Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
डाँडैभरि गुराँस (भिषा काप\mले) - [2007-07-23]

गुराँसको राजधनी तिनजुरे, मिल्के, जलजलेमा तपाईंलाई हार्दिक स्वागत छ । धरान बजारबाट २५ कि.मि उत्तरमा रहेको पर्ूवाञ्चलको पर्यटकीय स्थल भेडेटारमा भएको स्वागत गेटको यो दृश्य हर्ेर्दै र यसका साथै साथै बिच बिचमा रहेका विभिन्न स्थानका स्वगतद्वारले पनि तपाईं हामी सबैलाई मिल्के, जलजले र तिनजुरे महोत्सवले आमन्त्रण गर्दै थियो । पूवको ऐतिहासिक बजार धनकुटादेखि सवा दर्ुइ घण्टाको बसयात्रापछि डाँडैभरि फूलेका रङ्गी बिरङ्गी गुराँसका फूलहरूले आगन्तुकहरूलाई स्वागत मात्र गरिरहेका थिएनन् कि शिशिर ऋतुको उराठ लाग्दो मौसमलाई पनि झकिझकाउ पारिरहेको थियो । धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको सङ्गमस्थल तिनजुर,े मिल्के र जलजले क्षेत्रमा डाँडापाखा नै रङ्गीचङ्गी बनाउने गरी पहाडै रातै बनाउँदै फूलेका गुराँसका फूलहरूले यहाँ आउने पर्यटकहरूलाई त्यस क्षेत्रको सौर्न्दर्यले भुतुक्कै पारेको थियो । लालीगुराँस महोत्सव २०६४ मा महोत्सवको गुराँसको राजधनीमै भएको थियो । लालीगुराँस राष्ट्रिय फूल मात्र नभएर गुराँसको सबैभन्दा सानो प्रजाति बुक्कीफूल र सेतो गुराँसले यस क्षेत्रको छुटै महìव बोकेका छन् । यस क्षेत्रमा पाइने २८ प्रजातिको गुराँसलाई यस क्षेत्रका वासिन्दाहरूको जीविकोपार्जनसँग जोड्न सके अझ थप महìव हुने कुरामा विज्ञहरू सहमत छन् । गुराँसको राजधानी तिनजुरे, मिल्के र जलजले क्षेत्रले यसपटक र्सबसाधारणको मात्र होइन अन्तरिम व्यवस्थापिकाका सभामुख, अन्तरिम सरकारका मन्त्री, विधायकहरू र देशका प्रबुद्ध व्यक्तिहरूलाई समेत मोहित बनायो । पाँच दिनको सो महोत्सवले गुराँसको महìव मात्र झल्काएनकी त्यस क्षेत्रमा रहेको पर्यटकीय अवस्थालाई पनि सम्बन्धित पक्षलाई चेतना खुलाउने काम गर्‍यो । कन्चनजङ्घा हिमालको वेस क्याम्प जाने पैदाल यात्री, विभिन्न जडीबुटीको निकासी हुने र जीवजन्तु र पक्षीहरूको पनि गन्तव्यस्थल रहेको यो क्षेत्रमा क्षेत्रका गुफा, मङ्गलबारे, चौकी, पाँचपोखरी र टुटे देउरालीजस्ता सानाबजारहरूले यात्रीहरूलाई खान र बस्नको सुविधा पुर्‍याइरहेका छन् ।



यहाँका गुफापोखरी, लामपोखरी, तिनजुरे र मेन्छेम डाँडा, भेडर्ीखर्कहरू र जातिय विविधताले थप आकर्षा थपेको छ । समुद्री सतहदेखि २ हजार ४ सय मिटरको उँचाइ माथिका तिनजुरे, मिल्के र जलजले क्षेत्रको गुराँसको घना जङ्गल अहिले मानव अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा रहेका छन् भने जुङ्गे चिमल, पुड्के गुराँस, हिनु गुराँस, पहेले चिमल, पातले कोरालिङ्गा, सल्लु र सेतो गुराँस ७ प्रजातिका गुराँस सङ्कटमा पर्दै गएको र यी सङ्कटमा पर्नुको कारण गुराँसको काँचोे दाउरा बाल्ने भएकाले त्यस क्षेत्रका घर तथा होटलहरूमा आगो बल्न स्थानीयवासीले जथाभावी जुन सुकै प्रजातिका गुराँसका रूखहरू काटिनु हो भन्नुहुन्छ- काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक एवं वनस्पति विज्ञ डा. ध्रुव गौचन । यस क्षेत्रमा रहेका विभिन्न प्रजातिका गुराँसहरूको संरक्षण गर्नका लागि नेपाल सरकार र विश्व संरक्षण सङ्घको सहयोगमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति, आमा समूह र स्थानीय ४७ वटा सामुदायिक वन उपभोक्ता समूह क्रियासील भइरहेका छन् । 'काँडे तारले हैन मनको तारले गुराँस संरक्षण गरौं' भन्ने मूल नाराका साथ लालीगुराँस संरक्षणमा जुटेका यी समूहले यस क्षेत्रमा सुधारिएको चुल्हो बनाउने र सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसका साथै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुर्‍याउन जडीबुटी खेतीको प्रविधि, तालिम र घरेलु उद्योग सञ्चालन गर्न सहयोग पनि गरिरहेका छन् ।





भिषा काप\mले

Yuvamunch







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम