Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
वाम्बुले राइ जातिबारे संक्षिप्त परिचय (गणेश राइ) - [2007-08-17]

किरात जाति भन्नाले लिम्बू, राइ, सुनुवार र याक्खा जाति बुझिन्छ । राइ जातिभित्र २८ भन्दा बढी भाषाहरू रहेका छन् । त्यसमध्ये वाम्बुले र्राई -WAMBULE RAI_ जाति पनि एक हुन् ।

वाम्बुले र्राईको मूलथलो ओखलढुंगा जिल्लाको दक्षिणी भेग उबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, थाक्ले गाविस र खोटाङ जिल्लाको बाहुनीडांडा, च्यास्मिटार र डिकुवा गाविसमा पर्दछन् । यसैगरी उदयपुर, सिन्धुली जिल्लामा पनि वाम्बुले राइको बस्ती पाइन्छ ।



बर्साई सर्राईको क्रममा तेह्रथुम, सुनसरी, धनकुटा, झापा, इलाम, मोरङ, र्सलाही, भरतपुर, काठमाडौं, ललितपुरमा समेत वाम्बुले राइको स्थायी बसोबास रहेका छन् ।

राष्ट्रिय जनगणना २०५८ अनुसार वाम्बुले र्राई जाति ४ हजार ४ सय ७२ जना देखाइएको छ । । तर, यस जातिको सामाजिक संस्था वाम्बुले र्राई समाज, नेपाल (वाम्रास)ले वाम्बुले र्राईहरुको जनसंख्या ३० हजारभन्दा बढी रहेका दावी गरेको छ ।



वाम्बुले र्राई भाषाको लेख्य परम्पराको विकास २०५० सालदेखि भएको हो । भाषा विकासका निम्ति लिब्जु-भुम्जु' त्रैमासिक, 'कावा' मासिक पत्रिका प्रकाशनमा छन् ।

यसैगरी 'वाम्बुले र्राई शब्दकोश-२०५७ 'वाम्बुले र्राई जाति ः भाषा र संस्कृति-२०६४' पुस्तक प्रकाशित छन् ।

यसै अवधि २०५०-२०६०) मा लेइडन युनिभर्सिटी अफ द नेदरल्यान्डस्बाट एक विद्धानले वाम्बुले भाषामा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनले वाम्बुले र्राई जाति, भाषा, व्याकरण र संस्कृति सम्बन्धी दुइ वटा पुस्तक प्रकाशित गरेका छन् ।

वाम्बुले र्राई जातिबारे जानकारी लिन www.wambulerai.org मा अर्थात् गुगलमा र्सच गरेर हेन सकिनेछ ।



वाम्बुले र्राई व्यक्तित्व:

जनआन्दोलन भाग-२ पछि नेपाल सरकारले लोकतान्त्रिक पद्धतिअनुसार नया राष्ट्रिय गान छनोट गरेको छ । १ हजार २ सय ७२ जनाको रचनामध्ये सर्वोत्कृष्ट राष्ट्रिगानका रुप चयन भएको 'सयौं थुगा फूलका मालाका रचनाकार व्याकुल माइला (प्रदीपकुमार र्राई) वाम्बुले भाषाका कवि तथा लेखक पनि हुन् ।







गणेश राइ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम