Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
उटै रूखमा सय थरी हाँगा - [2007-08-15]

सिन्द्राङ -भोजपुर, एउटै रूखमा सय थरी हाँगा देख्नुभएको छ ? छैन भने दक्षिणी भोजपुरको संखामचुली भीरमा जानुस् । त्यहाँ एउटा त्यस्तै रूख फेला परेको

छ । सदरमुकामदेखि १४ कोस दक्षिणको यो अग्लो भीरका ठूल-ठूला ढुंगाबीच एउटा यामानको बूढो रूख छ । फेदमा हेर्दा सिंगो एउटा रूख तर मध्यभागदेखि टुप्पोसम्म विभिन्न रूखका हाँगा र पात स्पष्ट देखिन्छन् । वषौंदेखि बूढापाकाहरूले यो रूखलाई \'सय वृक्ष\' भन्दै आएका छन् ।



किंवदन्तीअनुसार सत्ययुगमा संखाम भीरमुनि रहेको विशाल पोखरी पहिराले बगाएपछि यो रूख उमि्रएको कथन छ । नागले वरिपरि बेरिएकाले यस रूखमाथि चढ्न भने मानिस सक्दैनन् भन्ने स्थानीयको भनाइ छ ।



मान्छेको पाइतालाले रूखको फेदमा टेक्दा अशुभ हुन्छ भन्ने भनाइ छ । यो रूखमुनि भने साँच्चिकै पानीको मुहान पनि छ । ठूलठूला ढुंगाका बीचमा रहेको ठूलो ढाँडभित्र पोखरी भएजस्तै पानीको छाल झैं आवाज अहिले पनि सुन्न सकिन्छ । यहाँबाट बगेको पानी छिर्लिङ खोलामा मिसिन्छ । वृद्धवृद्धाहरू भन्छन्- \'यो रूख धेरै पुरानो हो ।\'



यो सय वृक्ष कति पुरानो हो ? अनुमान लगाउन कठिन छ । एउटै रूखमा रहेका विभिन्न जातका वृक्षहरू हरेक ऋतुमा आआपmनै परम्परा अनुसार पौलिन्छन् । वर, पीपल, श्रीस, धुपी, सल्लालगायत विभिन्न जातका वृक्षहरू प्रस्टै देख्न सकिन्छ । सिन्द्राङदेखि पश्चिमपट्ट िदेवान्टार, दुङमाना, पाङ्चालगायत अन्य टाढाटाढाबाट समेत देखिन्छ ।



\'मेरो बाजेको बाजेले पनि यो रूखलाई यस्तै देखेको रे !\' अचम्म मान्दै बालककालदेखि सुनेको कथा सुनाउँदै देवान्टार गाविस-६ का ७५ वषर्ीय बाजवीर काम्दुङले भने- \'मैले देख्दा पनि यस्तै छ ।\'



From Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम