर त्यस जरिवाना र जरिवानाभित्र पनि मैत घुसेको छुनि । के जरिवानाभित्र म छैन त - म ठोकेर भन्न सक्तछु म त्यसभित्र पनि छु । जरिवाना गराउने व्यक्तिको मुहारलाई मैले नै मेरो दर्ुगन्धित स्वभावले सुगन्धित कुनै न कुनै तरिकाले पारिसकेको हुन्छ । किनभने तजबिजले जरिवाना गराउँदा पनि म तेसभित्र परिसकेको हुन्छु । त्यो पनि मेरो भ्रष्टाचारको स्वरूप हो । मलाई खोतल्दै हिँड्नेलाई म दल दलभित्र फसाइदिन्छु । बर्मुढा त्रिकोणभित्रको महासागरमा दबाइदिन्छु । ममा तेस्तो अलौकिक शक्ति पनि छ । म मसानमा पनि छु । गङ्गाको लहरमा पनि छु । मलाई जसले सकारेको छ तेसलाई मालामाल बनाइदिन्छु । मकहाँ थिइन र छैन - जहाँ पनि र जहाँ पनि छु । अस्ति जापानका "लकहिडकाण्ड"मा, झन् अस्ति अमेरिकाको "वाटरगेट" काण्डमा मुस्कुराएको छु । अनि छमछम नाचेको छु । भारतको हिजोको "बो फोर्स" काण्डमा । नेपालको गलैँचा काण्डमा कतिलाई तोरीको फूल देखाइदिएको छु । मेरो नाच गानका कथा र नाटकहरू बेलाबेलामा विभिन्नरूपमा कतिले पढिसके अरू कति पढ्नै बाँकी नै छन् । पढ्दापढ्दै कति त थाकिसके अब कति थाक्नेछन् । कैले म खाद मलमा मिस्सिएर आउँछु । कहिले हवाईजहाजको पुच्छर समाएर ठ्याम्मै ढाकिदिन्छु कमिसनले । कहिले पेट्रोल, डिजल र नीलो मट्टीतेलको रङ मिसिएर आइदिन्छु । मैले मेरो आफ्नो बखान गर्नु अवश्य राम्रो हैन । कहिलेकाहीँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई पनि म मन पर्दैन । तरै पनि सबैले मलाई उनीहरूको आँखाले देख्लान् भन्ने डरले मैले आफ्नो छायाँसम्म पनि देखाउँदै नदेखाई पजेरो काण्डमा स्वात्त पसिहाल्थेँ । मलाई उपयोग गरिसकेपछि फेरि पजेरो फर्काउँदा छद्मभेषी मेरो रूपले उनीहरूको छातीमा "ब्रोन्काइटिस"को दागझैँ कहिले नमेटिने दाग नेपालको इतिहासमा अमर छाप राखेरै रहेँ । मलाई कति अम्मलीहरूले अम्मलको रूपमा प्रयोग गर्दै आइरहेका छन् । संसारका भन्सारका अम्मलिले अँगालो हालेको हालैछन् ।



मालपोतका सक्कली अम्मलीहरूले झन् मेरो पूजा गरेरै बसिरहेका हुन्छन् । काठमाडौँका स्थानीय बस, मिनिबस, माइक्रोबसहरूले मलाई दैनिक उपभोग गरिरहेका छन् । अब हुँदाहुँदा, प्रदूषणरहित टेम्पोले त हाकाहाकी प्रयोग गरेका कुनै पनि स्थानीय वाहनमा चढेपछि टिकट कसैले कसैलाई दिनैपर्दैन । चालकले पैसा लिए मात्र पुग्छ । वाहनमा चढ्नेलाई आफ्नो गन्तव्य स्थानसम्म पूग्न पाए पुग्छ । त्यसैले भन्छु एउटा अन्धानगरीमा आफ्नो पञ्जा फिँजाएर बास राखेको छु । त्यसैले मेरो ठूलो इज्जत छ । अर्थभित्रको अनर्थको अर्थै म फुकिराखेको हुन्छ । जसलाई चाहियो म खल्तीभित्रको काजु र पेस्ताझैँ सुटुक्क निस्किदिन्छु र स्वादिष्ट खाद्य बनिरहेकै हुन्छु । म सडक गल्लीको सडेगलेको भुस्याहाँ कुकुरजस्तो दर्ुगन्धित भएर लडिरहने जन्तु हैन । मेरो फैलावट विश्वमा छ । म एकदमै बहुमूल्य सुवास दिने पेरिसको अत्तर पो हुँ । मलाई कुनै केटाले वा नेताले प्रमाणितरूपमा भेटाउला भन्ने आशा नराखे हुन्छ । भेट्टनिे भेट्टनिे बेलामा म उसैभित्र स्वात्त पसिदिन्छु । म रछ्यानमा फ्याँकिएको चम्किलो बहुमूल्य वस्तु हुँ । जसले टिप्न जान्यो म उसलाई सम्पन्नशाली बनाइदिनसक्छु । मलाई बन्धु बनाएर राख्यो भने शान्ति दिन नसके पनि घर सम्पत्तिको खोलो बहाइदिन्छु । म बोलीभित्र पनि छु । गोलीभित्र पनि छु । म निर्जिव हुँ, तरै पनि सधैँ सजिव भएर बाँचिरहेकै हुन्छ । यो शताब्दिका नवधनाढ्यहरू मैलाई अँठ्याएर मुस्कुराइरहेका छन् । साहूजी, डाक्टर, ज्योतिष, न्यायमर्ूर्तिहरू, इन्जिनियर, प्रशासक, अर्थविद्हरू सबैलाई मैले फस्ल्याङ-फुस्लुङ पारिसकेको छु । नियालेर घोत्लिएर, हरेकक्षणमा हेरेको खण्डमा प्रमाणित भई म सालिकसरह कठघरामा उभिन सक्तछु तर म आफू उभिएर कसलाई के फाइदा - बरु अमर भएर चम्किन सकुँ । हो म विश्वप्रसिद्ध छु । म भ्रष्टाचार हुँ, मलाई ब्रहृमले आफ्नो ब्रहृमबाट गराएको हैन । मेरो अलौकिक शक्ति छ । मलाई पैदा गराउने को हो त - यसको उत्तर त, तिमी, तपाईं, हजुरहरूले नै दिनुहोला ।





पुरुषोत्तम उपाध्याय

Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम