Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
तिम्रा अंगअंगहरु (रुद्र मिश्र) - [2007-09-15]

तिम्रा अंगअंगहरु मेरै भए जस्तो लाग्छ ।

प्रित वस्या तिमीस“ग बेरै भए जस्तो लाग्छ ।

पिपलपाते ओठभित्र टल्किएका दन्तलहर

श्रृगारिक गजलका शेरै भए जस्तो लाग्छ ।

शिरमाथी सजिएको त्रि्रा केशराशीभित्र

मयुरको रुपरंग पुरै भए जस्तो लाग्छ ।





कहिलेकाही बाध्यताले तिमीसग टाढा हुदा

मेरा हरेक पलहरु धेरै भए जस्तो लाग्छ ।

भावनाको संर्सगमा मुटुहरु जोडिदा'रैछन्

प्रेमको लिला दैव तेरै भए जस्तो लाग्छ ।





रुद्र मिश्र

पाचथर

हाल मलेशिया







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम