Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
गोर्खाली समाधिको स्याहार (विजयबाबु खत्री) - [2007-09-17]

क्वालालम्पुर- साठी वर्षर्अघि मारिएका गोर्खा सैनिक र तिनका परिवारको समाधिस्थल संरक्षण र स्मृतिमा कार्यक्रम हुन थालेका

छन् । गोर्खाली सैनिकसँगै युद्ध लडेका वृद्ध पूर्वसैनिक, मलेसियास्थित बि्रटिस उच्चायोग र मलेसियाली सेनाको अग्रसरतामा यस्तो अभियान सुरु भएको हो ।



सन् १९४८ देखि डेढ दशकसम्म कम्युनिस्ट विद्रोह दबाउन मलेसियाली प्रहरीसँगै विभिन्न युद्ध मोर्चामा एक हजारभन्दा बढी गोर्खाली मारिएका थिए । अधिकांश गोर्खालीको समाधिस्थल भएको सयदपुत्रा, तम्बुन रोड, इपोमा मलेसियाली सेनाको दोस्रो रेन्जर रेजिमेन्टले चिहान संरक्षण गर्दै आएको छ ।



बेलायती उच्चायोगले गोर्खालीको चिहान संरक्षणमा सहयोग पुर्‍याएको छ भने इन्टरनेसनल, नेसनल मलाया एन्ड बोर्नेओ भेटरान्स एसोसिएसनले चार वर्षदेखि वाषिर्क स्मृति कार्यक्रम गर्दै आएको छ । संस्थाका अध्यक्ष दातो आर थाम्बीपिलियाले गोर्खालीले मलेसियालाई विद्रोहबाट बचाउन गरेको बलिदान स्मरण गर्न वाषिर्क कार्यक्रम गर्न थलिएको बताए ।



उनका अनुसार मलेसिया स्वतन्त्राका बेला आपतकालीन अवस्थामा गोर्खालीले निडरतापूर्वक सुरक्षा दिएका थिए । सबैले बिर्सन लागेको बेला केही वर्षदेखि बर्सेनि झन्डै १ लाख नेपालीले मलेसियामा रोजगारी पाउन थालेपछि गोर्खालीका तत्कालीन सहयात्रीको अग्रसरतामा वाषिर्क स्मरण कार्यक्रम हुन लागेको हो ।



थाम्बीपिलियाका अनुसार पछिल्ला केही वर्षदेखि सुरक्षा गार्डको रूपमा पुनः नेपाली मलेसिया जान थालेपछि यस्तो अभियान सुरु भएको हो । उनले यहाँ चिहान भएका परिवारका सदस्यलाई कार्यक्रममा बोलाउने योजना बनाएका छन् ।



सन् १९४७ मा बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि बेलायतले भारतमा कार्यरत चार गोर्खा रेजिमेन्ट लगेर आफ्नो साम्राज्य भएका विभिन्न देशमा खटाएको थियो । यही क्रममा तत्कालीन मलायामा गोर्खाली सैनिक कार्यरत थिए ।



मलेसियाका सातौं ड्रुक इडिनवर्गको निजी गोर्खा राइफल नामको गोर्खाली संलग्न युनिट थियो भने छैटौं गोर्खा राइफल रेजिमेन्ट पनि थियो । दोस्रो राजा इडवार्डको पनि निजी गोर्खा राइफल्स र शाही सिग्नलमा गोर्खाली सैनिक थिए ।



बेलायती उच्चायोगको सहयोगमा मलेसियाका विभिन्न स्थानमा ८ सय ६२ गोर्खाको चिहानको रेखदेख हुँदै आएको छ । मलेसियामा ७ सय ९३ जना गोर्खालीको ६० वर्षसम्म पुरानो चिहान चिन्न सकिने अवस्थामा छ भने ७९ जनाको चिहान गोर्खालीको भए पनि कसको भन्ने अज्ञात छ ।



क्वालालम्पुरस्थित बेलायती उच्चायोग, मलाय वोरन्यु भेटरान्स एसोसिएसन, मलेसियाली सेनालगायतले वीरगति प्राप्त गोर्खालीको चिहानमा वाषिर्क रूपमा \\\'स्मरण कार्यक्रम\\\' समेत आयोजना गर्न सुरु गरेका छन् ।



हालै सम्पन्न पछिल्लो कार्यक्रममा दिवंगत आत्माको चिर शान्तिका लागि मलेसियामै सुरक्षागार्डको रूपमा कार्यरत नेपाली पण्डित हरि मिश्र र स्थानीय पुजारी रोविन अरुमुगमले पूजा-अर्चना गरेका थिए । रोयल रेन्जर रेजिमेन्टले उच्च सलामी अर्पण गरेको थियो ।



आफ्ना पूर्वज र बहादुर नागरिकको स्मरणका लागि नेपाली दूतावास अग्रसर हुनुपर्छ, पिलियाले भने ।







विजयबाबु खत्री

Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम