Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
नेपाली कथामा माया ठकुरी (पुरुषोत्तम सुवेदी) - [2007-09-15]

आमा ! जानुहोस्' कथा सङ्ग्रहकी कथाकार माया ठकुरी, पारिजात र प्रेमा शाह पछि नेपाली आख्यानमा छुट्टै र अग्रणी ‚थान प्राप्त गर्न सक्षम तथा अझ गम्भीर रचनाकारको पहिचान बनाउन सफल लेखिका हुन् । उनको कथा सङ्ग्रको शक्ति भनेको प्रत्येक कथाहरू छुट्टै सरोकार कथानक, सिर्जनात्म र मौलिक समेत हुनु हो । घरायसी र पारिवारिक विषयमा मात्र होइन, नारी मुक्ति, दैनिक जीवन र भ्रष्टाचारको जरो समेत मायालाई राम्ररी थाहा भएकोले उनका कथामा य‚तो शक्ति प्राप्त भएको हुनर्ुपर्छ ।



माया ठकुरीको कथा सङ्ग्रहमा विविध विषय टिपिएका १५ कथाहरू सामेल गरिएका छन् । जनयुद्धको सामाजिक प्रतिक्रिया केही कथामा नकारात्मक देखिएको छ र त्यसले सकारात्मक वा राम्रो गर्ने सम्भावना अन्योलमा पारेको पनि छ । सहरी प्रतिक्रिया, अखबारको चर्चा परिचर्चा र दन्त्यकथाको विषयज‚तो धेरैको शङ्काको शिकार भएको छ सहरी लेखकहरूको जनयुद्धको चित्रण । प्रत्येक क्रान्तिमा मान्छे मर्छन् र अधिकांश निर्दोष । तर युद्धका केही सकारात्मक प्राप्ति पनि हुन्छन् र नेपालको जनयुद्धले पनि अभूतपर्ूव रूपमा दबिएका, थिचिएका र बोल्न नपाएकाहरूलाई पूरै उठाउने काम गरेको छ । मायाका कथामा जनयुद्ध मिहिन किसिमले नआए पनि एकपक्ष प्र‚तुत गर्ने र युद्धले नाता, सद्भाव र पक्षघरतामा पार्ने मनोवैज्ञानिक प्रभाव राम्रैसँग टिपिएको छ ।



माया अहिलेको नेपाली आख्यानमा नारीवादी लेखिकाको रूपमा अग्रणी ‚थान राख्छिन् । घर, परिवार, युद्ध र सामाजिक उथलपुथलबाट सबैभन्दा बढी प्रताडित हुने तथा नेपाली समाजका सबैभन्दा पीडित पात्र महिला नै हुन् । आफू पनि त्य‚तै सङ्कटबाट गुज्रदै आएको, दुःख, कष्ट र सङ्र्घष्ाबाट आफूलाई निखार्दैर् आएको र त्रि्र नारीवादी चेतना भएको कारण मायाको लेखक व्यक्तित्व नारीवादी चिन्तनबाट विमुख हुनै सक्दैन । ‚त्रीजातिले भोग्नुपर्ने गर्भधारणदेखि प्रेम, वियोग, धोका, मृत्यु, युद्ध, आतङ्क सबैसँग ‚त्रीले नै लड्नर्ुपर्छ । आफ्नै खुट्टामा दरोसँग उभिएकी मायाको प्र‚तुत सङ्ग्रह प्रतिनिधिमूलक छ । चर्चित भाषा र साहित्यसेवी रामप्रसाद ज्ञवालीले निकै ठूलो मेहनत गरेर मात्र मायाका अर्थपर्ूण्ा कथाको खोजि गरेका छन् । मायाले जीवन बडो कष्ट र मानसिक यन्त्रणाका बीच बिताएकी छन् । उनका धेरैजसो कथामा आफूले भोगेको बालकालका ‚मृतिहरू राम्रोसँग टिपिएका छन् ।



माया ठकुरीले सङ्ग्रहमा कथाको विषय, भाषा शैली र प्र‚तुतिमा निकै महìवपर्ूण्ा उपलब्धि हात पारेकि छिन् । अत्यन्त सरल तथा जीवन्त भाषाको कारण उनको कथालाइृ सबैको सहानुभूति प्राप्त हुन्छ । कथामा टिप्ने विषयव‚तु र सौर्न्दर्य चेतनाको विषयमा भने उनका कथाले अझै धेरै गर्नुछ । एकातिर उनी सामान्यजनको, सीमान्तिकृत वर्गका विषयव‚तु कथामा टिप्छिन् अर्कोतिर उनीभित्रको नारी अत्यन्त आग्रही ढङ्गले आफ्नो पृष्ठपोषणको माग गर्दछे । माया राजनीतिक विषयव‚तु र राजनीतिक पक्षघरताकि कथाकार भने होइनन्, तर सामान्य मान्छेले भोग्नु र बोक्नुपर्ने समग्र विषयहरू टिप्दा राजनीतिक विषय पनि कथामा र्सलक्छ आउँछ । 'ढिलो भएछ' कथा त्यसको प्रमाण हो । जनयुद्धकालीन समयमा जब देश नै विभाजित थियो, मर्ने र मार्ने क्रममा को कसरी मारियो त्यसका अनन्त कथाहरू बन्न सक्छन् । कथामा एउटा छापामार आमाको काखमा पुगेर मातृत्वको छाँयामा पुग्दा नपुग्दै मारिन्छ । कथा पढ्ने जो सुकैको हृदय विदिर्ण्र्ााराउन कथा पर्याप्त छ ।



'आमा जानुहोस्' कथा भत्केको पारिवारिक मूल्य र पारिवारिक विशृङ्खलताको नग्न हद उजागर गर्ने कथा हो । यस पारिवारीक विभाजनले नाता र कर्तव्य पालनमा समेत नैतिक सङ्कटको सिर्जना गरेको छ । अन्य केही कथाहरू छन् जहाँ महानगरिय सभ्यताले ल्याएका यौन विकृति र यौनाचारको कथाहरू अत्यन्त शक्तिशाली ढङ्गले मुखरित भएका छन् । प्र‚तुत कथा सङ्ग्रहले उनलाई नारीकथाकारको रूपमा मात्र होइन, नेपाली कथायात्राको महìवपर्ूण्ा श्रष्टाको रूपमा पनि ‚थापित गर्छ । १५ वटा कथामा १५ वटै घटना चित्रको विषय विश्लेषण र सिर्जनादृष्टि अभिव्यक्त गरेर मायाले आफ्नो कथाकार व्यक्तित्वलाई थप उचाइमा पुर्‍याएकी छिन् ।



समग्रमा हर्ेदा मायाको सिर्जनाशक्ति अन्तरमुखि चरित्रका पात्र र घटनामा भन्दा मुखर र राजनीतिक विषयमा बढी खुल्ने देखिन्छ । नारीवादी र यौन मनोविज्ञान आधारित कथाहरूमा पनि मायाको रचनात्मकताको एउटा नयाँ धारा त छ तर त्यसमा भन्दा उनको कथाकार सामाजिक, राजनीतिक विषयमा बढी खुल्ने कुराको साक्षी प्र‚तुत सङ्ग्रह नै छ । वरिष्ठ साहित्यकार भवानी घिमिरे र रामप्रसाद ज्ञवालीको भूमिका समेत सङ्ग्रहको ‚तरियताको साक्षी रहेका छन् ।



मायाको प्र‚तुत सङ्ग्रहलाई २०६४ मा प्रकाशित भएका र हुने कथाहरूको लाममा महìवपूण्ा कृतिको रूपमा लिन सकिने कुरा निर्विवाद रहेको छ ।





पुरुषोत्तम सुवेदी

Gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम