Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
लोकहित पक्षधर भानु (डिल्लीराम मिश्र) - [2007-07-18]

गण्डकी प्रदेशको चुँदीरम्घाको थुम्कोबाट उदाएको ध्रुवतारा नेपाली भाषा साहित्यका प्रथम विभूति भानुभक्तको सम्मान जे जति गरिनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । यद्यपि भानुभक्तका सरल, सरस र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि यस भू-खण्डकै मानव सभ्यता र संस्कृतिको क्षेत्रमा क्रियाशिल पाइन्छ ।



नेपाली जातीयताका प्रतीक भानुभक्त आचार्यको सम्झना र सम्मानका खातिर प्रसङ्ग उठाउँदा नेपाली मूलका भारतवासीहरूले सहजै रूपमा चुँदीरम्घाको ऋणभार नेपाली भाषा र साहित्यको विकासमा संस्थागत रूपमा सेवा गरेर होस् चाहे भानुभक्तको प्रतिमा निर्माण र उनको नाउँमा पुरस्कार स्थापना गरेर होस् तिरिरहेको देखिन्छ । भानु जन्मजयन्तीका अवसरमा प्रान्तीयस्तरमा र्सार्वजनिक बिदा दिएर होस् वा नेपाली भाषालाई भारतीय विधानमा संवैधानिक मान्यता प्रदान गरेर होस् जहाँ मर्ूधन्य व्यक्तित्व आदिकव्रि्रति सम्मानका श्रद्धासुमन अर्पण गरिरहेका छन् र गरिरहने पनि छन् ।



नेपाली साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान र भानुप्रति गरिने सम्मान सधैँ भाषा र साहित्य आदिकविका रूपमा स्थापित हुने छ । ऋषि महषिर्हरूको युगदेखि नेपाली साहित्यमा आधुनिक युगका पर््रवर्तक कविशिरोमणि लेखनाथ पौड्यालसम्म आइपुग्दा सामान्यत पाँच परिवर्तनकारी युग देखापर्दछन् । यी युगमा वैदिक ऋषिमुनिहरूको युग, आदिकवि वाल्मीकि युग, महाकवि कालीदास युग, आदिकवि भानुभक्त युग र कविशिरोमणि लेखनाथ युग हुन् । वैदिक ऋषि मर्हषिहरूले हिमालयको निर्मलकाखमा बसेर हिमालयकै स्तुति गाउँदै उपनिषद्, वेद र महाभारतको रचना गरे भन आदिकवि वाल्मीकिले रामायण जस्तो सर्वोत्तम महाकाव्य दिए । त्यसैगरी महाकवि कालीदासले आफ्नो जन्मभूमिभन्दा परै आश्रममा रहेर मेषदूत र रघुवंश जस्ता काव्यको रचना गरे । आदिकवि भानुभक्तले भने लोकको गरुँ हित भनि नेपालीपनको लोकहित महìव गाएर युगलाई चुनौती दिँदै अगाडि बढे । आदिकवि वाल्मीकिले संस्कृतमा पर्ूण्ामहाकाव्य रामायण लेखेजस्तै भानुभक्तले र्सवप्रथम नेपाली भाषामा पर्ूण्ामहाकाव्य रामायणको सुन्दर मौलिक अनुवाद गरेर भाषाको माध्यमद्वारा देशमा युगीन परिवर्तन ल्याए ।



नेपाली भाषा साहित्यको इतिहासमा बेग्लै युगका निर्माता एवं जातीय जीवनमा अत्यधिक लोकप्रिय कवि भानुभक्तको रचनात्मक योगदानबाट साहित्यिक भण्डार रसिलो, स्वादिलो र खाँदिलो हुन पुगेको छ । भाषा साहित्यिक श्रेष्ठताको मूल्याङ्कन जनतामा परेका अनन्त प्रभाव र र्सवकालीन हृदयर्स्पशितामा निर्भर रहन्छ । कवि भानुभक्तको रामायण लगायत प्रभावकारिता र र्सवप्रिय रचनाहरूले नेपालीहरूको मन सहजै छुन पुगेको छ । भाषा साहित्यको मन्दिरमा आजीवन तपस्या गर्ने साधकहरूको मूल्य, मान्यता र योगदान महान् रहन्छ । यस्ता कर्मयोगी पुरुषको प्रशंसा र उपासना व्यक्तिगत सेवा होइन परन्तु यो त राष्ट्रिय र साहित्य सेवा हो । राष्ट्रिय विभूति स्वनामधन्य भानुभक्तको बोली बोलिँदा एकदिन नारद सत्य लोक पुगि गया लोकको गरुँ हित भनी एवं अमरावती कान्तिपुरी नगरी जस्ता राष्ट्रिय भावनाबाट महाकालीसम्म रन्कन पुग्छन् ।



नेपाली भाषा साहित्यको फाँटमा भानुभक्त पर्ूव पनि कवि लेखकहरू नभएका होइनन् । भानुको जन्मसँगै सम्बत् १८७२ मा सम्पन्न सुगौली सन्धि पश्चात् युद्धबाट उत्पन्न दिक्दारी एवं अङ्ग्रेजहरूको घातप्रतिघातको लोलोपोतोबाट साहित्यमा तीन प्रकारका धारा प्रभावित भए । यीमध्ये रामभक्ति धाराका कवि भानुभक्तले यसैबाट काव्ययात्राको आरम्भ गरे । भाषा साहित्यको तादाम्यताभित्र आदिकविको प्रसङ्ग उठाउँदा आदि र कवि शब्दको संयोजन रहेको छ । आदि शब्दले पहिलो, आदिपुरुष, आदि मानवलाई आत्मसात् गर्दछ भने कवि भन्नाले सबैभन्दा पहिले प्रभावशाली कृति सिर्जनाद्वारा काव्य परम्परा थाल्ने कवि प्रतिभालाई बुझाउँछ । त्यसैले वाल्मीकिलाई संस्कृत भाषाका आदिकवि भने जस्तै भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । भानुभक्तका समकालीन र पर्ूववर्ती कविहरूका रचनामा यथार्थपरक चित्रण, भाषा अभिव्यक्ति र शैली प्रतिपादनमा मौलिकताको अभाव थियो, जसलाई भानुभक्तले पूरा गरेका छन् । यी अभावहरूलाई समेट्दै नेपाली साहित्यलाई पठनीय, स्तरीय र अध्ययन अनुसन्धान मार्गलाई विस्तृत, विकसित र प्रभावकारी बनाउने उत्कृष्ट सफलताको श्रेय भानुभक्तलाई मिलेको छ । सर्वोत्तम सिर्जनाको निमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्दछ, तर भानुभक्तको कार्यकालमा त्यो सहजता सम्भव भएन । एक नेपाली विद्वान्को भनाइमा भानुभक्त नेपालका कवि नभएर युरोपको कुनै भू-भाग वा अमेरिकामा जन्मेका भए सायद आज आदिकविको जीवनीसम्बन्धी गाथा र उनका ग्रन्थका समालोचनाका विटाहरूले एउटा सानोतिनो पुस्तकालय नै निर्माण हुनेथियो भने उद्गार यथार्थ र मर्मस्पर्शी छ ।



यसरी आफ्नो सिर्जनाद्वारा अमरत्व प्राप्त गर्ने कयौँ सपुतहरूमध्ये नेपाली भाषा र जातीय एकताका प्रतीक आदिकवि भानुभक्त आचार्य कहिल्यै नबिर्सने नाम हो । सिङ्गो राष्ट्र र नेपालीत्वको अस्तित्व बोधप्रति भानुभक्तलाई अलग्ग राखेर नेपालको यथार्थचित्रण गर्न खोज्नु कोरा कल्पना मात्र हुनेछ । हुन त भानुभक्तको स्वर्गारोहण भएको झन्डै ८७ वर्षपश्चात् २०१० सालदेखि नेपालमा विधिवत् भानुजन्यन्ती मनाउन आरम्भ गरियो, भने प्रवासमा त्यसअघि नै भानुका संस्मरणमा प्रशस्तै रचनात्मक कार्यहरू सम्पन्न भइसकेका थिए । यस अर्थमा भानुजयन्ती मनाउने आडमा केवल औपचारिकता निर्वाहको खासै अर्थ रहँदैन । भानुजयन्ती मनाउनुको पछाडि रचनात्मक, सिर्जनात्मक र निर्माणात्मक कार्यको थालनीले मात्र यसको र्सार्थकतालाई पुष्टि गर्दछ ।

----------------------



भाषाभक्तः भानुभक्त

गोपाल पोखरेल



अझै छौँ भोलिवादैमा, बस्छौँ भोलि भनी भनी

बस्दैछन् \"बधुशिक्षा\' का बहू-सासूहरू पनि

चपला, अवला उस्तै यहाँ दिनहुँ घुम्दछन्

भानुको कार्य सम्झेर भाषाप्रेमी ती रम्दछन्



भाषाका भक्त बन्नाले भानुको यस फैलियो

नेपाल राष्ट्रको शान, बढ्यो, शिर भई उचो

दुःख सुख सही धेरै, उदाए भानुभक्त ती

नेपालीहरूका माझ र्सवत्र फैलिए यिनी



नेपालीजनमा आफ्नै भाषाबोध गराउन

श्री रामचन्द्रको मार्ग हिँड्ने मान्छे बनाउन

सीताका निष्ठ-आदर्श, सुवास झैँ दिए छरी

नेपाली मृदु भाषामा रामायण रचीबरी



उस्तै छन् रवि चम्केका उस्तै छन् चन्द्रमा पनि

खोज्दैछिन् धरणी हाम्री कहाँ छौँ, भानु हे ! भनी

सम्झिरैछौँ तिमीलाई भाषाका भास-भासमा

बाँच हे भानु ! चम्केर यै राष्ट्रको प्रकाशमा



नेपालै नरहे, कसरी नेपाली ?

बेनीबहादुर थापा

आयो फेरि घुमेर वर्षदनमा भानु जयन्ती यहाँ ।

विद्वानै अनि वृद्ध र्सवजनले श्रद्धा गरे देशमा ।

भानु उच्च चरित्र, चिन्तन लिई, पैदा भएका थिए ।

सिङ्गै देश निवासीलाई, सहजै शिक्षा दिलाई दिए ।



यौटा घाँसी कुनै परिश्रमी तथा लोकोपकारी थिए ।

भानुभक्त निमित्त घाँसी जनले अर्ति दिलाई दिए ।

अर्ति नै सुप्रसिद्धिको शिखर हो प्रवुद्धकै खातिर ।

विद्वानै अनि वृद्ध, र्सवजनमा फैलिन्छ चारैतिर ।



मर्यादा नर-नारीको, जगत्को प्रसिद्धिकै खातिर ।

भानुतुल्य अनन्तसम्म सबले फैलेर चारैतिर ।

नेपालै नरहे, रहन्छ कसरी नेपाली भन्ने गर ।

अल्पायु नरको बुझेर सबले उत्कृष्ट कार्य गर ।

------------------------------------------------





भानु-वन्दना

प्रकाशमणि दाहाल



प्रभातमा र्सूय उदाउँदा झैँ

र भूमिमा रश्मि फिँजाउँदाझैँ

नेपालमा भानु उदाइ, आज

सम्पर्ूण्ा भो झल्मल यो समाज !



अनेकताका जगमा अडेको

नयाँ नयाँ शासनमा गढेको

यो देशमा राष्ट्रिय भावनाको

खाँचो थियो साधन एकताको ।



हुन्थ्यो र के साधन बेस खास

समान भाषा मनको प्रकाश -

जल्ले सबै जात र जातिलाई

बनाउँथ्यो एक ढिको मिलाई !



त्यही गरे भान सरी अगाडि

भाषा र साहित्य मिलाई, जोडी

छरे कुनै वीज छरे समान

जो मौलियो देशभरी तमाम !



शनैः शनैः राष्ट्रिय भावनाको

साहित्य, सद्भाव र सभ्यताको

यो वृक्ष हर्ुर्की र बढी झपक्क

भयो रसिला फल-फूलयुक्त !



यो देन हो वा दिन हो उनैको

यो कर्म हो वा फल हो उनैको

के शब्द सक्छन् यसलाई भन्न

के अङ्क सक्छन् यसलाई गन्न !



मात्रै सदा यो गुन सम्झिएर

शिक्षा सदा योमनमा लिएर

कृतज्ञता हार्दिकता भरेर

छ वन्दना यो कविता गरेर !







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम