Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
जनजातिमा थर फेर्ने लहर (सुरेन्द्र सुवेदी) - [2007-07-07]

संखुवासभा, - यहाँका हजारभन्दा बढी परिवारले थर परिवर्तन गरेका छन् । थर परिवर्तनले जातीय पहिचान संकटमा पर्न

थालेको छ ।



सभापोखरी-१, २ र ३ मा बसोवास गर्ने वनेम थरका लिम्बूहरू ३ पुुस्तादेखि राई भएका छन् । यहाँका १ सय ५० लिम्बू परिवारले राई थर लेख्ने गरे पनि संस्कार भने लिम्बू जातिकै मान्दै आएका छन् । स्थानीय युुवती जानुुका राईले आफ्नो थर लिम्बू भएकाले लिम्बू नै लेख्नुुपर्ने अडान राखेकी थिइन् । समाजले भने राई नै लेख्न दबाब दिएपछि समस्या परेको बताउँछिन् । अर्की युुवती कोपिला राई किराँत राई यायोक्खाकी जिल्ला सदस्य हुुन् । उनी राईबाटै पहिचान बनेकाले राई नै भएर चिनिनुुको विकल्प नभएको धारणा सुुनाउँछिन् । यहाँ आएर बसोवास गरेका वनेम लिम्बूले राईकी छोरी विवाह गरेपछि थर नै परिवर्तन गरेका हुुन् ।



हटिया-६ को सेक्सिलामा मादेम्बा थरी लिम्बू २५ घर छन् । यी लिम्बूहरू भोटे भएर बसेका छन् । लिम्बू भएर पनि भोटे थर लेख्ने उनीहरू पनि भोटेबाटै जातीय पहिचान बनेकाले लिम्बू भएर चिनिन मान्दैनन् । नामको पछाडि लिम्बू लामा लेख्ने उनीहरूले भोटिनीसँग विवाह गरेपछि आफ्नो थर भोटे लेख्न थालेको असिने लामा बताउँछन् ।



यस्तै हटिया-४ मा बसोवास गर्ने सिवाउ थरका याम्फू राई भोटे भएर बसेका छन् । तर उनीहरूका घरमा धजा टाँगिएको छैन । भोटेहरूले घरमा धजा टाँग्ने गर्छन् । यहाँ ६ परिवार राई भोटे भएका हुुन् । ताम्राङ भोटे भन्छन्- 'पहिले थर परिवर्तन गरियो, अब भोटेबाटै चिनिनुुपर्छ ।'



मावादिन-१, २, ४ र ५ मा २ सय ५० परिवार कम्फे थरका याक्खा राईको बसोवास छ । यी राईहरू लिङथेप लिम्बूबाट चिनिएका छन् । उनीहरू लिम्बू भाषा भने बुुझ्दैनन् र बोल्दैनन् पनि । राई भाषामा भने उनीहरूको दखल छ । सिद्धकाली-८ का रहेका लिम्बूहरू लिम्बू नै रहेका तर अन्य वडामा भने यिनै लिम्बूका सन्तान राई भएको स्थानीय मकालुु सन्देश साप्ताहिकका सम्पादक राजधन राई बताउँछन् ।



चीनको सीमावर्ती मकालुु-५, ७ र ८ मा तिब्बतीयन खम्बाहरूले शेर्पा थर लेख्न थालेका छन् । उनीहरूले नागरिकता पनि नेपाली लिएका छन् । यस्ता परिवारको संख्या दर्जनभन्दा बढी छ । भोजपुुरको खटम्मा-५ मा बसोवास गर्ने नेम्बाङ थरका लिम्बूहरू आफूलाई राई भएको बताउँछन् । राईकी छोरी विवाह गरेर उतै घरजम गरेपछि ने म्बाङ थर राईमा परिवर्तन गरेका हुुन् । यहाँ २५ परिवारको बसोवास छ । राई थर लेखे पनि लिम्बू भाषाकै प्रयोग गर्छन् ।



राष्ट्र एकीकरणताका विक्रमसंवत १८२५ देखि ३२ बीचमा याक्खा राईहरूलाई जिम्मावालको किपट दिएपछि सुुब्बा भएर चिनिएका राईले त्यसपछि सुुब्बा लेख्न थालेका हुुन् । सुुब्बा भनेको लिम्बू हो । यसरी थर परिवर्तनले जातीय पहिचान नै संकटमा परिरहेको उनीहरू नै बताउँछन् । राई, शेर्पा, लिम्बू थर लेख्ने र चिनिए पनि जातीय पहिचान पहिलेकै थरको भएबाट समस्या भइरहेको नुुम-४ का लालबहादुर तामाङको भनाइ छ ।



kantipur

07-07-07







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम