Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
बहुमुखी प्रतिभाका सगरमाथाः सत्यमोहन जोशी (इन्द्र माली) - [2007-08-16]

नेपालको साहित्य, संस्कृति, लोकसाहित्य र अन्वेषणको फाँटलाई फराकिलोे पारी श्रीवृद्धि गर्ने कार्यमा मह์वपर्ूण्ा योगदान दिएका छन् सत्यमोहन जोशीले । वर्तमान पर्रि्रेक्ष्यमा मेची-महाकालीसम्म मात्र फैलिएको नाम हैन संसारका ती ठाउँसम्म जहाँ नेपालीहरू बसोबास गरेका छन् त्यहाँसमेत गुञ्जिएको नाम हो सत्यमोहन जोशी । नेपाली वाङ्मयका श्रीवृद्धिमा मात्र हैन नेपालभाषाको वाङ्मयको विकासमा पनि त्यतिकै योगदान पुर्‍याएका छन् सत्यमोहन जोशीले । नेवार परम्परा र संस्कृतिअनुसार दर्ुइचोटि -पहिलो ७७ वर्ष ७ महिना७ दिन, ७ घडी, ७ पलामा गरिने भीमरथारोहण र हजार शुक्ल पक्षका चन्द्रमा दर्शनपछि गरिने -चन्द्ररथारोहण) बूढोपास्नी भ्याइसकेर पनि त्यतिकै क्रियाशील छन् सत्यमोहन जोशी ।



प्रथम प्रस्फुटन

ललितपुरको बखंुबहाल आफैमा यौटा सांस्कृतिक धरोहर बोकेको स्थल हो । साथै नेवार सभ्यता र संस्कृतिले गाँजेको स्थान पनि हो । आज पनि यस टोलवासीले परम्परागतरूपमा इनारका पानीले आफ्ना दैनिक नित्यकार्य गर्न बिर्सर्ेे छैनन् । त्यही टोलमा माता नुगलदेवी उर्फ राजकुमारी जोशी र पिता डि. शङ्करदास जोशीका पहिलो सुपुत्रको रूपमा नेपाल संवत् १०४० बछलाथ्व ९ अर्थात् वि.सं १९७७ वैशाख ३० गते सत्यमोहन जोशीको जन्म भएको थियो । मध्यम वर्गीय शिक्षित परिवारमा जन्म भएकोले बालसङ्गाती जस्तै गुच्चा र अन्य खेलमा टोलमै रमिरहेन बरु पाटन हाइस्कुल हुँदै दरबार स्कुलमा पुग्न भ्याएका थिए । एक्काईस वसन्तको पदार्पणसँगै कविको रूपमा \'शारदा\' मासिक पत्रिकामार्फत् आफ्नो चिनारी कोर्न सफल भएका थिए सत्यमोहन जोशीले । नेपालभाषा क्षेत्रमा भने उनको काव्य प्रस्फुटन चखुंचां हाःगु म्ये -चराले गाएको गीत)बाट वि.सं १९९७ मा लेखिएको भए पनि प्रकाशनको सुविधा प्राप्त नभएकोले वि.सं २००४ तिर \'धर्मोदय\' मासिक पत्रिकामा पर््रार्थना कविताबाट भएको थियो ।



साहित्यिक व्यक्तित्व

सत्यमोहन जोशीको प्रारम्भिक साहित्ययात्रा पनि काव्यबाट नै भएको पाइन्छ । २० वर्षो कलिलो उमेरमा उनले नेपालभाषामा चखुंचां हाःगु म्ये -चराले गाएको गीत)को रचना गरे भने २१ वर्षो उमेरमा लामा र पाचुके काव्यको रचना गरिसकेका थिए तर यी दुवै रचना दर्ुइ/तीन दशकपछि मात्र प्रकाशित भए । उनको काव्य भाषा जटिल पनि छैन र क्लिस्ट पनि छैन । विम्ब पनि हामै्र लोकजीवनमा प्रवाहितबाट नै टिप्ने गर्छन् । साथै समाजमा व्याप्त असमानता, शोषण र अन्यायबाट उनका रचना अछुतो भएको पाइँदैन । बरु सशक्तरूपमा चित्र कोर्नमा उनी आकषिर्त भएको पाइन्छ । आफ्ना समकालीन समाजमा व्याप्त असमानता, सामाजिक विसङ्गति र दयनीय आर्थिक अवस्थालाई आधार बनाएर लामा र पाचुके कविताको रचना गरेका छन् । लामाका मूलनायक युवक लामा बन्न कसरी बाध्य भए त्यसको चित्र प्रस्तुत गरी उनीप्रति सहानुभूति पोखेका छन् । पाचुकामा सामाजिक जीवनका घातप्रतिघातलाई समाहित गरी समाजमा व्याप्त विडम्बनालाई अगाडि सारेका छन् । छोरालाई र्सवश्व खर्च गरेर शिक्षादीक्षा दिलाएर समाजमा डाक्टरको रूपमा प्रतिष्ठित गराउँदा तिनै छोरा घरज्वाइँ बन्न गई उसबाट तिरस्कृत र उपेक्षित हुनु पर्दा त्यस अपमानलाई सहन नसकेर आमाचाहिँले आत्महत्यासम्म गर्नुपर्ने बाध्यताको परिवेशलाई साङ्गोपाङ्ग रूपमा कविले मार्मिकरूपमा चित्रण गरेका छन् । क्रान्तिका लहरहरू कविको पछिल्लो प्रकाशित कवितासङ्ग्रह हो । कविताको भाषा सरल र सुगम भएर पनि अभिव्यक्तिमा सहजताभन्दा पनि विषय पक्षमा कवि बढीभन्दा बढी सचेत भएको पाइन्छ । साथै कविताका अभिव्यञ्जनामा नाटककारको प्रतिभा र संस्कृतिविद्को व्यक्तित्व बढी मुखरित छ । यस्तै उनको विशेषता नेपालभाषाका रचनामा पनि त्यतिकै देखिन्छ । नेपालभाषामा चखुंचां हाःगु म्ये कवितासङ्ग्रह उनको प्रारम्भिक कालका काव्य रचना हुन् । शुभराज्याभिषेकया म्ये नामक गीत सङ्ग्रह पनि उनका प्रारम्भिक कालकै रचना हुन् । साथै जयप्रकाश र श्वेतचैत्य गरी नेपालभाषामा दर्ुइवटा महाकाव्य प्रकाशित भएका छन् । वि.सं २००८ मा श्रेष्ठ सिरपाः -श्रेष्ठ पुरस्कार)बाट उनको पहिलो महाकाव्य पुरस्कृत भएको थियो । महाकाव्यकारको रूपमा पनि नेपालभाषामा उनी स्थापित छन् । नेपाली वाङ्मयको श्रीवृद्धिमा सत्यमोहन जोशीको योगदान विशिष्ट मानिन्छ । उनलाई नेपाली लोकसाहित्यका प्रथम अध्येताको रूपमा लिन सकिन्छ । वि.सं २००२ देखि यस क्षेत्रमा उनी लागिपरे । साथै हाम्रो संस्कृति नामक लोकसाहित्यको पहिलो पुस्तकको निम्ति पहिलो मदन-पुरस्कारबाट सम्मानित भए । तीन पटकसम्म मदन पुरस्कार पाउने व्यक्ति उनी एक मात्र हुन् । उनले लोकगीत, लोकसंस्कृति एक भेकको मात्र टिपेका छैनन्, मेची-महाकाली मात्र हैन उत्तर हिमाली क्षेत्र र दक्षिण तर्राई फाँटमा गुञ्जिरहेका स्वरलाई पनि समाहित गरी राष्ट्रिय एकताका गाँठो लोकसाहित्यमार्फत् कस्न सक्षम भएका छन् । साथै लोकसाहित्यको अन्वेषणमा यौटा नयाँ आयाम थप्न पनि उनी सफल भए । नेपाली नाटक साहित्यमा ऐतिहासिक, पौराणिक र सामाजिक गरी पाँचवटा नाटक प्रकाशित छन् । साथै सबै नाटक रङ्गमञ्चमा प्रदर्शित भएकोले उनको नाटकको आफ्नै मूल्य रहेको देखिन्छ । साथै पर््रदर्शन गर्ने दृष्टिले रङ्गमञ्चको अध्ययन गरी लेखेकाले उनका नाटक पर््रदर्शन योग्य छन् । उनले नेपाली परम्परागत नाट्य साहित्यको विकासमा गरेकोे योगदान उल्लेखनीय छ । त्यस्तै नेपालभाषामा पनि ४ वटा नाटक प्रकाशित भएका छन् । त्यसमध्ये सिद्धिदास नाटक प्रदर्शित भइसकेको छ । साथै बागभैरव र बुद्धिमान ध्वँच्वलेचा -बुद्धिमती बाख्री) नामक दर्ुइ पूर्ण्ााङ्की नाटकको पर््रदर्शनबाट उनको नाटककार व्यक्तित्वलाई उठाइदिएको छ । यो नाटक ग्रामीण भेकका दर्शकहरूले निकै रुचाएका छन् । यी दर्ुइ नाटकको माध्यमले नेपालभाषाको नाटकलाई ग्रामीण जनतासमक्ष पुर्‍याउन सफल भएका छन् । बाघभैरव नाटकले त काठमाडौँको पश्चिम भेकका ग्रामीण जनताको मन जित्न सफल भए । हुन् त सत्यमोहन जोशी परम्परागत नाटककार हुन् । उनका नाटक चाहे त्यो पौराणिक विषयवस्तुलाई समाहित गरेको होस्, चाहे सामाजिक विषयवस्तुलाई अँगालेको होस्, चाहे ऐतिहासिक होस्, भाषा सरल र सुगम देखिन्छ । उनको नाटक एकै धारा, एकै प्रवाहमा तरङ्गित भएको पाइन्छ । नाटकमा उत्तार-चढाव, सङ्र्घष्ा पक्षमा नाटककार उदासिन देखिन्छन् । परम्परागत नाट्यशैली र शिल्पतिर बढी मोहित भएर नाटकको रचना गरेका छन् । साथै रङ्गमञ्चप्रति सजगता केन्द्रित बढी आभासित हुन्छ । काव्यकारितामा अग्रसर रहेको ६ दशक नाघिसकेको छ । यसबीचमा नेपाली भाषामा दुइवटा र नेपालभाषामा दर्ुइवटा गरी जम्मा चारवटा सङ्ग्रह प्रकाशित भएका छन् । साथै नेपालभाषामा दुइवटा महाकाव्य लेखेर महाकाव्यकार भइसकेका छन् तर उनको काव्यकार व्यक्तित्वलाई उनका लोकसाहित्य, संस्कृति र अनुसन्धान व्यक्तित्वले थिचेको प्रतीत हुन्छ ।



लोकसाहित्य, संस्कृति र अन्वेषणतिर उनको व्यक्तित्व जुनरूपमा प्रस्फुटित भएको छ, त्यति साहित्यिक विधामा देखिँदैन । सत्यमोहन जोशीलाई अधिकांश नेपालीले एक संस्कृतिविद्, लोकसाहित्यका प्रथम अध्येता, चित्र, मर्ूर्ति र मुद्राका गम्भीर विशेषज्ञ र एक सफल अन्वेषकको रूपमा बढी आकर्ष र ओजस्वी देखिन्छ । सत्यमोहन जोशी कुशल सङ्गठनकर्ता पनि हुन्् । उनले पोखरा प्रवासको समयमा चमेरो ओढार -पछि महेन्द्र गुफाको नामकरण भएको) लाई जनसमक्ष ल्याउने पनि उनी हुन् । पोखरा प्रवासकै समयमा स्व. प्रेमराज मुल्मी -निवर्तमान अध्यक्ष आनन्दराज मुल्मीका पिता)को सहयोगबाट पोखरामा त्यसबेला नेपालभाषा साहित्य क्षेत्रमा यौटा नौलो तरङ्ग ल्याइदिएको थियो । काठमाडौँमा विराट नेपालभाषा साहित्य सम्मेलन भव्यरूपमा ३ दिनसम्म हनुमानढोकामा सम्पन्न भएको तीन महिना नबित्दै त्यही सालमा अर्थात् २०१० सालमा नै पोखरामा विराट नेपालभाषा साहित्य सम्मेलन उनकै उत्प्रेरणाले सम्पन्न भएको थियो । पश्चिम नेपालमा भएको यो यौटा ऐतिहासिक पहिलो विराट नेपालभाषाको साहित्य सम्मेलन थियोे । यस साहित्य सम्मेलनमा ४५ प्रतिशतभन्दा बढी सहभागीहरू गैरनेवार थिए । विशेष गरेर गुरुङ, थकाली समाजका अग्रणी व्यक्तित्वहरूले नेपाल भाषामा आफ्ना भावनात्मक अनुभूति अभिव्यक्त गरी यस सम्मेलनमा आ(आफ्ना रचना पाठ गरेका थिए । यो सबै सत्यमोहन जोशीको उत्प्रेरणाको प्रतिफल थियो । आज नेवार समाजको साहित्यप्रति त्यहाँको जागरणलाई उनकै अदृश्य अभ्रि्रेरणा मान्नु पर्दछ । नेपाली शिक्षकको रूपमा चीनमा उनले झण्डै सात वर्षबिताए तर त्यसबीच नेपाली भाषा र साहित्यप्रति त्यहाँका विद्यार्थीहरूलाई पनि आकषिर्त गरे । चीनमा अरूजस्तै उनी त्यसै बसेनन्, नेपाली कलाकार अरनिकोको साङ्गोपाङ्ग अध्ययन र अनुसन्धानमा आफूलाई केन्द्रित गरे । जसको फलस्वरूप सन् १२७१ म्ाा निर्माण सुरु गरी सन् १२७९ मा पूरा गरेको श्वेतचैत्यको कलात्मक मूल्य र चिनियाँ जीवनमा परेको छाप र तत्काल चिनियाँ कविहरूले स्वेतचैत्यमाथि पोखेको अभिव्यक्तिसमेत दिई अरनिकोको महत्तालाई प्रकाशमा ल्याए । यसको अतिरिक्त श्वेतचैत्य महाकाव्य र कलाकार अरनिको नामक अन्वेषणात्मक ग्रन्थ तयार गरी कलाकार अरनिकोसम्बन्धी धेरै तथ्य र तिनको चीनमा कला क्षेत्रको योगदान र नेपालको कलाले चीनको कलालाई पुर्‍याएको योगदानको मूल्याङ्कन मात्र हैन चीनमा कलाकार अरनिकोको सम्मानको विस्तृत उल्लेख पनि छ । पाटन संयुक्त क्याम्पसमा नेपालभाषाको अध्यापन गर्दा त्यहाँ अध्ययनरत छात्र, छात्राहरूलाई पढाउने कार्य मात्र उनले गरेनन् त्यहाँ अध्ययनार्थीहरूमा लोकसाहित्यतिर जिज्ञासा जगाइ लोकसाहित्यको अन्वेषण र अध्ययनमा अग्रसर गराए । नेपाल लोकसाहित्य परिषद्को वि.सं २०४१ मा स्थापना गरी तिनीहरूबाटै सञ्चालन गर्राई लोकसाहित्यको विकासमा योगदान पुर्‍याएका हुन् । यस संस्थाबाट आजसम्ममा दर्ुइ दर्जन पुस्तक प्रकाशित गरिसकेको छ । लोकसाहित्य परिषद्बाट तीनवटा पुरस्कार पनि विभिन्न दातामार्फत् स्थापना गराउनमा सत्यमोहन जोशीकै भूमिका रहेको छ । यात्रा साहित्यतिर पनि उनको कलम नचलेको हैन । न्युजिल्याण्डमा पहिलो नेपाली नामक यात्रा पुस्तकले उनीमा भएको राष्ट्रियता, कला र संस्कृत्रि्रतिको ममता देख्न पाइन्छ । अन्य यात्राकारले आफूले देखेका, भोगेका विषयलाई मात्र विश्लेषणात्मकरूपमा र काव्यात्मकरूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ तर उनी आफू पुगेको देशमा संस्कृति र कलाको जगर्ेना जुनरूपमा भएको छ, त्यसको गहिराइमा पुगी आफ्नो देशमा त्यस्तो होस् भन्ने कामनाले अभ्रि्रेरित भएको पाइन्छ । नेपालभाषा साहित्यको विकास, सर्म्बर्द्धनका लागि उनले गरेको योगदानलाई बिर्सन सकिँदैन । नेपालभाषा एकेडेमी स्थापनाको लागि उनले अहं भूमिका खेलेका छन् । उनीमा पदलोलुपता देखिएको छैन । उनले चाहेको भए नेपालभाषा एकेडेमीको पहिलो संस्थापक चान्सलर हुन सक्थे । सबैको इच्छा र आग्रह भएर पनि उनी सदस्य मात्र भएर एकेडेमीको स्थापना र कार्य सञ्चालनमा सघाउ पुर्‍याइरहे । दोस्रोपल्ट उनको योगदानलाई कदर गरी उनलाई चान्सलरको रूपमा नेतृत्व सुम्पिए । यसरी जनस्तरबाट नेपालमा पहिलो पटक स्थापना भएको नेपालभाषा एकेडेमीको भवन निर्माण गर्न उनले निर्वाह गरेको भूमिका महìवपर्ूण्ा छ । कर्ीर्तिपुर नगरपालिका वडा नं २ मा ३०० जना अटाउने गोपाल-कमला भवन र यसको आसापास ९-९ वटा कोठा भएको दर्ुइवटा भवन अहिले ठडिसकेका छन् । यसबाट उनको नेतृत्वको बोध हुन्छ । सत्यमोहन जोशी नेपाली संस्कृतिको अध्येता मात्र हैनन्, नेपाली कला, मुद्रा, पुरातत्व क्षेत्रमा पनि त्यतिकै अभिरुचिका साथ अन्वेषणमा समर्पित व्यक्तित्व हुन् । यस क्षेत्रमा पनि उनको कृति रहेको पाइन्छ । पचासभन्दा बढी कृतिका रचनाकार, दर्ुइ दर्जनभन्दा बढी पुस्तकका सम्पादक र तीन भाषामा कलम चलेका साहित्यकार हुन् उनी । सत्यमोहन जोशीले साहित्यका विभिन्न विधामा कलम चलाए पनि, थुुप्रै पुस्तक प्रकाशन गरे पनि, उनी अन्वेषणमा जति गम्भीर र चिन्तनशील देखिन्छ, अन्य क्षेत्रमा त्यतिको प्रखरता देखिँदैन । अन्वेषण छाडेर उनले सङ्गठन, भौतिक निर्माणमा पुर्‍याएको योगदानलाई दृष्टिगत गर्दा उनी एक सबल, सक्षम सङ्गठनकर्ताको रूपमा लिन सकिन्छ । उनले भाषा, साहित्य र संस्कृतिमा पुर्‍याएको योगदान, विभिन्न व्यक्तिलाई उत्प्रेरित गरी तिनीहरूलाई यस क्षेत्रमा आकषिर्त गर्ने उनकोे भूमिका आदि हर्ेदा सत्यमोहन एक व्यक्ति हैन, एक संस्था हो । नेपालका बहुमुखी प्रतिभाका उनी एक सगरमाथा हुन् ।





from: Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम